नयाँ संविधान घोषणासँगै नेपालको राजनीतिक परिदृष्य र शासन पद्धतिका प्रमूख पात्रमा फेरबदल भएको छ । मुख्य राजनीतिक शक्तिहरुको दृष्टिकोणमा संक्रमणकाल अन्त्य भएको छ ।सिद्धान्ततः गणतन्त्रको संस्थागत विकास, राज्यको पुनर्संरचना, आर्थिक तथा सामाजिक रूपान्तरण र राष्ट्र निर्माणका आधार निर्माणको मार्गदर्शक दस्तावेज संविधान हुनुपर्ने हो । तर कानुनतः अधिकतम वैधानिकता प्राप्त संविधानलाई व्यवहारमा सर्वस्वीकार्य बनाउन राज्यले संघर्ष गरिरहेको छ भने देशको ठूलो भूभाग तराई–मधेस संविधानका नाममा फैलिएको अशान्ति र हिंसाबाट आक्रान्त छ । फलतः संविधानमा समाविष्ट सीमित प्रावधान र संघीयताको सीमांकनप्रति सार्वजनिक असन्तुष्टिले मुलुक तहसनहस भएको छ भने राजनीतिक अस्थिरता तथा अन्यौलता चरमोत्कर्षमा पुगेको छ ।
संविधानको प्रभावकारी कार्यान्वयनका लागि सहकार्य र सहमति अपरिहार्य हुन्छ । दुर्भाग्य, राजनीतिक शक्तिहरुमा विद्यमान सत्तालोलुपता र अल्पकालीन सोचका कारण प्रतिस्पर्धा सुरु भएको छ । मुलुकको विद्यमान संक्रमणलाई सुरक्षित अवतरणका लागि लोकतान्त्रिक शक्तिहरुका बीच सहकार्यको विकल्प छैन् । विडम्बना, एकातिर वामपन्थी, राजावादी र क्षेत्रियतावादीसहितको यथास्थितिवादी गठबन्धन सरकार गठन भएको छ भने अर्कोतिर संविधान निर्माणका प्रमुख शक्तिहरुको धु्रवीकरण उत्कर्षमा पुगेको छ । फलस्वरूप मुलुकको शिशु गणतन्त्रलाई संस्थागत गर्ने र संघीयतालाई व्यवहारमा उतार्नका लागि मुलुकका सामु गम्भीर चुनौती देखिएका छन् जसको सामना वैचारिक तहमा राजनीतिक प्रतिष्पर्धा र व्यवहारमा कार्यगत एकताबाट मात्र सम्भव हुन्छ ।
पहिलो चुनौतीका रूपमा संविधानको प्रभावकारी कार्यान्वयनलाई राख्नुपर्ने हुन्छ । कुनै पनि संविधान निरपेक्ष नहुने र चलायमान दस्तावेज हुने भएकाले समयको आवश्यकतालाई संशोधनमार्फत् सम्बोधन गर्न सकिन्छ । तथापि आमनागरिकको अपनत्व र उनीहरुबाट स्वीकार्य नभएको संविधान कार्यान्वयन गर्न मुस्किल हुन्छ । संविधान सभाका ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिबाट पारित संविधानको कानुनी वैधानिकता औचित्यपूर्ण छ । तर, संविधान घोषणाको स्वागतमा एकातिर दीपावली भइरहेको समयमा अर्कोतिर तराई–मधेसका समुदायको असन्तुष्टिका कारण देशको ठूलो भूभाग जलिरहेको थियो । फलतः सरकार र आन्दोलनकारीको चपेटामा मुलुक फसेको छ भने आन्दोलन आक्रामक र हिंसात्मक हु"दै गएको छ ।
