नेपालको नयाँ संविधान संघीय, गणतान्त्रिक, समाजवादी, जनवादी, जातिवादी जेजस्तो बने पनि ‘उदार लोकतान्त्रिक' बन्ने सम्भावना कमै छ। संविधानसभामा उदार लोकतन्त्रवादी दलको उपस्थिति छैन। निषेधको राजनीतिमा विश्वास गर्ने कम्युनिस्टहरू उदार लोकतन्त्रवादी हुन सत्तैकनन्। आफूलाई लोकतन्त्रवादी ठान्ने नेपाली कांग्रेसका नेतामा उदारवादलाई ‘नवउदारवाद' वा ‘पुँजीवाद'को पर्याय ठान्ने धेरै छन्। कांग्रेसको स्थापना कालको सिद्धान्त उदार लोकतन्त्रवाद थियो। तर, त्यसका नेताले उदार लोकतान्त्रिक मूल्यलाई आदर्शका रूपमा आत्मसात् गर्न सकेनन्। यसैले संविधानसभाबाट उदार लोकतान्त्रिक संविधान निर्माण नहुने शंका भएको हो।
‘सहिष्णुता र सहअस्तित्व' विश्वास भएमात्र लोकतान्त्रिक समाज निर्माण हुन्छ। ‘इकोनोमिस्ट' पत्रिकाको लोकतन्त्रको सूचीमा भारत, अमेरिका, बेलायत, फ्रान्स, जर्मनीजस्ता ठूला र पुराना देशलाई स्विडेन, नर्वे, आइसल्यान्ड, डेनमार्क र नेदरल्यान्डजस्ता ससाना मुलुकले उछिन्नुको कारण सम्भवतः यही हो। बेलायत वा अमेरिकाभन्दा धेरैपछि लोकतन्त्रको अभ्यास गर्न थालेका यी मुलुकमा अहिले व्यक्तिको स्वतन्त्रता र सम्मानलाई बढी नै महत्व दिइन्छ।
लोकतान्त्रिक प्रणालीमा प्रतिनिधिमूलक निर्वाचित व्यवस्थापिका, उत्तरदायी कार्यपालिका र स्वतन्त्र न्यायपालिकाजस्ता केही आधारभूत गुण हुन्छन्। स्वतन्त्र र निष्पक्ष आवधिक निर्वाचन हुँदैमा संसद् प्रतिनिधिमूलक हुँदैन। त्यस्तो निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा हुने राजनीतिक र आर्थिक अवस्था पनि हुनुपर्छ। त्यतिमात्रले पनि संसद् प्रतिनिधिमूलक हुन सत्तै्कन। जनसंख्याको संरचना र प्रकृतिअनुरूपको प्रतिनिधित्व भएमात्र संसद् वास्तवमै प्रतिनिधिमूलक हुन्छ। यस्तै,संसद्बाट छानिए पनि कार्यपालिका जनताप्रति उत्तरदायी हुनुपर्छ। उत्तरदायी हुनु आफ्नो दायित्व पूरा गर्नु, जनतालाई जानकारी दिनु र आफूले गरेका कामको परिणाम स्वीकार गर्नु हो। यस्तै विधिको शासन र तजबिजी अधिकारको निषेध पनि उत्तरदायी कार्यपालिकाको विशेषता हो। निर्माण, व्यवस्थापन र संचालनमा कुनै पनि प्रकारको हस्तक्षेप हुनै नसक्ने भएमात्र न्यायपालिका स्वतन्त्र हुन्छ। न्यायाधीशको निर्णयमा आश र त्रासको प्रभाव पर्नु हुँदैन। आफ्नो निर्णयप्रति न्यायाधीशले गर्व गर्न र उत्तरदायित्व लिन सक्नुपर्छ। तैपनि, लोकतन्त्रका यी आधारभूत गुण हुन्, आत्मा हैनन्। आत्मा त मानवीय मर्यादाको सम्मान र स्वीकृति हो।
बेलायतको लिबरल डेमोक्य्राट पार्टीको पछिल्लो घोषणापत्रका प्राथमिकता उदार लोकतन्त्र बारे जान्न चाहनेका निम्ति सहयोगी हुनसक्छ। हालै जारी घोषणापत्रमा पार्टीको मूल ध्येय ‘न्यायपूर्णता' उल्लेख गरिएको छ। लिबरल डेमोक्य्राटका चार प्राथमिकतामा न्यायपूर्ण कर नीति, सबै बालबालिकालागि न्यायोचित जीवन, स्वच्छ र न्यायपूर्ण स्थानीय राजनीति तथा दिगो रोजगारमूलक वातावरणमैत्री अर्थतन्त्र रहेका छन्।
धनीहरूले कर छल्न सक्ने वर्तमान त्रुटि सच्याउने र करको दायरा बढाउने तर गरिबहरूलाई छुट दिने प्रस्ताव लिबरल डेमोक्य्राटले गरेको छ। शिक्षा प्रणालीमा आमूल सुधार गरी बालबालिकालाई उचित शैक्षिक वातावरण निर्माण पार्टीको दोस्रो प्राथमिकता रहेको छ। यस्तै ६ वर्षभित्र शिक्षण शुल्क समाप्त गरी योग्य विद्यार्थीको उच्च शिक्षामा सहज पहुँच कायम गरिनेछ।
बेलायतको राजनीतिक प्रणालीमा आमूल सुधार गर्ने कार्य पार्टीको अर्को कार्यसूची रहेको छ। सांसदहरूको संख्या घटाउने र भ्रष्ट प्रतिनिधिहरूलाई प्रत्याह्वान गर्ने अधिकार जनतालाई दिने र मतदान प्रणालीमा परिवर्तन, प्रहरी र स्वास्थ्य सेवामा स्थानीय नियन्त्रण कायम गर्नेप्रतिबद्धता घोषणापत्रमा उल्लेख छ।
यस्तै अर्थतन्त्रमा वातावरणमैत्री र जनमुखी सुधार लिबरलहरूको प्राथमिकतामा परेको अर्को कार्यसूची रहेको छ। अहिलेको सहर, पुँजी र वित्तीय संस्थामा केन्द्रित अर्थतन्त्रलाई देशभर विकेन्द्रित गर्ने पनि उनीहरूको प्राथमिकतामा परेको छ।
लोकतान्त्रिक उदारवाद पुँजीवादको पर्याय हैन भन्ने यसले प्रमाणित गर्छ। दुर्भाग्य, आशिंकरूपमा यी गुण अपनाउन खोजे पनि नेपालका कुनै पनि दलले आत्मसात् गरेका छैनन्। यसैले उदार लोकतान्त्रिक संविधान नबन्ने हो कि भन्ने डर बढेको हो।
र अन्त्यमा नेपाल बारको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी भयो। एउटा पत्रिकाले निर्वाचन ताका प्रेमबहादुर खड्का भ्रष्ट व्यक्ति प्रमाणित भएको भन्ने समाचार छापेको थियो। खड्काले भ्रष्टाचारको अभियोगबाट सफाइ पाएका थिए तर जागिर थमौती हुनुपर्ने मुद्दा हारेका थिए। उनलाई हराउन छापिएको झुटो प्रायोजित समाचारलाई मतदाताले पत्याएनन्। यस्तै भएको थियो एक पटक हिमालय टाइम्समा पनि। संसदीय उपनिर्वाचनमा नारायण ढकाल उम्मेदवार थिए। उनलाई अख्तियारले कारबाही गरेको समाचार ल्याइयो। मतदानको अगिल्लो दिन थियो। ढकालले खण्डनको मौका नपाउने गरी समाचार छाप्न हुन्न भन्ने मेरो सल्लाह सुनिएन। चुनावमा ढकालले जिते। मतदाताले प्रायोजित समाचार चिन्छन्। जनता मूर्ख हुन्छन् भन्ने पत्रकारहरूको साख गिर्छ। तैपनि साथीहरूले केही सिकेजस्तो लाग्दैन। ढकालको समाचार छापेबापत पत्रिकाको कार्यालयमा ढुंगामुढा गरिएको थियो। खड्काको समूहले त्यसो भने गरेन। लोकतान्त्रिक समूहले संस्कार देखायो।