लोकतन्त्रको एउटा सुन्दर विशेषता भनेको यसले पर्दापछाडिका राजनीतिक खेललाई समयक्रममा सतहमा ल्याइदिन्छ। सामयिक राजनीतिक वृत्तमा अहिले त्यस्तै घटनाहरू प्रकट भैरहेका छन्, एकपछि अर्को गर्दै पर्दापछाडिबाट राजनीतिक गोटी चाल्नेहरू सतहमा प्रकट हुँदैछन्। नेपालको वर्तमान राजनीतिका पक्षहरू एकपछि अर्को गर्दै सतहमा उत्रँदै छन्। नेपालमाथि नाकाबन्दी नगरेको जिकिर गर्दै आएको भारतले अहिले आएर स्वीकारेको छ।
भारतीय विदेश मन्त्री सुष्मा स्वराजले भारतको राज्यसभामा नेपाल मामलाबारे त्यहाँका सभासद्हरूले उठाएका विषय र सरकारमाथि लगाएका आक्षेपको जवाफ दिने क्रममा उनले नाकाबन्दी गरेको स्वीकारेकी छन्। भारतले होइन, सत्तासीन भारतीय जनता पार्टीको सरकारले नेपालको राजनीतिमा हस्तक्षेपकारी भूमिका खेलेको र नाकाबन्दी गरेको आरोपहरूको खण्डन गर्दै विदेश मन्त्री स्वराजले यसअघिका नाकाबन्दीको विवरण दिइन्। भारतले २०२७ सालमा नेपालले चीनको सहयोगमा अरनिको राजमार्ग निर्माणको विरोधमा नाकाबन्दी गरेको थियो। पारवहन सन्धि गर्न आलटाल गरेको त्यसबेला नेपालले समुद्रपारबाट गर्ने व्यापारमा नियन्त्रण गरिएको थियो। त्यस्तै, २०४५ सालमा चीनसँग सैनिक सामग्री र हतियार किनेको बहानामा वाणिज्य तथा पारवहन सन्धि नवीकरणमा आलटाल गरी नाकाबन्दी लगाएको थियो। अहिले भने नयाँ संविधान जारी भएको पृष्ठभूमिमा भारतको अघोषित नाकाबन्दीको नेपाल सामना गरिरहेको छ। यो अघोषित नाकाबन्दीका पछाडि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायतका दलहरूको नाकामा धर्ना दिने घोषित कार्यक्रम छन्। घोषित नाकाबन्दीको आडमा त्योभन्दा खतरनाक अघोषित नाकाबन्दीको अस्त्र भारतले चलाएको छ।
मधेसी मोर्चाको काँधमा राखेर चलाइएको अघोषित नाकाबन्दीका पछाडिका कारणहरू अझै स्पष्ट भैसकेका छैनन्। हिन्दुवादी अतिवादको जगमा उभिएको अहिलेको भारतीय सत्ता नेपालको संविधानले अख्तियार गरेको धर्मनिरपेक्षताप्रति सकारात्मक छैन भन्ने धारणा विभिन्न कोणबाट सतहमा आइरहेका छन्। हाम्रा विदेश मन्त्री कमल थापाको पछिल्लो भारत भ्रमणमा त्यहाँका धर्मगुरुहरूसँगको संवाद र भारतीय विदेश मन्त्रीको 'ईश्वरले चाहेमा ५–७ दिनमा नाकाबन्दी खुल्ने' भन्नेजस्ता गैरराजनीतिक शब्दावलीले भारत बेग्लै केही खोजिरहेको सन्देश दिन्छन्। त्यस्तै, नेपालको गणतान्त्रिक यात्रामा पनि भारतका कतिपय राजनीतिक पक्षले तीव्र अरूचि राखेको देखिएको छ। भारतले यस्ता धार्मिक–राजनीतिक मामलालाई अहिलेसम्म स्पष्टसँग बाहिर ल्याइसकेको छैन। मधेसीको आडमा आफ्ना भित्री चाहना पूरा गर्ने उद्देश्यले हस्तक्षेपकारी भूमिका खेलिरहेको चर्चा पनि बाक्लै चलेको छ।
नेपालको राजनीतिमा भारतले गहिरो चासो राख्नुका साथै बेलाबेलामा हस्तक्षेपकारी भूमिका खेलेको कुरा कसैगरे पनि लुक्दैन। हाम्रा नेताहरूको स्वाभिमानी गर्जन र समर्पणवादी व्यवहारका कारण उसले राजनीतिका प्रत्येक आरोह–अवरोहमा भूमिका खेलिरहेको छ। हामी चाहेर–नचाहेर त्यसलाई स्वीकार गरिरहेका छौँ– स्वीकार्न बाध्य पारिएका छौँ। २००७ सालको जनक्रान्ति, २०१७ सालको बहुदलीय व्यवस्थामाथिको 'कू', २०४६ सालको आन्दोलन र माओवादी 'जनयुद्ध'को उठान र अवतरण, नेपालबाट राजतन्त्रको अन्त्य सबैमा भारतको भूमिका थियो नै। साउन अन्तिम सातदेखि सुरु भएर अहिलेसम्म जारी मधेस आन्दोलनको अवतरणमा पनि ऊ उसैगरी खुलेर सतहमा आएको छ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू उपेन्द्र यादव, महन्थ ठाकुुर, राजेन्द्र महतो र महेन्द्र राय यादव दिल्लीमा सघन वार्ता गरेर बुधबार काठमाडौँ फर्कंदै छन्। यसबीच दिल्लीमा धेरैथोक भएका छन्। भारतको संसद्मा नेपालको राजनीतिले बलियोसँग प्रवेश पाएको छ। त्यहाँका प्रतिपक्षीहरूले नेपालमा नाकाबन्दी गर्ने भाजपा सरकारको कडा आलोचना गरेका छन्। हामी संसद् अवरुद्धको राजनीतिमा रमाइरहेका बेला दिल्लीमा नेपाल मामलाबारे चर्को बहस भएको छ। यसै छेको पारेर परराष्ट्र मन्त्री थापा निजी भ्रमणको प्रचार गर्दै दिल्ली पुगेर छलफल गरी फर्किएका छन्। उनी फर्किएलगत्तै केपी शर्मा ओली नेतृत्वको सरकार सुशील कोइराला सरकारको पालामा संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णयमा पुग्यो। संविधान निर्माता तथा प्रतिपक्षी नेपाली कांग्रेस र सत्ताधारी एमाले, एमाओवादी संविधान संशोधन गर्ने सहमतिमा पुगेलगत्तै मधेसी नेताहरू त्यस्तो सहमतिलाई दिल्लीबाट अनुमोदन गराउने उद्देश्यले भारत हान्निए।
चार दिने दिल्ली भ्रमण सम्पन्न गरेर मोर्चाका नेताहरू बुधबार काठमाडौँ फर्किएका छन्। उनीहरूले दिल्ली दौडाहाबाट केके पाए? दिल्ली दरबारबाट तिनलाई कस्तो व्यवहार भयो? कस्तो मन्त्रणा दिइयो? त्यसको विवेचना हुँदै जाला। खासमा मधेसी मोर्चाका नेताहरूले दिल्ली पुगेर नाकाबन्दी भारतले होइन आफूहरूले गरेको स्पष्टीकरण दिएका छन्। त्यहाँको सत्ताधारी, प्रतिपक्षी तथा कूटनीति तथा राजनीतिमा चासो राख्ने समूहबीच मधेसी मोर्चाका नेताहरूले काठमाडाँैलाई दोषी देखाएर दिल्लीसँग राजनीतिक अवतरणका निम्ति याचना गरेको देखियो। मोर्चाका नेताहरूलाई नाकाबन्दी गरेर सर्वसाधारणमा पीडा दिने भारतको बचाउ गर्नुको आवश्यकता किन पर्योम? त्यसको लेखाजोखा तराई–मधेसका जनताले गर्दै जालान्। नेपालका लागि भारतीय राजदूत रणजित रेको प्रेस्त्रि्कप्सनमा मोर्चाका नेताहरूको दिल्ली भ्रमणको प्रायोजन भएको हो। त्यसको प्रतिफल नेपाल तत्कालका लागि नाकाबन्दीको राजनीतिबाट मुक्त हुने अनुमान गरिँदैछ। दिल्लीबाट नाकाबन्दीको अस्त्र नचाउन सुझावहरू आएका छन्। मोर्चाका नेताहरू सायद नाकाबन्दी अन्त्य गर्ने सुझाव नजरअन्दाज गर्नसक्ने अवस्थामा छैनन्। दिल्लीबाटै मोर्चाका नेता महन्थ ठाकुरले काठमाडौँ पुगेपछि संविधानका पक्षधरले अघिसारेका बुँदाहरूमा केन्द्रित भएर वार्ता हुने बताएका छन्। अघिल्लो साता संविधानका पक्षधरले तयार गरेको तीन बुँदे राजनीतिक प्रस्तावलाई अस्वीकार गर्र्दै दिल्ली हान्निएका मोर्चाका नेताहरू घुमिफिरि सोही बँुदामा टेकेर अगाडि बढ्ने अवस्थामा आइपुगका छन्। तीनवटा बुँदामध्ये पहिलो बुँदा अघिल्लो सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधनको प्रस्तावलाई अगाडि बढाउने। दोस्रो बुँदा सीमांकनबारे राजनीतिक सहमति गर्ने र त्यसका आधारमा तीन महिनाभित्र टुंगो लगाउने र तेस्रो बुँदा मधेसी मोर्चाले गर्दै आएका आन्दोलनका कार्यक्रम फिर्ता लिने भन्ने छन्। संसद्मा कांग्रेसको अग्रसरतामा दर्ता भएको संविधान संशोधनको प्रस्तावमा मधेसी मोर्चाले उठाएका समावेशी समानुपातिक सिद्धान्त र जनसंख्याका आधारमा प्रतिनिधित्व हुनुपर्ने माग पनि छन्। त्यसमा संघीयताबारे केही उल्लेख छैन। कोइराला सरकारको पालामा दर्ता भएको संशोधन प्रस्ताव दिल्लीको चाहनाअनुसार छलफलमा आउने भएको छ। परराष्ट्र मन्त्री थापा दिल्लीबाट फर्किएलगत्तै उत्साहका साथ बालुवाटारले तयार पारेका सहमतिका बुँदाहरू त्यसबेला मधेसी मोर्चाका नेताहरूलाई स्वीकार्य थिएन। संविधान पक्षधरले तयार पारेका सहमतिका प्रस्तावमाथि ठाडो विरोध नगरे पनि विमति जनाउँदै मधेसी मोर्चाका नेताहरू दिल्ली दौडाहामा निस्किएका थिए। अहिले परिस्थिति बदलिएको छ, मानसिकतामा परिवर्तन आएको छ। मोर्चाका नेताहरूको दिल्ली भ्रमणपछि तीन बुँदे कार्यान्वयमा आउने संकेत देखिएको छ। आशा गरौँ, नेपालका राजनीतिकर्मीहरूले अब काठमाडौँबाट तीन बुँदै सहमति कार्यान्वन भएको प्रचार गनर्ेेछन्। करिब चार महिना लामो मधेस आन्दोलन समाप्त भएको घोषणा हुने छ, अढाइ महिना लामो घोषित/अघोषित नाकाबन्दीबाट नेपाली समाज मुक्त हुने छ। काठमाडौँमा इन्धनलगायत अन्य अत्यावश्यक वस्तु सहज प्राप्त हुँदै जाने छन्। पर्दापछाडिको दिल्लीले आन्दोलन अवतरणका उपायहरू सुझाउने छ। हाम्रा नेताहरू निमित्त नायकको भूमिका निर्वाह गर्नेछन्। हामी देख्दैछौँ, लोकतन्त्रमा सबै कुरा सतहमा छताछुल्ल हुने क्रममा छन्। भारतको नाकाबन्दीको विरुद्धमा गुन्जिएका स्वाभिमानी गर्जनहरू अब अहिले सुनिँदैनन्। दिल्लीसँग बागर्ेेनिङ गर्ने क्रममा हाम्रा 'झुक्दैनझुक्ने'नेताहरूले छिमेकी चीनसँग पेट्रोलियम आयात गर्ने याचना गरेका थिए। चीनसँग पेट्रोलियम पदार्थ आयाका निम्ति सम्झौता गर्ने र त्यो उत्तरी छिमेकीसँग जोडिने सडकहरू विस्तार गर्ने प्रचार गरिएका थिए। दिल्ली लचिलो हुन थालेपछि चीनसँग इन्धन खरिद सम्झौता गर्ने कुरा ओझेल पर्न थालेको छ। चीनबाट अनुदानको पेट्रोल ल्याएर गर्जो टार्ने हाम्रो सरकार अहिले आएर साउदी अरबसँग अनुनयविनय गर्न थालेको छ। कतै चीनसँग सम्झौता नगरेर ध्यान अन्यन्त्र मोड्न साउदीको नाम अघिसारिएको त होइन? समयक्रममा त्यस्ता नियत पनि सतहमा आउने नै छन्, लोकतन्त्रको सुन्दरता भनेकै सायद यही नै हो!