प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा दिएको सन्देश र विराट पेट्रोलियम प्रालिको विज्ञापनरूपी 'प्रेस विज्ञप्ति'मा कुनै सम्बन्ध हुनसक्छ? सतहमा त्यस्तो कुनै सम्बन्ध देखिँदैन। मुलुकका कार्यकारी प्रमुखले तिहारअघि देखि प्रचारमा ल्याइएको सम्बोधन तिहारलगत्तै कात्तिक २९ मा वाचन गरे । उनको ३६ बुँदामा समेटिएको ४३ मीनेट लामो भाषणले देशवासीले भोगिरहेको पीडामा कति मलमपट्टी गर्न सक्यो ? त्यो बेग्लै सोधिखोजीको विषय हुनसक्छ।
भारत विरोधलाई नै राष्ट्रियता मान्ने र ठान्ने ठूलो संख्याका नेपालीहरूका लागि ओलीको सन्देश स्वाभिमान र राष्ट्रप्रेमले ओतपोत भएको हुनसक्छ । छिमेकी भारतको अघोषित नाकाबन्दी, तीन महिना लामो मधेस आन्दोलन र घोषित नाकाबन्दीबाट मुलुक छटपटाई रहेका बेला मुलुकका कार्यकारीले देशवासीका नाममा जारी गरेको सन्देशको औचित्यमा प्रश्न उठाउन नमिल्ला । पेट्रोलियम कारोबारमा बदनाम भएको विराट पेट्रोलियमसँग जोडेर प्रश्न उठाउन पनि नमिल्ला अहिलेको राजनीतिक परिस्थितिमा । तर, ओलीका सन्देशको मनसाय र विराट पेट्रोलियमले एक साताअघि कात्तिक २२ गते जारी गरेको विज्ञानपनरूपी प्रेस विज्ञप्तिका भाषाबीच भने नजिकको सम्बन्ध देखिन्छ । र, काठमाडांैमा सडक जाम हुनेगरी चलेका सवारीसाधनले सरकारले नै पेट्रोलियम तस्करीलाई दुरुत्साहित गरेको अनुभव हुन्छ । ओलीले आफ्नो सन्देशमा त्यसको रहस्य खोतलेका पनि छन् । त्यसो त ओलीले सन्देशमा धेरै कुरा व्यक्त गरेका छन् । नेपाली जनताले नाकाबन्दीका कारण भोग्नुपरेका पीडाहरूको वर्णन छ सन्देशमा । पेट्रोलियम पदार्थको अभावका नागरिकले भोगिरहेका करुण कथा हालेका छन् ओलीले सन्देशमा । उनले देशवासीलाई आत्मनिर्भर बन्न र स्वामिमानी भएर बाँच्न सुझाएका छन् । ओलीका बोलीबाट आहत हुने पनि छन् र राहत पाउने पनि छन् ।
ओलीले आफ्नो सन्देशको २५ औँ बुँदामा भनेका छन् – 'हाल उत्पन्न विषम परिस्थितिमा कृषि, उद्योग आपूर्ति व्यवस्थामा असहजताको मौका छोपी कृत्रिम अभाव सिर्जना गर्ने र कालो बजारी गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्दै आपूर्ति सहज तुल्याउन सरकारी संस्थानको परिचालनसँगै निजी क्षेत्रलाई पनि उत्पे्ररित गरिनेछ । इन्धन आपूर्ति र वैकल्पिक ऊर्जाका लागि जनस्तरबाट गरिएका प्रयासलाई प्रोत्साहित गरिनेछ ।'
वक्तव्यको भाषाले एउटै बुँदामा कालो बजारी नियन्त्रण गर्ने कुरा छन् र सँगसँगै कालो बजारी प्रोत्साहित गर्न योजना पनि छन् । 'इन्धन आपूर्ति र वैकल्पिक ऊर्जाका लागि जनस्तरबाट गरिएका प्रयासहरूलाई प्रोत्साहित गरिनेछ ' भनिएको छ । त्यस्तै निजी क्षेत्रलाई उत्पे्ररित गरिनेछ भनिएको छ । सामान्यजस्ता लाग्ने यस्ता कुरालाई महŒवका साथ प्रधानमन्त्रीको सन्देशमा राख्नुको अर्थ के हो ? मुलुकका कार्यकारीलाई नेपालको कानुनले अहिलेसम्म पेट्रोलियमको कारोबार गर्ने जिम्मा सरकारी स्वामित्वको नेपाल आयल निगमलाई दिएको छ भन्ने थाहा छैन कि कसो ? पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिनुपर्छ भन्ने आवाज पुराना हुन् । विगतदेखि केही यसबारे केही अभ्यास र त्यसका निम्ति पूर्वाधार विकाससम्मका काम भएका पनि हुन् । बेलाबेलामा चर्चामा रहेपनि औपचारिक मान्यता नपाइरहेको निजी क्षेत्रलाई ओली सरकारले कसरी उप्रेरित गर्दैछ ? प्रश्न पेचिला छन् । अहिलेको सत्तासमीकरणका बनाउन लागी परेकाहरूले सत्ताको आडमा राज्यको ढुकुटीबाट पैसा लिएर पेट्रोलियमको कालो कारोबार गर्न सक्रिय रहेको पृष्ठभूमिमा ओलीको सन्देशले त्यसैलाई सम्बोधन गरेको अर्थ लगाउन मिल्छ निजी क्षेत्रको नाममा ।
