भारतीय नाकाबन्दीका कारण देश विषम परिस्थितिबाट गुजि्ररहेको छ। आन्दोलन तराई केन्द्रित भए पनि त्यसको असर पूरै देशभरि परेको छ। तराईमा आवतजावतमा समेत कठिनाइ छ भने काठमाडौँ उपत्यकालगायतका पहाडी क्षेत्रमा इन्धनको चरम अभाव छ।जति आन्दोलन लम्बिँदै छ, बजारमा उपभोग्य सामानको पनि अभाव हुन थालेको छ। देशभित्रबाट र भारतमा समेत गरिएका विभिन्न औपचारिक तथा अनौपचारिक आग्रह भारतले लत्याउँदै आएको अहिलेको स्थितिमा यो नाकाबन्दी कहिले अन्त्य हुन्छ भनेर भन्न सकिन्न। समस्या समाधानको सिलसिलामा भएका, हिजोको सरकारका आपूर्ति मन्त्री र यो सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्रीको असफल भारत भ्रमणले समस्या धेरै गहिरो छ भन्ने बुझिन्छ। निकट भविष्यमै यसको समाधान हुने छाँटकाँट देखिँदैन।
देशले नयाँ संविधान पाएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादीलगागत विभिन्न पार्टीको सहकार्यमा लामो छलफल र विवादपछि जननिर्वाचित संविधान सभाले संविधान बनाएर जारी गर्न सफल भएको छ। तर, संविधान जारीमात्रै भएको हो, पूर्णरूपमा लागु भएको हैन। यो संविधान पूर्ण लागु हुन नेपालका राजनीतिक दलहरूले, सरकारले र जनताले अझै धेरै कसरत गर्न बाँकी नै छ। यसलाई संस्थागत गर्नेे कुरा त झनै धेरै टाढाको विषय हो। कमसेकम स्थानीय निकायको निर्वाचन, प्रदेश सभाको चुनाव तथा सरकारको गठन अनि अर्को व्यवस्थापिका संसद्को चुनाव नभएसम्म यो संविधान पूर्णरूपमा लागु र संस्थागत हुन सक्दैन।
करिब १० वर्षदेखि कहिले संकटकालका नाममा त कहिले संक्रमणकालका नाममा अनि कहिले संविधानको नाममा नेपालका प्रमुख पार्टीहरूले जनतालाई विकासको बाटोबाट टाढा राखे। अब त्यसो गर्न सक्ने स्थिति छैन, किनकि अब संकटकाल, जनयुद्ध, संविधान सभा र संक्रमणकालजस्ता शब्द प्रयोग गर्न पाइन्न र हुन्न।
बैशाख १२ को भूकम्पको छ महिना बितिसक्दा पनि अझै लाखौँ पीडित परिवार पालमुनि जीवन गुजार्न बाध्य छन्। यो वर्षा सरकारी राहत पाउने आशामा उनीहरूले पालमुनि बिताए, अब यो जाडो पनि पालमुनि नै बित्ने पक्का छ। स्कुल, सरकारी भवनहरूको त कुरा अझ दर्दनाक छ। पुनर्निर्माण प्राधिकरण पनि एमालेका कारण बन्न सकेन।
उल्लिखित तथ्य त मुख्य उदाहरणमात्रै हुन्। जम्मा पार्ने हो भने यो सूची धेरै लामो हुन्छ। यी सबैले के देखाउँछ भने, मुलुकको विकराल समस्या समाधान गर्न राजनीतिक पार्टीहरूबीच गहिरो एकता आवश्यक थियो र अझै पनि छ। तर, वर्तमान प्रधान मन्त्री केपी शर्मा ओलीको प्रारम्भिक कार्यशैली हेर्दा उनी कुनै हालतमा सहकार्यको पक्षमा छैनन्। उनी विगतको आफ्नो आदनअनुुसार अंकगणित नै सरकार चलाउने एउटामात्र माध्यम हो भन्ने कुरामा विश्वस्त देखिन्छन्, चाहे त्यो पार्टीभित्र होस् चाहे संसद्भित्र! त्यतिमात्रै हैन दुई साताको उनका क्रियाकलापले सरकारको आयुसमेत आधुनिक नेपालका प्रधान मन्त्रीहरूमा सबैभन्दा छोटो बनाउने अवस्था सृजना हुन पुगेको छ।
