जंगली अवस्थामा रहेका अन्य प्राणी किन मानिसको स्थानमा आउन सकेनन् भन्ने प्रश्नको एकमात्र जवाफ हुन्छ– मानिससँग विचार र विवेक छ। यही विचार र विवेकको परिणाम नै मानिस सभ्यता र सुखको स्वाद लिइरहेको छ। सबैमा विचार शक्तिको सम्भावना लुकेको छ। तर, सबै मानिस त्यसलाई बाहिर ल्याउन सक्दैनन्। शिक्षा तथा चेतना विकासका कार्यले विचार निर्माण गर्न र त्यसलाई मानवीय समृद्धिमा लगाउन सिकाउँछ।यसो भन्दैमा सबै मानिस समान हुँदैनन्। सबै मानिस समान भए पनि केही मानिसचाहिँ थप 'भिन्न' हुन्छन् र त्यही भिन्नताले सिर्जना गरेको परिणाममा आज देखिएको यावत प्रगति सम्भव भएको हो। प्रकृतिले 'धेरै भिन्न' थोरै व्यक्तिलाई मात्र जन्म दिन्छ र त्यसले आफ्ना लागि होइन, समस्त मानव समाजका लागि 'भिन्न इतिहास' बनाउने गर्छ। 'धेरै समान' उपभोक्ता र 'थोरै भिन्न'चाहिँ सर्जक वा उत्पादक बन्ने गर्छन्।
धेरै परको कुरा नगरी आधुनिक इतिहासको मात्र कुरा गरौँ। जेम्स वाट, थोमस एडिसन, मार्कोनीलगायतका अन्वेषक, सर्जक जे भनौँ उनीहरूले नै मानव विकासको इन्जिन बनाएका हुन्। समयलाई खुम्च्याउन, स्थान र समयको दूरी घटाउन, यात्रा र उत्पादन सरल बनाउन, लागत घटाउन थोरै भिन्नहरूले आफ्नो दिमागलाई निकै खियाएका छन्। सबैको दिमाग भए पनि विचार र कल्पनालाई खियाउन सक्ने थोरैमात्र हुन्छन्। आफैमाथि विचारको क्रान्ति वा असीम तर्कको आन्दोलन गर्न नसक्ने मानिस वास्तविकरूपमा सर्जक बन्दैन, सर्जकको उपभोक्तामात्र बन्ने गर्छ। सानो उत्सुकता, असहमति र तर्कले ती भिन्नहरूले सिर्जना र आविष्कार गरेका हुन्। उम्लेको पानीको बाफले बिर्को किन धकेलेेको होला भन्ने चिन्तनलाई निरन्तरता दिएर नै शक्तिशाली इन्जिन बन्न सक्यो। कति सामान्य तर्क हो बाफले पानीको भाँडो धकेल्छ भने त्यसलाई अरु सामान धकेल्न प्रयोग गर्न किन नसकिने? यो तर्क स्वाभाविक थियो। जेम्स वाटभन्दा पहिला पनि पानी उम्लेकै थियो। न्युटनभन्दा अघि पनि स्याउ पृथ्वीमा झरेकै थियो। विल्वर र ओर्भिल दाजुभाइभन्दा अघि पनि आकाशमा चिल उडेकै थियो। एउटै थोमस एडिसनले बत्तीको बल्ब, फोनोग्राफ, मोसन पिक्चरलगायत दर्जनौँ आविष्कार र विकास मानव समाजलाई दिएका छन्। जो जसले जेजति आविष्कार र सिर्जना गरे त्यो निकै सानो विषयमा एकाग्र चिन्तनको परिणाम हो। एकाग्र चिन्तन नगर्ने चिन्तक स्वैरकल्पनामात्र गर्छ, एकाग्र चिन्तन गर्नेले मात्र आविष्कार र सिर्जना गर्छ। हामीले बोलेको बोली, गाएको गीत कसरी कैद गर्ने होला भन्ने चिन्तनले नै विभिन्नखाले रेकर्ड प्रविधि बनायो, छिटो कसरी पुग्ने होला भन्नेले हवाइ जहाजको प्रविधि बनायो। बोली, चित्र, अभिलेख प्रशोधन र स्थानान्तरण कसरी गर्ने होला भन्ने सोचले कम्प्युटर, आइफोन आदि सिर्जना गर्योो। विचार र प्रविधिको क्रान्ति गर्ने केही सय चिन्तकलेे आफैमाथि गरेको प्रश्न, राखेको असहमति र निरन्तरको प्रयत्नले मानवपुस्ता हिजोभन्दा आज र आजभन्दा भोलि सुखी बन्दैछ। स्टिभ जब्स, मार्कोनी, एडिसन, वाट आदि ईश्वरभन्दा ठूला भए मानव सभ्यताका लागि। ईश्वर आस्था हो, विज्ञानले त्योभन्दा पर परिणाम नै दियो। जहाज नभएको भए के हुने थियो होला? इन्जिन र विद्युत्शक्ति पत्ता नलागेको भए जीवन कसरी चल्थ्योे होला? टेलिफोन, टेलिभिजन नभएको भए के हुने थियो होला? के अहिलेको पुस्ता स्मार्ट फोन र आइप्याड, फेसबुक र अन्य सञ्चार प्रविधि नभएको समाज कल्पनासम्म गर्न चाहन्छ? एक्काइसौँ शताब्दीमा आइपुग्दा मानवपुस्ता अति सुखी भएको छ। अब एउटी आमा सात समुद्र पार पढ्न गएको बच्चासँग निमेषमा सदृश्य कुरा गर्छिन्, दिउँसोभरि काठमाडौँमा काम गर्ने व्यक्ति झुल्के घाममा युरोपमा वार्ता गरिरहेको हुन्छ। बर्लिनको व्यापारी बानेश्वरको वस्तु बेचिरहेको छ। कर्नाटकबाट कुनै विज्ञ न्युयोर्कको कम्प्युटर मर्मत गरिरहेको छ। समय, पैसा, दूरी सबै खुम्चिएर मानिसलाई सुखको उपभोक्ता बनाएको छ। तैपनि, सबै हतारमा छन्। रेडियो एंगलले मानिसको जोखिम घटाएको छ। अब त रोबोट पो थ्रीडी काम गर्न थाल्ने भो एक–दुई शताब्दीअघिका जिजुहजुरबुवाहरू धरातलमा आए देख्ने थिए उनीहरूका सन्तानको सुख सयल वा सराप्ने थिए प्रकृतिमाथि नै चुनौती दियो भनेर। हो उनीहरू कति दुःखी थिए, यो पुस्ताले पनि सुख खोज्न धेरै बाँकी छ।
केही पुरानो कुरा छाड्ने हो भने यस पुस्ताले ईश्वरकै रूपमा इमेलका शिव अयादुराई, एप्पलका स्टिभ जब्स, गुगलका ल्यारी पेज र सर्जी वेन, माइक्रोसफ्टका पाउल एलेन र बिल गेट्स, फेसबुकका मार्क जुकरवर्ग आदिलाई चिन्छ। नचिनोस् पनि किन? यस पुस्तालाई 'जेनेरेसन नेक्स्ट' उनीहरूले नै बनाएका हुन्। हत्केलामा एप्स खेलेर निमेषमा विश्व घुम्न उनीहरूले नै सम्भव बनाए। गोलार्द्धका कुनाहरू एकापसमा जोडिएका छन्। भौतिक दूरीको अवरोध गर्ल्याम्म भत्किएर ज्ञान, व्यवसाय, सहभागिता, सम्बन्धका अवसरहरू खुला भएका छन् । सन् १९४८ मा जर्ज अर्वेलले आफ्नो साहित्य '१९८४' (नाइन्टिन एट्टी फोर)मा रहेको ४ र ८ लाई उल्टोपाल्टो बनाएर ३६ वर्षपछि के होला भनी गरेको कल्पना त्योभन्दा निकै अघि पूरा भयो। टाइम मेसिनमात्र बनाउन बाँकी छ। भगवान प्रकाशले एक्काइसौँ शताब्दीमा के होला भन्ने कल्पनाभन्दा माथि उपलब्धि हात परिसक्यो। ६० को दशकमा राष्ट्रपति केनेडीले १० वर्षभित्र चन्द्रमामा अमेरिकी पाइला राख्न गरेको आग्रह वैज्ञानिकहरूले समयसीमाभन्दा निकै अघि सफल बनाइदिए। ईश्वर कहलिएका सबै अन्वेषक युवा अवस्थामा नै अन्वेषण गर्न सफल भए। तर, कतिपयले उनीहरूका सिर्जनालाई उपभोग गर्न पनि जानिरहेका छैनन्। त्यसो भनेर कोही निराश हुनु पर्दैन, ती सर्जकहरूले पनि आफ्नो दिमागको निकै सानो अंश प्रयोगमा ल्याएका हुन्। मानव मष्तिस्क ऊर्जा (विचार) को अजस्र स्रोत हो। दिमागको सबै अंश प्रयोग गर्न 'सकेको र पाएको भए' भन्ने चिन्ता सबै सर्जकमा छ। यसका लागि हाम्रो जीवन निकै छाटो छ। अब मानिसको आयु तन्काउने प्रविधि कसैले सिर्जना गर्न पो हो कि? के असम्भव! जीव रसायनशास्त्रीका मस्तिष्कमा विचारको ज्वारभाटा आइसकेको छ।
अहिले विश्व ऊर्जा संकटतर्फ धकेलिएको छ। ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यबाट पृथ्वीमा पोखिने किरण (घाम) हो भन्नेबारे धेरैपछि मात्र थाहा भयो। तर, सूर्यको किरण पृथ्वीमा पोखिएको कहिलेदेखि हो, कसैले भन्न सक्दैन। हाम्रै घरमझेरीमा पोखिएको घाम कति खेर गैरहेको छ? कसैले चिन्ता पनि लिएन। हालैका दिनमा त्यसलाई विद्युतीय ऊर्जामा बदल्ने, सञ्चय गर्ने र उपयोग गर्ने विषयमा अफ्रिकामा जन्मेका क्यानेडियन–अमेरिकन युवा इलोन मस्कले निकै ठूलो सफलता हात पारेका छन्। उनी अघिल्ला विचारकभन्दा माथि उठेर अन्वेषण, विकास, प्रदर्शन र व्यापारिक उत्पादन पनि आफै गर्न तम्सिएका छन्। खनिज ऊर्जाको स्रोत सीमित भएकाले त्यसको विकल्पमा भरपर्दो आशाका रूपमा इलोन देखिएका छन्। उनका प्राविधिक क्रान्ति पे पाल हुँदै टेस्ला मोटर (विद्युतीय मोटर), स्पेस एक्स र सोलर सिटीमा पुगेको छ।
समकालीन विश्वलाई केही व्यक्तिको वैचारिक र प्राविधिक उछालले धकेलेको छ भने इलोन एक अग्रणी हुन्। उनी ब्याट्रीमा विद्युत् सञ्चय गर्न, खनिज इन्धनबिना व्यापारिकरूपमा मोटर चलाउन र मंगलग्रहमा व्यापारिक यात्रा सम्भव गराउन लागिपरेका छन्। अति छिटो यात्रा गर्ने हाइपरलुप र भिटोल सुपरसोनिक जेट उनको कल्पनामा छ। उनका उत्पादनहरू शून्य उत्सर्जनमा रहने भएकाले पनि विश्वका आँखा उनीतिर सोझिएको छ। विचारलाई व्यवहारमा ल्याउने उनी अनुपम उदाहरण हुन्। उनीजस्ता छलाङ मार्ने विचारक र प्राविधिक खोजकर्ता (डिस्रप्टिभ थिंकर) ले मौजुदा प्रणाली वा संस्थापनसँग सधैँ असहमति राख्छ। आउँदा दिन यस्तै 'डिस्रप्टिभ थिंक'मा पुग्नुपर्छ, 'डिस्ट्रिक्टभ थिंक' मा होइन। अन्वेषण र सिर्जनाका थुप्रै क्षेत्र बाँकी छन्, घोत्लिएर हेर्नुमात्र आवश्यक छ। तर, भुल्न भएन, सिर्जनाको आधार सकारात्मक सोच हो, सकारात्मक सोच मानिसको कर्तव्य पनि हो र त्यसैले भावी पुस्ताका लागि नयाँ प्रणाली हस्तान्तरण गर्छ, जीवनलाई रूपान्तरणमा लैजान्छ। मोबाइल इन्टरनेट, नवीरकणीय ऊर्जा, एड्भान्स रोबोटिक्स, स्वचालित सवारी साधन, जेनोमिक्स, विद्युत् सञ्चय यन्त्र, थ्रीडी प्रिन्टिङलगायतका विकास छलाङ मार्नेखालका प्रविधि तर्क र विचारका उत्पादन हुन्, जसले मानव जीवनलाई सुखी, समृद्ध र सहज बनायो। तर, कुनै बहानामा विचार र स्तुतिको खेतीमा अरुहरूलाई कसैले नबरालोस्, त्योचाहिँ अपराध हो।