ओलीको निजी क्षेत्रलाई उत्प्रेरित गरिने भनाइलाई सरकारले पेट्रोलियम आपूर्तिका नाममा एउटा निजी कम्पनीलाई २० करोड दिएको निर्णयका आधारमा हेरौँ । जानकारहरूका अनुसार प्रधानमन्त्रीको ठाडो आदेशमा नेपाल आयल निगमले गैरकानुनीरूपमा विराट पेट्रोलियमलाई पेट्रोलियम पदार्थ कारोबार गर्ने जिम्मेवारीका साथसाथ अग्रिम भुक्तानी दिएको थियो । सरकारको यस्तो कदमविरुद्ध नागरिक दैनिकलगायतका संचार माध्यममा समाचार प्रकाशन, प्रसारण भएपछि र संसद्मा विभिन्न समितिमा त्यसबारे प्रश्न उठ्यो र सरकार पछि हट्न बाध्य भएको थियो । औपचारिकरूपमा विराटसँगको सम्झौता खारेज गरिएको भए पनि भित्रभित्रै पेट्रोलियमको कालो कारोबारलाई सरकारले दुरुत्साहित गरिरहेको व्यवहारमा देखिन्छ र प्रधानमन्त्रीको सन्देशले अझ स्पष्ट गर्छ । कालो बजारमा को को छन् ? को छैनन् । खुट्याउन सहज छैन । काठमाडौंमा ७ देखि १० हजार भुक्तानी गरेको अवस्थामा घर, कोठामै ग्यासको सिलिन्डर पाउन सकिन्छ । बजारमा नपाइने तर कालोबजारमा सजिलै पाइने स्थितिका कारक को को हुन् ? लिटरको ४ – ५ सय रुपियाँ तिर्नेका लागि राजधानीमा सजिलै पेट्रोल प्राप्त हुनसक्छ । विराट पेट्रोलियमले काक्तिक २१ गते जारी गरेको विज्ञापनरूपी प्रेस विज्ञप्तिमा भनिएको छ ' ... आफ्नो च्यानलबाट इन्धन आपूर्ति गर्न प्रयासरत रहेको तथा यस्ता भ्रमपूर्ण क्रियाले हाम्रो हौसलामा कुनै असर नपर्ने बेहोरा जानकारी गराउछौँ ।' सरकारसँग २० करोड अग्रीम भुक्तानी लिएको प्रसंगमा प्रश्न उठाउने सञ्चार माध्यम र संसदीय समितिका कामलाई विराटले भ्रमपूर्ण क्रिया भनेको हो ।
लाग्छ, सरकार काठमाडौंलगायतका मुलुकका विभिन्न भूभागमा कालो बजारको इन्धन हालेर गुडिरहेका यातायातको रमिता हेरिरहेको छ । अघोषित नाकाबन्दी हुँदाहुँदै पनि काँकडभिट्टा, विराटनगर, भैरहवा, धनगढी नाकाबाट पेट्रोलियम पदार्थ आयात भएका छन् । त्यो आयात काठमाडौंको आवश्यकताको तुलनामा निकै थोरै हुनसक्छ । आयात भएको अधिकांश पेट्रोलियम नाकाबाट सोझै काठमाडौं आइरहेको भए पनि यहाँका पेट्रोलपम्पहरू रित्ता छन् । कसरी चलेको छन् त यहाँका सवारी र उद्योगधन्दाहरू ? व्यवसायीहरू कालोबजारबाट काम टारिहेको तीतो अनुभव पोख्न थालेका छन् । मोटरसाइकल चालक, कारवालाहरू गर्वका साथ कालोबजारको इन्धनबाट गुडिरहेको अनुभव सुनाउँछन् । आयल निगमले भारतबाट आयात भएको र चीनबाट अनुदानमा पाएको पेट्रोलियम पनि नियन्त्रित गरेर बिक्री गर्ने तर कालोबजारमा प्रशस्त माल पाइने अहिलेको अवस्था पछाडि सरकारले तस्करीलाई खुलेआम दुरुत्साहित गर्नु नै हो । तस्करीमा सरकार आयल निगम आफँै लागेको आक्षेपहरू लाग्न थालेका छन् । यो आक्षेपका पछाडि दुइटा कारण छन् । एउटा निगमले आयत भएको पेट्रोलियम कहाँ कहाँ कति बाँड्यो ? त्यसको जानकारी तालुकवाला वाणिज्य मन्त्रालयलाई समेत दिइरहेको छैन । अर्को यहाँका ठूला व्यवसायीहरूले उद्यम चलाउन ट्याङ्करका ट्याङकर इन्धन किन्न पाइरहेका छन् । डिजल १० लाख र पेट्रोल २० लाख बढी मूल्य तिरेर जसोतसो उद्यम चलाउने उनीहरूको बाध्यताको मूल्यपछि गएर उपभोक्ताले भुक्तानी गर्नुपर्ने हुन्छ ।
