चिसो काठमाडौँ, तातो तराई
०८ पौष २०७२
•
१५ मिनेट पाठ
चिसो काठमाडौँ, तातो तराई
मन्त्रीपरिषद्को आकस्मिक बैठक बस्ने खबरले आइतबार अपराह्न एक किसिमको प्रश्नसहित आशंका जन्मायो। प्रधान मन्त्री केपी शर्मा ओलीले अचानक डाकेको बैठकबारे कतिपय मन्त्रीसमेत अनभिज्ञता प्रहट गरिरहेका थिए।मधेसी मोर्चाका नेताहरूको दिल्ली भ्रमणपछि एकाएक विराटनगर, रुपैडिहा नाकामा अवरोध आरम्भ भएका थिए। मध्यतराईका रौतहट, पर्सा र सर्लाहीलगायतका जिल्लामा मधेसी मोर्चाको प्रदर्शन, प्रहरीसँगका झडप र गौरमा एक किशोरको मृत्य भएको पृष्ठभूमि थियो। तराई–मधेसमा पछिल्लो समय हिंसा फैलिएको अवस्थामा सिंहदरबार तातेको कुराले आफैमा छुट्टै महत्व राख्थ्यो।




चार महिना लामो मधेस आन्दोलन र ३ महिना पुगेको नाकाबन्दीबीच पनि जिम्मेवार र संवेदनशील नभएको बरु आन्दोलन उराल्ने अभिव्यक्ति दिएको आरोप खेपिरहेका ओलीले आकस्मिक बैठक बोलाएर मधेस आन्दोलन सम्बोधन गर्नेछन् भन्ने विश्वास गर्न सक्ने अवस्था नै थिएन। तर, ओलीले आकस्मिक बैठकबाटै मधेस आन्दोलन सम्बोधन गर्ने भन्दै तीन सूत्रीय अवधारणा बाहिर ल्याए। ओलीका सार्वजनिक अभिव्यक्तिहरूमा कठोरता प्रकट भैरहेको अवस्था थियो। मधेस आन्दोलन निस्तेज पार्ने उनको योजना पुरानै हो। सेना प्रयोगसम्मको योजना उनैले बुनेको हुन्। मधेसमा आन्दोलन नै भैरहेको छैन भन्नेजस्ता उनका अभिव्यक्तिका कारण उनको भित्री चाहनामा सरकारको तीनबुँदे आएको मान्न सकिन्न। निश्चय नै ओली कुनै दबाबमा थिए र छन् । त्यही दबाब थाम्न नसकेर आकस्मिक बैठक बोलाएको र मधेस आन्दोलन सम्बोधन गर्ने औपचारिकता निर्वाह गरेका होइनन्? प्रश्न पेचिला छन्। त्यसका पछाडि कारणहरू छन्। सरकारले आकस्मिक बैठकबाट अनुमोदन गरेका राजनीतिक बुँदालाई भारत सरकारले 'सकारात्मक र उत्साहजनक' भनिदियो। भोलिपल्टै दिल्लीबाट सरकारी कदमको स्वागत गर्दै व्यक्तव्यबाजी गरियो। औपचारिकरूपमा संविधान सभाबाट अनुमोदन भएको संविधानलाई स्वागत गर्न नसकेको छिमेकीले सरकारले अघिसारेका तीनबुँदालाई सकारात्मकको पगरी गुथाइदिएको छ! त्यसो त नेपालको तराई–मधेसमा चलिरहेको आन्दोलन, काठमाडौँमा जागेको भारतविरोधी भावना र स्वाभिमानका गर्जनबीच दिल्लीमा धेरै कुरा भएका छन्। ओली सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले दिल्लीको 'निजी' भ्रमण सम्पन्न गरिसकेका छन्। उनले त्यहाँका विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरे र सुष्माकै प्रेसक्रिप्सन अनुसार नै थापाले काठमाडौँमा गोटी चालेको चर्चा राजनीतिक वृत्तमा छ।

त्यसो त यसबीच नेपालमा पछिल्लो समय विकसित अवस्थाबारे भारतको संसद्मा तातो बहस भएको छ। नेपालमाथि भारतले होइन, मोदी सरकारले नाकाबन्दी गरेको आक्षेप त्यहाँका प्रतिपक्षीहरूले लगाएका छन्। त्योभन्दा रमाइलो कुरा मधेसी मोर्चाका नेताहरूले हुल बाँधेर दिल्ली दौडाहा सम्पन्न गरे, तर दिल्लीले नाकाबन्दीको राजनीति त्याग्न मधेसी नेतालाई सुझायो! दिल्लीबाट सरकारी निर्णयको स्वागत गरेको व्यक्तव्य आएकै दिन नेपालका लागि भारतीय राजदूत रणजित रेले मधेसी मोर्चाका नेताहरूलाई बिहानको खाना खुवाउँदै सहमतिको राजनीतिमा आउन दबाबपूर्ण आग्रह गरेका थिए। रेले मोर्चाका नेताहरूलाई बिहान भेटे, व्यक्तव्य अपराह्न जारी गरियो। घटनाक्रमहरूले संकेत गर्दैछन्, दिल्ली नेपालको राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्दै छ र हामी सबै त्यसकै इसारामा यहाँ निर्णय गर्दैछौँ। जसरी हुन्छ उसैलाई खुसी तुल्याउने प्रयत्नमा हामी यहाँ अनेक तिकडम गरिरहेका छौँ।

परराष्ट्र मन्त्री थापाले निजी भ्रमणबाट ल्याएको कोसेलीलाई सिंहदरबारले अनुमोदन गर्ने–गराउने राजनीतिक प्रपञ्चका पछाडि ओली गलेको चर्चा राजनीतिक वृत्तमा सुनिँदै छ। कतै थापाले सरकार छोड्ने धम्की त दिएका थिएनन्? त्यसो त आोली सरकारको अर्को महŒवपूर्ण सहयात्री मधेसी जनअधिकार फोरम, लोकतान्त्रिक पनि सरकारसँग सन्तुष्ट देखिँदैन। पार्टीका अध्यक्ष एवं उपप्रधान मन्त्री विजय गच्छदारले ओलीलाई आठबुँदे ज्ञापनपत्र नै बुझाएका छन्। कस्तो राजनीतिक विडम्बना हो यो? सरकारमा सामेल दल आफै प्रधान मन्त्रीलाई ज्ञापनपत्र दिन लाज मानिरहेको छैन! राजनीतिक घटनाहरूले दखाइरहेको छ, ओली आफ्नै उपप्रधान मन्त्रीहरूको दबाबसामु झुक्नुपर्ने अवस्था छ। थापाको धम्कीले राजनीतिक आयाम कति राख्ला? त्यसको विवेचना हुँदै गर्ला, तर गच्छदारको दबाब भने ओली सरकारको निरन्तरतासँग प्रत्यक्ष जोडिन्छ। कारण एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकबीच सहमति भएर सरकारमा सहभागी भएका गच्छदारसँगका सम्झौताहरू मधेस आन्दोलनसँग सम्बन्धित छन्। ओलीको बोलीमा आएका परिवर्तन र 'अहिले सरकारको राजिनामा माग्ने बेला होइन' भन्ने याचनाका पछाडि उनी उप्रधान मन्त्रीहरूको चर्को दबाबबीच पनि सिंहदरबारमा 'राज' गर्न चाहिरेका छन्।

आइतबारयताका ४ दिनमा राजनीतिक वृत्तमा धेरै कुरा भए पनि मधेस आन्दोलन औपचारिकरूपमा अवतरण भएको छैन। मधेसी मोर्चाले सरकारको तीनबुँदे प्रस्तावलाई एक कदम अगाडिको संज्ञा दिएको भए पनि नाकाबन्दीलगायतका विरोधका कार्यक्रम जारी रहेको दाबी गरिरहेकै छ। मोर्चा प्रतिपक्षी कांग्रेससँगको सहकार्यमा आफ्ना मागहरू पूरा गर्ने राजनीतिमा व्यस्त छ। आफ्नै आह्वानमा मधेस आन्दोलन र नाकाबन्दी गरिएको भए पनि चटक्कै आन्दोलन विसर्जन गर्नसक्ने अवस्थामा मोर्चा यतिखेर छैन। उसका आफ्नै बाध्यता छन्। मधेस आन्दोलनको मूल्यमा काठमाडौँसँग सौदाबाजी गर्न जति सशक्त र सक्षम देखिन्छ, त्यही अनुपातमा मधेसमा मोर्चाको प्रभावकारी पकड देखिँदैन। मधेस आन्दोलन अब मोर्चाको नियन्त्रणमा छ कि छैन? अनुत्तरित छ यो प्रश्न। हुनसक्छ, परिस्थितिको आकलन गर्दै मधेसी मोर्चा आन्दोलनबाट सफल अवतरण गर्ने उपयुक्त वातावरणको खोजीमा छ। त्यसैले दबाबबीच उनीहरू समय लिइरहेका छन्। परिस्थिति सामान्यीकरण हुँदै गएपछि आन्दोलनलाई विश्राम दिने र यही मौकामा सकेसम्म काठमाडौँसँग सौदाबाजी गर्ने रणनीतिमा उनीहरू छन्। राजनीतिक, कूटनीतिक घटनाबीच पछिल्लो प्रकरणबाट छिमेकी भारत 'सेफ ल्यान्डिङ' गर्न सफल भएको छ। मधेसी मोर्चा भने सफल अवतरण्को खोजीमा छ र नेपालका राजनीतिक दलहरू पनि त्यसैमा लागिपरेका छन्।