उनको हठी र सनकी स्वभाव अनि एक्लै हिँड्ने वा अझ भनौँ एउटा गुटको मात्र नेता बन्ने बानी एमालेभित्र र बाहिरका सबैले लामो समयदेखि देखे–भोगेकै हो। तर, जब उनी पदासीन भए, सबैको अपेक्षा थियो उनी एमालेको मात्र हैन देशकै प्रधान मन्त्री हुनेछन्। विडम्बना, उनी १२ वर्ष ढुंग्रोमा... भन्ने उखान चरितार्थ गर्दै एमालेको पनि हैन त्यो दलभित्रको पनि एउटा गुटको पो प्रधान मन्त्री भए! यो कुराको प्रमाण उनकै पार्टीका ठूला–साना सबैखाले नेताले औपचारिक–अनौपचारिकरूपमा प्रकट गरेका अभिव्यक्तिबाट बुझिन्छ।
संविधान जारी भएपछि प्रधान मन्त्री बनेका ओली र बनेको गठबन्धन सरकारको देशको समस्या समाधानमा धेरै ठूलो दायित्व थियो। यी समस्या सुल्झाउन नेपाली कांग्रेसको सहयोगबिना किमार्थ सकिन्न। तर, ओलीले सभामुखदेखि राष्ट्रपतिसम्मको चुनावमा जुन हठ देखाए, त्यसले कांग्रेसको तर्फबाट सहकार्यको ढोका उनका लागि खोल्नुपर्ने कुनै कारण रहेन। व्यक्तिगतरूपमा अहिले निर्वाचित राष्ट्रपतिप्रति पूर्वाग्रह राख्नुपर्ने कुनै कारण नहोला, तर राष्ट्रियरूपमा यो एमाले, उसका गठबन्धन दल र विशेषगरी ओलीले नेपाली जनतालाई दिएको धोकाको परिणाम हो। ओलीको गल्ती र उनको हठमा साक्षीकिनारामा बसेर सदर गर्नेहरूले यसको ठूलो मूल्य भविष्यमा चुकाउनै पर्नेछ। चुनावअघि उनको आफ्नै पार्टीका वरिष्ठ नेताहरूले राष्ट्रपतिको पद कांग्रेसलाई दिनुपर्छ भनेर कराए। एनेकपा माओवादीले त यसलाई 'ओलीको दादागिरि' नै भनेको समाचार बाहिर आयो, तर वर्तमान सरकारका धृतराष्ट्रले यो कुरा सुनेनन् वा सुन्न चाहेनन्। उनलाई राष्ट्रभन्दा व्यक्तिगत सम्बन्ध प्यारो थियो, राष्ट्रिय सहमति निर्वाह गर्नुभन्दा कोठाभित्र दिएको वचन पूरा गर्नु जरुरी थियो।
व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल, संविधान निर्माणको मुख्य शक्ति र देशको एकमात्र पूर्ण प्रजातान्त्रिक दल भएको नाताले पनि ठूला पदहरूमा काँग्रेसको हक लाग्ने थियो। तर, एकजनाको आफ्ना नजिकका सहयात्रीलाई ठूलो पदमा विराजमान गराइ राष्ट्र बिर्सने अभिलाषाले यस्तो निर्णय भयो। यो निर्णय देश र जनताको पक्षमा छैन। यो कर्म सहकार्यबाट देशले पाएको संविधानको खिल्ली उडाउने नयाँ प्रधान मन्त्रीको पहिलो कदम हुन पुग्यो। कांग्रेसले सहमतिकै लागि सभामुखको पदमा एमाओवादी उम्मेदवारलाई सहयोग गरेर निर्विरोध बनाएको हो। प्रजातान्त्रिक पद्धतिको विकासका लागि सबैको गाली सहँदै कांग्रेसले हार्ने थाहा हुँदाहुँदै पनि सभापतिलाई प्रधान मन्त्रीमा उठाएर हार सहर्ष स्वीकार गरेको हो, पद लालसाले हैन। नत्र त्यसबेला कांग्रेसले धेरै चलखेल गर्न सक्थ्यो, जुन उसले गरेन वा गर्न चाहेन।
पहिलो संविधान सभाले संविधान बनाउन नसक्नुको मुख्य कारण पनि कांग्रेस, एमाले र त्यो बेलाको सबैभन्दा ठूलो पार्टी एमाओवादीबीच सहकार्य हुन नसक्नु थियो। सबैभन्दा ठूलो पार्टी भएको नाताले एमाओवादीले त्यसबेला सबैलाई समेट्न सकेन, तर यो पटक कांग्रेसले त्यो गल्ती दोहोर्या एन। सुशील कोइरालाले सबैलाई समेटे। के यो सबै ओलीलाई प्रधान मन्त्री बनाउन र उनका मनपरेका व्यक्तिलाई राष्ट्रपति बनाउनमात्रै थियो?
सबैलाई थाहा छ, अहिले जारी भएको संविधान पूर्ण छैन। मधेस आन्दोलन साम्य पार्न पनि संविधानका विभिन्न प्रावधानमा संशोधन जरुरी छ। मधेस आन्दोलनको समाधानका लागि आन्दोलनरत पक्षसँग वार्ता गर्न एउटा टोली बनेको छ। वार्ता टोलीमा कांग्रेसका लागि भनेर सिट पनि छुट्याइएको छ। ओलीको यस्तो हठपूर्ण कार्यशैलीमा त्यो टोलीमा कांग्रेस किन आउने? अनि कांग्रेसबिना नै सहमति भएमा त्यसलाई मानेर संविधान संशोधनमा कांग्रेसले किन साक्षी बस्ने? यो प्रश्नको जवाफ प्रधान मन्त्रीले दिनैपर्छ। सहकार्यको संस्कारलाई लत्याएर ओलीले देशको भविष्य अन्धकारतर्फ लाने प्रयास गरेका छन्। नेपाली जनता र उनहरूले दिएको मतको अपमान उनले गरेका छन्।
कोइराला सरकारको बेलामा उनीहरू (कांग्रेस र एमाले) को स्वर ठूलो हुन सक्थ्यो, किनकि कांग्रेस र एमालेको जोड्दामात्रै पनि संविधान सभामा झन्डै दुईतिहाइ मत हुन्थ्यो। यसकारण पनि संविधानका कतिपय प्रावधानमा उनीहरूले अरुलाई पेले। तर, अब त्यो स्थिति रहेन। यो कुरा बुझेर पनि नबुझे झैँ गर्नु भनेको देश र जनतालाई जति दिन उखान टुक्का भन्दै झुक्याउन सकिन्छ झुक्याउँछु र नसकेको दिन सिंहदरवारमा फोटो त झुन्डिहाल्यो भनी सोच्नुमात्रै हो।
सामान्यतया मिलिजुली सरकार बनाउँदा प्रधान मन्त्री लिने पार्टीले सबै पार्टीलाई मन्त्रालय भाग लगाएर सबैभन्दा पहिले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेलाई शपथ खुवाउनु पर्ने हो। तर, ओली त्यो कार्यमा पूर्ण असफल रहे। सरकार गठन भएको दुई सातासम्म पनि अर्थजस्तो महत्वपूर्ण मन्त्रालयमा मन्त्री बनाउन सकिरहेका छैनन्। यसको एकमात्र कारण एमालेभित्रको चरम गुटबन्दी र हरेक गुटका मन्त्री पदका आआफ्नै उम्मेदवार हुनुले नै हो भन्ने कुरा सबैलाई थाहा छ। तसर्थ, अब त उनको कार्यशैली र देशको नाजुक अवस्थाका कारण पूर्णता नै नपाउँदै सरकार ढल्यो भने अचम्म नमाने हुन्छ।
आफ्नो हठपूर्तिमा लागेर अगाडि बढ्दा ओलीले संविधान निर्माण प्रक्रियामा पूर्णवफादार भएर हजारौँ आलोचना खेप्दै आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको समेत अवमूल्यन गरे सहकार्यको संस्कृति तोडेर। संविधान निर्माणको क्रममा सहकार्यको पर्याय भनेका एमाओवादीका अध्यक्ष नै थिए। त्यो तक्मा अब उनले पनि ओलीको कारण फुकालेर फाल्नुपर्ने भएको छ। यो परिस्थितिमा उसै त आकारमा सानो भैसकेको एमाओवादी पार्टी, अनि बल्लबल्ल धेरै ठूलो प्रयासपछि विगतमा गुमेको साख संविधान निर्माणमार्फत् फिर्ता आएको स्थितिमा, केही मन्त्रालयको लोभमा दाहाल ओलीको सति जालान् जस्तो लाग्दैन।
हिजोसम्म ठूला पार्टीले संविधान सभामा २५ सिट हुँदा पनि मुख्य पार्टीको दर्जामा नराखेका, संविधान सभाभित्र झन्डैझन्डै छुवाछुत प्रथा लागु गरिएका राप्रपा नेपाललाई मूलधारमा ल्याउनु जरुरी पनि थियो र ल्याइयो पनि। तर, राजनीति जान्ने एउटा कुशल राप्रपा नेपालका अध्यक्ष कमल थापाले ओलीसँगै आफू जनताबाट टाढा हुने र उनको हठमा कति दिन चल्लान् त्यो भने आगामी दिनले बताउने छ नै। जनतासँग भोट माग्दा उनले अघि सारेका कुनै पनि माग पूरा भएका छैनन् र ओलीले ती मागमा सहयोग गर्ने पनि छैनन्। सो पार्टीलाई जनतामाझ आफू पनि यो देशको मूलधारको पार्टी हुँ भनेर प्रमाणित गर्नु थियो, यसमा त्यो पार्टी सफल भयो।
विषम् परिस्थितिमा विश्व जनमत आफ्नोतर्फ पार्न पनि एमालेलाई कांग्रेसको साथ अपरिहार्य हुन्छ, जुन कुरा ओलीले यसपटक बुझ्न चाहेनन् वा सकेनन्। पहिलो संविधान सभाको चुनावपछि बनेको एमाओवादीको सरकारले नबुझेको पनि त्यही कुरा नै थियो। विगतलाई हेर्ने हो भने पनि कांग्रेसजत्तिको भरपर्दो सहयात्री एमालेलाई अरु कुनै पार्टी हुनै नसक्ने स्पष्ट छ। माधव नेपालको सरकारलाई अन्तिम समयसम्म साथ दिने कांग्रेसलाई छाडेर आधा वर्षमा कुनै कारणै नभई आफै सामेल झलनाथ खनालको सरकारको अवसान गराउने एमाओवादी कसरी ओलीको लामो सहयात्री बन्ला? उसको उत्तर निकट समयले बताउने नै छ।
केही सीमित स्वार्थी मानिसले संविधान बनेपछि त कांग्रेस र एमाले प्रतिपक्षी हुने हुन् भनेको हल्लाको पछि लागेका ओली र उनको सरकार यही स्थितिमा नचल्नेमा अब शंका नगरे हुन्छ। साथै, जति दिन यो सरकार चल्छ त्यति नै नेपालीको दुःख अझ बढ्नेमा पनि कुनै दुविधा छैन।