मैले ज्योति बसुलाई सन् १९८४ मा कोलकातामा भेट्ने मौका पाएको थिएँ। त्यो सामूहिक भेट थियो। म भारत प्रवासको विद्यार्थी आन्दोलनमा थिएँ। मैले भेटेको त्यो भद्र र सालिन व्यक्तित्व थियो। नेपालबाट जाने नेताहरूका निम्ति उनी सहज थिए। त्यतिबेला भारतीय नेताले नेपाली राजनीतिक नेतालाई यथोचित स्थान दिने चलन कम थियो। भेट पाइहाले पनि तत्कालीन पञ्चायती नेता मात्र हुन्थे। विपक्षमा रहेका कम्युनिष्ट नेतालाई उनी सहज उपलब्ध थिए।
२०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन नेकपा (माले)का महासचिव मदन भण्डारीसँग उनको भेट भएको थियो। कोलकातामा आयोजित अन्तर्राष्ट्रिय गोष्ठीमा भण्डारीले जनताको बहुदलीय जनवादबारे कार्यपत्र प्रस्तुत गरेका थिए। सम्भवतः त्यो भण्डारीको अन्तिम अन्तर्राष्ट्रिय कार्यक्रम थियो। उनको विचारको बसुले खुलेर प्रशंसा गरेको पछि हामीलाई बताएका थिए।
कम्युनिष्ट नेताहरूसँगको निकटताका कारण बसुले पञ्चायतविरुद्धको प्रजातान्त्रिक आन्दोलनलाई प्रत्यक्ष समर्थन गरेका थिए। आन्दोलनका लागि हौसला प्रदान गरेका थिए। नेपालको कम्युनिष्ट र प्रजातान्त्रिक आन्दोलनमा उनको निरन्तर चासो रहयो। उनलाई हामी नेपालको कम्युनिष्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनलाई सघाउने महत्वपूर्ण नेताका रूपमा सम्झन सक्छौं।
मनमोहन अधिकारी र सहाना प्रधानसँग उनको घनिष्ट सम्बन्ध थियो। पछिल्लो कालमा मदन भण्डारी र माधवकुमार नेपालसँग पनि उनको उत्तिकै निकट सम्बन्ध रह्यो। नेपालको कम्युनिष्ट आन्दोलनमा देखिएको लोकतान्त्रिक रुपान्तरणमा पश्चिम बंगालको प्रभाव कुनै न कुनै रूपमा रह्यो। नेपाल कम्युनिष्ट पार्टीको स्थापनामा समेत पश्चिम बंगालका नेताको निकटता र प्रभाव महत्वपूर्ण थियो। नेकपाको स्थापना पुष्पलालको नेतृत्वमा कलकोत्तामा १९४९ मा भएको थियो। त्यही निकटताले यहाँको प्रजातान्त्रिक आन्दोलनमा भारतीय कम्युनिष्ट आन्दोलनको समर्थन रहिआएको हो।
भारतमा कम्युनिष्ट आन्दोलनको पुरानो इतिहास छ। अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा जस्तै सुरुका दिनमा भारतीय कम्युनिष्ट पार्टीको स्थापना र विकासमा सोभियत क्रान्तिको गहिरो प्रभाव थियो। बेलायतमा अध्ययन गर्ने मौका पाएका भारतीय नेताहरूले त्यहाँ कम्युनिष्ट आन्दोलनको थालनी गरेका थिए। कम्युनिष्ट इन्टरन्यासनलको गठन भएकै बेलादेखि भारतमा यो आन्दोलनले प्रवेश पाएको देखिन्छ।
अन्तर्राष्ट्रिय कम्युनिष्ट भाइचाराबादको प्रभावमा परेको भारतीय कम्युनिष्ट आन्दोलन सोभियत समाजवादी क्रान्तिबाट बढी प्रभावित रह्यो। त्यसकै परिणामस्वरुप दोस्रो विश्वयुद्धका समयमा अंग्रेज विरुद्धको आन्दोलनमा निरपेक्ष बस्न पुग्यो। भारतमा अंग्रेज विरुद्धको आन्दोलनमा सहभागी नभई भारतीय कम्युनिष्ट आन्दोलन नाजीवाद विरुद्धको सोभियत-बेलायती मोर्चाको समर्थक बन्यो। यो घरेलु अन्तरविरोधलाई गौण ठान्ने राजनीतिबाट भारतको कम्युनिष्ट आन्दोलन गुज्रियो।
अंग्रेज विरुद्धको आन्दोलनमा आफूलाई केन्द्रित गर्न नसक्दा भारतीय कम्युनिष्ट आन्दोलनले भारतीय स्वतन्त्रता आन्दोलनको सफलतासँगै निकै ठूलो धक्का सामना गर्नुपर्यो। त्यसले पछिसम्म भारतमा कम्युनिष्ट आन्दोलनको विकासमा समस्या आयो।
मार्क्सवादी पार्टीको पुनर्गठनसँगै बसुले भारतीय कम्युनिष्ट आन्दोलनलाई राष्ट्रिय भावधाराको आन्दोलनसँग जोड्ने प्रयास सुरु गरे। यसै क्रममा भारतीय कम्युनिष्ट आन्दोलनलाई बंगाली राष्ट्रवादसँग जोड्दै विकास र विस्तार गर्ने नायकका रूपमा उनी आए। अन्तर्राष्ट्रियतावादबाट भारतीय भावधारामा आन्दोलनलाई जोड्ने प्रतीकका रूपमा समेत उनलाई लिन सकिन्छ।
बसुले पश्चिम बंगालमा मार्क्सवादी समूहलाई स्थापित गर्न केही महत्वपूर्ण सुधारवादी आन्दोलन गरे। भारतीय समाजमा सफल भूमिसुधार आन्दोलनको प्रयोगकर्ताका रूपमा समेत उनी चिनिन्छन्। किसानबीच सिपिएम गहिरो गरी स्थापित भयो। उनले पश्चिम बंगालमा ट्रेड युनियन अर्थात् श्रमजीवी शक्तिलाई राजनीतिक शक्तिको रूपमा स्थापित गर्ने कामसमेत गरे।
पश्चिम बंगालमा लामो समय शासन गर्दा उनले तीन प्रकारको छवि निर्माण गरे। एक, निष्कलंक राजनीतिज्ञ। लामो समय शासन गर्ने व्यक्ति चारित्रिक रुपमा प्रायः कंलकित हुन्छ, यसबाट उनी मुक्त भए। दुई, उनी बंगाली राष्ट्रवादका प्रतीक बने। तेस्रो, कम्युनिष्ट आन्दोलनमा क्रान्तिपूर्व नै राज्य सत्ता सञ्चालन गर्नु हुन्छ भन्ने मान्यतालाई जबर्जस्तरुपमा स्थापित गरे। कम्युनिष्टहरूको क्रान्ति सम्पन्न नगरी सत्तामा जानु हुन्न भन्ने जडसूत्रवादी मान्यतालाई चिरेर प्रजातान्त्रिक प्रक्रियाबाट आफ्नो पार्टीलाई शासक पार्टीका रूपमा उभ्याए। त्यसैले उनलाई एउटा सफल प्रयोगकर्ताको रूपमा समेत लिन सकिन्छ।
उनी मध्यममार्गी नेतृत्वका रूपमा अगाडि आए। उनलाई कसैले पनि सुधारवादी वा शक्तिको अहंकार गर्ने नेताका रूपमा मात्र आरोपित गर्न पाएनन्। उनी आफ्नो अलग छवि निर्माण गर्न सफल भए। नीति निर्माणको तहमा पनि सिपिएमको मेरुदण्डका रूपमा उनले आफूलाई उभ्याइरहे। पश्चिम बंगाल सरकार र पार्टीको नीति निर्माताका रूपमा उनको महत्वपूर्ण भूमिका रह्यो। बसुको नेतृत्वकारी भूमिकाका कारण सिपिएममा पश्चिम बंगालको प्रभाव बढी देखियो। त्यसमा उनको प्रभाव निर्णायक थियो।
एक समय भारतको केन्द्रीय सत्तामा बसु सर्वस्वीकार्य प्रधानमन्त्रीका रूपमा प्रस्तावित भएका थिए। उनको पार्टी यो स्वीकार गर्न तयार भएन। त्यसबाट भारतजस्तो विशाल मुलुकको प्रधानमन्त्री हुनबाट उनी बञ्चित भए। त्यो बेला प्रधानमन्त्री स्वीकार गरेको भए उनी आज भारतको पूर्व प्रधानमन्त्रीका रूपमा विदा हुने थिए। त्यो बेला प्रधानमन्त्रीत्व स्वीकारेको भएको सिपिएमको आयाम अहिलेभन्दा विस्तारित हुने थियो।
हाम्रो पार्टी तत्कालीन नेकपा (माले)ले भूमिगत हुँदा बसुको मार्क्सवादी पार्टीलाई ज्यादा सुधारवादी कोणबाट हेर्ने गर्थ्यो। त्यो पनि हिँड्ने बाटो हो र? भन्ने नकारात्मक सोच नक्सलवादी आन्दोलनबाट प्रभावित झापाली समूहमा थियो। २०४६ सालको आन्दोलनपछि भारतीय दलको सहयोग र समर्थनको महत्व यसले बुझ्यो र सिपिएमसँगको सम्बन्ध बढायो। मदनको नेतृत्वपछि नेपालको माले धारसँग पनि मार्क्सवादीको सम्बन्ध बढ्यो र भाइचारा सम्बन्ध विकास भयो। त्यसअघि उसको सम्बन्ध नेकपा (मार्क्सवादी)सँग मात्र थियो।
भारतीय कम्युनिष्ट आन्दोलनमा तीन धार छन्। सोभियत क्रान्तिको प्रभावबाट आएको सिपिआइ। सोभियत र चिनियाँ प्रभावबीचको बीच तथष्ट बस्ने र राष्ट्रिय विशेषतासँग कम्युनिष्ट आन्दोलनलाई जोड्ने सिपिएम। भारतीय समाजलाई चिनियाँ प्रभावमा लाने नक्सलवादी आन्दोलन। यो तेस्रो आन्दोलनको नजिकमा तत्कालीन नेकपा (माले) थियो र अहिले नेकपा (माओवादी) ले त्यो ठाउँ लिएको छ।
बसुको निधनपछिको भारतीय राजनीतिमा सिपिएमको प्रभाव पुरानै रूपमा रहन्छ वा परिवर्तन हुन्छ भन्ने अनुमान अहिले गर्न सकिन्न। ज्योतिको अभावमा पश्चिम बंगालमै सिपिएम कमजोर हुन सक्छ। पश्चिम बंगालको दृष्टिकोण अनुसार सिपिएमको दृष्टिकोण बन्ने गरेकोमा अब त्यो प्रभाव खुम्चिन सक्नेछ। म ज्योति बसुको निधनप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्छु।
(सूचना तथा सञ्चारमन्त्री पोखरेलसँग गुणराज लुइँटेलको कुराकानीमा आधारित)