तराई–मधेसको राजनीतिक, सामाजिक अवस्था खल्बलिएको छ। पहिलो, दोस्रो र अहिलेको मधेस आन्दोलनले त्यहाँ राजनीतिक तरलताको अवस्था रहेको बुझ्न सकिन्छ। तरल राजनीतिकै बलमा सतहमा र सतहभित्र विभिन्न खेलहरू भैरहेको त्यहाँको सामाजिक जीवनमा देख्न र अनुभव गर्न सकिन्छ। प्रदेश होइन, बेग्लै देश चाहिन्छ भन्ने आवाजले युवापुस्तालाई आकर्षित गरेको छ, यो अवस्थालाई सामान्य मान्ने भुल कसैले पनि गर्नु हुन्न। सरकार र प्रमुख प्रतिपक्षी कांग्रेसले संयुक्त मधेसी मोर्चा (संघीय समाजवादी फोरम, तमलोपा, सद्भावना र तमसपालाई बेवास्ता गर्दै)लाई मात्र प्रमुखता दिएको देखिन्छ। सरकार र प्रतिपक्षीले सम्भव भएसम्म मधेस आन्दोलनमा संलग्न सबैलाई राजनीतिक दायरामा ल्याउनु बुद्धिमानी हुनेछ। कारण, आपसमा विभाजित मधेस केन्द्रित पार्टीहरूले एउटासँग भएको सम्झौता अर्कोले अस्वीकार गर्दै तरल राजनीतिमा खेल्ने अवस्था हुनसक्छ। त्यसबाहेक चर्का राजनीतिक कुरा गर्ने, विखण्डनकारी भूमिका खेल्ने र आपराधिक क्रियाकलापलाई राजनीतिक आवरण दिएर समाजमा हैकम जमाउनेहरूको कमी छैन तराई–मधेसमा।

मोर्चासँग सम्झौता हुँदैजाला, आन्दोलन विसर्जन गर्ने सूत्रहरू भेटिएलान्, तर काठमाडौँबाट हुने यस्ता राजनीतिक अभ्यासले मात्र अहिलेको मधेस आन्दोलन साम्य हुने देखिँदैन। तराई–मधेसका जनतामा असन्तोष व्याप्त छ, राजनीतिप्रति आक्रोश चुलिएको छ र मोर्चाहरूका कामकारबाहीले वितृष्णा जन्मने खतरा पनि छ। भनिन्छ, रगत तातेको बेला तर्कहरूले काम गर्दैनन्। त्यसैले मधेसको बिथोलिएको राजनीतिक–सामाजिक अवस्थाप्रति राजनीतिक दल र सरकार जिम्मेवार तथा संवेदनशील हुनु आवश्यक छ। काठमाडौँमा हुने सम्झौताले तराई–मधेसका माग पूरा हुनसक्लान्, तर त्यहाँको जनजीवनमा गढेको काठमाडौँले हामीलाई वास्ता गर्दैन भन्ने मानसिकता हटाउन कठिन छ। तराई–मधेसमा मोर्चालगायतका आन्दोलनकारीबाहेकको राजनीतिक गतिविधि शून्यजस्तै छ। संविधान जारी गर्ने पक्षधरहरूलाई त्यहाँ निषेध गरिएको अवस्था छ । विरोधी र आन्दोलनकारी मानसिकताबाट लामो समय गुजि्रएको समाज त्यत्तिकै सामान्य अवस्थामा फर्कंदैन। त्यसका लागि व्यापक राजनीतिक कार्यक्रम आवश्यक पर्छ। सत्ताधारी एमालेका नेताहरूको बोलीकै कारण जनतामा आक्रोश उत्पन्न भइरहेको देखिन्छ। यस्तो अवस्थामा मधेसमा राजनीतिक अभियान चलाउने प्रमुख जिम्मेवारी प्रतिपक्षी कांग्रेसको हो। कांग्रेस पार्टी र यसका नेताहरूले तराई–मधेसको अहिलेको परिस्थितिको वस्तुपरक आकलन गर्नसक्नु उसकै हितमा छ। तराई–मधेस हाम्रो भोटबैंक हो भनेर विगतको जस्तो रमाइरहने स्थिति अहिले बिल्कुलै छैन।

मधेसका युवामा राजनीतिप्रति वितृष्णा जाग्ने संकेत प्रशस्त देखिएका छन्। चर्का र क्रान्तिकारी योजनाबाट आकर्षित हुनसक्ने युवालाई रचनात्मक भूमिकामा सक्रिय राख्नु कुनै पार्टीविशेषको मात्र जिम्मेवारी होइन। यो मामलामा मुलुक नै संवेदनशील हुनुपर्छ। राजनीतिक शून्यता चिर्न प्रशस्त राजनीतिक कार्यक्रमहरू आवश्यक पर्छन्। तर, त्यति गरेरमात्र पनि पुग्दैन। तराई–मधेसमा घनीभूतरूपमा युवालक्षित कार्यक्रम गर्ने, विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने र मनोरन्जनात्मक कार्यक्रम सञ्चालन गर्ने नीति अख्तियार गरिनुपर्छ। सरकार, जिम्मेवार राजनीतिक पार्टीहरू अब मधेसका घनाबस्तीहरूमा छिर्नुपर्छ, त्यहीँ राजनीतिक विचार विमर्श गर्ने, खेल्ने, नाच्ने गाउने कार्यक्रम आयोजना गर्नुपर्छ। काठमाडौँको ठिहीलाई मधेसको न्यानोले ताप दिने वातावरण तयार पार्नुपर्छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस