एकछिन शान्त भएर हेरौँ!
१० मंसिर २०७२
•
१३ मिनेट पाठ
एकछिन शान्त भएर हेरौँ!
यो कलिलो गणतन्त्रमा अहिलेसम्म पनि दिगो खुसी उदाउन सकेन। दुःखको भुमरी छ जताततै। आशा उदाउनुको सट्टा सर्वत्र घोर निराशाको नजिक पुगिरहेका छन् जनता। नयाँ संविधानको एउटा महत्वपूर्ण उद्देश्य थियो- शान्ति। विडम्बना, हिंसा र अशान्तिको कुचक्रमा फस्यो देश। मानिसहरूले सपना देख्नै छाडेका हैनन् तर तिनका सबै सपनामा अहिले नयाँ दुःस्वप्न मिस्सिएका छन्।

चुनौतीका असंख्य पर्वत, जङ्गल र जँगारहरू तर्दै अघि बढ्नुपरेको छ यो मुलुकले। 'अझै पनि एउटा साँच्चैको राष्ट्रिय राज्यको हैसियत बनाइसकेको छैन नेपालले' भनेर भन्नेहरूको कमी छैन। 'बनी नै नसकेको राष्ट्र टुक्य्राउँदा केको पाप ' भन्नेसमेत देखापर्न थालेका छन् अचेल। जसरी भर्खरै काँचुली फेरेका बेलामा हरेक प्राणी अत्यन्त कमजोर र सहजै आक्रमित हुनसक्ने स्थितिमा हुन्छन्, देश पनि भरखरै काँचुली फेरेका बेला त्यत्तिकै सहज – आक्रम्य (भल्नरेबल) हुन्छ। यस्तो संवेदनशील बेलामा 'राष्ट्र'को पुरानै अवधारणामा झुन्डिएर पुग्दैन। राष्ट्रियताका पुराना खम्बा मक्किइएकाछन्। राष्ट्र, राष्ट्रियता र देशभक्तिको नयाँ अर्थ खोजिरहेको छ समयले।

हिजोको जस्तो श्रीपेचमा अडिएको 'राष्ट्रियता'को गणतन्त्रमा कुनै अर्थ हुँदैन। कुनै एउटा धर्म, कुनै एक किसिमको परम्पराआदिले मात्र राष्ट्रियतालाई बलियो बनाउने सिमेन्टको काम गर्न सक्तैन। सहज संवादका निम्ति एउटा भाषा चाहिन्छ, तर यति धेरै भाषाको धनी यस मुलुकमा कुनै पनि भाषा अखण्डताको एउटैमात्र सूत्र हुन सत्तै्कन। यी त राष्ट्रलाई सुन्दर र स्वस्थ बनाउने इन्›ेणीका रंगमात्र हुनसक्छन्। यात्राका निम्ति सहज वाहनमात्र बन्न सक्छन्। राष्ट्रलाई नै अखण्ड बनाई राख्ने सिमेन्ट भने अरू नै कुरामा खोज्नुपर्ने हुन्छ। राष्ट्रलाई, राष्ट्रियतालाई नयाँ ढंगले बुझ्ने र त्यहीअनुसार देशभक्तिलाई परिभाषित गर्ने जिम्मेवारी समयले बोकाएकोछ हाम्रो काँधमा।

विविधता प्रकृतिको स्वभाव हो। जस्तोसुकै भूखण्डमा पनि कुनै न कुनैरूपमा विविधता हुन्छ। हाम्रो देशमा रहेको भौगोलिक, सांस्कृतिक, भाषिक, धार्मिक, जातीयआदि विविधतालाई सही ढंगले व्यवस्थापन गर्नसक्ता धेरै अर्थमा त्यो अमूल्य वरदान नै हुनेछ। तर विविधतालाई नै कुनै न कुनै किसिमले निहित स्वार्थका निम्ति विभेदको निहुँ बनाउन खोज्नेको बिगबिगी भएका ठाउँमा कि तानशाही जन्मिन्छ नत्र भने अन्य अतिवाद। जनता भने निरीह नै रहिरहन्छन्।

यतिबेला कुनै समूहका नागरिकमा पनि खुशी छैन। तृणमूल जनता दुःखमा छन्, दुखको अन्त्य चाहिरहेकाछन्। तिनलाई बाँच्न पाउनु परेको छ, बाँच्नमात्र पाउनु छ। अधिकार, राजनीति, राष्ट्रियता आदिइत्यादि उनीहरू पनि सुन्छन् र सुन्छन्मात्र। यस्ता कुराले तिनलाई भित्रसम्म भिजाउँदैनन्। प्रायः अरुका साधन बन्न बाध्य हुन्छन् ती।

अर्को „ुवमा कुनै न कुनै किसिमले शक्ति सम्पन्न धनाढ्य छन्। देशको कुरा त ती पनि गर्छन् तर तिनको वास्तविक जीवनमा भने देशको कुनै दुःखले खासै छुँदैन। बन्दव्यापारमा भएको मन्दीले ती अप्रसन्न छन् तर देशै नरहे पनि आफू बाँच्ने उपाय उहिल्यै तयार छ उनीहरूका लागि।

यी दुईका बीचमा छ मध्यमवर्ग। कुनै पनि देशको स्थितिको प्रतिनिधित्व यथार्थमा यही वर्गले गरिरहेको हुन्छ। राष्ट्रियता पनि यही वर्गलाई चाहिएको हुन्छ। देशको सीमाबाट निकै पर पुगिसक्ता पनि कुनै न कुनै किसिमले देशको तातोचीसोले प्रभावित पारिरहेको हुन्छ यिनलाई। हामीकहाँ यतिबेला यस वर्गका नागरिक खासगरी बुद्धिजीवीहरू, आआफ्ना आग्रह, पूर्वाग्रह र दुराग्रहका कारण ज्यादै नराम्रोसँग विभाजित भएकाछन्। मोटामोटी दुई कित्तामा विभाजित छन् यी र दुवैथरीले श्रवण क्षमता गुमाएकाछन्। तिनका तर्कमा वस्तुपरायणता, यथार्थ, सत्यको आग्रहले प्रवेश नै पाउनै छाडेको छ। यही विभाजनलाई अझ फराकिलो पार्न अनेक हानिकारक तत्व निरन्तर लागिरहेका छन् र सफल पनि भइरहेका छन्। यस्तै रहिरहने हो भने दुई कित्तामा मात्र हैन, अझ धेरै कित्तामा विभाजित हुनेछ यो वर्ग।

यस विभाजनलाई रोक्तामात्र राष्ट्रिय एकता र अखण्डता कायम राख्न सकिन्छ। र त्यो रोक्न जनताका बीचमा साझा हीतका सबालको पहिचान नगरी हुँदैन। जनताका बीचको साझा हित नै हो राष्ट्रिय अखण्डताको बलियो र भरपर्दो सूत्र। र यतिबेला त्यो साझा हित भनेको गरिबीबाट मुक्ति र आर्थिक विकास नै हो। सामाजिक न्याय, समावेशिता र लोकतन्त्रबिनाको आर्थिक उन्नति दिगो हुनैसत्तै्कन। त्यसैले, अबको राष्ट्रिय अखण्डताको सूत्र भनेकै सामाजिक न्याय र लोकतन्त्रसहितको आर्थिक विकास हो, जनताको समृद्धि हो। यी तीनै विषय एक अर्कामा अन्योन्याश्रित छन्। यीमध्ये कुनै एउटाको अभावमा अरू रहनै सत्तै्कनन्। र यी तीनै कुरा रहेनन् भने राष्ट्रिय स्वाधीनता पनि रहन सत्तै्कन।

अहिले काठमाडौंको घटनाक्रम आफ्नै तालमा छ। परिदृश्यहरू परिवर्तित भइरहेका छन् – प्रायः सुस्त, र कुनैकुनै बेला भने केही तीव्र। नयाँ चुनौतीलाई स्वीकार्ने क्रममा केही नयाँ समाधान सैद्धान्तिक तहमै मात्र भए पनि नदेखिएका हैनन्। तराईका घाउका पीडालाई बुझ्ने र बुझ्न यत्न गर्नेको संख्या नबढेको पनि हैन। अन्धकारै मात्र त छैन। तर यति नै बेला विदेशी भूमिबाट केही मायावीहरू अचम्मको हर्कत गरिरहेका देखिन्छन्। एउटा पाइला सीमा बाहिर र अर्को पाइला सीमाभित्र राखेर तिनले उत्पन्न गरेका अप्ठेराहरूका कारण हाम्रा सपनालाई भत्किन दिनु पक्कै हुँदैन। तर के बोलिरहेकाछन् ती? त्यो त सुन्नै पर्छ। किन यसरी बोलीरहेका छन्? त्यो पनि खोतल्नैपर्छ। यस्तो बोल्नका निम्ति के के निहूँ पाइरहेका छन्? त्यो पनि बुझ्नैपर्छ।

कुनै 'प्रभु'बिना पनि हामी बाँच्नसक्छौँ भन्ने मनन गर्न, त्यसलाई आत्मसात् गर्न र व्यवहारमै उतार्न अत्यन्त आवश्यक भइसकेको छ। आफूलाई मित्रभन्दा बढी 'प्रभु'कै रूपमा चिनाउने छिमेकीहरूको स्वर त ठुलो हुन्छ, ती परैबाट चिनिन्छन्। मित्रताको खोलभित्र 'प्रभु'आकांक्षा राख्ने पराइ पनि छन् यस दुनियाँमा भन्ने बिर्सनु हुँदैन। साँचो मित्र पाउनु त्यति सहज छैन। मित्रता पनि सित्तैमा प्राप्त हुँदैन। मित्रतालाई जोड्ने रसायन पनि एकापसमा भएको समान हित र चासोका यथार्थले उत्पादन गर्ने हुन्।

हो, अन्तरनिर्भरताकै युग हो यो। अन्तरनिर्भरताले विश्वका नागरिकलाई अझ नजिक ल्याउन र मानव सभ्यतालाई उचाइमा पुर्यायउने काम गर्न सक्छ। तर साँचो अर्थमा यस्तो सृजनात्मक अन्तरनिर्भताका निम्ति नभई नहुने सर्त हो साना देशले स्वतन्त्रताको अनुभूति गर्न सक्नु। साना र कमजोर देशलाई पेलेर आफ्नो स्वाथर्ि्सद्धि गर्ने ठुला र बलिया देश कहिल्यै सृजनशील अन्तरनिर्भरताको पक्षमा हुँदैनन्। र मूलतः त्यही दम्भका कारण वर्तमान विश्वमा हिंसा र अशान्ति व्याप्त छ।

यतिखेर कुनैबेला पढेको बाइबलको एउटा पदको सम्झना भइरहेको छ। ओल्ड टेस्टामेन्ट('पुरानो नियम')को एक्सोडस ('प्रस्थान') २०ः५ मा प्रभु भन्छन् – 'खबरदार, तैँले कुनै हालतमा अरू देवतालाई खुसी पार्न पाउँदैनस्। म, तेरो प्रभु, तेरो परमेश्वर, अत्यन्त ईर्ष्यालु छु – अरू कसैलाई पूजा गरेको कदापि सहन्न... मातापिताका पापहरूको भारी पनि म तिनका सन्तानलाई बोकाउनेछु, तीन चार पुस्तापछिका सन्तानले पनि पापको त्यो भारी बोक्नुपर्ने छ..'

सैतानले छल गरेर आफू 'प्रभु' भएको बहाना गर्दै बाइबलको यही पदको मन्त्रोच्चारण गरिरहेको जस्तोलाग्छ अचेल कुनै छिमेकीको हरेक अभिव्यक्ति। एक्काइसौं शताब्दीको दोस्रो दशक पनि आधा बितिसकेको आजको दिनमा त्यस्तो छलीको प्रभुत्व कसैले स्वीकार्न सक्छ र? हामीलाई दक्षिण वा उत्तर, पूर्व वा पश्चिम कुनै दिशाका 'देवता'को पूजा गर्नु छैन। समान हितमा आधारित मित्रता भने अवश्य चाहिएको छ।

यस्ता मन्त्रोच्चारणबाट मोहित भएर 'पुर्खाको पाप'को भारी बोक्न र बोकाउन आतुर हुनुले आफ्ना दुःखका वास्तविक स्रोत बिर्सिनमात्र सघाउँछ। सैतानले थमाएको घृणाको बीउ छर्दै देशलाई उसैले देखाएको बाटोमा घिसार्दै भड्खालोमा जाक्न खोज्दा कसैको भलो हुँदैन।

बिउझौँ र साझा समृद्धिका लागि निर्भय भएर केही गर्न लागौँ। केही बेर शान्त भएर हेरौँ, आत्मसात गरौँ यथार्थलाई र आफ्नाहरूबीच समानताका बिन्दु खोजौँ। मानवजीवन, समय, अवसर अमूल्य छन्- अनावश्यक आपसी द्वेषका लागि हैनन् ती! यस देशमा जनताको साझा समृद्धिका सम्भावना अझै प्रशस्त छन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस