तराई मधेसको महान चाड छठ पर्वको पूर्वसन्ध्यामा म विराटनगरबाट साँझ साँढे ६ बजे काठमाडांै जान हिँडे । विराटनगरबाट ९ किलोमिटर उत्तर दुहबीमा झन्डै एक घन्टाभन्दा बढी समय गाडी रोकियो ।दुहबीमा मधेसका आन्दोलनकारीले विराटनगर–इटहरी मार्ग अवरुद्ध गरेका रहेछन् । प्रहरीले आन्दोलनकारीसँग वार्ता र छलफल गरेपछि बाटो खुल्यो । हामी इटहरी पुग्दा साँढे आठ बजिसकेको थियो ।
इटहरीमा पश्चिम जाने बस, ट्रक, कार, मोटरसाइकल सबै लामबद्ध राखिएका थिए । लामबद्ध हजाराँै गाडीको गन्तव्य काठमाडांै थियो । प्रहरीले सधैँ यहीँबाट बर्दिवाससम्म स्कर्टिङ गर्ने प्रणाली चलाएको रहेछ । राजमार्गमा हिँड्ने गाडीका कारण प्रहरी र आन्दोलनकारीबीच मध्यरातसम्म झडप हुनु सामान्य भइसकेको इटहरीमै बुझिन्थ्यो । सुरक्षाका कारण राती ११ बजेपछि स्कर्टिङ सुरु हुने जानकारी प्रहरीले हामी सबैलाई दिए । इटहरीमा घन्टौं कुर्नुपर्ने, असुरक्षित यात्रा र जीवन नै जोखिममा हालेर पनि स्थल मार्गबाटै हिड्नु पर्ने मध्यम, निम्नमध्यम र गरिब नेपालीको बाध्यता अझै यथावतै छ ।
अधिकांश बसका अगाडि, पछाडि र साइडका सिसा थिएनन्, छैनन् । सबै यात्रुको अनुहारमा भय प्रष्टै देखिन्थ्यो । बसमा यात्रा गर्ने धेरैले ग्याँसको सिलिन्डर सँगै ल्याएका थिए खासगरी विद्यार्थीले । पेट्रोलको गन्ध पनि प्रत्येक बस र ट्रकबाट आइरहेको थियो । इटहरीमा साँझ ढल्दै गएपछि जाडो पनि बढ्दै गयो । सयांै यात्रु गाडीबाट उत्रेर देशको अवस्था बारे चर्चा गर्न तल्लीन देखिन्थे । सबैले नेतालाई सरापे, भारतलाई दुत्कारे अनि अब यस देशमा बस्न सकिन्न भन्ने निष्कर्षमा पुग्थे । यात्रा गर्ने अधिकांश यात्रु पहाडी समुदायका भएकाले हो कि सुनसरीको इनरुवादेखि महोत्तरीको बर्दिवाससम्म समानान्तर वैकल्पिक राजमार्ग नबनाई अब आफ्नै देशभित्र पनि मधेसीले आवतजावत गर्न नदिने भए भनी टिप्पणी गर्नेको संख्या पनि कम थिएन ।
राती एघार बजे स्कर्टिङ खुल्यो । हजारांै गाडी एकैपल्ट राजमार्गमा गुड्न थाले । बस चालकको आदेशअनुसार सबै यात्रु इटहरी बर्दिवासबीच बाटोमा उत्रिनु नपरोस् भनी पूर्व तयारी गरेर आआफ्ना सिटमा बसेका थिए । लामबद्ध गाडीहरू रफ्तारमा दौडेला भनी मैले अनुमान गरेको थिएँ । तर त्यसो भएन । गाडी अत्यन्त बिस्तारै दौडियो र हामी सुरक्षितसाथ बिहान चार बजे बर्दिवास आइपुग्यौँ । बर्दिवास आउनुअगाडि राजधानीबाट आएको गाडीको ताँती र इटहरीबाट राजधानीतर्फ जाने गाडी पूर्व–पश्चिम राजमार्गमा क्रस गर्दा केही क्षण त युरोपतिरका राजमार्गमा देखिने झलक झैँ लाग्थो । त्यही केही क्षणबाहेक पूर्व – पश्चिम राजमार्गको बर्दिवाससम्मको यात्रा युद्धभूमिमा हिँडेजस्तो अनुभूति हुन्थ्यो ।
बर्दिवासमा बिहान आइपुगेपछि सबैले लामो सास फेरे । अब यात्रामा खतरा छैन तसर्थ स्कर्टिङ पनि रहेन भन्ने जानकारी प्रहरीबाट भयो । हामीले बर्दिवास सिन्धुलीको छोटो बाटाबाट काठमाडौंतर्फको यात्रा सुरु ग¥यौँ । बर्दिवासबाट उत्तरतर्फ लाग्ने बित्तिकै युद्ध भूमिबाट शान्ति भूमिमा आएको अनुभव भयो । त्यस्तै त हुँदोहोला पश्चिमतर्फका यात्रुलाई पनि । पहाड शान्त छ, मधेस अशान्त छ विगत सय दिनदेखि । किन होला ?
संविधान सभाबाट भर्खर जारी 'नेपालको संविधान, २०७२' तराईमा बस्ने मधेसी मूलका नेपालीले स्वीकार्न गाह्रो मानिरहेका छन् र ती आन्दोलित छन् । नयाँ संविधानमा व्यवस्था गरिएका सातवटा प्रदेश मधेसी र थारु समुदायका लागि राजनीतिकरूपले स्वीकार्य नभएकोले विगत सय दिनदेखि तराईमा शान्ति छैन । तर त्यही मधेसमा बस्ने झन्डै सैतीस प्रतिशत पहाडी समुदाय भने संविधानमा व्यवस्था गरिएको सात प्रदेशको सीमाङ्कनबाट सन्तुष्ट देखिन्छन् र त्यसलाई तलमाथि गर्न नदिने अठोट पनि सुनिन्छ । प्रष्टै छ, सीमाङ्कनको समस्या पेचिलोमात्र छैन । अब सबै समुदायको सरोकारको विषय पनि भएको छ । यस्तो अवस्थामा तराईमा बस्ने सबै समुदायलाई चित्त बुझाएर संविधान संशोधनमार्फत् देशमा शान्ति र सुव्यवस्था कायम गर्ने काम राजनीतिक नेतृत्वका लागि चुनौतीपूर्ण र जोखिमयुक्त पनि छ ।
केही उदाहरणबाट प्रदेश निर्माण र सीमाङ्कन कार्य कति जोखिमपूर्ण र संवेदनशील पनि छ भन्ने प्रष्ट हुन्छ ।
प्रदेश नम्बर १ को झापा, मोरङ र सुन्सरीमा बस्ने झन्डै साढे बाह्र लाख मधेसी र थारुलाई पहाडसँग मिसाउन नदिने मधेसी आन्दोलनकारी भन्छन् । तर प्रदेश नम्वर दुईमा बस्ने करिब ६ लाख पहाडी सांस्कृतिक समूहको इच्छा के छ भनी यतिखेर कहीँ कतैबाट कुनै आवाज उठेको छैन । त्यसमा पनि इटहरी–बर्दिवासबीचमा बस्ने पहाडी सांस्कृतिक समूह अहिले चेपुवामा परेको देखिन्छ । रात्रीकालीन बसमा केही घन्टा यात्रा गर्दा त मलाई युद्धभूमिबाट गुज्रेको अनुभूति भयो भने सधैँ त्यहीँ बस्न बाध्य ती पहाडी मूलका व्यक्तिहरूको मानसिक अवस्था कस्तो होला ? तिनका सन्ततिले अहिलेको संविधान र आफ्नो भविष्यका बारेमा के सोचिरहेका होलान् ? अनुमानमात्र गर्न सकिन्छ । अहिलेसम्म मधेस आन्दोलनले सांस्कृतिक सद्भाव राख्न हरप्रयत्न गरेको र पहाडी समुदाय पनि यस क्षेत्रमा मधेसीप्रति सद्भाव राखेर नै बसेकाले सामाजिक सद्भाव छ । यहीँबाट सद्भावको शिक्षा देशले र कम्तीमा पनि 'पहाडी उग्रवाद'ले सिक्नुपर्ने देखिन्छ ।
म राजधानीको पूर्वी क्षेत्रमा बस्छु । गोठाठार, काँडाघारी, पेप्सी, कौशलटार र अन्य भेगमा एक दशकअघि पहिलो मधेस आन्दोलनपछि तराईबाट बसाइँ सरी यहाँ बस्न आएका धेरै परिवारको बसोवास छ । ती मधेस आन्दोलनप्रति अत्यन्त नकारात्मक देखिन्छन् । घरवार र बसिरहेको ठाउँ जातीय त्रासले छाडेर हिड्नु पर्दा यस्ता भावना तिनमा आउनु अस्वाभाविक नहोला । सरकारले पहिलो मधेस आन्दोलनपछि जातीय सद्भाव कायम गर्न कुनै पहल गरेन । राजनीतिक दलहरूले पनि त्यसतर्फ कुनै कदम चालेका छैनन् । अहिले मधेस आन्दोलन लम्मिदैछ र अराजक हुँदैछ । यो आन्दोलनको भावी दिशा सामाजिक सद्भाव खलबलाउनेतर्फ जाँदैन भनी ढुक्क हुने स्थिति छैन । राज्यले मधेस आन्दोलनलाई राजनीतिक निकास नदिने अनि मधेसी आन्दोलन यसै गरी अगाडि बढ्दै जाने हो भने हिंसात्मक र खतरनाक मोडबाट गुज्रने जोखिम धेरै छ । त्यस अवस्था भनेको सामाजिक सद्भाव कायम नहुने स्थिति हो । तसर्थ, ढिलो नगरी मधेस आन्दोलनले प्रभाव पारिरहेको सबै ठाउँमा सबै राजनीतिक दलले सामाजिक सद्भाव कायम राख्ने अभियान चलाउन जरुरी छ र आन्दोलनको राजनीतिक निकास तत्काल खोज्न जरुरी छ ।
विभिन्न सांस्कृतिक समूहबीच यतिखेर तराईमा सामजिक सद्भाव कायम रहनुको पछाडि सबै समुदायले बोली, वचन र व्यवहारमा संयम कायम गर्नाले मात्र हो । खासगरी पूर्वी तराईको विभिन्न जिल्लामा देखिएको समुदायहरूबीचको सद्भावले देशमा ठूलो संकट आउन रोकेको हो । तर सरकारमा बस्ने प्रधानमन्त्री, उपप्रधानमन्त्री र मंत्रीहरूलगायत दलका नेताको बोलीवचन र व्यवहार अत्यन्त निराशालाग्दो र उत्तेजक छ । प्रधानमन्त्रीले सगोत्री उपप्रधानमन्त्रीहरू भारतलाई गाली गर्नमात्र नियुक्त गरे भान हुन्छ । भारतलाई गाली गर्ने सिलसिलामा मधेसमा बस्ने मधेसी नेपाली पनि तिनका उत्तेजक भाषणबाट प्रभावित भएका छन् । मधेस आन्दोलन भारतले गराएको हो भन्नेजस्ता गैरजिम्मेवार अभिव्यक्ति सरकारमा बस्नेले नदिँदा नै मधेस आन्दोलनको समाधान निस्कन सक्छ । वास्तवमा भारत नै नेपालमा देखिएका सबै समस्याको जड हो भने राज्यका सबै प्रयत्न उसैविरुद्ध आन्दोलन वा युद्ध गर्ने तयारीमा जुट्नुपर्ने हुनजान्छ । जुन हाम्रो क्षमताभन्दा बाहिर छ ।
भारत नेपालको असल छिमेकी होइन, भएन । कुनै पनि ठूलो र शक्तिशाली देश सानो र गरिब देशको असल छिमेकी हुनै सक्तैन । भारत नेपालबीच समयसमयमा आउने सम्बन्धको तीतोपनले मात्र यसो भनिएको होइन , अमेरिकाजस्तो देशसँग पनि उसका छिमेकी सधैँ रुष्ट छन् । एउटा समय थियो बेलायतसँग सम्पूर्ण युरोप नै असन्तुष्ट थियो । अमेरिकी 'दादागिरी'विरुद्ध दक्षिण अमेरिकी राष्ट्रहरूमा जनमत बलियो छ । वास्तवमा ल्याटिन अमेरिका भर 'सेन्टर टु लेफ्ट' सरकार अहिले छन् भने त्यसको कारण नै अमेरिका विरोधी भावना ती देशमा बलियो हुनुको परिणाम हो भन्ने सहजै बुझ्न सकिन्छ । नेपालमा पनि अवस्था त्यही हो । यहाँको मुख्य राजनीतिक दल नेपाली कांग्रेसलाई जतिसुकै भारत परस्त भने पनि भारतबाट बीपी कोइरालादेखि सुशील कोइरालासम्मले अनेकौं कष्ट र असहयोग झेल्नुपरेको छ ।
भारतलाई चिढ्याउने र उत्तेजक बनाउने कार्य कमसेकम अहिले नगर्दा नेपाल र नेपालीको हित हुन्छ । । अहिलेको भारतमा दक्षिणपन्थी हिन्दु उग्रवादीको सरकार छ र यस सरकारले भारतीय जनमानसमै त्रास र भयको सञ्चार गराइरहेको छ । तसर्थ भारतसँग सीमा खोलिदिन अनुरोध गर्नुका साथै वैकल्पिक व्यापारिक नाकाको पनि विस्तार गर्दैै जानुमा नै देश र जनताको हित संभव छ । बरु यसलाई नेपाल–भारत सीमा नाकालाई सीमित र व्यवस्थित गर्ने अवसरका रूपमा पनि लिन सकिन्छ । नेपालको खुला सिमाना भारतको सबैभन्दा गरिब र पिछडिएका जिल्लासँग जोडिएको छ । निश्चित छ, भारत आकारमा ठूलो भए पनि सीमा क्षेत्रमा बसोवास गर्ने भारतीयभन्दा नेपालतर्फका जनता मानव विकास सूचकांकमा माथि छन् । तसर्थ भारत–नेपाल सम्बन्धलाई अब नयाँ आयाम दिनु जरुरी छ । भारतले त्यसको गृहकार्य गरेको बुझिन्छ । नेपालले पनि अब हात बाँधेर बस्ने अवस्था छैन ।
मधेस आन्दोलनले नेपालको सीमा बाहिर गएर समर्थन र सहानुभूति बटुल्दै छ भने त्यसका लागि नेपालका मूलधारका दल नै दोषी छन् । किन उनीहरूले मधेसलाई संविधान जारी पूर्व सम्बोधन गर्न चाहेनन् र अहिले सय दिनसम्म पनि के हेरेर बसेका थिए ? अब मधेसले के चाहन्छ भन्ने ठाउँमा भारतले के खोजेको भन्ने प्रश्न प्रधानमन्त्री गर्न थाल्नु दुर्भाग्यपूर्ण विडम्बना नै हो ।
धेरै ढिलो भयो तर पनि राजनीतिक दलले मधेस समस्या सम्बोधन गर्नैपर्छ । मधेस आन्दोलनको राप र तापले आन्दोलनकारी केही बलियो भएर प्रस्तुत हुनसक्छन् संझौतामा । तर देश विभाजन गर्ने मधेस आन्दोलनको माग छैन । आन्दोलनले सामाजिक सद्भावलाई समेत अहिलेसम्म कायम राख्न सफल छ । आन्दोलनका अभियन्तासँग मूलधारका नेताले जति लचिलो भए पनि केही फरकपर्ने छैन । मधेसी मोर्चाले पनि अझै सय दिन आन्दोलन गर्नसक्छु भनी सोचेको भए त्यो भ्रम हो । मधेस पनि आन्दोलनबाट थाकेर गलित भएको छ, तहसनहस भएको छ । तसर्थ अहिले मोर्चाका नेताले सहमतिमै जाने उचित समय र सन्तुलित अवस्था पाएका छन् । यो अवसर नगुमाउने विवेक तिनमा पनि जागोस् । सबै नेपाली आफ्नो देशभित्र निर्वाधरूपमा आवतजावत गर्ने वातावरण चाँडै निर्माण होस् ।