संविधान सभामा ६२ प्रतिशत कम्युनिस्ट भएकै समयमा जातीय, साम्प्रदायिक प्रपोगण्डाले नेपालको राष्ट्रिय अखण्डता संकटमा परेको सबैले भन्न थालेका छन्। प्रश्न उठ्छ, कस्को कारणले राष्ट्रियता संकटमा छ?
यही डिसेम्बर २६मा १ सय१६ औँ माओ जयन्ती आआफ्नै शैलीमा मनाइएको समाचार विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संचार माध्यममा प्रकाशित भएको थियो। सन् १९४९ मा चीनमा जनवादी क्रान्ति सम्पन्न भएको अवसरमा मेरो नेतृत्वमा मनमोहन अधिकारी र पुष्पलालसहितको चीन भ्रमणमा माओसँंग भएको भेट र अन्तरक्रिया अविस्मरणीय रहेको छे। एक साताका लागि थालिएको चीन भ्रमण माओकै आग्रहमा तीन साता थपिएर महिना दिन पुग्यो। माओमा दक्षिण एसियालाई हेर्ने दीर्घकालीन दृष्टिकोण थियो। नेपालका सन्दर्भमा चिनीयाँ जनवादी क्रान्तिको ६० वर्षपछि अहिलेको अवस्था हेर्दा माओको दूरदृष्टिलाई बिर्सन नसकिने देखिंदैछ।
माओसंगको अन्तरक्रियामा मैले नेपालको सन्दर्भमा राजतन्त्रलाई लिएर अघि बढ्ने धारणा राख्दा अत्यन्त फराकिलो भावना भन्दै धन्यवाद त पाएँ नै उनकै अनुरोधमा रुस भ्रमण गर्ने अवसर पनि पाएँ। तत्कालीन रुसी राष्ट्रपति ख्रुश्चेभसंँगको भेट र नेपाल-रुस सम्बन्ध विकाससंगै तत्कालीन सोभियत संघको विकासका पूर्वाधारसँंगै छात्रवृत्तिअन्तर्गत नेपालबाट रुसमा पढ्न जाने अवसर खुल्यो। कालान्तरमा माओकै सहयोगमा नेपालको चीन र रुससँगको सम्बन्धलाई नयाँ आयाममा विकास गर्न सहयोग गर्यो।
सन् १९४७ मा ब्रिटीशबाट भारत स्वतन्त्र भएको र चीनमा जनवादी क्रान्ति भएर स्वयं माओले नेतृत्व दिइरहेको सन्दर्भमा नेपालमा दुवै मुलुकलाई सन्तुलनमा राख्न परम्परावादी संस्था भएपनि राजतन्त्रलाई राख्नुपर्ने दृष्टिकोण कति सान्दर्भिक रहेछ भन्ने यतिबेला हामीले भोग्दैछौंँ। अफगानिस्तान, कास्मिर, सिक्किमले राजतन्त्र हटाउनुको पीडा धेरैपहिले भोगिसकेका छन् र त्यसैको पीडामा छट्पटाइरहेका छन्।
यतिबेला नेपालमा माओको नाम जताततै सुनिन्छ। माओ विचारधारा र बाद पछाडि धेरै पार्टी छन्। दर्जनौं वामपार्टीमा अग्रपंक्तिमा उभिएको ए.ने.क.पा. (माओवादी) मात्र होइन यसबाट बाहिर ने.के.पा. (मसाल)जस्तो पुरानो दल र स्वयं माओवादीबाट जन्मिएका अन्य दुई संगठन पनि अस्तित्वमा छन्। तर उनीहरूले माओको नाममा माओको नीतिलाई आत्मसात गरेका छन् कि बदनाम गरिरहेका छन् भन्ने विश्लेषण वैचारिक र व्यवहारिक दुवै कोणबाट भयो भने र सच्याउने प्रयत्नले मात्र मुलुकलाई निकास दिनेछ। अन्यथा परिणाम घातक हुनसक्छ। वर्ग संघर्षलाई उच्चतम प्राथमिकतामा राखेको माओ विचार जातीय संघर्षलाई प्राथमिकता दिएको रूपमा बदलिएको छ। यसप्रति स्वयं माओ हुँदै हु जिन्ताओको नेतृत्वको वर्तमान विशाल छिमेकी चीन विश्वस्त हुन नसकिरहेको अहिलेको अवस्थालाई के भन्ने? साम्राज्यवादसंगको संघर्ष अर्थात् विस्तारवाद भन्दै गर्ने अर्कोतर्फ आफ्नो स्वार्थमा सम्झौता गर्ने प्रवृत्तिलाई के भन्ने? राष्ट्रिय भाषाविरुद्ध माओ विचार भन्ने हाम्रा क्रान्तिकारीहरू विदेशी भाषालाई स्थापित गर्नुलाई प्रगतिशील मान्नुलाई कसरी हेर्ने? माओको जनतासंगँ सियो र धागो पनि सित्तैमा नलेउ भन्ने मान्यता हाम्रो सन्दर्भमा कहाँ मेल खान्छ?
यतिबेला सरकार र प्रतिपक्षको टकरावमा सेनापति प्रकरणको विवादमा दिल्लीसंँग वार्ताको व्यंग्यात्मक टिप्पणी विभिन्न पत्रपत्रिकामा आए। नेपालमा गणतन्त्र दशवर्षको गुरिल्ला संघर्ष र १९ दिनको आन्दोलनको परिणामभन्दा पनि यतिबेला दिल्लीसंँग भएको वार्ताको परिणाम हो भने पहिला यो भन्नेहरूले स्वीकार्ने कि नस्वीकार्ने? आफ्नो स्वार्थमा नतमस्तक भएकाले स्वार्थको धक्कामा राष्ट्रियता र क्रान्ति देख्नुको वैचारिक आधार छैन। उनीहरूले भने हुन्छ पशुपतिको पुजारी परिवर्तन गर्न नसक्ने हामीले नै नारायणहिटीको शक्ति दिल्ली पुर्यायौंँ। आज जसरी र जहाँबाट दिल्लीसंँग वार्ताको कुरा आइरहेको छ, त्यसले देशको राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाएको छ। यसरी त राष्ट्रवादको चर्को नारा दिने नै त्यसको अनुयायी बनेनौ र?
आजको समस्या विचार, आदर्श र नैतिकताबाट संचालित नहुनुको परिणाम हो। माओले कहिल्यै पनि घरेलु शक्तिसंगको संघर्षमा वाह्य दुस्मनसंग सम्झौता गरेनन्। यसले चीनलाई अगाडि बढ्ने मार्ग खुला गर्यो। यतिबेला दिल्लीमा शक्ति देख्ने हाम्रा क्रान्तिकारी मित्रहरूको हजारौँको रक्तपातले देशलाई नवउपनिवेश बनाएको सन्देश दिन्छ कि
दिंदैन? यसले स्वयं हामीलाई नै कुन धरातलमा उभ्याइरहेको छ?
राष्ट्रिय मुक्तिबिना क्रान्ति सम्भव नदेख्ने माओको नीति हाम्रो सन्दर्भमा उहाँका अनुयायीसंग कहाँ छ भनेर खोज्नुपर्ने अवस्था छ। माओको भौतिक शरीर नभएपनि उहाँको विचार त्यत्तिकै सान्दर्भिक छ। पद या प्रतिष्ठा महत्वपूर्ण होइन मूलतः विचार हो। हाम्रो देशमा आत्मसात गरेरै माओको विचार अंगाल्नेहरू पाउन कठिन छ। यसो भन्दा विभिन्न दल र समूहमा माओको नाममा राजनीति गर्नेको चित्त दुख्न सक्छ। माओले त कहिल्यै पनि विदेशी भूमिमा बसेर क्रान्ति गर्नु भएन। चिनीयाँ जनवादी क्रान्तिको क्रममा आफ्नै छोरा गुमाएका माओको त्याग हाम्रो देशका क्रान्तिकारीहरूमा कति लागू हुन्छ?
गोरखपुर, दिल्ली र नोएडामा बसेर खोलिएको क्रान्तिकारी पाठशालाले आज देश कता जाँदैछ? नारायणहिटीको शक्ति खोसेर दिल्लीसंग वार्ता गर्ने हाम्रो खुल्ला घोषणाले हाम्रो टेक्ने धरातल के हो भनेर देखाएन? माओले कहिल्यै पनि साम्राज्यवादी शक्तिसंँग सम्झौता नगरेको वैचारिक जग नेपालको सन्दर्भमा कुन वामपंथी दलमा लागू हुन्छ?
नेता बन्न सजिलो छ तर राजनेता बन्न र आदेश पात्र बन्न गाह्रो छ। त्यसको सीमित विचारमा स्थिरता, त्याग र बलिदान आवश्यक हुन्छ। हाम्रो देशमा २०३३ सालपछि यथार्थमा आधारित वि.पी. को कदमले उहाँलाई नेता मात्र होइन, राजनेता बनायो। विचारमा सम्झौता नगरेका कृष्णप्रसाद भट्टराईसँग जीवित कुनै नेपाली नेताको वैचारिकरूपमा तुलना हुनै सक्तैन। मनमोहन अधिकारीबाहेक वामपंथी राजनीतिभित्र वैचारिक रूपमा स्थिर नेतृत्व नेपाली कम्युनिष्ट आन्दोलनले अहिलेसम्म पाउन सकेको छैन भन्दा अत्युक्ति नहोला। यतिबेला नेपालको संविधान सभामा ६२ प्रतिशत वामपंथी छन्। यही समयमा जातीय, साम्प्रदायिक प्रपोगण्डाले नेपालको राष्ट्रिय अखण्डता सबैभन्दा बढी संकटमा परेको सबैले भन्दै आएका छन्। अब प्रश्न उठ्छ राष्ट्रियता संकटमा छ भने कस्को कारण? संविधानसभाभित्र प्रतिनिधित्व गर्ने ६२ प्रतिशत वामपंथी को हुन् र कस्का अनुयायी हुन्?
माओलाई सम्झदा मुलुकप्रतिको जिम्मेवारीबोध गरी उहाँको दूरदृष्टिलाई आत्मसात गर्ने हो भने मुलुकले निकासा पाउन कठिन छैन। तर उग्र र उत्तेजनात्मक नारा र एजेण्डामा आफ्नो स्वार्थमा सम्झौता गर्ने र धक्का लाग्दा क्रान्तिकारी राष्ट्रवादी स्वरूप देखाउने प्रवृत्तिले छोटो समयमा जनतालाई दिने भ्रमले नेता बनेपनि वास्तविक वैचारिक राजनेता बन्न सकिँदैन।