स्वायत्त गणराज्य घोषणाको मूल उद्देश्य सत्ता कब्जा हो। लेनिनको नक्कल गर्दै 'संपूर्ण आत्मनिर्णयको अधिकार र सत्ता स्वायत्त गणराज्यमा' भनेर समानान्तर सरकार सञ्चालन गर्ने रणनीति माओवादीले अपनाएको छ।
माओवादीले 'स्वायत्त गणराज्य घोषणा' गरिसकेको छ। माओवादीले गणराज्य घोषणा राजनीतिक प्रचारवाजी एवं संविधान निर्माण तथा लोकतान्त्रिक गणतन्त्रकालागि दबाव सिर्जना गर्न गरिएको बताएको छ। तर यो उनीहरूको राजनीतिक प्रचार हो वा सत्ताको पूर्वाभ्यास? माओवादीको आशय र यसबीचका क्रियाकलापका आधारमा यो सत्ताको पूर्वाभ्यास नै हो भन्ने ठोकुवा गर्न सकिन्छ। गणराज्य घोषणा स्थानीय सत्ता कब्जा र समानान्तर सरकारको अभ्यासका रूपमा ल्याइएको रणनीति हो भनी बुझ्न अब गाह्रो छैन। माओवादी अध्यक्ष पुष्पकमल दाहालको 'स्वायत्त गणराज्यहरूले समानान्तर सरकारको रूप लिनसक्ने' अभिव्यक्तिबाट पनि यसैको पुष्टि हुन्छ।
माओवादीको गणराज्य घोषणाले देेशलाई संघीयता र एकात्मकतामा कित्ताबन्दी त गरिदिएको छ नै संघीयताका पक्षधर पनि झस्किएका छन्। संघीयता माओवादीको निजी सबाल होइन। यस्तो राष्ट्रिय सबालमा राजनीतिक सहमतिबिना जतिबेला मन लाग्यो त्यतिबेला गणराज्य वा प्रदेश बाँड्दै हिड्ने अधिकार कसैलाई हुँदैन। यसबाट संघीयताको पक्ष कमजोर हुने खतरा उत्पन्न भएको छ। यथार्थमा माओवादीले एकपक्षीयरूपमा गणराज्य घोषणा गर्दै हिड्नु संघीयताविरुद्ध छ र यसले संघीयता विरोधीलाई नै मद्दत पुुर्याएको छ। यस्तै, एउटा पार्टी वा कुनै संस्था विशेषले प्रदेशहरूको घोषणा गर्दै जानु संविधान निर्माणमा अवरोध पुर्याउनु हो। यसतर्फ सबै राजनीतिक दलहरु र स्वयं माओवादी पनि सजग हुनुपर्ने थियो।
स्वायत्त गणराज्य घोषणा न अन्तरिम संविधानअनुरूप छ न संविधानसभाको भावनाअनुकूल नै। यसले सहमतिपूर्वक जानुपर्ने अन्तरिम संविधानको मर्म कुल्चने काम गरेको छ। त्यसरी नै यस घोषणाले संविधानसभालाई ठाडै चुनौती दिएको छ। घोषणामार्फत् अब संविधानसभाको औचित्य छैन भन्ने सन्देश दिन खोजिएको देखिन्छ। त्यसकारण पनि यो कदम संविधान र संविधानसभाविरुद्धमा छ।
राज्य पुनर्संरचनाको साझा 'मार्गचित्र' बनाएर त्यसलाई नयाँ संविधानको अंग बनाउनु अहिलेको आवश्यकता हो। त्यसपछिमात्र प्रादेशिक निर्वाचन भएर प्रादेशिक संसद् र प्रादेशिक सरकार गठन हुने हो। माओवादी भने स्वायत्त गणराज्यका प्रमुख तोक्दै गएको छ। अहिले नै 'मुख्यमन्त्री' बनाउनु कति उचित होला? एक्लै 'मुखिया' तोक्दै हिड्दा माओवादी स्वयंलाई पनि आगामी दिनमा व्यवस्थापन कठिनाइ आइलाग्नेछ।
माओवादीले जातीय आधारमा प्रदेशहरूको नामाङ्कन र सिमाङ्कन गरेको छ। त्यसो गर्दा आर्थिक स्रोत साधनको सन्तुलन, भौगोलिक सुगमताजस्ता आधारलाई अस्वीकार गरिएको छ। अर्कातिर पहिल्यैदेखि माओवादीले जातीय राज्यमा विजातीय नेतृत्वको अभ्यास गर्दै आएको छ। जातीय आधारमा प्रदेशको सीमाङ्कन गर्दा माओवादीले भविष्यमा पर्नेे दीर्घकालीन असरतर्फ पनि ध्यान दिएको छैन। यसबाट अलग प्रदेशको माग बढ्दै जानेछ र भारतमा जस्तो प्रदेशहरू थप्दै जानुपर्ने वाध्यता आउनेछ। यसरी कुनै निश्चित सिद्धान्त र रुपरेखाबिनाका जातीय राज्यले द्वन्द्व निम्त्याउने निश्चित छ। राज्य पुनर्संरचनको यो वैज्ञानिक विधि होइन।
राजनीतिक समस्याको समाधान जातीय होइन, वर्गीयरूपमा खोजिनुपर्छ। वर्गीय आधारमा समस्याको समाधान खोज्दा जातीय समस्याको पनि हल निस्कन्छ। संघीयताको लागि पनि जातीयता होइन, आर्थिक आधारलाई प्राथमिकता दिइनुपर्दछ। प्राकृतिक स्रोतको उपलब्धता, भौगोलिक अवस्थिति, प्रशासनिक सुगमता, जातीय, भाषिक सन्तुलन, सांस्कृतिक, सामाजिक समानता, ऐतिहासिक पृष्ठभूमिआदि पक्षलाई आधार बनाएर प्रदेशको सीमा निर्धारण गर्नु वैज्ञानिक हुन्छ।
यतिबेला प्रदेशको खाका कोर्न बस्दा जातीय कि राष्ट्रिय राज्य भन्ने प्रश्न गंभीररूपमा उपस्थित भएकोे छ। त्यसरी नै हामी साँच्चिकै अधिकारसहितको संघात्मक संरचनामा जाँदै छौं कि 'रूपमा संघात्मक, सारमा एकात्मक' ढाँचामा जाँदैछौं वा संघीयतालाई देश टुक्राउने हतियारका रूपमा प्रयोग गर्दैछौं भन्ने सबाल पनि खडा भएको छ। अर्कोतिर प्रदेशहरूलाई जातीय आत्मनिर्णयको अधिकार दिने कि नदिने वा आत्मनिर्णयको अधिकारको वस्तुपरक परिभाषा के हुने भन्नेजस्ता विषयमा पनि सही निष्कर्षमा पुग्नु जरुरी छ। यस्ता अनेकौं जटिल प्रश्नको निरुपण नभई हचुवा किसिमले गणराज्य घोषणा गर्दै जाँदा राष्ट्रियता नै जोखममा पर्नेतिर सबै गंभिर हुन जरुरी छ।
चौतर्फी विरोध हुँदाहुँदै माओवादीले गरेको गणराज्य घोषणासँगै सबैतिर विरोधका स्वर सुनिन थालेका छन्। पश्चिम तराईको थारुवान क्षेत्रमा थारु र थारु संबद्ध संगठनहरू विरोधमा छन्। लिम्बुवानमा लिम्बुको र मधेशमा मधेशी जनताकै कडा विरोधको सामना गर्न वाध्य छ, यतिबेला माओवादी। त्यतिमात्र होइन, राज्यको सीमाङ्कनका सम्बन्धमा सुदूर पश्चिमलगायतका स्थानमा माओवादीभित्रै पनि ठूलो अन्तरविरोध छ। यसले माओवादीलाई समस्याको दलदले भासमा फसाउने निश्चित् छ। उसलेजस्तै अरूले आआफ्ना प्रस्तावअनुसार प्रदेश घोषणा गर्दै गए भने परिणाम के होला? त्यसले गृहयुद्धको जोखिम बढाउँदैन? भोलि माओवादीको यो तानाशाही र वितण्डावादी कर्म राष्ट्रका लागि जटिल समस्या बन्ने त निश्चितै छ, उसकै लागि पनि 'गलपासो' हुनेछ।
माओवादी रणनीति
माओवादी सरकारमा हुँदा एकातिर सरकारको साधन स्रोत प्रयोग गर्ने र अर्कोतिर जनविद्रोह गरेर केन्द्रीय सत्ता कब्जा गर्ने योजनामा थियो। यतिबेला पहिले स्थानीय र प्रादेशिक सत्ता कब्जा गर्ने, त्यसबाट कमजोर भएको केन्द्रीय सत्ता कब्जा गर्ने रणनीति माओवादीले लिएको देखिएको छ। साथै? यतिबेलै माओवादीले नेकपा (एमाले)लगायत अरू राजनीतिक दलमाथि प्रहार केन्द्रित गर्दैछ। 'जनयुद्ध' सुरु गर्दाको समयमा जस्तै अरू राजनीतिक दलका नेता कार्यकर्तामाथि आक्रमण गर्ने, गाउँ खाली गराउने र आफ्नो एकछत्र रजाइँ गर्ने नीति माओवादीले लिएको उसका पछिल्ला व्यवहारले पुष्टि गरेका छन्।
यतिबेला माओवादीका तीन रणनीति देखिन्छन् : पहिलो, नागरिक सर्वोच्चताको नाममा सडक र सदनको आन्दोलन चर्काउने र देशमा अराजकता सिर्जना गरेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने वातावरण बनाउने। दोस्रो, देशव्यापीरूपमा स्वायत्त गणराज्य घोषणा गर्ने, अरू राजनीतिक दलका नेता कार्यकतालाई गाउँबाट विस्थापित गरेर राजनीतिक शून्यता कायम गरी स्थानीय सत्ता कब्जा गर्ने। तस्रो, स्थानीय र प्रादेशिक सत्तालाई समानान्तर सरकारका रूपमा विकास गरी केन्द्रीय सत्तालाई घेराउ गर्ने र अन्ततः जन विद्रोहबाट केन्द्रीय सत्ता कब्जा गरी अधिनायकवादी शासन चलाउने।
माओवादी यही रणनीति र लक्ष्यअनुसार सर्वप्रथम सडक र सदनको संघर्ष चर्काउने र चौतर्फी अस्तव्यस्तता ल्याउने योजना बनाएको छ। साथै उसले संघर्षकै क्रममा स्वायत्त गणराज्य घोषणा गर्ने र देशव्यापी तरङ्ग ल्याउने नीति अख्तियार गरेको छ। स्वायत्त गणराज्य घोषणाको रूप पक्ष प्रचारात्मक छ भने सार पक्ष एकलौटी सत्ता कब्जा रहेको छ। त्यसपछि लेनिनको नक्कल गर्दै 'संपूर्ण आत्मनिर्णयको अधिकार र सत्ता स्वायत्त गणराज्यहरूमा' भनेर समानान्तर सरकार सञ्चालन गर्ने रणनीति माओवादीको छ। अक्टोबर क्रान्तिताका रुसमा लेनिनले 'संपूर्ण सत्ता सोभियतमा' भन्ने नाराका साथ आन्दोलन चर्काएर केन्द्रीय सत्तालाई बलियो धक्का दिएका थिए। त्यसरी नै हालसम्म स्थानीय निकाय गठन नभएको निहुँमा पुनः 'स्थानीय जनसरकार' गठन गरेर अन्य राजनीतिक दललाई गाउँबाट विस्थापित गर्ने समेत माओवादीको योजना कार्यान्वयन भएको हेर्न धेरै दिन पर्खनुपर्ने छैन। यसरी माओवादीले अरूकोे अस्तित्व समाप्त गर्ने 'निषेधवादी राजनीति' अंगालिरहेको छ।
के यसरी नै माओवादीको रूपान्तरण र लोकतन्त्रीकरण संभव छ? यस तरिकाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएर नयाँ संविधान निर्माण गर्नेे राष्ट्रिय कार्यभार पूरा होला?