फाटेको नेपाली मन
१६ मंसिर २०७२
•
१४ मिनेट पाठ
फाटेको नेपाली मन
पोहोर साल खुसी फाट्यो
जतन गरी मनले टालेँ
त्यही साल माया फाट्यो
त्यसलाई पनि मनले टालेँ
यसपालि त मनै फाट्यो
केले सिउने, केले टाल्ने हो...

अरुणा लामाको स्वरमा गुन्जिने यो गीत वर्तमान नेपाली समाजको बिम्बजस्तो अनुभव भइरहेको छ। साउन अन्तिमदेखि तराई–मधेसमा चलेको आन्दोलन र असोज ७ देखिको नाकाबन्दीको मारले थिलथिलो भएका नेपाली समाजका मनहरू क्रमशः फाटिरहेका छन्। तिनलाई थप फटाउने खेलहरू आयोजना भइरहेका छन् र त्यसलाई ...राजनीति' भनिँदैछ। तराई–मधेस काठमाडौँलाई नाकाबन्दी गराउनुमा आफ्नो विजय देखिरहेको छ। पहाड, हिमाल र काठमाडाँै तराई–मधेस निष्ठुरी भएको निचोडमा पुगेर स्वाभिमानको अहंकार व्यक्त गर्न थालेको छ। राजनीतिक वृत्तमा भनिँदैछ, हाम्रो लडाइँ काठमाडौँको सत्तासँगको हो, संविधानप्रतिको विरोध हो। तर, काठमाडौँले त्यसरी बुझेको छैन। कारण, काठमाडौँमा सिंहदरबार र सत्ता मात्र छैन, यहाँ राजनीति मात्र हुँदैन। धार्मिक, सांस्कतिक सहर, देशको राजधानी काठमाडौँमा मुलुककै सबैभन्दा बढी मानिस बस्छन्। यहाँ ठूलो व्यापार छ। यहाँ मुलुकमा अन्य ठाउँमा नभएका धेरै सेवा–सुविधा उपलब्ध छन्। ठूला अस्पताल, नामी स्कुल–कलेज यहीँ छन्। काठमाडौँ खाल्डोले यहाँका नेवारहरू मात्र पालेको छैन, मधेसी, पहाडे, हिमालमा बस्नेहरू यो खाल्डोमा रमाएरै बसेका छन्। पर्वते, राई, लिम्बु, धिमाल, थारू, यादव... को छैन यहाँ!

आधुनिकताको पथमा लम्किएको अनुभव गर्ने काठमाडौँ यतिखेर आदिम युगमा फर्केको देखिँदैछ। सहरका गृहिणीहरू यो एक्काइसौँ शताब्दीमा दाउरा बाल्नुपर्ने बोझले थिचिएका छन्। स्वाभिमानका गर्जनबीच सुशासनका योजना बन्ने, नीति बुनिने र मुलुकका कार्यकारीहरूले शासनको बागडोर सम्हाल्ने काठमाडौँमा तस्करीको राज छ। काठमाडौँ यतिखेर तस्करीको इन्धनमा सयर गरिरहेको छ। ज्यालामजदुरी गरेर बिहान–बेलुकाको छाक टार्नेहरूको दैनिकी बदलिएको छ। तिनका अवसरहरू गुमेका छन्। ज्यान पाल्ने चिन्ताले पिरोलिएको छ ठूलो संख्या। मधेसी मोर्चाको घोषित र छिमेकी भारतको अघोषित नाकाबन्दीले सबैलाई पिरोलेको छ। यसले ठूलो–सानो केही भनेको छैन। मधेस, पहाड, हिमाल र काठमाडौँ भनेको छैन, यसले सबैतिर तीव्र प्रहार गरेको छ। ठिमीमा काउली फलाउने महर्जन र सिरहामा गहुँ फलाउने यादव दुवै नाकाबन्दीको अचानोमा परेका छन्। ठिमीको किसानले रासायनिक मल किन्न पाएको छैन। काउलीका बेर्नाले पुस–माघको ठिही सहेर प्रतिफल नदिने देखेर ऊ चिन्तित छ। उता, सिरहाको किसान पनि उत्तिकै चिन्तित छ। उसले गहुँ छर्ने खेत जोत्न पाएको छैन। जोत्न ट्र्याक्टर पाएको छैन, पाए पनि सामान्य अवस्थाभन्दा चार गुना महँगो मोल धान्न सकिरहेको छैन। काठमाडौंका धेरै मनले सोचेजस्तै सिरहाको समतलमा पारिबाट जे पनि सहजै आइरहेको छैन। सीमानाकामा भारतीय सुरक्षाकर्मी मात्र छैनन्, मधेसी मोर्चाका कार्यकर्ता पनि तैनाथ छन्। तस्करीले राज गरेको तराईमा जनसाधारणले पाउनु दुःख पाएका छन्। जनता कुचोजस्तो भएको छ। सडकहरू रित्ता छन्। यातायात नचलेको तीन महिना भयो। खाद्यसामग्रीको अभाव छ। कालोबजारीले राज गरेको छ। कालोधन्दामा मोज गर्ने सीमित मान्छेबाहेक आमजनताले दुःखै पाएका छन्। एक किलो नूनको २५–३० रुपैयाँ तिर्नुपर्ने बाध्यता सायद काठमाडौँले अनुभव गरिरहेको छैन! जनतालाई दुःख दिने यो कस्तो आन्दोलन? यस्ता प्रश्न थुप्रै छन् र ती आजसम्म पनि अनुत्तरित छन्।