प्रधानमन्त्रीले इन्धन आपूर्ति र वैकल्पिक ऊर्जाका लागि जनस्तरबाट गरिएका प्रयासलाई प्रोत्साहित गरिने अभिव्यक्तिले अहिले भइरहेको कालोबजारीलाई ऊर्जा दिन्छ । कस्ता मानिस यो कारोबारमा संलग्न छन्, कसरी भइरहेको कारोबार ? सरकार आँखा चिम्लिएको स्थितिमा छ भने उसका आधा दर्जन उपप्रधानमन्त्री राष्ट्रिय गौरव गाथा गाउन मग्न देखिन्छन् । मध्य र पूर्वी तराई÷मधेसका सडक, चोक चौबाटाहरूमा किशोर मिनरलवाटरका बोटलमा पेट्रोल लिएर बसेका देखिन्छन् । मधेस आन्दोलनको नाममा उनीहरूका स्कुल बन्छन् र स्कुले नानी कालोबजारको लतमा फसेका छन् । सहजै पैसा कमाउन पाइने र पढ्न पनि नपर्ने छुटको मूल्य कति महङ्गो पर्ने हो ? आकलन गर्न सहज छैन । किशोर मनोविज्ञानमा बन्द, हडताल, नाकाबन्दी र तस्करीले खेल्न पाएको छ । यस्तो अवस्थाले उनीहरूमा पार्ने असर बारे न आन्दोलन हाँक्ने मोर्चाका नेताले सोचेका छन् न त काठमाडौंको सत्ताले आत्मसात गर्नसकेको छ । आखिर बिग्रने त जनताका छोराछोरी न हुन् !
तस्करीमा अधिकारको आन्दोलनमा उत्रिएका मधेसी मोर्चाका नेता, कार्यकर्ताले सक्रिय संलग्नता देखिन्छन् । उनीहरू मौकामा कमाउने धन्दामा छन् र प्रकारान्तरले काठमाडौंको मागलाई आंशिकरूपमा पनि पूरा गर्न लागिपरेका देखिन्छन् ।
जनसाधारण दैनिक उपभोग्य सामग्री नपाएर भौँताइरहेको मधेसको स्थिति, किसानहरू मलबीउ र खेत जोताउने ट्य्राक्टर नपाएर छटपटाएको अवस्थामा मौलाएको इन्धन तस्करीमा मोर्चाका नेता, कार्यकर्ताको सहभागिताले कस्तो सन्देश दिने हो ? मोर्चाको घोषित उद्देश्य काठमाडौंमा अभाव उत्पन्न गर्नु हो, काठमाडौंको सत्तालाई अप्ठारो पार्नु हो । तर, धरातलमा भने घोषित नीति विपरीतका काम, कारोबार खुलेआम भइरहेका छन् र खासमा काठमाडौंको सेवा भइरहेको छ । रातको अन्धकारमा प्रहरी स्कर्टिङ्गमा गुड्ने बसका डिकी, छत र प्यासेजमा इन्धनका जर्किन हुन्छन् । ग्यासका सिलिण्डर बोराभित्र छोपिएर काठमाडौंतर्फ यात्रा गरिरहेका हुन्छन् ।
के देखिन्छ भने राष्ट्रियता र स्वामिमानको गौरव गाथामा रमाइरहेको काठमाडौंको सत्ता र अधिकारको आन्दोलनमा उत्रिएका मधेसी मोर्चा चाहेर नचाहेर तस्करीलाई दुरुत्साहित गरिरहेका छन्, जनताको कष्टमा राजनीतिक सौदाबाजी गर्दैछन्, र खासमा काठमाडौंको मात्र सेवा गरिरहेका छन् ।
छिमेकीको अघोषित, मधेसी मोर्चाको घोषित नाकाबन्दी र मधेस आन्दोलनबाट उत्पन्न तस्करी राजको अन्त्य सबैको हितमा छ । नाकाबन्दी राजनीतिलाई लामो समयसम्म जारी राख्नु मधेसी मोर्चाका निम्ति पनि प्रत्युपादक हुने निश्चितै छ । त्यस्तै अभावका बीच तस्करी दुरुत्साहित गर्ने सरकारी नीतिले सत्तालाई लाभ दिने होइन । मधेसी मोर्चा संसदीय राजनीतिमा आइसकेको छ । अब संसद्बाटै समाधान खोजौँ । नाकाबन्दी त्यागौँ, तस्करी बन्द गरौँ ।