राजनीतिक तहमा कार्यान्वयन भएको संविधान महत्वाकांक्षी छ । मौलिक हकको व्यापक व्यवस्था, शासन पद्धतिमा आलंकारिक पदहरुको वर्खेल्ती र ठूलो संख्यामा संवैधानिक निकाय तथा आयोगहरुको बोझले आर्थिकरूपमा महँगो पर्नेछ । साथै, प्रमुख राजनीतिक दलबीच बढ्दो धु्रवीकरण र सरकारमा संघीयता विरोधी पक्षधरहरुको बढ्दो वर्चस्वका कारण संघीयतालाई चलायमान बनाउन आवश्यक हुने कानुन निर्माण गर्न र त्यसलाई कार्यान्वयनमा उतार्न सरकारका लागि कठिन हुनेछ । त्यसैले संविधान निर्माण र यसको केही अन्तर्वस्तुसँग असन्तुष्ट समूहहरुका सरोकारको समाधान राजनीतिक तहबाट खोजिनुपर्छ र संविधान कार्यान्वयनलाई सहज बनाइनुपर्छ ।
तराई–मधेसमा संविधानप्रति बढ्दो असन्तुष्टिलाई समाधान गर्नु दोस्रो चुनौती छ । तराई–मधेस विरोधीका रूपमा चित्रित प्रधान मन्त्रीलाई संघीयता विरोधी राप्रपा नेपाल तथा राष्ट्रिय जनमोर्चाका कारण उक्त क्षेत्रका समस्या निराकरण गर्न सहज छैन् भने एमाओवादी र फोरम लोकतान्त्रिकबाट यथाशीघ्र सम्बोधन गर्न निरन्तर दबाबको सामना गर्नुपर्नेछ । संघीयताको सीमांकनसँगै प्रारम्भ तराई–मधेसको समस्याबाट मुलुक आक्रान्त छ भने अर्थतन्त्र ठप्प छ । आमनागरिकको जनजीवन कष्टकर बनेको छ र आधारभूत मानवीय सेवाहरु प्रभावित भएका छन् । उनीहरुका जायज मागको समाधान खोज्न संविधान निर्माणका प्रमुख तीन शक्ति प्रारम्भदेखि नै सकारात्मक नहुनुले आन्दोलनकारीलाई हिंसात्मक तथा आक्रामक हुन बल पुगेको हो । परिणामस्वरूप, सरकार तथा आन्दोलनकारीको मुठभेडका कारण करिब ५० जनाको ज्यान गइसकेको छ । तराई–मधेसका नेतृत्वको कार्यशैली र नियतका सम्बन्धमा प्रशस्त शंका गर्न सकिए पनि उक्त क्षेत्रसँग सम्बन्धित सरोकारलाई बेवास्ता गर्नु घातक हुनेछ ।
ऐतिहासिकरूपमा तराई–मधेसले राज्यशक्तिलाई पराई ठान्ने र विश्वास गर्न नसकेको पृष्ठभूमिमा हाल राज्यबाट चालिएको कदमले उनीहरुलाई थप क्रुद्ध बनाएको छ भने विस्तारै आन्दोलन राजनीतिक शक्तिको हातबाट बाहिरिँदै गएको छ । भारतको भड्कावमा तराई–मधेसको आन्दोलन परिचालित भएको बहानामा सर्वसाधारण नागरिकको आन्दोलनप्रतिको ऐक्यबद्धतालाई नजरअन्दाज गर्न मिल्दैन् र भारतको नाकाबन्दी तथा तराई–मधेसको आन्दोलनलाई फरक–फरक ढंगले विश्लेषण गर्नुपर्छ । तसर्थ आन्दोलनलाई उग्रपन्थी वा भड्काव समूहको हातबाट जोगाउन र समस्यालाई साम्प्रदायिक हुनबाट जोगाउन समस्याको समाधान राजनीतिक तहमा खोजिनुपर्छ । अन्यथा, तराई–मधेस वर्तमान सत्तापक्षीय बेवास्ताका कारण मुलुकको केन्द्रीय धारबाट टाढिने सम्भावना देखिन्छ ।
तेस्रो चुनौतीका रूपमा भारतीय नाकाबन्दीको अन्त्य र बिगँ्रदो अन्तर्राष्ट्रिय सम्बन्धको सुधारलाई लिनुपर्छ । कमजोर कूटनीतिक क्षमताका कारण शान्ति प्रक्रिया, लोकतन्त्र र मानव अधिकारका समर्थक अन्तर्राष्ट्रिय शक्तिहरु हामीसँग टाढिने क्रम जारी छ । छिमेकी राष्ट्रहरु भारतसँगको सम्बन्ध सन्देहमूलक रहेको पुनः पुष्टि भएको छ । वर्तमान संकटमा चीन विकल्प हुनसके पनि आर्थिक गतिविधिको समान्यीकरण र पुनर्निर्माण कार्यलाई तदारुकता दिन भारतसँगको दूरी कम गर्नुपर्ने हुन्छ । भावनात्मकरूपमा भारतसँग आक्रोशित हुनु स्वाभाविक भए पनि भूपरिवेष्ठित मुलुकको विवशता र परनिर्भर अर्थतन्त्रका कारण नेपालले दुई छिमेकीसँग राष्ट्रिय हितमा आधारित दीगो, पारदर्शी र स्वस्थ सम्बन्ध विकास गर्नुपर्छ ।
नेपाली राजनीतिक एवम् कर्मचारीको कार्यशैली र उनीहरुप्रति गरिने शंकास्पद व्यवहारका कारण विकास तथा आर्थिक सहयोगका महत्वपूर्ण साझेदार पश्चिमा शक्तिहरुसँगको बढ्दो चिसोपन पनि घटाउनुपर्ने भएको छ । विडम्बना, लामो समयदेखि कूटनीतिक नियुक्ति तथा सरकारको विदेश नीतिमा दलीयकरण हुनु र परराष्ट्रका कर्मचारीमा बढ्दो जागिरेपनका कारण कूटनीतिक जनशक्ति अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी हुन सकेको छैन् । उदाहरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई चिढाउनुको परिणाम महाभूकम्पपछिको पुनर्निर्माणमा उनीहरुले देखाएको चासो औपचारिकतामा सीमित रहनु, आवासीय कूटनीतिक नियोगहरु बन्द हुने क्रम बढ्नु र घट्दो वैदेशिक सहयोगलाई लिन सकिन्छ ।
महाभूकम्पबाट प्रभावित क्षेत्र, समुदाय तथा पूर्वाधारको पुनर्निर्माण कार्य मुलुकको चौथो चुनौतीका रूपमा देखिएको छ । पुनर्निर्माण कार्यमा सरकारको शिथिलताले प्रभावित नागरिकहरुको जनजीवन दयनीय अवस्थामा छ । उनीहरुले वर्षात्को भेल जेनतेन गुजारे पनि जाडो मौसम थप कष्टकर हुनेछ । मौसमको प्रतिकूलताका कारण अत्यावश्यक मानवीय सेवाबाट समेत उनीहरु वञ्चित हुने निश्चित छ । अन्तर्राष्ट्रिय समुदायलाई देखाउनका लागि जारी पुनर्निर्माण प्राधिकरणसम्बन्धी अध्यादेश निस्क्रिय भइसकेको छ भने त्यसका लागि नियुक्त प्रमुख कार्यकारीको हैसियत गैरकानुनी हुनुका साथै पुनर्निर्माण कार्यमा दलीय राजनीति हावी भएको प्रष्ट देखिन्छ ।
राज्यको प्राथमिकता प्रभावित भौतिक पूर्वाधार र आमनागरिकको आवासलगायत उनीहरुको जनजीवनको पुनर्निर्माण हुनुपर्ने हो । तर, यस्तो महत्वपूर्ण कार्य सरकारको एक्लो प्रयासबाट असम्भव छ । एकातिर अन्तर्राष्ट्रिय सहयोगको खाँचो छ भने अर्कोतिर आन्तरिकरूपमा राजनीतिक शक्तिबीच नीतिगत समझदारी आवश्यक छ । दुर्भाग्य, युरोपेली दाताहरुले आगामी डिसेम्बरसम्म पुनर्निर्माण योजना आउन नसकेमा आफ्नो देशबाट प्रतिबद्धता गरिएको सहयोग 'डाइभर्ट' हुनसक्ने जानकारी प्रधान मन्त्रीलाई दिनुलाई गम्भीरताका साथ लिनुपर्छ । यसले हाम्रो कमजोर व्यवस्थापन प्रणाली र ढिलासुस्ती कार्यशैलीमाथि ठूलो प्रहार गरेको छ । तसर्थ, प्रभावित नागरिकको जनजीवनलाई थप कष्टकरण हुनबाट जोगाउन पुनर्निर्माण कार्य दलीय राजनीतिबाट टाढा रहनुपर्छ ।
संघीय गणतन्त्रको पाँचौ महत्वपूर्ण चुनौती शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनु हुनेछ । नयाँ संविधानको घोषणा र माओवादी पूर्वलडाकुहरुको व्यवस्थापनसँगै शान्ति प्रक्रियाको महत्वपूर्ण अध्याय अन्त्य भए पनि संक्रमणकालीन न्याय र द्वन्द्वसँग सम्बन्धित कारक पक्ष तथा त्यसबाट उत्पन्न प्रभावको उचित सम्बोधन नभएसम्म देशमा दीगो शान्ति स्थापना हुन सक्तैन् । शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष संक्रमणकालीन न्यायलाई सम्बोधन गर्न सजावटीरूपमा गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानविन आयोगहरुमा दलीय हस्तक्षेप तथा निर्देशनका आधारमा नियुक्त कमजोर पदाधिकारीहरुका कारण द्वन्द्वपीडितहरुको न्यायको सरोकार क्षतिपूर्तिमा सीमित हुनेछ र पीडकहरुले उन्मुक्ति पाउने प्रवल सम्भावना छ । न्यायको अधिकार क्षतिपूर्तिसँग तुलना हु"दैन् र द्वन्द्वपीडितलाई न्यायको अधिकारबाट विमुख गरिनुले शान्ति सम्झौताको उद्देश्यमाथि प्रहार गर्छ । मल्लिक आयोग तथा रायमाझी आयोगबाट दोषी ठहर कमल थापा र द्वन्द्वकालको मुद्दामा अदालती क्षेत्राधिकारमा परेका अग्नि सापकोटा जस्ता व्यक्तिहरु समेतको सरकारमा प्रतिनिधित्व भएको अवस्थामा द्वन्द्वपीडितका सरोकारलाई न्यायपूर्णरूपमा सम्बोधन गर्नु सरकारलाई ठूलो भारी हुनेछ ।
दलीय कलहका कारण संविधान सभा बन्दी भइरहेको समयमा नया" संविधान जारी गर्ने प्रमुख राजनीतिक शक्तिहरुको कार्यलाई प्रशंसा गर्नैपर्छ । संविधानको घोषणाले मुलुकमा एक हदसम्मको राजनीतिक अन्योलता समाप्त भएको छ तर संविधानको कार्यान्वयनसँगै प्रमूख राजनीतिक शक्तिबीच बढ्दो धु्रवीकरण र कटुताले संघीय गणतन्त्रको व्यवस्थापन चुनौतीपूर्ण हुनेछ । संघीय गणतन्त्रमा एकातिर संविधानलाई चलायमान बनाउनुपर्नेछ भने अर्कोतिर तराई–मधेसका असन्तुष्ट समूहलाई राजनीतिक मूलधारमा ल्याउनुपर्नेछ । साथै, भारतको नाकाबन्दीका कारण अस्तव्यस्त अर्थतन्त्रको व्यवस्थापन, आमजनजीवनको सामान्यीकरण र भूकम्प प्रभावित पूर्वाधारहरुको पुनर्निर्माण भएकाले यसको सहज व्यवस्थापनका लागि राजनीतिक एकता र सहकार्य आवश्यक छ ।