मोदी : आरती कि गाली!
१३ मंसिर २०७२
•
१८ मिनेट पाठ
मोदी : आरती कि गाली!
नेपालमा भारतको अमानवीय नाकाबन्दीको असर नपरेको व्यक्ति सायदै कोही होला। बजारमा सामानको अभावको कल्पना बजार जान नपर्ने मानिसले कुनै हालतमा गर्न सक्दैन। समाचारमा आएजस्तो बजारमा इन्धन र औषधिमात्र हैन, सानासाना सामानहरू पनि सजिलै उपलब्ध छैनन्। केही मानिस चाँडै पैसा कमाउन कालोबजारीमा लागेका देखिन्छन्। देशलाई अप्ठेरो परेको बेलामा सबैले सहयोग गर्नुपर्नेमा कालोबजारी गर्ने आफैले बुझ्नुपर्ने हो, आफूले ठीक गरिरहेको छु कि बेठीक भन्ने!हरेक समस्याको दोष सरकारलाई लगाएर आफू चोखो हुन खोज्ने हामी नेपालीको पुरानै बानी हो। यसपटक पनि हामी त्यस्तै मानसिकता प्रदर्शन गरिरहेका छौँ। आन्तरिकरूपमा कालोबजारीलाई दिएको प्रोत्साहन, वैकल्पिक उपायको खोजप्रतिको उदासीनता र मन्त्रीहरूको अनावश्यक बकबकलाई छाड्ने हो भने भारतीय नाकाबन्दीका बारेमा सरकारलाई दोष दिनुपर्ने कारण छैन। किनकि, यो नाकाबन्दी कुनै आन्दोलनको उपज हैन। मधेस आन्दोलन साम्य भए पनि यसको स्थायी समाधान हुन्छ भन्ने कुरामा विश्वास गर्न सक्ने बलियो आधार छैन। हिजोसम्म हाम्रो संविधानका केही प्रावधान मन नपरेर वा परिवर्तन गर्नका निम्ति भारतले हामीलाई दिएको दुःख भन्ने तर्कले पनि अब काम गर्न छाडिसकेको छ।




त्यसोभए नाकाबन्दीको खास कारण के हो त? यतिखेर यसको जवाफ एउटै छ– भारत नेपाललाई आफ्नो क्रिडास्थल बनाउन चाहन्छ। यो अमानवीय नाकाबन्दी भारत र यसका अहिलेका शासकहरूको सनकको उपज र घमण्डबाहेक अरु केही हैन। यो न कुनै मधेससँग सम्बन्धित तत्कालीन एजेन्डा थियो न हुनसक्छ। मधेसमा अहिलेको भन्दा ठूलो आन्दोलन हिजो पनि भएको हो, तर नाकाबन्दी भएन। के कारणले नेपालमाथि यस्तो क्रूर र एक्काइसौँ शताब्दीमा कसैले सोच्नै नसक्ने कार्य भारतले गरिरहेको छ भन्ने कुरा कसैलाई पनि थाहा छैन। कोही यसलाई प्राकृतिक स्रोतसँग जोडेर हेर्छन् भने कोही सुरक्षासँग त कोही यो नेपालका ठूला जलविद्युत् आयोजना आफ्नो हातमा पार्न रचिएको नाटक भन्छन्। यतिमात्र होइन, कोही हिन्दु धर्म र राजतन्त्रसँग पनि जोडेर हेर्छन्। जे भए पनि अब नेपालीले धेरै दुःख पाइसकेका छन्। भारतीय कदमका कारण नेपालमा त्यस निकटतम छिमेकीप्रतिको भावना अति नकारात्मक बन्दै गएको छ। अब सायदै यस्ता कोही सच्चा नेपाली होलान् जो श्रद्धाले मोदीको नाम लिन चाहन्छन्!

साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ दर्शन गर्ने चाँजोपाँजो मिलाएर मोदी नेपाल आउँदा हामीले उनको स्वागत–सत्कार र आदर गर्न कुनै कसर बाँकी राखेनौँ। सरकारले गर्नेबाहेक पनि जनताको तर्फबाट हामीले सकेको गरेकै हो। हाम्रा देशका सबै पत्रपत्रिकाले उनको स्तुति गाएकै हुन्। नेपालमा त्यतिबेला जति इज्जत उनले पाएका थिए, सायदै अन्त कतै पाए र पाउलान्। नेपालीले उनको प्रशंसा गर्दा आफ्ना नेतालाई गाली गरेका शब्द त अझै सुन्नै नसकिने थिए। हामीले उनलाई भारतको मात्रै हैन दक्षिण एसियाकै नेताको रूपमा प्रस्तुत गर्याँदै। कोहीकसैले उनको विगत र अतिवादी चरित्रको कुरा गर्योै भने हामीले त्यसलाई उल्टै झम्ट्यौँ र चुप लाग्न बाध्य बनायौैँ। योभन्दा धेरै इज्जत छिमेकी राष्ट्रको सरकार प्रमुखलाई दिएको इतिहास देख्न गाह्रो पर्छ। उनीप्रति नेपालजस्तो महŒवपूर्ण छिमेकीको आदर, सत्कार र विश्वास त्यसबेला यति चुलिएको थियो कि, उनकै मुलुकमा पनि त्यो अवस्था सायद थिएन।

