आरक्षणको रोइलो
०६ पौष २०७२
•
१७ मिनेट पाठ
आरक्षणको रोइलो
जात र वर्णको आधारमा आरक्षण गरिने व्यवस्था नेपालको संविधानमै पस्यो। मदेसेको लिस्टमा सूचीकृत भएमात्र ब्राह्मण तथा क्षत्रीले विशेष सुविधा पाउने भए। समग्रमा मधेसका ब्राह्मण र क्षत्रीमा सूचीकृत भएका शासक सिंह–राजपुत, पहाडे तागाधारीभन्दा आर्थिक तथा सामाजिकरूपले कमसल नभए पनि उनीहरू किन आरक्षणमा समेटिए भन्न कठिन छ।आर्थिक अवस्था तथा पारिवारिक पृष्ठभूमिको आधारमा आरक्षण गरिनुपर्नेमा पूर्वराष्ट्रपति रामवरण यादव र धनाढ्य उपेन्द्र महतो तथा शेष घलेका सन्तानसँग गाउँमा बस्ने यादव, महतो तथा घलेका बच्चाले प्रतिस्पर्धा गर्दा निमुखा नेपालीको हातमा के पर्छ सहजै अन्दाज गर्न सकिन्छ। जे भए पनि अहिलेको आरक्षणले अपेक्षित परिणाम दिने लक्षण पटक्कै देखिँदैन। ध्रुव परिवर्तन होला, समस्या यथास्थानमै रहन्छ। यस आलेखमा अन्तराष्ट्रिय प्रयोग र राष्ट्रिय परिक्षणले देखाएका केही आरक्षण तथा समानताको उदाहरण समेट्ने प्रयास गरिन्छ।

आधुनिक इन्डोनेसियाको आर्किटेक्ट तथा प्रथम राष्ट्रपति सुकार्नोलाई अपदस्त गरी सन् १९६७ मा सत्ता सम्हालेपछि अन्य 'डिक्टेटर'झैँ सैनिक जनरल सुहार्तोले समेत सस्तो लोकप्रियता कमाउने निर्णय गरे। धनी र गरिबबीचको असमान जग्गा वितरणलाई लक्ष्य गर्ने निर्क्योल गरे उनले। उक्त योजनामुताविक एउटा भेगको जग्गालाई राष्ट्रियकरण गरे अनि त्यहाँका बासिन्दाबीच बराबर पर्नेगरी जमिन वितरण गरे। त्यसो गर्दा सुहार्तो गरिबको पक्षमा रहेको सन्देश गयो अनि उनको लोकप्रियता चुलियो। त्यसैको प्रभावले ३ दशकभन्दा बढी समय उनी राष्ट्रपति बने। जग्गावितरण भएको एक दशकपछि त्यहाँका बासिन्दाको आर्थिक अवस्थाको अध्ययन गर्दा पहिलेकै झैँ सीमित व्यक्तिको स्वामित्वमा अधिकांश जमिन पुगेको देखियो। अझ महŒवपूर्ण कुरा त विगतका बिर्तावालाहरूकै मातहतमा अधिकांश जमिन देखियो भने भूतपूर्व सुकुम्बासीहरू पुन? भूमिहीन भए। समान वितरण गर्दा पनि घुमिफिरी सबै जमिन पूर्वजिम्दारको हातमा पुग्नुले उनीहरूसँग विशेष क्षमता रहेको ठानेर अझ सूक्ष्म अध्ययन गरियो। उक्त अनुसन्धानले धेरै जग्गा हत्याउने परिवार पढेलेखेको र भविष्यको चिन्ता गर्ने देखियो। अशिक्षित परिवारले क्षणिक आनन्द र सुखका लागि जमिन बेचे अनि पुनः गरिबै भए। अनुसन्धानले धन कमाउन तथा सम्पत्तिको रक्षा गर्न अध्ययनलाई अपरिहार्य देखायो।

विज्ञानको अनुसन्धान गरेवापत् नोबेल पुरस्कार पाउने वैज्ञानिकहरू धेरै छन्। सबैको योगदान मानव कल्याणको क्षेत्रमा विशिष्ट रहे पनि सबै अनुसन्धानकर्ता एउटै श्रेणीका मानिँदैनन्। अल्बर्ट आइन्स्टाइनको सापेक्षवादको सिद्धान्तले विज्ञानको परम्परागत सोचलाई पुनर्लेखन गर्योर। वर्तमान युगका सबैभन्दा तीक्ष्ण बुद्धि भएका तथा हालसम्मकै उत्कृष्ट श्रेणीका महावैज्ञानिक मानिन्छन् आइन्स्टाइन। आणुवांशिक तत्व डीएनएको बनोट ढाँचा पत्ता लगाएवापत् जेम्स वाट्सनले सन् १९६२ मा चिकित्साशास्त्रको नोबेल पुरस्कार पाए। डीएनएको अध्ययनले मानिसलाई भविष्यमा लाग्न सक्ने रोगको पूर्वआकलन गर्न सकिने तथा रोग लागेपछि पनि बिरामीको इलाज गर्न मद्दत गर्ने भएकाले उनको अनुसन्धानले चिकित्साविधिमा नयाँ आयाम थप्यो। त्यसैले वाट्सनलाई मानवइतिहासमा हालसम्मका विलक्षण जीव वैज्ञानिक मानिन्छ। विभिन्न अध्ययन–अनुसन्धानको निष्कर्षस्वरूप उनले गोरा वर्णका युरोपियनको तुलनामा अफ्रिकनमूलका काला मानिस बौद्धिक क्षमतामा बोधा हुन्छन् भनी विवादास्पद अभिव्यक्ति दिए। अमेरिकाको कानुनअनुसार उक्त अभिव्यक्ति घोर आपत्तिजनक भएकाले उनैको अगुवाइमा स्थापित अनुसन्धानात्मक संस्था 'कोल्डस्पि्रङ हार्बर ल्याबोरेटरी'को अध्यक्ष पदबाट हटाइयो। सरकारी सहयोगमा अनुसन्धान गर्न प्रतिबन्ध लाग्यो। वाट्सन ल्याब बन्द हुने अवस्थामा पुग्यो। सरकारी रकम बन्द भएपछि स्वआर्जन तथा अन्य स्रोतबाट खर्च जुटाउँदै केही वर्ष आफ्नो प्रयोगशाला चलाए, तर लामो समय धान्न सकेनन्। अन्तिम विकल्पको रूपमा ल्याबका लागि आवश्यक खर्च जुटाउन सन् २०१४ मा उनले आफूले पाएको नोबेल पुरस्कारको तक्मा डाक बडाबडमा बिक्रीमा राखे। त्यसबाट केही रकम जुटाए अनुसन्धानका लागि। कुनै निश्चित वर्णका मानिस अन्यभन्दा जन्मजात बौद्धिकरूपमै क्षमतावान हुन्छ भन्ने उनको अभिव्यक्तिको वैज्ञानिक पुष्टि गर्न डीएनएको सूक्ष्म विश्लेषणपछि मात्र सम्भव छ। ठोस उत्तरका लागि अझै लामो समय कुर्नुपर्छ।

पञ्चायतकालमा सरकारी सेवाका लागि लोकसेवा आगोगले लिने लिखित परीक्षामा लामा निबन्धको अंकभार बढी भएकाले नेपाली भाषाभाषीले मात्र बढी फाइदा पाए भन्ने गुनासो आयो। बहुदलीय व्यवस्थाछि प्रधान मन्त्री गिरिजाप्रसाद कोइराला स्वयं अग्रसर भए उक्त गुनासो सुन्न। माग सम्बोधन गर्न लोकसेवा आयोगको परीक्षाको ढाँचामा व्यापक सुधार गरियो। मदेसे र जनजातिको सरकारी सेवामा प्रवेश न्यून रहेको यथार्थलाई ध्यान दिँदै दुवैका विशेषज्ञ सामेल गरी उनीहरूकै सल्लाहका आधारमा लोकसेवाको प्रश्नपत्र तथा जाँच प्रणालीमा परिवर्तन गरियो। नेपाली भाषाभाषीले विशेष सुविधा नपाउन् भन्नका खातिर ठीकबेठीक तथा छोटो उत्तरमात्र लेख्नुपर्ने गरी परीक्षाको ढाँचा फेरियो। लामालामा उत्तर लेख्नु नपरेपछि समन्याय हुने ठहर गरियो। तर, परीक्षाको नतिजा भने पृथक आयो। नवीन ढाँचामा भएको शाखा अधिकृतको प्रथम परीक्षामा ७० प्रतिशतभन्दा अधिक ब्राह्मण पास भए। विगतको भन्दा पनि विपरीत परिणाम आएको देखियो।

अमेरिकी विश्वविद्यालयको ग्राजुएट तहमा भर्ना हुनका लागि जीआरईको जाँचमा उत्कृष्ट नम्बर ल्याएको हुनुपर्छ। उक्त परीक्षामा गणित, अंग्रेजीलगायतका विषयको क्षमता परीक्षण अंग्रेजी माध्यममा गरिन्छ। अंग्रेजी विषयको परीक्षा भाषाभाषी स्वयं अमेरिकनकै लागि पनि क्लिष्ट हुन्छ। तर, जीआरईको परीक्षामा चीनमै बस्ने चिनियाँ विद्यार्थीले अमेरिकनभन्दा पनि उत्कृष्ट नम्बर ल्याएको देखियो। कम्प्युटरमा अनलाइन विधिमार्फत् लिइने परीक्षामा चिनियाँहरूले केही कैफियत गरे कि भन्ने आशंकामा जीआरईको परीक्षा सञ्चालन गर्ने संस्था ...इटीएस'ले चीनमा मात्र लागु हुनेगरी कागजकलमले जाँच दिनुपर्ने व्यवस्था गर्योर। तर, कागजकलममा आधारित परीक्षामा समेत चिनियाँहरूले उत्कृष्ट नतिजा ल्याएर देखाए। दृढ इच्छाशक्ति भए जस्तै कठिन लक्ष पनि भेदन गर्न सकिन्छ भन्ने देखाए चिनियाँ विद्यार्थीले। जीआरई जाँचमा उत्कृष्ट नतिजा ल्याएका कारण नै प्रतिष्ठित अमेरिकी विश्वविद्यालयमा चिनियाँ विद्यार्थीको संख्या उल्लेख्य छ।

यसै परिवेशमा पंक्तिकार दुई व्यक्तिगत अनुभव प्रस्तुत गन चाहन्छ। सन् ९०को पूर्वार्द्धमा यस पंक्तिकारकै कक्षामा धरानका प्रवीण राई पढ्थे कीर्तिपुर क्याम्पसमा। पछि उनले अमेरिकाबाट विद्यावारिधि पनि गरे। लाहुरे पृष्ठभूमिका प्रवीण आफ्नो शाखा सन्तान नै सेनामा रहेको अनि एउटा दाजु ब्रिटिस र अर्को भारतीय सेनामा भएको गर्वले सुनाउँथ्यो। उचाईले आफूलाई साथ नदिएकोले मात्र यहाँ पढ्न आइपुगेको व्यथा पोख्थे उनी। आफ्नो परिवारमा अन्यले खासै नपढेको भए पनि समाज तथा परिवारमा सेनामा जागिरे भएका कारण आफ्नो भन्दा दाजुहरूको प्रतिष्ठा भएको कुरा भन्थे। समाजमा सेनामा कार्यरतको मात्र हुने इज्जत हुने कथा थियो उनको। त्यस्तै, जनकपुर क्याम्पसका मित्र गणेश अधिकारीको कथा अझ रोचक छ। तराईमा अलि धनी यादवलाई अधिकारी भन्ने प्रचलन छ। आफूले थर अधिकारी लेखे पनि यादव भएको बताउँथे उनी। पञ्चायती शासनकालमा अधिकारी लेख्दा प्रशासनिक लाभ हुने भएकाले आफ्नो थर पिताजीले अधिकारी लेखिदिएको उनले स्ुनाएका थिए। आफूलाई स्वच्छ प्रशासक भएर देशको सेवा गर्ने इच्छा भएको, तर पिताजीको इच्छा छोराले इन्जिनियर भएर धेरै पैसा कमाओस् भन्ने रहेकाले मात्र विज्ञान पढ्न आएको बताउँथे। पछि उनले इन्जिनियरिङमा पढाइ सके। आरक्षणको लोभमा अहिले पनि उनी अधिकारी नै छन् कि यादव भए, थाहा भएन। तर, विषयसँगको लगाव र लक्ष्य जति नै कठिन भए पनि फत्ते गरेरै छोड्ने उनको बानीले नेपाल सरकारको प्रशासक हुन नसक्ने अवस्था थिएन। चिनियाँले जीआरईको परीक्षामा ल्याएको उत्कृष्ट नतिजा ज्वलन्त छँदैछ।

