मधेश राज्यको भविष्य
१४ कार्तिक २०७२
•
१६ मिनेट पाठ
मधेश राज्यको भविष्य
हार्वार्ड विश्वविद्यालयका बवरिष्ठ प्राध्यापक विलियम विल्सनले समाजशास्त्रका दर्जनौँ अनुसन्धानात्मक पुस्तक प्रकाशित गरेका छन्। सन् १९९६ मा टाइम्स म्यागाजिनको २५ प्रभावशाली अमेरिकीको सूचीमा परेका तथा संयुक्त राज्य अमेरिकामा विज्ञान क्षेत्रको सर्वोच्च पदक न्यासनल मेडल अफ साइन्सबाट सन् १९९८ मा विभूषित भएका थिए उनी। यिनै प्राध्यापक विल्सनको पुस्तक 'द ट्रुली डिसएडभान्टेजड' कुनै पनि समाजको संरचनाले उक्त स्थानको आर्थिक, शैक्षिक तथा अन्य सामाजिक सूचांकलाई कसरी प्रभावित पार्छ भन्ने विषयमा प्रकाशित निकै उच्च कोटीको अनुसन्धान मानिन्छ।

श्याम वर्णका अफ्रिकन अमेरिकन नागरिकको एकलौटी बासिन्दा भएको सहर, बहुसंख्यक श्याम वर्णका अनि अल्पसंख्यक युरोपियन मूलका श्वेत बासिन्दा बस्ने स्थान तथा श्याम र श्वेतहरुको समानुपातिक समिश्रण भएको बस्तीको दशकौँको अध्ययन÷अनुसन्धानको परिणाम हो यो पुस्तक । सामाजिक बनोटले शिक्षा, रोजगारीलगायतका सामाजिक क्षेत्रमा के÷कस्तो प्रभाव पार्छ भन्ने विषयमा लेखिएको उक्त पुस्तक नीति निर्माण तथा सामाजिक विश्लेषकहरुका लागि गहकिलो खुराक नै हो ।

श्याम वर्णका नागरिकहरु मात्र बस्ने गरिब बस्तीमा अनौठो सामाजिक प्रचलन देखियो । अफ्रिकन अमेरिकनको एकलौटी बास भएको स्थानमा कुनै श्याम वर्णकै बासिन्दा कदाचित सम्पन्न भएमा उक्त स्थानबाट अन्यत्र बसाइँ सर्दोरहेछ । यसरी अलिकति सम्पन्न हुनेबित्तिकै गरिब बस्ती छाडेर अन्यत्र जाने प्रचलन देखियो एकै वर्णका बासिन्दा बस्ने निर्धन सहरको प्रचलन । समान प्रकृतिका बासिन्दा बस्ने सहर दशकौँसम्म पनि विपन्न हुँदोरहेछ भन्ने देखायो उक्त अध्ययनले । पोभर्टी आट्रयाक्ट पोअर..गरिबीले गरिबलाई आकर्षण गर्छ भन्ने उक्ति एकै वर्णका बासिन्दा बस्ने बस्तीका लागि सत्य देखियो । धनुषा, महोत्तरीलगायतका जिल्लामा चरम विपन्न चमार, डोम, मुसहर, बातर आ–आफ्नै जातको बस्ती निर्माण गरी बसेका छन् दशकौँदेखि । उक्त बस्तीको आर्थिक तथा सामाजिक सूचांकमा वर्षौंपछि पनि खासै सुधार भएको देखिएन । त्यसो त त्यहाँका कुनै पनि बासिन्दा आर्थिकरूपले सम्पन्न नभएका होइनन् तर धनी भएपछि उनीहरु उक्त गाउँ छाडी अन्यत्र गए । प्राध्यापक विल्सनको एकै जातका नागरिक बस्ने बस्ती झन् झन् गरिब बन्छ भन्ने सिद्धान्त नेपालको हकमा पनि चरितार्थ भएको देखियो ।

श्याम वर्णका धेरै व्यक्ति अनि श्वेत वर्णका न्यून बासिन्दा बस्ने सहरमा केही समयपछि अलि सम्पन्न भएका व्यक्तिले बासस्थान छाडेकोमात्र देखाएन बरु श्वेत वर्णका व्यक्ति उक्त स्थानबाट विस्थापित भएको देखियो । अनि पछि उक्त बस्ती एकलौटीरूपमा अफ्रिकन अमेरिकन विपन्न सहर बनेको देखियो । पहाडे अल्पमत र मधेसे बहुमतमा रहे पनि धार्मिक नगरी जनकपुर दुई दशकअघिसम्म पनि विकासको हिसावमा नेपालको हट्टाकट्टा सहर थियो । एक दशकअघिको मधेस आन्दोलनको त्रासमा अधिकांश पहाडे त्यहाँबाट विस्थापित भए÷लखेटिए । पहाडे सुरक्षाका कारण सुरक्षित स्थानमा बसाइँ सर्नु अन्यथा होइन तर एकलौटीरूपमा देशीको बसोबास भएपछि अलि हुनेखाने मधेसीले पनि जनकपुर छाडेको देखियो । जागिरेको त कुरै भएन, तराईलाई आधार इलाका मानेर राजनीति गर्ने मधेसे नेताले तराईमा भौतिक सम्पत्ति जोड्न, लगानी गर्न छाडेर काठमाडौंमा विशाल बंगला बनाएको देखिनुले प्राध्यापक विल्सनको दोस्रो मान्यता पनि नेपालको हकमा चरितार्थ भएको देखियो ।

अब तेस्रो सिद्धान्त हेरौँ, अफ्रिकन मूल भएका र युरोपियन जरा भएका श्याम÷श्वेतको समानुपातिक समिश्रण भएको गरिब बस्ती पनि कालान्तरमा सम्पन्न सहर बनेको देखाउँछ उनको अनुसन्धानले । कुनै पनि समाज आर्थिक तथा सामाजिकरूपले सम्पन्न बन्न विभिन्न जात, जाति तथा धर्म संस्कृति भएका बासिन्दा भएको गाउँको आवश्यकता देखाउँछ हार्वार्डका वरिष्ठ प्राध्यापकको रिसर्चले ।

औलो उन्मूलन भएपछि मात्र बस्ती विकास भएको जिल्ला हो चितवन । विगतको चार दशकमा नेपालकै सबैभन्दा आर्थिकरूपले सम्पन्न जिल्ला बन्दो छ चितवन । कृषि, शिक्षा, स्वास्थ्यलगायत प्रत्येक सूचांकमा अग्रणी भूमिका खेल्दो छ । आखिर रफ्तारी समृद्धिको कारक के हो त त्यहाँ ? महामारी सकिएपछि उज्ज्वल भविष्यको कामनासहित देशका विभिन्न स्थानबाट मानिस बसाइँसराई गरे त्यहाँ । अन्यत्रबाट आएकाले आफूसँगै नवीन विचार ल्याए, भिन्न सिप भित्रियो । एउटा पढे÷लेखेको शिक्षकले छोराछोरीलाई पढाउनुपर्ने भन्यो, एउटा कृषकले आधुनिक खेतीपातीको अवधारणा ल्यायो, बसाइँसराई गरेको व्यापारीले बन्दव्यापारको अवधारण भित्र्यायो । विभिन्न पृष्ठभूमिबाट आएकाले ल्याएका नवीन विचारको समिश्रण बन्न पुग्यो चितवन । भिन्न पृष्ठभूमिबाट आएका मानिसले फरक विचारसँग परिचित हुने अवसर पाए । परिणामतः त्यहाँका बासिन्दा सक्षम भए । कुनै पनि बस्ती विकसित बन्न बहुड्गी समाज आबश्यक भएको तथ्य स्वीकार्छ चितवनले । चितवनलाई नियाल्दा प्राध्यापक विल्सनको तेस्रो सिद्धान्त पनि नेपालको हकमा सत्य नै भएको देखियो ।

संयुक्त राज्य अमेरिका स्थापनाकालदेखि नै युरोपियन मूलका गोरा तथा दासका रूपमा भित्र्याइएका कालाको बासस्थान रह्यो । लामो समयसम्म एसियन नागरिकका लागि सैहाद्र्ध मुलुक थिएन अमेरिका । सन् १९६५ को आप्रवासी सुधार ऐनपछि मात्र एसियाका बासिन्दा अमेरिका भित्रिएका हुन् । अमेरिकाको आर्थिक सूचांक हेर्दा एसियनहरु आधिकारिकरूपमा भित्रिएपछि अमेरिकाको अर्थतन्त्र अझ मजबुत भएको देखिन्छ । फरच्युन म्यागाजिन संसारकै प्रतिष्ठित व्यापारिक पत्रिका हो । ठूला व्यापारिक कम्पनीलाई उक्त पत्रिकाले वर्गीकृत गर्छ र उनीहरुको आर्थिक विवरण सार्वजनिक गर्छ । फरच्युनमा सूचीकृत भएका कम्पनीको समूहलाई फरच्युन ५०० भनिन्छ र त्यस समूहमा संसारकै सर्वाधिक सफल ५०० वटा व्यापारिक फर्म पर्छन् । हालै फरच्युन पत्रिकाले सार्वजनिक गरेको विवरणअनुसार फरच्युनको ५०० कम्पनीमध्ये ४० प्रतिशत अमेरिकी कम्पनी विदेशी आप्रवासी तथा तिनका सन्तानले स्थापना गरेको देखियो ।

देशलाई जति धेरै विविधीकरण गर्न सक्यो मुलुक उत्तिकै समुन्नत बन्छ भन्ने धारणासहित सन १९९० मा संयुक्त राज्य अमेरिकाले डिभी चिठ्ठामार्पmत विदेशीलाई स्थायी बसोबासको अनुमति दिने कार्यक्रम सुरु ग¥यो । उक्त कार्यक्रममार्पmत नेपालका अतिरिक्त संसारका विभिन्न मुलुकबाट विदेशी भित्रिए । लटरीमार्पmत अमेरिका आएकाको सामाजिक तथा आर्थिक अवस्था सम्बन्धमा अमेरिकाको टफ्स युनिभर्सिटीले २०११ मा सार्वजनिक गरेको अनुसन्धानअनुसार डिभी प्रोग्रामले अमेरिकाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेकोमात्र देखाएन बरु उक्त समावेशीकरणले अमेरिकालाई दीर्घकालीनरूपमै फाइदा पु¥याउने देखायो । कुनै पनि समाज तथा राष्ट्र जति धेरै विविध हुन सक्यो त्यति धेरै आर्थिक समुन्नति तथा विकास भित्रन्छ भन्ने देखिन्छ ।

नयाँ संविधान जारी भएपछि नेपाल ७ राज्यसहितको संघीय संरचनामा गयो तर संविधानलाई तराई मधेस केन्द्रित दलहरुले स्वीकार गर्न नसकिरहेको अवस्था छ । मधेसका सबै जिल्ला समेट्दै भरिसक्य एउटै नत्र धेरैमा दुईवटा राज्यमात्र राखिनुपर्ने माग गर्दै तराई बन्द भएको २ महिना नाघिसक्यो । भारतको अघोषित नाकाबन्दी तथा मधेसकेन्द्रित दलको भन्सार नाका कब्जा गर्ने अभियानले इन्धनलगायत अत्यावश्यक सामानको अभावले देशको अर्थतन्त्र डामाडोल भयो । समाधान के निस्कने र निकासका लागि के उचित होला त्यता हेरौँ ।

तराई मात्र समेटेर राज्य बन्दा उक्त प्रदेशका बासिन्दा मधेसेमात्र रहनु अस्वाभाविक भएन । त्यसले गर्दा उक्त प्रदेशका प्रमुख मन्त्रीमात्र होइन सार्वजनिक पदाधिकारीसमेत मधेसेमात्र हुने भए । पहाडेको बसोबास नै नभएपछि निर्वाचित सार्वजनिक पदका लागि मधेसे र पहाडेका बीच चुनावी प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेन । पहाडेलाई सक्दो श्राप गरेकै भरमा स्थापित हुन खोज्ने मधेसे नेताहरुले पहाडेबिहीन तराई प्रदेश बनाउन खोजेको देखियो । मधेसे नेताको इच्छा यथार्थमा रूपान्तरित हुन कठिन देखिन्न । तर मधेसी दलले चाहेकै जस्तो प्रदेश बन्ने हो भने उक्त राज्यको अवस्था के होला ? त्यो भने अध्ययन गर्नुपर्ने देखियो ।

मोटरकारको सहरका नामले चिनिने डेट्रोइट सन् १९४० सम्म अमेरिकाको तेस्रो ठूलो सहरका रूपमा स्थापित थियो । सबै ठूला मोटरकार कारखाना त्यहीँ स्थापित भएकाले प्रशस्त रोजगारीको अवसर थियो, मानिस सम्पन्न थिए । समकालीन समाजमा अग्रणी सिटीका रूपमा स्थापित थियो डेट्रोइट । ठीकठाक चलिरहेको सहरमा सन् १९६७ मा श्वेत नागरिकले श्याम वर्णकालाई शोषण गरेको निउमा ठूलो जातीय दंगा भड्कियो । काला र गोराबीच चलेको दंगामा धेरै मानिसको ज्यान गयो । दंगापछि गोराहरु सहर छाडेर अन्यत्र गए । कालाहरुको एकलौटी राज्य भयो डेट्रोइटमा । सेताहरु भागेपछि निर्वाचित पदाधिकारी पनि कालामात्र भए ।जातीय दंगाले गर्दा गोरामात्र होइन, आर्थिक अवस्था राम्रो भएका तथा पढे÷लेखेका कालाहरुले पनि डेट्रोयट छाडे । असुरक्षाका कारण कमाउने मानिस अन्यत्र गएपछि सहरको आम्दानी स्वात्तै घट्यो । पैसा नभएपछि नागरिकलाई सामान्य सुरक्षासमेत दिन नसक्ने अवस्थामा पुग्यो डेट्रोइट । अमेरिकाकै सबैभन्दा असुरक्षित सहर बन्यो । अमेरिकाको सबै सहरको जनसंख्या बढदै गएको ेअवस्थामा डेट्रोइट भने विपरित चक्रमा घुम्न पुग्यो । ३० वर्षको अवधिमा त्यहाँको जनसंख्या आधाभन्दा पनि कम भयो । आम्दानीले सहरको सामान्य खर्च पनि चल्न सकेन । लागेको अरबौ डलर ऋण तिर्नै नसक्ने अवस्थामा पुग्यो डेट्रोइट । अन्त्यमा सन २०१३ मा डेट्रोइटले आफूलाई ब्यांककरप्ट(दिबालिया) घोषणा ग¥यो । यसरी ४ दशकको अवधिमा अमेरिकाको संभ्रान्त सहर हरिटट्टु कंगाल बन्यो ।

चितवनको विकास, अमेरिकाको इतिहास तथा डेट्रोइटको नियतिसमेतलाई अध्ययन गर्दा अहिले तराईवादी दलले खोजेकै जस्तो मधेसीको मात्र एकलौटी वर्चस्व रहने गरी राज्य बनाउँदा भविष्यमा तराईले डेट्रोइटकै नियति त भोग्नुपर्दैन ? त्यता ध्यान दिन जरुरी देखियो । नेताहरु आफ्नो निहित राजनीतिक स्वार्थमा लठ्ठिए पनि मधेसका अग्रजहरुले तराईको माग संबन्धमा यथार्थपरक बौद्धिक बहस चलाउन आवश्यक देखियो । बहुरंगी समाजले मात्र उज्ज्वल भविष्य प्रत्याभूत गर्न सक्ने भएकाले विकसित राज्यको सपना देख्नेले समयमै यथासक्य प्रयास गर्न आवश्यक देखियो । अहिले मधेस राज्यको वकालत गर्दा पछि सन्ततिले सराप्ने हुन् कि त्यसको पनि हेक्का राखौँ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस