ऊर्जा सर्वाङ्गीण विकासको पूर्व सर्त हो। यसले समग्र विकासको आधारशीला तयार गर्छ। ऊर्जामार्फत प्रकाश शक्ति, ताप शक्ति, चुम्बकीय शक्ति, चिस्यान शक्ति, विभिन्न विद्युतीय उपकरण सञ्चालन शक्ति, इत्यादि प्राप्त गर्न सकिन्छ। भान्छा प्रशासनदेखि भन्सार प्रशासन हुँदै अन्तर्राष्ट्रिय र अन्तरिक्ष प्रशासनसम्म यो अपरिहार्य छ। त्यसैगरी विद्युतीय शासनदेखि यो विकास व्यवस्थापनसम्म त्यत्तिकै उपयोगी छ। तथापि नेपालको सन्दर्भमा यसको व्यावहारिक पक्ष अत्यन्त कमजोर अनि लज्जास्पद छ।मुलुकमा विद्युत्को माग र आपूर्ति पक्षको कुरा गर्नुपर्दा यो निकै अस्वाभाविक देखिन्छ। सन् २०१४।१५ मा ऊर्जाको उच्चतम माग १२८६ मेगावाट थियो भने आपूर्ति ५०८.६५ मेगावाट। त्यसैगरी सन् २०१५।१६ मा यो माग १४२३ मेगावाट रहेको प्रक्षेपण गरिएको छ। यस परिस्थितिमा आगामी वर्ष अर्थात सन् २०१६।१७ मा १५६० मेगावाट रहने अनुमान छ। त्यसैगरी सरकारी तवरबाट कुनै आँकडा नआए पनि प्रसिद्ध ऊर्जाविज्ञहरुका अनुसार नेपालमा विद्यमान लोडसेडिङ्ग निमिट्यान्न पार्दै पूर्णरूपमा पेट्रोलियम पदार्थलाई विस्थापन गर्नका लागि हालको करिब ७८७.०८७ मेगावाट वृद्धि गरी झण्डै ४००० मेगावाट विद्युत् पुर्यािउनुपर्ने बताइएको छ। हाल मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २.१ प्रतिशत योगदान विद्युत्, ग्यास तथा पानीले पुर्या्एकोमा यसको वृद्धि गरी झण्डै १० प्रतिशत योगदान यस क्षेत्रले पुर्याटउन सके नेपालमा विद्यमान चर्को लोसेडिङ्ग निमिट्यान्न हुनुका साथै पेट्रोलियम पदार्थलाई यसै परिस्थितिमा विस्थापन गर्न सकिन्छ। किनकि विद्युत् शक्तिलाई यतायात शक्तिमा पनि रूपान्तरण गर्न सकिन्छ। हिटरमा खाना बनाएर एलपी ग्यासलाई पनि विस्थापन गर्न सकिन्छ। त्यसपछि किन अरुको भर पर्नुपर्यो् अनि किन राष्ट्रियता झुकाउनुपर्यो?
वर्तमान नेपालमा ऊर्जाको माग र उपयोगमा खासगरी परम्परागत स्रोतकै बाहुल्यता छ। अपार जलसम्पदा र त्यसबाट उत्पादनको प्रशस्त सम्भावना रहेको भए तापनि जलविद्युत् जस्तो नवीकरणीय ऊर्जा उत्पादनमा उल्लेख्य प्रगति हासिल गर्न नसकेकाले ऊर्जा संकट बढ्दै गएको छ। आर्थिक वर्ष २०७१।७२ को प्रथम आठ महिनामा ऊर्जा खपत ७ हजार ७ सय ८१ टन तेल शक्ति बराबर पुगेको छ। सोही अवधिमा परम्परागत, व्यापारिक र नवीकरणीय ऊर्जा खपतको अनुपात क्रमशः ७६.९७ प्रतिशत, २०.५२ प्रतिशत र ३.०३ प्रतिशत देखिन्छ। यसबाट परम्परागत ऊर्जामाथिको नेपाली अर्थतन्त्रको उच्च निर्भरता यथावत् कायमै देखिन्छ। आ.व. २०७०।७१ मा कुल परम्परागत ऊर्जाको खपतमध्ये दाउरावाट ७२.६० प्रतिशत, कृषिजन्य अवशेषबाट ३.५७ प्रतिशत र पशुजन्य अवशेषबाट ३.६५ प्रतिशत रहन गएको छ। त्यसैगरी ऊर्जाको व्यापारिक स्रोतका रूपमा रहेको पेट्रोलियम पदार्थको अंश आ.व. २०७०।७१ मा कुल ऊर्जाको खपतमध्ये ११.२५ प्रतिशत रहेकामा आ.व. २०७१।७२ मा ११.२८ प्रतिशत पुगेको छ। कोइला खपतका सम्बन्धमा कुरा गर्नुपर्दा आव २०७१।७२ मा ४१९ टन तेल शक्ति बराबर पुगेको छ।
मुलुकमा एकातिर प्रशस्त जलभण्डारको उपयोग गरेर 'जनताको जलविद्युत् जनताको लगानी', 'उज्यालो नेपाल : समृद्ध नेपाल' जस्ता कार्यक्रमलाई साथ दिनुपरेको छ भने अर्कोतिर अतिक्रमित, संक्रमित र उपलब्धरहित पेट्रोलियम पदार्थको विकल्पका रूपमा विद्युत् ऊर्जालाई प्रयोग गर्नुपरेको छ। पेट्रोलियम पदार्थ सहजरूपमा उपलब्ध नभएको तथा भारतसँगको उच्च निर्भरताले गर्दा पनि विद्युत् विकास शीघ्र जरुरी छ। विद्युत् विकासमार्फत चार्जेबल ब्याट्रीवाट यातायात विकास साथै ट्रलिबस, केवुलकार, रज्जुमार्गलगायतका यातायात सहजरूपमा सञ्चालन गर्न सकिन्छ। राजमार्ग र सीमा क्षेत्र अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ सहज आयातका लागि पाइपलाइनमार्फत आपूर्ति गर्नुपर्ने देखिन्छ। तसर्थ ढिलै भए पनि तत्कालको माग र प्रत्येक वर्ष ८ प्रतिशतको बढोत्तरी माग धान्ने गरी विद्युत् व्यवस्थापन गर्न जरुरी छ।