हामी सात दशकदेखि लगातार राजनीतिक अधिकारको आन्दोलनमा छौँ। विभिन्न कालखण्डमा विभिन्नखाले राजनीतिक व्यवस्थाको पक्ष–विपक्षमा लडाइँ गर्दागर्दै हामीले ७० वर्ष त्यत्तिकै गुजार्यौँ । असोज ३ मा संविधानसभाले जारी गरेको संविधानको पक्ष–विपक्षको यो लडाइँ कहिले–कसरी टुंगिने हो, टुंगो छैन।

ढिलै भए पनि शीर्ष तहमा वार्ता हुन थाले पनि त्यसले सकारात्मक सन्देश दिन सकेको छैन। निर्णायक भनिएका वार्तामा सम्बन्धित पक्ष नै अनुपस्थित रहेर स्थगन गर्नुपर्ने अवस्था मंगलबार पनि दोहोरियो। यस्तो फेरि नहोस् र चाँडो वार्ताले निष्कर्ष पाओस् भन्ने आम अपेक्षा छ।

सबैलाई अहिलेको आन्दोलनको सफल अवतरण चाहिएको छ। मधेसी मोर्चा आन्दोलन आफ्नो नियन्त्रणबाहिर जान थालेकोमा चिन्तित छ। आमनागरिकप्रति जिम्मेवार हुनुपर्ने सरकार दबाबमा छ। र, घोषित नाकाबन्दीलाई अघोषित नाकाबन्दीको अस्त्र चलाएर छिमेकीको राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्ने भारत प्रतिकूल अवस्थाको सामना गरिरहेको छ। त्यसैले ऊ पनि यो परिस्थितिबाट मुक्ति खोजिरहेको बु‰न सकिन्छ। तर पनि राजनीतिक निकास निस्कनेमा विश्वास गराँै। राजनीतिक उपलब्धि हुनासाथ नाकाबन्दीले सृजना गरेका सामाजिक, आर्थिक स्थिति सामान्य हुने होइनन्, त्यसका लागि लामो समय र लगानी आवश्यक हुन्छ।

नाकाबन्दीको राजनीतिले नेपाली समाजका सामाजिक, आर्थिक पाटोमा नपुरिने खाडल निर्माण गरेको छ। त्यस्तो खाडल काठमाडौँमा मात्र होइन, मुलुकभरि फैलिएको छ। सरकारी आँकडाअनुसार मुलुकको एकचौथाइ जनसंख्या दैनिक ५४ रुपैयाँ पनि कमाउन नसक्ने अवस्थामा छ। वैशाखको भूकम्प र साउनदेखिको मधेस आन्दोलन तथा असोजदेखिको नाकाबन्दीले त्यस्ता चरम गरिबहरूको हैसियत झनै खस्किएको छ। त्योभन्दा माथिल्लो स्तरकाहरू तल झरेका छन्। मंसिर ९ मा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्थाको चित्र प्रस्तुत गरे। उनले मुलुकको आर्थिक वृद्धिदर २ प्रतिशतको हाराहारीमा रहने तथ्य पेस गरे। पौडेलको प्रस्तुति सिंहदरबारको चाहनाअनुसार वास्तविकता ढाकछोप गरेर प्रचार गरिएको सामग्री हो। हामी नाजुक आर्थिक अवस्थाबाट गुजि्ररहेको कुरा अर्थ मन्त्रीको श्वेतपत्र र एक साताअघि नेपाल राष्ट्र बैंकले गरेको एउटा अनुसन्धानले स्पष्ट गर्छ। राष्ट्र बैंकको अनुसन्धान विभागले ...भारतको अघोषित नाकाबन्दीले नेपालको अर्थतन्त्रमा पारेको असर' शीर्षकको अनुसन्धान प्रतिवेदन मंसिर ३ गते एकैछिन मात्र बैंकको वेबसाइटमा राख्यो र तत्काल हटायो। अर्थ मन्त्रालयको दबाबमा त्यसो गरेको बुझिन्छ। बैंकले आर्थिक विकास ऋणात्मक दिशामा जानसक्ने खतरा आँैल्याउँदै धेरै राम्रो अवस्थामा मात्र वृद्धिदर २ प्रतिशत हुने भनेको छ। आर्थिक हानिनोक्सानीको क्षतिपूर्ति राजनीतिक उपलब्धिले हुने होइन। नेताहरू चाहे सिंहदरबारको शासन गर्ने हुन् वा तराई–मधेसमा आन्दोलन चर्काउने, मुलुकको अर्थतन्त्र ओरालो लागेको अहिलेको अवस्थालाई बेलैमा आत्मसात गर्नु आवश्यक छ।

सामाजिक क्षेत्रमा ठूलो खाडल खनिएको छ। पहाड, मधेस र काठमाडौँजस्ता नाममा नेपाली मनहरू फटाउने अभ्यास भएका छन्। निश्चय नै साढे तीन महिना लामो बन्द–हडताल, आन्दोलन र दुई महिना लामो नाकाबन्दीका बीच साम्प्रदायिक द्वन्द्व भएन। त्यसो भनेर ढुक्न हुने स्थिति छैन। मनहरू नराम्ररी विभाजित भएका छन् र विभाजन गर्ने चेष्टा जारी छ। फाटेका नेपाली मन बेलैमा सिउने–टाल्ने नगरिए त्यसले एकअर्काविरुद्ध वितृष्णा र आशंका जन्माउँछ। र, त्यही कारण नै जातीय, क्षेत्रीय द्वन्द्व निम्तने खतरा रहन्छ। पहिलो मधेस आन्दोलनपछि नै त्यहाँको राजनीतिक–सामाजिक अवस्था तरल बन्न पुगेको छ। तरल अवस्थाको लाभ लिन विभिन्नखाले शक्ति र व्यक्ति अहोरात्र खटिइरहेको वास्तविकतालाई राजनीतिकर्मीले आत्मसात गर्नुपर्छ।

स्वाभिमानको लडाइँका नाममा हामीले काठमाडौँमा स्कुले किशोरलाई उतार्‍यौँ। कस्तो विडम्बना! हामीले हाम्रा कलिला मस्तिष्क भएका नानीहरूलाई घृृणित राजनीतिमा संलग्न गरायौँ। काठमाडौँको रिङरोड र अन्य सडकमा एकैपटक उभ्याइएका ठूलो संख्याका किशोरको मनमा छिमेकी भारत र मधेसप्रति नकारात्मक भावना जागृत गराउने काम गरियो। नयाँ पुस्तालाई थोकमा विरोधी राजनीति थोपरियो। खासमा नेपालका वामपन्थीहरूको दिमागमा भारतको विरोध गर्नुलाई नै राष्ट्रियता भन्ने मान्यता स्थापित छ। त्यसकै प्रहशन भयो सडकमा। काठमाडौँको प्रहशनको प्रतिक्रिया तराई–मधेसले पनि दिइहाल्यो। त्यहाँ मधेसी मोर्चाको आन्दोलनमा ऐक्यबद्धता लेखिएका तुल भिडाएर विद्यार्थी उतारिएको छ। यहाँ काठमाडौँको जस्तै कार्यक्रम धमाधम आयोजना हुन थालेका छन्। तीन महिनादेखि पढ्ने अधिकार खोस्ने आन्दोलनकारी कसरी किशोरको साथ र समर्थन लिन खोज्दैछन्? अभिभावकहरू चनाखो हुनपर्ने बेला भएको छ। स्कुले नानीहरूले पढ्न पाउनुपर्छ, त्यो उनीहरूको नैसर्गिक अधिकार हो। समाजका जिम्मेवारहरूले त्यस्तो व्यवस्था मिलाउनुपर्छ। तर, आफ्ना राजनीतिक आन्दोलनमा कलिला विद्यार्थीलाई हतियार बनाउन मिल्दैन। भनिन्छ, रगत तातेका बेला तर्कहरूले काम गर्दैनन्। राजनीति अति भो, त्यसको अन्त्य गरौँ। सिंहदरबार, तराई–मधेस सबै ठन्डा होऔँ। ठन्डा दिमागले फाटेका मन सिउने चेष्टा गरौँ।
अर्को समाचार
फाटेको कांग्रेसभित्र गुटको जरा
१७ कार्तिक २०८३
•
६ मिनेट पाठ
फाटेको कांग्रेसभित्र गुटको जरा
लोकतन्त्रको प्रमुख पहरेदार मानिएको नेपाली कांग्रेस पार्टी गुटको भुमरीमा रुमल्लिएर फुटको डिलमा पुगेको छ।

भर्खरै नेपाली कांग्रेसको करिब देशैभरिबाट सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि भेला भई सम्पन्न १५औं महाधिवेशनले युवा नेता गगनकुमार थापालाई सभापतिमा चयन गरी सम्पन्न भएको छ।

हुन त कांग्रेसमा ५४ प्रतिशत हस्ताक्षरसहितको मागबाट गरिएको विशेष महाधिवेशनताका नै धाँजा फाटिसकेको थियो। कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बनाएर १४औं महाधिवेशनबाट सभापति चुनिएका शेरबहादुर देउवा उपचारको बहानामा विदेश गएका थिए। जेनजी आन्दोलनमा देउवामाथि भौतिक आक्रमण भएपछि देउवा त्यसै विरक्तिएका थिए। चुनावताका देउवाले देश छाडेपछि कांग्रेसलाई एउटै दलिन बनाउने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको काँधमा थियो। एकातिर जेनजी आन्दोलनले कोल्टे फेरेको परिस्थितिलाई सामना गर्नुपर्ने, अर्कातिर गगन थापाहरू नेतृत्व पुस्तान्तरणको अभियानमा जोडतोडका साथ लागिरहेका थिए।

कांग्रेसभित्रकै नेताहरूको अनुमान थियो, विशेष महाधिवेशनबाट गगनकुमार थापालाई सभापति चुनेपछि देउवाहरू आफैं पाखा लाग्छन् तर त्यस्तो भएन। गगनकुमार थापा पक्षधरले चुनावमा आफ्नो पोल्टामा जनमत ल्याउने आशामा विशेष महाधिवेशनमार्फत गगनकुमार थापाको नेतृत्वमा चुनावमा होमियो। कांग्रेसभित्रकै एकथरी नेताको बुझाइ थियो, गगनले प्रधानमन्त्री हुने महत्वाकांक्षाले नेतृत्व हत्याउन हतार गरे। अहिले देउवाकै नेतृत्वमा चुनाव जाने र १५औं महाधिवेशनबाट सहज रूपमा युवाको नेतृत्वमा कांग्रेसलाई फेरि लोकतन्त्रको बिगुल फुक्न ब्युँझाउने पार्टीभित्रकै अर्काथरी नेताको बुझाइ थियो। जसरी हुन्छ, विशेष महाधिवेशनको माग गर्ने र देउवालाई पाखा लगाउने, गगनको नेतृत्वमा पार्टीको उडान भर्ने। खासमा दोस्रो विकल्पमा पार्टी गयो। विशेष महाधिवेशनबाट गगनको काँधमा कांग्रेसको जिम्मेवारी आयो तर चुनावमा लाजमर्दो हार बेहोर्नुपर्‍यो।

विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापा नै चुनावमा हराइए। संसदीय उडानमा ब्रेक लाग्यो। धेरैले भने, देउवाको सराप लाग्यो कांग्रेसलाई। आफ्नै देशमा फेरि गुमेको विश्वास फर्काउने भन्दै देउवा स्वदेश फर्किएपछि धेरैले भन्थे, अब देउवाले सहज रूपमा १५औं महाधिवेशनबाट युवा पुस्तामा पार्टीलाई जिम्मा दिन्छन् र आफू संरक्षक भएर बस्छन्। त्यो अनुमान देउवाले सरासर झुटो साबित गरिदिए।

१५औं महाधिवेशन गर्न गगनकुमार थापाहरू लागिरहँदा देउवा पक्ष भने च्याँखे दाउ थापेर अदालतले हामीलाई आधिकारिकता बनाउँछ भन्दै कोठे बैठकमै अलमलिइरहेका थिए भने गगनहरू देशैभरिबाट १५औं महाधिवेशन गर्ने अभियानमा जुटिसकेका थिए। १५औं महाधिवेशनको उद्घाटन सत्र देउवाबाट नै गराउन निमन्त्रणा पनि बुझाइएको भनिन्छ तर देउवा समूहको उपस्थिति नै भएन।

लोकतन्त्रको रथ हाँकिरहेको नेपाली कांग्रेसका लागि त्यो एउटा दुर्भाग्य नै बन्यो। देउवालाई जसले गगनको पोल्टामा पार्टी छोडेर बस्नु हुँदैन भनेर उचाले, तिनैले १५औं महाधिवेशनमा देउवा सहभागी नहुने भन्दा धमाधम देउवाको साथ छोडेर गगनतिर मिसिन आए। महाधिवेशनमा गगनको पक्षमा खुलेर लागेका प्राय: सबैले चुनाव जिते भने शेखर देउवामा भएका तर चुनावमा गगनपट्टि ढल्किएकाहरूले चुनाव हारे। अहिले गगन भन्दै छन्– नेपाली कांग्रेसमा कुनै फाटो छैन, एउटै छौं, केही असन्तुष्ट पक्षहरू छन्, उनीहरूलाई एउटै रुखको छायामा ल्याउँछु।

तर देउवा पक्ष भन्नेहरू धमाधम जिल्ला अधिवेशन गर्दैछन्। अब प्रदेश अधिवेशन सकेर मंसिरको २३ देखि २६ सम्म काठमाडौंमा १५औं महाधिवेशन गर्दै छन्। अहिलेको कांग्रेसको चरित्रलाई हेर्दा कांग्रेस अब औपचारिक रूपमै फुटेको छ। दुई चोइटा परेको छ। गगन र देउवाको छुट्टाछुट्टै झाँगिएको गुटको भुमरीले आखिर कांग्रेसलाई चोइटो बनाएरै छाड्यो। अब धमाधम स्थानीय र प्रदेशको चुनाव संघारमा छ। गुमेको विश्वासलाई फर्काएर लोकतन्त्रको जगलाई अझै जनमैत्री बनाउने अभियानमा होमिनुपर्ने ढिला भइसकेको बेला गुटगत महाधिवेशनको किचलोमा भुलेको छ कांग्रेस।

यसरी लोकतन्त्रको लामो इतिहास बोकेको पार्टीमा नेताको गुटमा कार्यकर्ताको हुटिङ थपिएपछि स्वत: पार्टी टुक्रा भयो। यसरी टुक्रिएको पार्टीले गगन पक्ष र देउवा पक्ष कसैलाई पनि फाइदा दिँदैन र लोकतन्त्रको खम्बा बन्न पनि कठिन हुने पक्का छ। बिपीको समाजवाद कुन दर्शनमा हराउने हो, पत्तो छैन।

अब फेरि देउवा पक्षको महाधिवेशनबाट को सभापति चुनिने हुन्, अनुमान गर्न सकिएको छैन। नेपाली कांग्रेसको अहिलेको दृश्यले देखाउँछ कि देउवाको राजनीतिक बिदाइ सुखद रहेन। आफ्नै भित्रकाहरूले उचाले अनि अब थेचार्न खोज्दै छन्। अबको मंसिरमा हुने महाधिवेशनबाट शेखर कोइराला नै सभापति भए भने पनि देउवाको राजनीतिक जीवनमा पूर्णविराम लाग्छ। कांग्रेसभित्रकै धेरै नेताले भन्थे, यही १५औं महाधिवेशनबाट युवा पुस्तामा नेतृत्व हस्तान्तरण गरिदिए आगामी जीवनमा सम्मानसहित पार्टीको अभिभावक भएर बस्दा राम्रो।

तर देउवा उचाल्नेहरूले छोड्नै नहुने, हामी नै हो, युवालाई पनि समेट्नेलगायतका कुरा गरे तर नेतृत्व युवालाई नदिने रोइलो गरे। आखिर यो सबै घटनाक्रमले नेपाली कांग्रेसलाई फुटाएरै छाड्यो। नेतामा फाटो, कार्यकर्तामा विभाजन ल्याएर गुटको आराले कांग्रेसको रुख चिर्‍यो। फाटेको कांग्रेस फेरि सिलाएर एक हुन्छ कि हुँदैन, त्यो त समयले देखाउला नै तर नेपाली राजनीतिमा गुटको आराले नेताहरूको विश्वास र भरोसामा चिराचिरा पार्न भने छोडेको छैन। वामपन्थी भनिएकाहरू पनि यही गुट र स्वार्थको सिकार भए। कैयौं टुक्रामा टुक्रिएर छिन्नभिन्न भएका छन्। 

अहिले फेरि राजनीतिक स्वार्थको रोटी सेक्न एक हुने, एकता गर्ने भन्दै छन् तर त्यो नटिक्ने त विगतका दृश्यहरूले पुष्टि भइसकेको विषय हो। राजनीतिक संस्कारमा हुर्किएका पार्टीहरूको आन्तरिक विभाजनले गर्दा नै वर्तमान परिस्थिति जन्मिएको सत्य हो। राजनीतिलाई सेवाभन्दा पनि पेसाको रूपमा विकास गर्दै लगियो। पार्टीभित्र नै स्वार्थ हुर्कियो। पार्टीभित्र नै गुटको धार धारिलो हुँदै गयो। अनुशासनको औषधिले काम गरेन। गुटबन्दीलाई संस्थागत रूपमा उचालिँदै गयो। समयअनुसार जिम्मेवारी हस्तान्तरणको प्रक्रियालाई स्वीकार गर्न मनले मानेन।

आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन खोजिएन। चुनाव भनियो, खल्तीबाट नाम घोषणा गरियो। विशेष भनियो, आफैंप्रति सबैलाई एकोहोरो बनाइयो। पुस्ताको अनुभवलाई सम्मान गरिएन। सिस्टम आफैंले बनाइयो तर त्यसलाई फलो गर्ने हिम्मत गरिएन। सत्तामा पुग्न आफैंलाई हतार भयो। सत्तामा पुगेर पनि जनताको दु:खलाई बिर्सियो। विकासले जनताको मन जोड्नेभन्दा पनि एकअर्काको कटाक्ष गरेर मन फटाउनेतिर लागियो। समयअनुसारको परिमार्जन र रूपान्तरण आफूलाई गर्न सकिएन। हिजोबाट नै चल्न खोजियो तर आजलाई बुझ्ने आँट गरिएन।

सबैको विचार सुन्ने, भावनाको सम्मान गर्ने, सामूहिकतामा विश्वास गर्नेभन्दा पनि एकल निर्णयको अभ्यासलाई तीव्र पारियो। यी र यस्ता गतिविधिहरूले गर्दा पार्टी जीवनमा लामो विरासत बोकेका पार्टीहरू आज छिन्नभिन्नको अवस्थामा खण्डीकरण भइरहेका छन्, जुन बहुदलीय व्यवस्थामा सकारात्मक संकेत होइन। यस्तै सवालहरूको सिकार भएर आज नेपाली कांग्रेसले पनि च्यातिएको मन लिएर स्थानीय र प्रदेशको चुनावमा आफ्नो उपस्थिति देखाउन लाग्दै छ तर यसको नतिजा रमाइलो नहुने आशंका धेरै छन्। पार्टीभित्रैबाट एकअर्काका उम्मेदवार हराउने र तेस्रो पक्षलाई सत्ता सुम्पिने वातावरण नबन्ला भन्न सक्ने अवस्था छैन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस