लम्बिँदो तराई–मधेस आन्दोलन र भारतको आर्थिक नाकाबन्दीले नेपाल दक्षिण एसियामा सबैभन्दा गरिब राष्ट्र बन्ने देखिएको छ । एक दशकयता सामाजिक, आर्थिक क्षेत्रमा गरेको प्रगतिका आधारमा विश्व बैंकले नेपाललाई बंगलादेश र भारतभन्दा पछाडि दक्षिण एसियामा तेस्रो गरिब राष्ट्रका रुपमा औंल्याएको थियो ।पछिल्ला तीन महिनामा तराई–मधेस आन्दोलनलाई सघाउन भारतले लगाएको अघोषित नाकाबन्दीका कारण नेपालले अघिल्लो दशकमा शिक्षा, स्वास्थ्य तथा गरिबी निवारणमा गरेका सबै प्रयास खेर जाने अवस्था सिर्जना भएको छ । त्यही आधारमा देश दक्षिण एसियाकै गरिब बन्ने चिन्ता समग्र अर्थतन्त्रमा बढ्दो छ ।
एकातिर वैशाखको शक्तिशाली भूकम्पले हल्लाएर जर्जर तुल्याएको अर्थतन्त्र अर्कोतिर तीन महिनाभन्दा लामो समयदेखिको तराई–मधेस आन्दोलन तथा भारतीय नाकाबन्दीले सास फेर्न नसक्ने गरी मूच्र्छित भएको छ । नेपालका विकास साझेदारले मानवीय संकट निम्तिएको हुँदा तत्काल त्यो अवरोध हटाउन आह्वान गरे पनि अर्को महŒवपूर्ण विकासको सहयात्री भारत सर्वथा निष्ठुर साबित भएको छ । नेपाल र नेपालीप्रति सदाशय राख्ने भारतले नेपाललाई गरिबीतर्फको उल्टो पाइला चाल्नुपर्ने अवस्थामा किन पुर्याउन चाह्यो– भारतसँगको मित्रता चाहने सर्वसाधारण नेपालीको मनमा यो प्रश्न गहिरो रुपमा उठेको छ ।
विश्व बैंकको हालैको प्रतिवेदनले क्रयशक्तिका आधारमा करिब चार नेपालीमा एक जना (अर्थात् २३.७ प्रतिशत) दैनिक १.२५ अमेरिकी डलरभन्दा कमको चरम गरिबीको रेखामुनि रहेको रहेकोमा अब करिब ३० प्रतिशत पुग्ने देखिन्छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी) ले सोमबार जारी गरेको मानव विकास सूचकांकमा पनि नेपाल अघिल्लो वर्षभन्दा पछाडि धकेलिएको देखाइएको छ । विश्वका १ सय ८८ राष्ट्रको सूचीमा नेपाल गत वर्षभन्दा एक स्थान तल झर्दै १ सय ४६ औं स्थानमा आइपुगेको छ । न्यून मानव विकास देशहरुको सूचीमा पहिलो नम्बरमा रहेको नेपाल यो वर्ष दोस्रोमा झरेको छ ।
एकातिर सहरी र ग्रामीण क्षेत्रबीच असमानताको खाडल बढिरहेको छ भने अर्कोतिर आन्दोलनकै कारण सहरी क्षेत्रमा समेत गरिबको संख्या बढाउने निश्चित छ । नेपाल राष्ट्र बैंकको 'भारतको अघोषित नाकाबन्दीले नेपालको अर्थतन्त्रमा पारेको असर' प्रतिवेदनअनुसार पनि कृषि, उद्योग र सेवा क्षेत्र घाटाका आधारमा विश्लेषण गर्दा ८ लाखभन्दा बढी नेपाली चरम गरिबीको चक्रमा पर्ने खतरा छ । जारी आन्दोलन र नाकाबन्दीका कारण धेरै नेपालीले आफ्नो आम्दानी गुमाउनु विडम्बना हो । यसले उनीहरूको दैनिक जीवनयापनमा नकारात्मक प्रभाव मात्र पारेको छैन, ऊर्जावान युवा काम छाडेर इन्धन लाइन बसेको तीन महिना हुन लाग्दा पनि न सरकार न भारत दुवैको ध्यान नागरिकको दैनिक जीवनयापन सहज बनाउनुभन्दा एकअर्काप्रति दोषारोपणमै केन्द्रित छ । अझ उदेकलाग्दो त के छ भने जारी तराई–मधेस आन्दोलनले तराई मधेसमा जिल्ला नै सबैभन्दा प्रभावित हुने देखिएका छन् किनकि तीन महिनाभन्दा बढीको आन्दोलनले त्यहाँका जनताको काम गरी खाने हक अधिकार खोसिएको छ । उनीहरुले आफ्नो काम तथा आम्दानी दुवै गुमाएका छन् । राजनीतिक स्वतन्त्रता तथा स्थिरताको पहिलो सर्त नै आर्थिक स्वतन्त्रता र आर्थिक क्षमता हो जुन हालको आन्दोलन तथा नाकाबन्दीले खोसेको छ । आर्थिक क्षमताबिनाको राजनीतिक स्वतन्त्रताले कुनै पनि वर्ग र समुदायको विकास नहुने नेपालको आफ्नै इतिहासले सिद्ध गरिसकेको छ । केन्द्रीय तथ्यांक विभागको गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन २०७० अनुसार उच्च समृद्धि स्तरमा रहेका तराईका सिरहा, सप्तरी, रौतहट, बारा, पर्सालगायत जिल्ला २०६२÷६३ को तराई आन्दोलनपछि गरिब जिल्लाको सूचीमा झरे । आन्दोलनले राजनीतिक रुपमा तराई–मधेसलाई सचेत गराए पनि आर्थिक क्रियाकलापको केन्द्र रहेका समृद्ध जिल्ला असुरक्षा र अस्थिरताका कारण गरिबीको दुष्चक्रमा फस्न पुगेको दृष्टान्त हामीसँग छ । चालु आन्दोलनले तराई–मधेसका करिब २ हजार २०० उद्योग बन्द हुनु, करिब २ लाख २० हजार श्रमिक बेरोजगार हुनुले ती जिल्लामा चरम गरिबीको स्थिति आउने निश्चित छ । जसका कारण शिक्षा, स्वास्थ्यलगायत सबै सामाजिक क्षेत्रमा नेपाल फेरि एक दशक पछाडि धकेलिने स्पष्ट छ । त्यसैले आन्दोलनलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्याउनु जरुरी छ । तब मात्र थप जर्जर अवस्थाबाट मुलुकलाई जोगाउन सकिन्छ ।