सप्तरीको कोइलाडी नेपालको सबैभन्दा शिक्षित गाउँ मानिन्छ। नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंह, रामराजा प्रसाद सिंहलगायतका दर्जनौ उच्च प्रशासक, न्यायमूर्ति उत्पादन गरेको छ कोइलाडीले। २०३६ सालमा भारतीय पत्रिका दिनमानले नेपालको स्थलगत निरीक्षण गरी कोइलाडी गाउँमा ३ सयभन्दा बढी मेडिकल डाक्टर र इन्जिनियर भएको खबर सार्वजनिक गर्योग। महोत्तरीको पिपरा अर्को उदाहरणीय गाउँ हो, शिक्षित जनशक्ति उत्पादन गर्ने। भारतसँग जोडिएको सीमा तथा सामीप्यका कारण पनि तराईका उच्च वर्गमा शिक्षाको प्रभाव अत्यधिक छ। अहिले पनि देशव्यापी आँकडा तयार गर्ने हो भने विद्यालयका हिसाब र विज्ञानका शिक्षकमा मदेसेको वर्चश्व छ। त्यसका अतिरिक्त मधेसमा बाबुले छोरालाई आशीर्वाद दिँदा डाक्टर–इन्जिनियर बनेस् भन्ने गरिन्छ। सन्तान अफिसर बनोस् भन्ने चाहना खासै राख्दैनन्। त्यसमा नेपाली भाषामा लिइने शाखाअधिकृतमा मधेसीले पास गर्न सक्दैनन भन्ने मानसिकताले पनि काम नगरेको होइन। सबैभन्दा गाह्रो विषय विज्ञानमा राम्रो गर्न सक्ने मदेसे केटाकेटीले शाखाअधिकृतको परीक्षा पास गर्न नसक्ने भन्ने हुँदै होइन। तर, त्यसका लागि मानसिकरूपमा तयार भने हुनै पर्यो । प्रवीण राई र गणेश अधिकारीको कथाले समाजको मानसिकताको सम्बन्धमा धेरै कुरा बोल्छ।

मानिस तथा समाजलाई अग्रदिशा दिने शिक्षा नै हो। पारिवारिक पृष्ठभूमि र सामाजिक पे्ररणाले भविष्य निर्धारणमा मद्दत गर्छ। शिक्षा पाएका मानिसको आर्थिक अवस्था सबल हुन्छ र आर्जित सम्पत्तिको रक्षा गर्ने सबालमा पनि ज्ञानले मद्दत गर्छ। अन्यले ल्याइदिएको समानता स्थायी हुँदैन भन्ने इन्डोनेसियाको भूमिसुधार अभियानले पुष्टि गर्योल। चिनियाँ परीक्षार्थीले पाएको जीआरईको अंक र सुधारिएको ढाँचामा भएको लोकसेवाको नतिजा हेर्दा कर्तव्यपरायणताबिना लक्ष्य भेदन गर्न नसकिने यथार्थ दोहर्या उनु परेन। भोलिका दिनमा तराईमा मैथिली तथा भोजपुरी भाषामा हुने लोकसेवाको परीक्षामा अधिकांश नेपाली मातृभाषा भएका परीक्षार्थी उत्तीर्ण नहोलान् भन्न सकिन्न। त्यस्तो भए के गर्ने? स्तरीय प्रतिस्पर्धी शिक्षामा सबैको पहँुच पुर्याीउन नसके केवल आरक्षणको रटानले गरिब अझ गरिब बन्ने अनि अवसरजति सबै धनी तथा सम्भ्रान्त परिवारको हातमा जाने छ। स्तरीय शिक्षामा गरिब तथा विपन्न वर्गको पहुचँको ग्यारेन्टी गर्न नसक्ने हो भने मुलुकमा स्थायित्व र विकास दुवै सम्भव छैन। आफ्नो निहित राजनीतिक स्वार्थपूर्तिका लागि जनताबीच कलहको बिजारोपण गर्ने नेतृत्वले मुलुकलाई भड्खालोमा हाल्ने वास्तविकता सबैले बुझ्नु आवश्यक छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस