नेपालमाथि भारतीय नाकाबन्दी चर्केको तथा बिहारको चुनावको मध्यसमय गत साता कामविशेषले भारत भ्रमण गर्नुपर्योभ। भ्रमणका क्रममा आफ्नो निर्धारित कामका अतिरिक्त नेपालमा जारी नाकाबन्दीका सम्बन्धमा त्यहाँका मध्यमस्तरका जनताको तर्फबाट जानकारी लिने उद्देश्य राखेको मलाई विभिन्न तप्काका भारतीय र केही विदेशीसँग भेटघाटको मौका जुर्यो।तिनीहरूमध्ये कोही व्यापारी थिए त कोही पत्रकार र शैक्षिक क्षेत्र तथा सरकारी कर्मचारी पनि थिए। अनि कोही सामान्य जागिरे थिए त कोही राजनीतिक दलका नेता। ती सबै नेपालमाथि लागेको नाकाबन्दीका जानकार थिए र केही हदसम्म चिन्तित पनि। तर, यसको कारणको विषयमा उनीहरू जेजे भन्थे त्यो अचम्मलाग्दो थियो। तिनको कुरा सुन्दा लाग्थ्यो, उनीहरू कुनै विषयको परीक्षाअगाडिका विद्यार्थी हुन्, जो बु‰नुभन्दा कन्ठ गर्नुमा विश्वास गर्थे।
नेपालमा भारतीय नाकाबन्दी लाग्नुको पछाडिको कारण आमभारतीय शिक्षित वर्गको बुझाइमा दुईवटा पाइयो। पहिलो, नेपालमा बढेको चीनको प्रभाव र दोस्रो, बिहारको चुनावमा भारतीय प्रधान मन्त्री र उनको पार्टीको चुनाव जित्ने रणनीति। भारतीय मिडिया र सरकारी तहबाट आमजनतामा नेपालमा चीनको प्रभाव बढेको विषयमा पूरै पाठ घोकाएको पाइयो। तर, नेपालमा चीनको प्रभाव बढेको कसरी भन्नुहुन्छ भन्ने प्रश्नको उत्तर भने उनीहरूसँग थिएन। भारतले नेपालको संविधानमा केही कुरा संशोधन जरुरी छ भन्दाभन्दै चीनको दबाबमा नेपालमा हतारमा संविधान आएको हो भन्नचाहिँ उनीहरू छुटाउँदैनथे। अझ आफूलाई अलि बढी नै नेपाल जानकार बताउनेहरू त नेपालको संविधान नै चीनले बनाइदिएको भन्नेजस्ता अतिरञ्जित कुरा गर्नसमेत पछि परेनन्। नेपालले आफ्ना लागि संविधान बनाउँदा भारतबाट नाकाबन्दी नै हुनुपर्ने हो त? भन्ने प्रश्नको जवाफ खोज्दा भने उनीहरू हाँसेर टार्थे।
यो लडाईं त पानी र विद्युत्को हो रे नि? भनेर कुरा कोट्याउन खोज्दा उनीहरूले त्यसको ठाडै प्रतिकार गरे। विद्युत् उत्पादनको सम्बन्धमा त अझ उग्र विचार बोकेका भारतीय भेपटए। 'नेपालको भूमिमा हाम्रो पैसाले विद्युत् उत्पादन गर्ने अनि हामीले किनेर ल्याउनुपर्ने?' भनेर उत्तेजित भए। उनीहरू यो विषयमा यति धेरै नकारात्मक थिए कि– भुटानमा हामीले अर्बौं रुपैयाँ लगाएर विद्युत् आयोजना बनायौैँ, तर त्यसले भुटानीलाई मात्रै धनी बनायो, त्यही काम हामी किन नेपालमा पनि गर्ने भन्नेसम्मका विचार प्रस्तुत भयो। अब भारतले नेपाल वा भुटानमा जलविद्युत् आयोजना बनाएर आफै त्यही विद्युत् खरिद गर्नेभन्दा सोलार वा आणविक विद्युत्को विकल्प रोज्ने कुरा उनीहरू ढुक्क हुँदै बताउँथे। तर, यहाँनेर उनीहरूले चटक्कै बिर्सेको वा बिर्सन चाहेको कुराचाहिँ भुटानबाट आयात गरिएको विद्युत्बाट कारखाना चलाएर कति भारतीय अर्बपति भए भन्ने हो। यसबाट बुझिन्छ, अझै केही भारतीय विदेशमा गरिने लगानी र त्यसको प्रतिफल आउने तरिकाको जानकार रहेनछन्।
नेपालसँग शताब्दीयौँ पुरानो रोटीबेटीको सम्बन्ध छ भनेर कुरा सुरु गर्ने भारतीय शिक्षित वर्ग औषधि रक्सौलमा रोकिएका कारण हजारौँ नेपालीको जीवन संकटमा परेको विषयभन्दा नेपालले चीनसँग पेट्रोलियम पदार्थ ल्याउने सम्झौता गरेकोमा बढी चिन्तित देखिन्थे। चीनसँग भारतीय पक्ष यति धेरै सशंकित देखियो कि गत साता भारतमा भएको भारत–अफ्रिका सम्मेलन पनि चीनको बढ्दो प्रभाव रोक्न गरिएको कुरा भारतीय उच्च सरकारी प्रतिनिधिले बिनासंकोच बताए। उनको विचारमा भारतले एकैपटक झन्डै सवा अर्ब जनसंख्या भएको अफ्रिका महादेशका सबै राष्ट्र प्रमुख वा सरकार प्रमुखलाई बोलाएर अफ्रिकामा बढेको चीनको प्रभावबारे जानकारी लिन चाह्यो। मोदी सरकारले अफ्रिकीहरू चीनसँग खुसी नभएको र भारतलाई अफ्रिका आएर ठूलो मात्रामा लगानी गर्न अनुरोध गरे भनेर सम्मेलन सफल भएको कोही दाबी गर्दैथिए भने मेरो भेट भएका केही तल्लो तहका अफ्रिकी अधिकारी भने त्यसको उल्टो कुरा गर्दैथिए। उनीहरूको विचारमा कुरा गर्न भारतीयसँग सजिलो छ, तर काम गर्न चिनियासँग। चीनले एक वर्षमा गर्छु भनेको काम १० महिनामा पूरा गर्छ भने भारतीयले २० महिनामा। चिनियाँहरू पैसाको मात्रै भाषा बोल्छन् भने भारतीय मानवीय संवेदनासँग पनि खेल्न पुग्छन्, जुन व्यापार–व्यवसायमा चल्दैन।
भारतको एउटा पक्ष जो नेपालमाथि भइरहेको अन्यायको विरोधमा खुलेर बोल्न सकिरहेको छैन, तिनका विचारमा नेपालमाथिको नाकाबन्दीको दोस्रो र प्रमुख कारण भारतीय राज्य बिहारको विधानसभाको चुनाव हो भन्छ। बिहारमा चुनाव लड्न भारतीय जनता पार्टीसँग कुनै एजेन्डा नै थिएन। दिल्लीको चुनावको लज्जास्पद हारपछि मोदी बाँकी रहेका प्रदेशका लागि नयाँनयाँ नारा र एजेन्डा खोज्दै थिए। सुशासन र विकासको नाममा बिहारमा नितिश कुमारको विरोध गर्ने आँट मोदीले गरेनन्। धर्मको नाममा बिहारमा चुनाव जितिन्न, किनकि त्यहाँ धर्मभन्दा जातको राजनीति गर्नेहरू हाबी छन्, जो मोदीका कट्टर विरोधी हुन्। चुनावमा मोदीको गाली खाएर चुपचाप सहन त्यहाँ मनमोहन सिंह, सोनिया गान्धी तथा राहुल गान्धीजस्ता सहनशील राजनीतिकर्मी छैनन्। साथै, कुनै व्यक्तिको नाममा चुनाव लड्न मोदीको पार्टीभित्र बिहारमा मुख्यमन्त्रीको रूपमा बिक्ने अनुहार नै थिएन। यो परिस्थितिमा बिहारमा भारतीय जनता पार्टीले राष्ट्रवादको उग्र नारा उठाउन चाह्यो। मोदीको र उनको पार्टीको विचारमा छिमेकीलाई दुःख दिनु नै यो समयको घोर राष्ट्रवाद हुन गयो। यसको परिणाम बिनाकारण सोझासाझा नेपालीले दुःख पाए। बिहारको नजिक पाकिस्तान नभएकाले नेपाल मोदीको घोर राष्ट्रवादको निशानामा पर्योा।
यस्तो विचार राख्नेहरूको भनाइ मान्ने हो भने यसपटकको बिहार चुनाव परिणामले नेपालमा दूरगामी असर राख्छ। बिहार चुनाव भाजपाले जितेमा मोदीको पार्टीले करिब डेढ वर्षपछि हुने उत्तर प्रदेश चुनावसम्म पनि यही क्रम जारी राख्नेछ। सायद उत्तर प्रदेशमा सुशासनका कुरा केही मात्रामा उठाउन सकिएला, तर अहिलेको मोदी सरकारको र उनको पार्टी सरकारमा भएका राज्यको सुशासनको स्थिति हेर्दा सुशासनको हतियार त्यो बेलासम्म भुत्ते भइसक्नेमा दुईमत छैन। तर, बिहारको चुनाव मोदीको पार्टीले हारेमा बरु स्थिति केही सहज होला! बिहारको चुनाव परिणामले त्यहाँ मोदीको लज्जास्पद हार भएको देखियो। उल्लिखित तर्क मान्ने हो भने पनि मोदीको यो अश्त्रले काम गरेन। जति बढी नेपालीलाई दुःख दिइन्छ त्यति नै मोदी र सरकारको आलोचना हुनेमा अब कुनै शंका रहेन। बिहारका जनताले नेपालीलाई दिएको दुःख र खोक्रो राष्ट्रवादको नारामा विश्वास गरेनन्। अघिल्लो विधानसभाको चुनावको भन्दा कम सिट मोदीको पार्टीले पाउनुमा नेपाललाई दिएको दुःख पनि एउटा ठूलो कारक बन्न पुग्यो।
विडम्बना, पोहोर भारतीय लोकसभाको चुनावमा मोदी र भारतीय जनतापार्टीले चुनाव जित्दा हामी नेपालीले खुसी मनायौँ। दुईपटक मोदीको नेपाल भ्रमणलाई कुनै विशिष्ट राष्ट्रिय पर्वभन्दा कम ठानेनौँ! त्यतिमात्र हैन दिल्ली विधानसभाको चुनावमा मोदीको लज्जास्पद हारमा हामी दुःखी भयौँ। तर, आज उनै मोदीको पार्टी बिहारमा नराम्रोसँग हार्दा हाम्रो तिहार अभावमा पनि झिलिमिली भएको महसुुस भएको छ। हामी नेपाली आगामी दिन सुखद हुने आशामा खुसी भएका छौँ। यो सबैको कारण हामीलाई मोदी सरकारले दिएको अनाहकको दुःख नै हो।
केही भारतीय नीति निर्माता नेपालमा बढ्दो कम्युनिज्मप्रति चिन्तित र त्यसैको रोष भारतबाट नेपालमाथि नाकाबन्दीको रूपमा प्रकट भएकोमा विश्वस्त देखिन्थे। उनीहरूको विचारमा कम्युनिस्ट अतिवादी हुन्छन्, जुन भारतको हितमा छैन। उनीहरूको ठाडो निशानामा थिए एनेकपा माओवादी अध्यक्ष प्रचण्ड। यो विचारको प्रतिवाद गर्दै मैले सोधेँ, 'आजको संसारमा कम्युनिस्ट अतिवाद डरलाग्दो कि धार्मिक अतिवाद?' छलफलमा सहभागी धेरैले यो कुरा एकैपटकमा बुझेनन्, जब बुझे उनीहरूको अनुहारको रंग बदलिएको प्रष्ट देखिन्थ्यो। मैले थप्दै भनेँ, 'आजको दिनको विश्वको सबैभन्दा ठूलो समस्या भनेको धार्मिक अतिवाद हो र हिन्दु अतिवादको पर्याय नरेन्द्र मोदी हुन पुगेका छन्। निषेधको राजनीति उनको विगत एक वर्षको कार्यकालमा देखिएको छ, यसबाट कसैले सुख पाएका छैनन्। न त भारतभित्रै उनको पार्टीभन्दा बाहिरका मानिसले राम्रोसँग सास फेर्न पाएका छन्, बाहिरका लागि त नेपालजस्तो असल, सानो र पुरानो साथीलाई हेरे हुन्छ। नेपालको अहिलेको स्थिति हेर्दा अब यो पुस्ताले सम्झेसम्म भारतमाथि विश्वास गर्ने आधार समाप्त हुँदैछ। भारतीय सत्तापक्षबाट जतिसुकै हिन्दुत्वको दुहाई दिए पनि, सनातन हिन्दु धर्मका मूल्यमान्यता एकपछि अर्को गर्दै कुल्चिँदै गइरहेको देखिन्छ। यो परिस्थिति अझ केही समय कायम रहे भारतमा गृहयुद्ध हुन यो कारण काफी छ।' ठूलो आवाजमा बोलिएको मेरो कुरा सुनेपछि उत्पन्न शून्यताले बताइरहेको थियो– कोही विदेशीले भारतीय भूमिमा भारतका वर्तमान सरकार र प्रधान मन्त्रीको यति ठूलो र नकारात्मक विश्लेषण कसैले गरेका थिएनन्, त्यो पनि उनकै पार्टीका वरिष्ठ सहयोगीहरूमाझ। मैले आफ्नो विचारलाई पुष्टि गर्दै भनेँ, 'हाम्रो देशका कम्युनिस्टहरू र अझ माओवादी विद्रोही हुँदै चुनावबाट संसदीय दलमा परिवर्तित भइसके। विगत केही वर्षमा उनीहरूबाट यस्तो कुनै नकारात्मक कार्य भएको छैन, जसबाट नेपालीले शीर निहुराउन परोस्। तर, संसारकै ठूलो लोकतन्त्र भनेर दाबी गर्ने भारतको सबैभन्दा ठूलो पार्टी र सरकारचाहिँ धार्मिक अतिवादको बाटोमा मोडिँदा त्यसले दक्षिण एसियाको मात्रै हैन विश्वकै सुरक्षामा चुनौती थप्छ।'
माथिको कुराको जवाफ दिने आँट कसैले गरेनन्, तर उनीहरू असाध्यै गम्भीर भएको भने देखिन्थ्यो। कुरा मोड्दै एकजना तटस्थ देखिने पत्रकार भन्दै थिइन्, 'सायद विगत १० वर्षदेखि कांग्रेसले चलाएको सरकारी नोकरशाहीले मोदी सरकारलाई असफल गराउन चालेको चाल हो कि नेपालको अहिलेको नाकाबन्दी?' कोही बोलेनन् र म पनि यो कुरामा बोल्न चाहिनँ, किनकि मेरो विचारमा यो वाहियात तर्क थियो। सबैभन्दा अचम्मको कुरा त भारत सरकारले दाबी गरेजस्तो, मधेसवादी दल र उनीहरूको मागका बारेमा कसैलाई केही थाहै छैन। यसबाट के पुष्टि हुन्छ भने, यो एउटा बाहिर भनेजस्तो नभई भारतले नेपाललाई कुनै ठूलै कुरामा झुकाउन चालेको कदम हो। मैले फेरि प्रतिप्रश्न गरेँ, 'भारतले सामान सीमा नाकामा रोक्ने अनि हामीले अर्को देशबाट किनेर ल्याउन पनि नपाइने?' भारतीयहरू यो प्रश्नमा असहिष्णु र अमानवीय भएको पाइयो। उनीहरूको विचारमा हामीले चीनबाट अत्यावश्यक पदार्थ मगाउँदा उनीहरूलाई ठूला पीडा हुन्छ रे!