नेपालमा वाणिज्य बैंकको संख्या २६ पुगेपनि अझै वास्तविक प्रतिस्पर्धा हुन सकेको छैन । यसको प्रमाण हो बैंकको नाफा । निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तरले बैंकहरूले नाफा कमाएका हुन् । नौ महिनाको ब्याज खर्च र आम्दानी हेर्दा बैंकले ब्याजमा गर्ने आम्दानी र खर्चमा ठूलो अन्तर प्रष्ट देखिन्छ ।
सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकको ब्याज आम्दानी २ अर्ब २८ करोड छ । ब्याज खर्च ७४ करोड मात्र छ । ब्याजबाट भएको आम्दानीमा १ अर्ब ५४ करोड बचत देखिन्छ । सबैभन्दा बढी निक्षेप भएको बैंक यही हो । यस बैंकमा गाउागाउाका सर्वसाधारणको समेत ६५ अर्ब बचत छ । तर यसले निक्षेपमा दिने ब्याज भनेको औसतमा ३ प्रतिशत हो । सरकारीमात्र होइन निजी क्षेत्रका वाणिज्य बैंकको अवस्था पनि यस्तै छ । इन्भेष्टमेन्ट बैंकले नौ महिनामा २ अर्ब ३२ करोड ब्याज आम्दानी गरेको छ । यसको ब्याज खर्च ८४ करोड छ । अर्थात् ब्याजको बचत १ अर्ब १३ करोड छ ।
नबिल, हिमालयन, स्टयान्डर्ड, एभरेस्ट र बंगलादेश बैकको ब्याज आम्दानी र खर्च हेर्ने हो भने कर्जामा बढी लिएको र निक्षेपमा कम दिएको देखिन्छ । बढी निक्षेप भएका निजी क्षेत्रका वाणिज्य बैंकले समेत औसत निक्षेपमा ४ प्रतिशतभन्दा बढी ब्याज दिएका छैनन् ।
तर कर्जामा भने करिब १० प्रतिशत ब्याज लिने गरेका छन् । अहिले नगदको कमी भएपछि पनि पुराना बैंकले दीर्घकालीन निक्षेपमा मात्रै ब्याज बढाएको देखिन्छ । नयाँ बैंकको भने छोटो अवधिको निक्षेपमा पनि ब्याज माथि गएको छ ।
दिने र लिने ब्याजको फरक करिब ६ प्रतिशत राखेकोले बैंकहरूले नाफा बढी कमाएका हुन् । बैंक बढे पनि लिने र दिने ब्याजको फरक दर घटेको छैन । केही नयाा बैंकमा थोरै घटेपनि यसलाई २ देखि ३ प्रतिशतमा ल्याइएको छैन । राष्ट्रबैंकले दुई वर्षअघि लिने र दिने ब्याजको फरक घटाउन बैंकहरूलाई मौखिक आग्रह गरेको थियो । केन्द्रीय बैंकलाई हस्तक्षेप गरी लिने र दिने ब्याजको फरक घटाउने अधिकार नभएकोले मौखिक अनुरोध गरेको बताइएको थियो । अहिलेसम्म राष्ट्र बैंकको अनुरोधलाई बैंकहरूले टेरेको देखिएन ।
बैंक तथा वित्तीय संस्थाको संख्या जति बढे पनि प्रतिस्पर्धा नबढेकोले ब्याजको फरक बढी भएको राष्ट्रबैंकका उच्च अधिकारीको निष्कर्ष छ । बैंकको व्यवस्थापन भने लिने र दिने ब्याजको फरक उच्च भएको औपचारिक रूपमा स्वीकार्न तयार छैनन् । ठूला मानिने पुराना र साना ठानिने नयाँ बैंकका प्रमुख कार्यकारी अधिकृत ब्याजदरको फरक ३ देखि ५ प्रतिशतमा रहेको दाबी गर्छन् । तर वित्तीय विवरण सार्वजनिक गर्दा आम्दानी र खर्चले उनीहरूको दाबीलाई गलत प्रमाणित गरेको छ । वाणिज्य बैंकको संख्या जति बढेपनि वास्तविक प्रतिस्पर्धा हुन नसकेको यसैबाट प्रमाणित हुन्छ ।
ब्याजको आम्दानी र खर्चको विवरण बैंकहरूले लुकाउन सक्दैनन् । पारदर्शिता भएकोले यो सम्भव भएको हो । नाफाको यो विवरण हेरेर सर्वसाधारण वा उद्योग व्यवसायका लागि कर्जा दिादा लिने ब्याजमा अब प्रश्न गर्नुपर्छ -तिमीले कति प्रतिशत ब्याज दिएका छौ र यति ब्याज लिन्छौ ?
हुन त बचत राख्ने सर्वसाधारण अलि चलाख भएमा बैंकहरू ब्याज बढाउन वाध्य हुन्थे । सर्वसाधारण जनता र उद्योगी व्यवसायीले बढी ब्याज दिने बैंकमा पैसा जम्मा गर्न थाल्ने हो भने धेरै निक्षेप संकलन गरेर थोरै ब्याज दिने बैंकसमेत बढाउन बाध्य हुन्थे । तर सर्वसाधारण सबैभन्दा थोरै करिब ३ प्रतिशत ब्याज आउने बैंकमा पैसा राख्छन् । बढी ब्याजमा कर्जा लिन्छन् । यसले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको फरक घटाउन सहयोग पुग्दैन ।
ब्याजदर जति बढ्दै जान्छ बैंकहरू लिने र दिने ब्याजको फरक पनि त्यति नै वृद्धि गर्छन् । अहिले निक्षेपमा ब्याज बढेअनुरूप नै बैंकहरूले कर्जाको ब्याज बढाएका हुन् । तर लिने र दिने ब्याजको उच्च फरक घटाएका छैनन् । यसले गत वर्षभरमा सबै खर्च कटाएर १० अर्ब कमाउने बैंकले यो वर्षको चैतभित्रै ९ अर्ब नघाएका छन् । असारसम्ममा यो नाफा अझै बढ्ने निश्चित छ ।
नाफा बढनु नराम्रो होइन । नाफा जति कमाए पनि हुन्छ तर लिने र दिने ब्याजबीच फरक घट्नु पर्यो । बैंकहरूले कर्जा दिांदा चर्को ब्याज त लिन्छन् नै घटीमा त्यसको १ प्रतिशत सेवा शुल्क पनि लिन्छन् । अर्थात्, १० लाख ऋण लिनेले ब्याजबाहेक कम्तीमा पनि १० हजार रूपैयाँ सेवा शुल्क बुझाउनुपर्छ । यी बाहेक अन्य खर्च पनि हुन्छन् । यसले अझै पनि बैंकबीच वास्तविक प्रतिस्पर्धा नभएको पुष्टि गरेको छ । अर्थात्, बैंकहरूको संख्यात्मक वृद्धिले सुविधा बढे पनि सर्वसाधारण बचतकर्ता र ऋणी कसैलाई पनि लाभ भएको छैन । यसले बैंकिग क्षेत्रको विस्तारमा पनि असर पार्छ । बैंकहरू आफैं प्रतिस्पर्धाका लागि तयार भएर जनताको हितमा परिवर्तन नगर्ने हो राज्यले हस्तक्षेप गर्नुपर्ने अवस्था आउन सक्छ । निश्चय पनि त्यस्तो अवस्था आउनु राम्रो होइन ।