मधेस समस्याको उपचार
०६ पौष २०७२
•
१२ मिनेट पाठ
मधेस समस्याको उपचार
मधेस संकट झन्झन् गहिरिँदो छ। निकासका निम्ति जिम्मेवार बन्नुपर्ने सरकार संवेदनहीन बन्दा समस्या विकराल बन्दै गएको हो। आन्दोलनकारी पक्षका जिम्मेवारी त छँदैछ, सरकारमा रहेका शीर्ष तहका नेताले जथाभावी बोल्दै हिँड्नाले मधेसी दल चिढिन पुगेका छन्।उनीहरू आफ्नो भावना कुल्चिएको महसुस गरिरहेका छन्। प्रधान मन्त्री केपी शर्मा ओलीले त मधेसी दलका नेताका क्रियाकलाप 'जनावर'को जस्तो भनिदिए। यसले उनीहरूको भावनामा ठूलै चोट पुगेको देखिन्छ। मान्छेलाई बरु कुट्दा कम असर गर्ला, भावनामा प्रहार गर्दा दूरगामी असर पर्ने गर्छ। पूर्वप्रधान मन्त्री झलनाथ खनालको भनाइ पनि भावनामा प्रहार हुनेखालको रहेको छ। उनले मधेसको माग (सीमांकन)लाई लिएर त्यो दिनै सकिन्नँ भने। खनालको बिर्ता हो र मधेस उनले दिने? अर्का जिम्मेवार नेता प्रदीप ज्ञवालीले पनि मधेसीको भावनामै चोट पुर्याखए। उनले त मधेसमा वार्ता हुन सक्दैन, काठमाडौँमै हुनुपर्छ भनिदिए। यस्तो अभिव्यक्तिबाट मधेसवादीको भावनामा खेलबाड हुन गएको छ।




नेपाल भनेको काठमाडौँमात्रै हो भन्ने सोच अधिकांश नेतामा विकसित भएको छ। हिजोका दिनमा मधेसका मान्छे काठमाडौँ आउनुपर्दा 'नेपाल' जाने भन्थे। मधेसबाट काठमाडौँ पुग्न ठूलै पहाड कट्नपर्थ्यो, निकै कठिन थियो। यातायातको अभावजस्ता समस्याले मधेसबाट काठमाडौँको दूरी टाढा थियो। अहिले पनि उक्त मानसिकतामा कुनै परिवर्तन आएको देखिएन। काठमाडौँ केन्द्रित सत्ताले जहिले पनि आफूलाई मात्र नेपाल सोच्यो, मधेसलाई परको देश सम्‰यो। मधेसबाट सत्तामा पुग्ने त्यहीँका नेताले पनि सोही व्यवहार गरे। मधेसवासीले आफू ...हेपिएको' भन्नुको तात्पर्य यही नै हो। २०६२/६३ को आन्दोलन तथा मधेस आन्दोलनले उठाएका मागको सुनुवाइ भएको छैन। संविधान सभामार्फत् नयाँ संविधान बनेपछि आफ्ना माग पूरा हुने अपेक्षामा मधेसवासी बसेका थिए। तर, कर्फ्यु र गोलीका बीच संविधान जारी गरियो। र, जनतालाई जबर्जस्ती उत्सव मनाउन उर्दी दिइयो। अनि मधेसमा असन्तोष चारैतिर फैलियो। यो संविधान मधेसवादीमात्र होइन जनजाति, हिन्दु धर्मावलम्बी, दलित, थारूको पनि आफ्नो हुन सकेन। यति धेरै असन्तुष्टि हुँदाहुँदै पनि किन ल्याइयो नयाँ संविधान? प्रश्न उल्लिखित वर्गले सोधिरहेका छन्। पंक्तिकार ४७ सालको आन्दोलनमा मधेसका शीर्ष नेताहरूसँगै काठमाडौँको सडकमा उत्रेको थियो। अहिले ७२ सालमा पनि तिनको मागलाई नजिकबाट हेरिरहेको छ। यो ३६ वर्षको अवधिमा पनि मधेसको मागबारे सत्ता गम्भीर भएको देखिएन। अब यसलाई हेपाहा प्रवृत्ति नभने के भन्ने?

अहिले नेपाली कांग्रेसको सरकार रहेका बेलामा गरिएको संविधान संशोधनमा टेकेर मधेसवादी अघि बढ्नुपर्ने र आन्दोलन रोक्नुपर्ने कुरा पनि आएको छ। तर, यहाँनिर पनि मधेसवादी सन्तुष्ट हुन सक्ने देखिँदैन। किनकि, संशोधन कसलाई चित्त बुझाउन गर्नुपर्ने हो, उसैसँग एक पटक पनि सल्लाह नगरी दर्ता गरिएको संशोधनको के अर्थ? यो त कांग्रेसको ठूलो पाखण्ड प्रदर्शन हो। त्यसकारण मधेसमा संशोधनलाई लिएर पनि गम्भीर विरोध भएको हो। हेपाइको अर्को सन्दर्भ मधेस आन्दोलनलाई भारतसँग जोड्नु पनि हो। भारतको उक्साहटमा मधेस आन्दोलन सञ्चालित रहेको, उतैबाट लगानी भएको जस्ता कुरा थुप्रै सुन्न–पढ्न पाइन्छ। तर, त्यो सरासर गलत बुझाइ हो। यस्तो आरोपले नेपालको निकटतम छिमेकी भारतसँगको सम्बन्ध पनि बिग्रन पुगेको छ भने मधेसवादी थप रुष्ट हुन पुगेका छन्। हामीले बिर्सनु के हुँदैन भने भारत एउटा ठूलो देश हो, हामी ऊसँग थुप्रै कुरामा निर्भर रहँदै आएका छौँ। आत्मनिर्भरता भन्ने उक्ति भाषणमै सीमित छ। यस्तो अवस्थामा उसलाई चिढाएर हामीलाई घाटामात्रै हुने हो। अहिले नेपालका बच्चाबच्चामा भारतविरोधी भावना विकसित भएको छ। साथै, भारतले आफू सुरक्षा परिषद्मा सदस्य बन्ने जुन इच्छा राखेको छ त्यसमा पनि असर पर्ने उसले बुझेको छ। आफ्नो नजिकको छिमेकी सुरक्षा परिषद्मा पुग्दा नेपालले सहयोग गर्नुपर्नेमा उल्टो बाटो हिँडिदिँदा र अन्तर्राष्ट्रिय बेइज्जत गरिदिँदा पनि भारत रिसाएको हो। यसकारण पनि नेपालका गतिविधिसँग भारत त्रु्कद्ध भएको छ। मधेस आन्दोलन नेपालको दक्षिणी भेगमा भएको जनआन्दोलन हो। यसलाई न त भारतले नियन्त्रण गर्न सक्छ न त मधेसका नेताहरूले नै! यो यतिखेर नियन्त्रणबाहिर गइसकेको छ। राज्यले बेलैमा सम्बोधन नगर्ने हो भने 'मधेस प्रदेश'को माग 'मधेस देश'तर्फ जाने खतरा छ। त्यस्तो अवस्था आएमा दोषको भागिदार यिनै ठूला भनिएका दल नै हुनेछन्।

समाधानका उपाय

त्रुटिपूर्ण संविधानको संशोधन मधेसी दलका शीर्ष नेताहरूसँगको छलफलबाट तत्काल अघि बढाउनुपर्छ। तिनको सहमतिबिनाको संशोधन काम लाग्दैन। आन्दोलनकारीसँग एक पटक नसोधी गरिने संशोधनको कुनै अर्थ हुँदैन। संशोधन प्रस्ताव दर्ता गराउने कांग्रेसले यसलाई पेशमात्र गरेको पास होइन भन्दै आएको छ। तर, यस्तो संशोधन पेश हुनुको कुनै तुक छैन। मधेसीलाई मान्य हुने संशोधन अघि बढाउनु आवश्यक छ। अहिले भाग्यबस पूर्वमा लिम्बुवान, जनजातिलगायत पनि मधेससँगै एकाकार भएर आन्दोलनमा छन्। आन्दोलनको मोर्चामा रहेको सबैलाई एकै ठाउँमा राखेर संशोधन प्रस्ताव लैजान सहज छ। पूर्वका केही भूभाग कुन प्रदेशमा राख्ने भन्ने प्रश्नको उत्तर उति गाह्रो नहोला। जनजाति पनि छुट्टै आन्दोलनमा उत्रिएका खण्डमा थप कठिनाइ उत्पन्न हुने छ।

काठमाडौँले मधेसलाई जति धैर्य गर्दा पनि नसुनेपछि नाकाबन्दीजस्ता कडा आन्दोलनमा उनीहरू उत्रिएका हुन्। बीरगन्जको दसगजामा गरिएको आन्दोलन सफल भएकै हो। त्यसलाई पनि सत्ताले नजरअन्दाज गर्योम। यसलाई पनि मधेसले हेपिएको रूपमा बुझेको छ। आफ्नो आवाज नसुनेको महसुस गरेको छ। अहिले आन्दोलन स्वतस्फूर्तरूपमा चलिरहेको छ। आन्दोलनमा सामेल सर्वसाधारण जनता 'काठमाडौँले अहिले पनि मधेसलाई सुनेन भने कहिल्यै सुन्ने छैन' भन्ने मानसिकतामा छन्। त्यसकारण मधेसी नेतालाई जथाभावी सम्झौता नगर्न उनीहरू चेतावनी दिइरहेका छन्। मधेसको जायज माग पूरा नभई आन्दोलन कसैले भनेर रोकिने देखिँदैन।

पश्चिममा थारू पनि आन्दोलित छन्। यो देशका आदिवासी हुन् थारू। तिनका माग सुनेर थरूहट प्रदेशको व्यवस्था गर्नुपर्छ। यति गर्न सकेमा नाकाबन्दी साम्य हुने छ। भारत पनि खुसी हुने छ। देशले एउटा गति पक्रने छ।

नयाँ शक्ति

बताइरहनु पर्दैन, देशका ठूला भनिएका दल असफल हुँदै गएका छन्। तिनका संलग्नतामा तयार पारिएको नयाँ संविधानलाई समग्र मुलुकले अपनत्व महसुस गर्न सकेन। एक पटक जनमत पाएर चुनाव जित्दैमा तिनीहरू नै जनताका असली प्रतिनिधि हुन् भनी मानिरहन पनि सकिन्न। मत पाएका दलका नेता यतिखेर हरेक कुरामा चुक्दै आएका छन्। त्यसकारण पनि मुलुकमा नयाँ शक्तिको बहस सुरु भएको छ। पुराना असफल हुँदा नयाँको चर्चा स्वाभाविक हुन्छ। तर, नयाँ शक्ति नयाँ जाँगर, नयाँ सोच र सामर्थ्यका साथ आउनुपर्छ।

नयाँ शक्तिको बहसमा एमाओवादीका पूर्वनेता डा. बाबुराम भट्टराई देखापरेका छन्। उनी त्यही पात्र हुन् जसले जारी नयाँ संविधानमा हस्ताक्षर गरेका छन्। यसकारण पनि उनीप्रति आशंका कायमै छ। कतै उनी पनि 'पुरानो रक्सी नयाँ बोतल' त हुने होइनन् भन्ने आशंका व्याप्त छ। यस्तो आशंका मेट्न उनले धेरै मेहनत गर्नुपर्ने छ। नातावाद, कृपावाद, दण्डहीनता, भ्रष्टाचार रोक्न सक्नुपर्छ। त्यसको विश्वासिलो आधार तयार नगरी अहिले नै देशमा नयाँ शक्ति स्थापित हुने अवस्था छैन। सर्वथा नयाँ ढंगको सोच र जाँगर प्रस्तुत गर्न सक्दा उनीमाथि लागेको कलंक मेटिन सक्छ। यतिखेर मधेस आन्दोलनसँग चर्चामा रहेको नयाँ शक्तिको कुनै साइनो देखिँदैन।

नागरिक समाजका अगुवा
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस