तराई–मधेसमा आमहड्ताल, बन्द, आन्दोलन सुरु भएको आज ७६ औँ दिन हो। मधेसी मोर्चाहरूले भारतसँगको सीमा नाकामा धर्ना दिएको ३५ दिन भयो। यसबीच मुलुकमा संविधानको मस्यौदा आयो, संविधान जारी गरियो, प्रधान मन्त्रीमा नयाँ अनुहार, सभामुख, राष्ट्रपतिमा नयाँ मान्छे आए।हतारहतारमा संविधान बनाइयो, फास्ट ट्रयाकको नाम दिएर। संविधान जारी भएपछि धमाधम राजनीतिक शीर्ष पदहरूमा नियुक्ति भैरहेको छ। असोज ३ मा संविधान जारी भएपछि भद्र सहमतिका नाममा शीर्ष पदहरूमा नयाँ अनुहार बहाली भए, हुँदैछन्। संविधान मुलुक र जनताका लागि ल्याइएको रहेछ कि सत्ता प्राप्तिका लागि? प्रश्न गहिरो छ। र, उत्तरहरू सतहमा छताछुल्ल भएका छन्, हुँदैछन्।
संविधान निर्माणका नाममा बनेको सहमति भत्किएको छ। मुलुकमा नयाँ राजनीतिक समीकरण बनेको छ। राजतन्त्रवादी सोच र चिन्तनका कमल थापा लोकतान्त्रिक गणतान्त्रिक नेपालको उपप्रधान मन्त्री बनेका छन्। राजनीतिमा जे पनि हुन्छ भन्ने भनाइलाई पत्याउने कि पछिल्ला अभ्यासहरूलाई राजनीतिक विडम्बना भनेर स्वीकार्ने? उग्रवामपन्थी र दणिक्षपन्थीको साथ तथा समर्थनमा विगतदेखि नै महŒवपुर्ण राजनीतिक मुद्दा र घटनामा द्वैध भूमिका खेल्दै आएको एमाले नेतृत्वमा सरकार बनेको छ। एक दशकयता लगातार सत्तासीन एमाले सरकार चलाउँदै छ। पछिल्लो संविधान सभामा जनताले बढी पत्याएको दल नेपाली कांग्रेस प्रतिपक्षी राजनीतिमा खुम्चिएको छ।
हामी एकातिर संविधान जारी गरेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको भन्दैछौँ र सँगसँगै पछिल्ला राजनीतिक समीकरणले वामपन्थी र गैरवामपन्थीबीच चर्को विभाजनको अवस्था छ। हामी लोकतान्त्रिक राजमार्ग देखाउँदै वामपन्थी निरंकुशतामा प्रवेश गर्दै त छैनांैँ? मुलुकको तरल राजनीतिमा पछिल्लो समीकरणले कसरी लोकतान्त्रिक अभ्यास गर्ला? कतै हामी राजनीतिक जोखिम निम्त्याउने खेल खेलिरहेका त छैनौँ? राजनीतिक समीकरणले सत्ताको खेलमात्र खेल्ने होइन, यसले सामाजिक, आर्थिक प्रणालीमा प्रत्यक्ष सरोकार राख्छ। संविधान निर्माणपछि आर्थिक प्रगति र भौतिक विकासको पथमा जाने मार्ग प्रशस्त हुनुपर्थ्यो, त्यस्तो कतै देखिँदैन। पछिल्लो समीकरणबाट दल विशेषका नेता, कार्यकर्ता उत्साहित भएका होलान्। तर, ठूलो संख्याका नागरिक अन्योलग्रस्त छन्। नवसमीकरणले ठूलो परिमाणमा पुँजी पलायनको संकेत गरिरहेको छ। आर्थिक लगानी निरुत्साहित हुने अवस्थाको संकेत पनि गरेको छ। संविधानको प्रस्तावनामा उल्लेख समाजवादउन्मुखको अर्थ खोज्नेहरू अहिलेको सत्ता समीकरणपछि झस्किएका छन्। यस्तो अवस्थामा आर्थिक उन्नतिका भाषण कोरा गफमात्र हुन्छ।
मधेसवादी दल आन्दोलनमा होमिएका होमियै छन्। मधेस आन्दोनलको पृष्ठभूमिमा संविधान जारी हुनुसँगै नेपालको छिमेकीसँगको व्यवहारमा परिवर्तनहरू आएका छन्। भारतसँग टाढिने र चीनसँग नजिकिने राजा महेन्द्रकालीन नीति अख्तियार गरिँदैछ अहिले। महेन्द्रले प्रतिपादन गरेको चिनियाँ र पाकिस्तानी कार्ड देखाएर भारतसँग व्यवहार गर्ने नीतिलाई अहिले गणतन्त्रवादी नेताहरू प्रयोग गर्दैछन्। साइकल चढ्ने, दाउरा बाल्ने गफहरूमा राष्ट्रियताको कोरा कल्पना गर्न थालिएको छ। नेताहरू र सरकारका जिम्मेवार पदाधिकारीले जनताको भावनामाथि खेलिरहेका छन्। भारतीय आयल निगमसँगको पेट्रोलियम सम्झौता तोडेको समाचारहरू प्रकाशित, प्रसारित भएका छन् महŒवका साथ। नेपाल आयल निगमले १५ दिनभित्र पेट्रोलियम उपलब्ध गराउन ग्लोबल टेन्डर पनि गरेको हो। ...हामी नझुक्ने' राष्ट्रवादी मनोविज्ञानबाट गरिएका त्यस्ता निर्णयहरू के भए? ग्लोबल टेन्डरको प्रक्रिया कहाँ पुग्यो? अनि किन फेरि भारतबाटै इन्धन आयात गर्ने याचनाहरू छताछुल्ल भएका? भारतले इन्धन पठाएन भन्ने गुनासा यति धेरै किन? याचनाबीच चीनबाट पेट्रोलियम ल्याउने चर्चाहरू छन् र नेपाल आयल निगम सम्झौता गर्ने पक्षमा रहेको दाबी गर्दैछ। के चीनबाट इन्धन आपूर्ति गरेर हाम्रो आवश्यकता पूरा हुन्छ? कागजी हिसाबकिताबका साथै हिमाली भूगोल, बाटोघाटोलगायतका कूटनीतिक–राजनीतिक पक्ष केलाउन सक्नुपर्छ। दोहोरो चरित्र प्रदर्शन गर्नुलाई कूटनीति भन्न मिल्दैन। इन्धनको व्यवस्थापन सरकारको जिम्मेवारी हो। चाहे त्यो भारतबाट ल्याइएको होस् वा चीनबाट। तर, जनताको भावनामाथि राष्ट्रवादी गीत गाउँदै राजनीति गर्ने छुट कसैलाई छैन। जनताको भातभान्सा, दैनिकी प्रभावित भएको छ इन्घन अभाव र कालोबजारीले। भारतको अघोषित, मधेसी मोर्चाको घोषित नाकाबन्दीबाट आमनागरिक पीडित छन्। नागरिकका पीडा एकातिर पन्छाएर सत्ताका खेलमात्र भैरहेका छन्। मुलुकले अख्तियार गरेको राजनीतिक, कूटनीतिक यात्रा जोखिमरहित छ कि जोखिमपूर्ण? नेताहरूमा भारतविरोधी उग्रराष्ट्रवाद जागेको बेला विवेसम्मत विवेचना हुनसकेको छैन।
जोखिमपूर्ण राजनीतिक, कूटनीतिक यात्रापछि अब खास जोखिममय सडकयात्राको चर्चा गरौँ। एक महिनाको अवधिमा पंक्तिकारले मध्य र पूर्वी तराई–मधेसको दुई पटक यात्रा गर्योड। एउटा यात्रा व्यावसायिक थियो, पत्रकारितासँग सम्बन्धित, नागरिक दैनिकका लागि समाचारलगायतका सामग्री उत्पादन र प्रकाशन गर्ने। यो यात्रा, वीरगन्जदेखि विराटनगरसम्मको थियो। जसअन्तर्गत विभिन्न जिल्लाका समचाारहरू संकलन भए छापिए। अर्को यात्रा व्यक्तिगत, दसँैमा सप्तरीमा रहेका बुवाआमाको हातबाट टीका थाप्न सप्तरीसम्म जानुपर्ने। पछिल्लो यात्रा निजी थियो। तर, पहिलोभन्दा जोखिमपूर्ण। कारण, दसँैको यात्रा प्रहरी एस्कर्टिङमा सम्पन्न गर्नुपर्थ्यो। सामान्यतया, काठमाडौँबाट मधेस झर्दा अपराह्न ४–५ बजे कोटेश्वर वा कलंकीबाट बस चढ्ने र बिहान ४–५ बजे सप्तरी ओर्लने गरिन्थ्यो। त्यस्तै, क्रम चल्थ्यो उताबाट काठमाडौँ आउँदा पनि। तर, मधेसमा आन्दोलन भएपछि बसको रुटिन बदलिएको छ। दिउँसो १२–१ बजे बस चढ्ने र बाटामा सर्लाहीको नवलपुरदेखि प्रहरी एस्कर्टिङको सहारामा सप्तरीसम्म पुग्नुपर्ने बाध्यता छ। त्यस्तै, इटहरीबाट एस्कर्टिङमा आएका बस मध्यरातमा चढेर अपराह्नसम्ममा काठमाडौँ ओर्लनुपर्ने अवस्था भोगियो। यात्राको समयमात्र बदलिएको छैन, पूर्वबाट आउजाउ गर्ने धेरैजसो बसका ‰याल फुटेका छन्, चालकअगाडिका सिसा चक्नाचुर भएका छन्। पातलो प्लास्टिक टाँगेर काम चलाइएको छ। यात्रा जोखिमपूर्ण छ। मधेसी मोर्चाका कार्यकर्ताले गुडिरहेका सवारीमा ढुंगा, गुलेली र पेट्रोलबम फालेर बहादुरी प्रदर्शन गरिरहेका छन्। त्यसबाट सिसा फुटेर यात्रु घाइते हुने घटनाहरू दिनहुँजसो हुन थालेको छ।
महोत्तरीको बर्दिबासपूर्व सुनसरीको इटहरीसम्मको यात्रा बढी जोखिमपूर्ण देखिन्छ। बसका चालकले हेल्मेट लगाएर गाडी चलाउँछन्। यात्रुहरू सम्भावित आक्रमणको भयमा यात्रा गर्छन्। सप्तरीबाट फर्कंदा ६ गते राति यो पंक्तिकार पनि ढल्केबरनजिक ढुंगा आक्रमणको भुक्तभोगी बन्नपुग्यो। राति झकाएको बेला प्वाल परिसकेको पातलो प्लास्टिकको ‰यालबाट छिरेको ढुंगा पाखुरामा आएर ठोक्कियो। केही घन्टा पीडा दियो त्यसले। टाउकोमा ढुंगा नलागेकोमा एक किसिमको सन्तोष भयो। म एक रातको यात्रु थिएँ। दिनदिनै सवारी चलाउने बहादुर चालकहरू प्रशंसाका पात्र हुन्। मध्यरातमा लुकेर आक्रमण गर्ने शान्तिपूर्ण आन्दोलनको कुन रूप हो बु‰न सकिएन।
मधेस आन्दोलन र नाकाबन्दीले अहिले सबैलाई छोएको छ। प्रत्येकसँग आफ्नो कथा छ। गृहिणी, किसान, नेता, व्यवसायीसँग आआफ्नै कथा छन्। मधेसमा आन्दोलन साउन २८ देखि सुुरु भएको र मधेसी मोर्चाले असोज ७ देखि नाकाबन्दी गरेका हुन्। मधेसी मोर्चाको घोषित नाकाबन्दीसँगै भारतले अघोषित नाकाबन्दी गरेपछि राजधानीको जनजीवन प्रभावित भएको हो। मधेसमा आन्दोलन चलेको ४१ दिनपछि सुरु भएको नाकाबन्दीले काठमाडौँको जनजीवन प्रभावित भएको छ। त्यस्तै प्रभाव मधेसका गाउँबस्तीहरूमा पनि परेको छ। एक किलो नून २५–३० रुपैयाँमा किन्न पाउँदा खुसी हुनुपर्ने अवस्था छ त्यहाँ। दाल, चामललगायतका सबै खाद्य सामग्रीको अभाव छ र चर्को मूल्य तिर्दा प्राप्त पनि हुन्छ। काठमाडौँमा ट्राफिक पातलिएको हो, उता मधेसका महोत्तरीदेखि सप्तरीसम्म त गाडी चल्दै चल्दैनन्। मोटरसाइकल चल्न दिने उदार नीति दसँैपछि कडिकडाउ गरिएको छ। दिनभर राजमार्गहरू सुनसान हुन्छन्। रातको अँध्यारोमा प्रहरी सुुरक्षामा गुड्ने सवारीहरू सीमापारीबाट ल्याइएको डिजेलबाट चलिरहेका हुन्छन्। अर्थात् रातको अन्धकारमा कालोबजारी फस्टाएको छ। नाकाबन्दी गर्ने मोर्चाका कतिपय नेता, कार्यकर्ता पेट्रोल, डिजल तस्करीमा संलग्न रहेको कुरा लुकाएर लुक्दैन। मधेसी मोर्चाको घोषित नीति सीमा नाकामा कडाई गरेर काठमाडाँैमा अभाव सृजना गर्ने हो। काठमाडौँ फर्कंदा बसको प्यासेजमा पेट्रोल, डिजेलका जर्किन थिए, प्लास्टिकका बोराभित्र ग्यासका सिलिन्डरहरू थिए। कलंकीमा आइपुग्दा जर्किनको पेट्रोल लिटरको ३सय ५० रुपैयाँ पुग्यो। बसका सहयोगीले दिएको जानकारीअनुसार उनले इटहरीमा लिटरको २ सयका दरले किनेका हुन्। भारतमा पेट्रोल लिटरको करिब १०५ र डिजल करिब ७७ रुपैयाँ पर्छ। त्यही इन्धन नेपाल भित्रिएपछि कालोबजारमा १५० देखि २०० सम्मको हुन्छ भने काठमाडौँ आइपुग्दा ३५० देखि ५ सयसम्म पुग्छ। नाकाबन्दीको आडमा तस्करी मौलाएको अवस्थाको आकलन सरकारले गर्न सकेको छैन। जताबाट पनि जनताले सास्ती खेप्ने हो। तस्करीको आम्दानीले मोर्चाका कतिपय कार्यकर्ता मोटाउलान्, तर निकै ठूलो समूह कालोबजारीको सास्ती भोग्दैछ। बन्द र नाकाबन्दीको पृष्ठभूमिमा मौलाएको तस्करीबारे मोर्चाको नेतृत्वको मौनता पनि उदेकलाग्दो छ।
मधेस आन्दोलन ७६ दिन पुग्दा पनि अहिलेसम्म पहाडी–मधेसी साम्प्रदायिक घटना वा झडपहरू भएका छैनन्। झिनामसिना केही झडपलाई दुवै समुदायका स्थानीय अगुवाले सामसुम पारेको पाइन्छ। सिद्धान्ततः मधेसको आन्दोलन वा विमति काठमाडौँ अर्थात् सरकारसँग हो। मोर्चा र सरकारबीचको मामला अहिले जनता–जनताबीचको मुद्दाजस्तै बन्न खोज्दैछ र पहाड–मधेसबीचको दूरी नराम्ररी बढेको छ। काठमाडौँको सत्ताको प्रमुख ध्येय मधेस आन्दोलनको सफल अवतरण हुनुपर्थ्यो। सत्ता राजनीतिमा रमाएको सरकार जिम्मेवार हुनसकेको छैन। राजनीतिशास्त्रका गणितले संकेत गर्दैछ मुलुक जोखिमपूर्ण यात्रामा छ।