अब उनलाई हेर्ने नेपाली आँखा फेरिएका छन्। नेपाली जनता आफूले अहिले पाएको दुःखको कारण भारतको कुनै सरकारी नोकरशाही वा कुनै एजेन्सी हैन, केवल भारतका प्रधान मन्त्री हुन्। उनको व्यक्तिगत हठ र सन्किपनको उपजका रूपमा नेपाली जनता इतिहासकै सबैभन्दा दुःख भोग्दैछन्। हामीबाट के गल्ती के भयो? छिमेकमा सबै सामान उपलब्ध भएका कारण नै हामीले आफूलाई चाहिने सामान किन्न अर्को कुनै बजार खोजेनौँ। सजिलो बाटो हुँदाहुँदै अन्तर्राष्ट्रिय कानुनअनुसार हामीले पाउनुपर्ने पारवहनको लागि चीनतर्फको अप्ठेरो बाटोको भर परेनाँै। के यस्तो स्थितिमा सोझो र सानो देशलाई बिनाकारण दुःख दिनु पाप हैन? अपराध हैन? हामी सानो र कमजोर देश भएरमात्रै हो, नत्र अब त भारतले अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि स्पष्टिकरण दिनुपर्ने बेला भैसकेको छ। अझै उसकै ठूलो स्वर भएको हालैको उनको बेलायत भ्रमणका बेला निकालिएको संयुक्त विज्ञप्तिले पुष्टि गर्योल। तर, ढिलाचाँडो अन्तर्राष्ट्रिय जगत्ले बु‰यो र बु‰न बाँकीले पनि विस्तारै बु‰छन्।

यो परिस्थितिमा भारतका विशेष दूत बनेर नेपाल आएका विदेश सचिव र लामो समयदेखिका नेपालमा रहेका भारतीय राजदूतले हाम्रा नेताहरूसँगको भेटमा भनेका एउटा कुरा अचम्मलाग्दो छ। समाचारमा आएअनुसार उनीहरूको चिन्ता नेपालमा भारतप्रति बढेको नकारात्मक भावनामा छ रे! अनि नेपाली जनमानसले मोदीलाई गरेको गालीले उनीहरूको चित्त दुख्छ रे। अझ हास्यास्पद कुरा त कतिपय भेटमा उनीहरूले यो कुरा बन्द गरेर भारतसँग वार्ता गर्न आऊ भनेर पनि भनेको समाचारमा आयो!

भारतीय नाकाबन्दीका कारण नेपालीले पाएको दुःख कसले बुझेको छैन? कतिपय देशका राजदूतावास नेपालमा छन्। उनीहरूले आआफ्नो देशमा यसको प्रभाव र कारणबारे खबर पनि पक्कै गरे होलान्। इन्धन, ग्याँसको लाइन, खानेकुराको अभाव, सानोभन्दा सानो सामान नपाइने स्थिति, बिहानदेखि बेलुकीसम्म परिवारका सदस्यहरूको कुनै न कुनै लाइनमा लाग्नुपर्ने बाध्यता अनि औषधिको समेत अभाव! यो कसलाई थाहा छैन र? यी सबै 'अभाव' मोदीको व्यक्तिगत कारणले भइरहेको बुझिरहेका नेपालीले उनको नाममा बिहान–बेलुकी आरती गर्ने कि उनलाई गाली? के हामीलाई चित्त दुख्दैन?

यसै त बिजुलीको अभाव व्यहोरिरहेको नेपालको सहरी क्षेत्र ग्याँसको अभावमा अहिले कोही दाउरामा त कोही इन्डक्सन चुल्होमा आश्रित भइसके। केही समयअघिसम्म बजारमा जहाँतहीँ पाइने, भर्खर जन्मेको बच्चालाई सेक्न र कतिपय धनीको घरमा कोठा तताउन प्रयोग हुने ब्रिकेट कोइलासमेत अचेल पाइन छाडेको छ। जब घरमा ग्याँस हुन्न अनि इन्डक्सन चुल्होमा भात आधा पाक्दै गर्दा बत्ती जान्छ र त्यो नेपालीले ग्याँस नपाउनुको कारण भारत र मोदी हुन् भन्ने सम्झन्छ अनि के उसले त्यो बेलामा नेपालको संसद्मा गरेको भाषण सम्झेर रमाउने कि यथार्थ बुझेर उनलाई गाली गर्ने?

बिहान जब बच्चाको स्कुलको बस आउँदैन, आफ्नो सवारी साधनमा इन्धन हुँदैन, त्यो बेलामा महामहिम भारतीय राजदूतको अनुहार नसम्झेर, महाकालशनि मृत्युञ्जय पाठ गर्नेे विचार कसैलाई आउँछ होला? तेल पाउने आशामा हप्तौँदेखि लाइनमा राखेर धुलाम्मे भइसक्दा पनि आफ्नो सवारी साधनको ट्यांकी रित्तै हुँदा मोदीको अनुहारमा कृष्ण देख्ने कि कंस? हप्तौँदेखि बसको छतको यात्राको त कुरागरी साध्यै छैन। बिहानै काममा जाने बेलामा दाउरा किन्न जानुपर्दा, दाउरा किनेर फर्कंदा आफ्नो घरमा देखिने रित्तो ग्याँसको सिलिन्डरले नेपालीको सोचाइ कस्तो होला?

आफ्ना छिमेकीसँग यो जाडोमा बाहिर आगो तापेर बसेका सोझा नेपालीलाई नेपालमै आएर भारतीय सुरक्षाबलले बिनाकारण गोली हान्छन् अनि भारत सरकार झूठ बोल्छ कि नेपाली भूमिमा केही भएको छैन। उक्त घाइतेको नेपालकै अस्पतालमा गोली निकाल्ने काम हुन्छ। अब यो स्थितिमा हामी मोदीको आरती गरौँ? जय दामोदरदास हरे भनेर!

आफ्ना बाबु–आमा र दाजु–भाइ नेपालमा खान पाइरहेका छैनन्, बच्चाहरू स्कुल–कलेज जान पाइरहेका छैनन्, यो सबै टेलिभिजनमा हेरेर बसेका र हरेकपटक नेपालमा फोन गर्दा आफन्तको चित्कार सुनेका विदेशमा बस्ने नेपालीले मोदी उनीहरू बसेको सहर पुग्दा बाटोमा दौरा–सुरुवाल लगाएर भारतको झन्डा बोकेर जन गण मन गाउन थालून्! के संसार यसैगरी चल्छ ? यही र यस्तै नै भारतीय सोच हो भने तिनले अझै धेरै कुरा बु‰न र सिक्न बाँकी छ भन्ने बु‰नुपर्छ। जब औषधि नपाएर आफन्त अस्पतालको बेडमा तड्पन्छ, मर्छ अनि उसका परिवारले औषधि नपाउनु र आफन्त मर्नुमा मोदी र उनको सरकार शतप्रतिशत दोषी हो भन्ने कुरा बु‰छन् तब मनोभावना कस्तो होला! अब एकछिन सोचौँ त्यो व्यक्तिको लास जल्दै गर्दा आफन्तले मोदीको गुणगान गाउने कि, के गर्ने? यो भावनालाई त शब्दमा उतार्न पनि कठिन छ। शब्दमा उतारियो भने पनि पढ्न सक्ने आँट कसैसँग हुँदैन।

इन्धनको अभावमा हवाइजहाज उड्दैन, बसमा यात्रा गर्नु असम्भवप्रायः नै छ। बल्लतल्ल आँट गरेर बस चढ्दा जब ढुंगा बर्सन्छ अनि यात्रुको टाउको फुट्छ, अब त्यो यात्रु, बसका अन्य यात्रु र परिवारले भारत सरकार र मोदी यसको एउटैमात्र कारक हो भन्ने बु‰दाबु‰दै पनि के बाँकी यात्रा उनको गुणगानमा बिताउने? अर्बौं रुपैयाँ पर्ने व्यापारिक सामान सीमामा रोकिएको ३ महिना हुनलाग्यो। सयौँ कन्टेनर बन्दरगाहमा छन् र अझ कतिलाई त जहाजबाट उतार्नसमेत दिइएको छैन। सामानको मोलभन्दा बढी त्यहाँ तिर्नुपर्ने विलम्ब शुल्क भइसकेको छ। व्यापारीहरू बोल्न सक्ने स्थितिमा छैनन्। कतिपय त डिप्रेसनमा गएको कुरा परिवारबाट थाहा हुन थालिसक्यो। कतिपय व्यापारीले त अब त्यो सामानको मत्लब नगर्ने, तर यहाँ बैंकको पैसा जसरी पनि तिर्ने अनि चुपचाप बस्न सकिन्छ कि सकिँदैन भनेर वकिलहरूसँग सल्लाह गर्न थालिसकेका छन्। यो सबैको जिम्मेवार मोदी र भारत हो भनेर बु‰ने ती व्यापारीले अब मोदीको मूर्ति बनाएर पूजा गरुन् कि बेस्सरी गाली?

नेपालमा मोदी र भारतीय राजदूतप्रतिको घृणा बढ्दो क्रममा छ। यो कुरा भारतीय संस्थापन पक्षले राम्ररी बुझे हुन्छ। यो यथार्थ हो, यसमा कसैले शंका नगरे हुन्छ। यो घृणालाई इज्जतमा बदल्ने काम हाम्रा नेताले गर्नसक्ने हैन, किनकि नेपालीले यहाँका नेताले भनेर उनीहरूलाई घृणा गर्न थालेका हैनन्। यो सबै मोदी सरकारको क्रियाकलाप र त्यसमा मलजल गर्ने काम नेपालका लागि भारतीय राजदूतले गरेका कारणले भएको हो। तसर्थ यसलाई राम्रोमा बदल्ने काम पनि उनीहरू स्वयंले नै गर्नुपर्छ। जति चाँडै गर्योा उति उनीहरूकै हितमा हुनेछ।

आफूलाई दिएको दुःखका कारण मोदी र भारत सरकारलाई नेपालीले गाली गरे, चित्त दुःखाए। उनको आफ्नै देश जहाँ उनी राम्रो दिनको नारा दिन्छन् र आफ्नो शासन रामराज्य भएको भाषण दिएर कहिल्यै थाक्दैनन्, अहिले करोडौँ भारतीयका हरेक बिहानको मोबाइल फोनको जोकको पर्याय बनेका छन्। करोडौँ भारतीयको दिन उनका नाममा बनेका जोकबाट सुरु हुन्छ र रातको सुताइ पनि त्यसैबाट थालिन्छ। ती जोकले हामी नेपालीको पनि मोबाइल फोनको घन्टी बजाउन मद्दत गरेकै छ। संसारकै सबैभन्दा बढी जोक बनेका नेता बनिसकेका छन् मोदी अहिले। सायद नेपालमा किन मोदीलाई गाली गरेको भनेर प्रश्न गर्नुभन्दा भारत सरकारले माथिको प्रश्नको जवाफ आफै खोज्दा राम्रो हुन्छ।

विगतमा कुनै व्यवस्थाविरुद्ध आन्दोलन गर्दा हाम्रा नेताले छिमेकी अनि ठूलो भएको नाताले कुनै सहयोग लिए होलान्। विरामी हुँदा मानवताको आधारमा केही नेताको उपचार भारतले गरिदियो होला, केहीका छोराछोरीलाई छात्रवृत्ति पनि दियो होला। तर, त्यसको हिसाब सिंगो देश र ३ करोड नेपालीसँग माग्न पाइन्छ? एउटा ठूलो छिमेकीको योभन्दा तल्लोस्तरको सोचाइ संसारको इतिहासमा कहाँ पाइएला? मानवताको परिभाषा समय र परिस्थितिअनुसार बदल्ने? यही हो ठूलाको चरित्र?

साउन महिनाको अन्तिम सोमबार पारेर पशुपतिनाथको दर्शन गर्न आउने अनि गौतम बुद्धको नाम लिएर कहिल्यै नथाक्ने मोदीले गरेको नेपालमाथिको नाकाबन्दी उनले पशुपतिनाथ र गौतम बुद्धमाथि गरेकोे अपमान हो। भोलि स्थिति सामान्य भएपछि नेपालीले त दुःख बिर्सेलान्, तर पशुपतिनाथ र गौतम बुद्धले .....? देशभित्र कतिपय यस्ता कारण होलान् जहाँ हामी नेपालीले नेतालाई गाली गर्नपर्ने, तर यो अमानवीय नाकाबन्दीको बारेमा केही छिटपुट मधेसवादी दलका नेताहरूको बाहेक हाम्रा अरु नेताको कुनै गल्ती छैन। हाम्रा नेतालाई यो विषयमा कुनै गाली गर्नु हुन्न।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस