नेपालमा कुनै एउटा व्यक्तिको इज्जत खत्तम पार्नुपर्यो भने उसको नामको अगाडि ३ मध्ये एक विशेषण लगाइदिए पुग्छ । ती विशेषणमध्ये २ वटाले हरेक समयमा काम गर्छ भने एउटाचाहिँ समयसापेक्ष र परिवर्तनशील छ । तेस्रो शब्द त कुनै समयमा इज्जतको 'शब्द' हुन्छ भने अर्को कालखण्डमा त्यो गाली पनि भइदिन्छ ।पहिलो २ वटा हुन्– भ्रष्टाचारी र यौन दुराचारी । तेस्रोचाहिँ समयअनुसार बदलिँदै जान्छ । पञ्चायतकालमा पञ्च शब्दले मानइज्जत सबै दिन्थ्यो, तर कसैलाई इतरपक्ष भनियो भने त्यो व्यक्ति समाजमा अछुतजस्तै हुन्थ्यो । त्यसबेला इतर भनेका पञ्चायती व्यवस्था नमान्नेलाई भनिन्थ्यो अथवा कांग्रेस र कम्युनिस्ट पञ्चका आँखामा 'इतर' थिए । त्यतिले नपुगेर उनीहरूलाई 'अत' पनि भनिन्थ्यो जसको अर्थ थियो– अराष्ट्रिय तŒव । जब पञ्चायत ढल्यो ती सबै इतर कुशपानी छर्केका चोखा भए । अब गाली परिवर्तन हुँदै पञ्च भनिने सबै अछुत हुन पुगे । पञ्चे वा मण्डले भन्नु २०४७ सालपछिका केही समय सबैभन्दा ठूलो गाली हुनपुग्यो । जब देशको आन्दोलन राजाविरोधी भयो, त्योबेलामा कसैको जीवन बर्बाद पार्नु थियो भने यो राजावादी हो भनिदिए पुग्थ्यो । उक्त बिल्ला भिराएर धेरैको सार्वजनिक जीवन धमिलो पारिएका उदाहरण प्रशस्तै छन् ।
परिवर्तनसँगै कसैलाई गाली गर्न अहिले एउटा अचम्मको शब्द आएको छ । सायद अब कुनै व्यक्तिलाई यौन दुराचारी वा भ्रष्टाचारीभन्दा त्यति ठूलो गाली हुन छाडेको छ । यो आरोप प्रमाणित गर्न पनि सजिलो छैन । तसर्थ, अब गाली गर्न नयाँ शब्दको खोजी भएको छ । प्रमाणित नगर्दै पनि त्यो शब्द गाली खाने व्यक्तिलाई रातारात नायकबाट खलनायक बनाउन पर्याप्त छ । त्यो शब्द हो 'भारतपरस्त' ।
गत साल भारतका प्रधान मन्त्री नरेन्द्र मोदी नेपाल आएर संसद्मा भाषण गर्दा हामी सबैले उनले नेपालीमा बोलेका ४ पंक्तिमा हाम्रो राष्ट्रजाद देख्यौँ । पानी र जवानी पहाडमा बस्दैनन् भन्ने आसय प्रकट गर्दै उनले नेपालीलाई होच्याउँदा, सदनमा सांसदहरूले र बाहिर हामी सबैले ताली बजायाँै । त्यो बेला उनको प्रशंसा गर्न र हाम्रा नेतालाई गाली गर्नमा हामीले खर्चेका शब्दको कुनै हिसाबकिताब छैन । हामीले उनलाई भारतको मात्र हैन दक्षिण एसियाकै नायकको रूपमा चित्रण ग¥यौँ । उनलाई गर्ने प्रशंसा त्यसबखत तब चुलियो जब बैशाखको महाभूकम्पका बेलामा भारतले नेपाललाई सहयोग गर्न थाल्यो ।
तर, वर्षदिनमै जब उनैका कारण हामी राम्रोसँग दसैँ मनाउन सक्ने स्थितिमा रहेनौँ, तेल र ग्याँसका निम्ति लाइन बस्नु नै हाम्रो दैनिकी हुनपुग्यो, सार्वभौम संविधान सभाले बनाएको संविधानका केही प्रावधान र हाम्रा केही नेता मन नपरेर अत्यावश्यक औषधिदेखि अक्सिजनसम्म र लुगादेखि पेट्रोल–ग्याँससम्म नाकाबन्दी गरेर सीमामा रोकिए अनि हामीले थाहा पायौँ आफ्नो गल्ती । अहिले आएर हामीले अरुले सिकाएको राष्ट्रवादको अर्थ बुझ्यौँ । यो बेलामा हामी सर्वसाधारण नेपाली उनको नामसमेत सुन्न नसक्ने भएका छौँ । हामी उनको मात्र नभै उनको यो कार्यको समर्थन गर्नेको समेत नाम सुन्न नसक्ने भएका छौँ । र, कसैलाई ठूलो गाली गर्नुप¥यो भने भन्न थालेका छौँ– त्यो फलानो त भारतपरस्त हो । यो गाली नेतादेखि सर्वसाधारण सबैलाई बराबर लागु हुन थालेको छ ।
यसै त हामी कौवाले कान लग्यो भन्दा आफ्नो कान नछामी कौवाको पछाडि दगुर्ने मान्छे, त्यसमाथि केही सय सामाजिक सञ्जालका मानिसलाई अल्मलाएर कुनै कुरा लेख्न वा हल्ला फिँजाउन सकियो भने त आफ्नो उद्देश्य पूरा भैहाल्यो भन्ने ठान्छौँ ! त्यो हल्लाको आगोमा घिउ थप्ने काम त सामाजिक सञ्जालका हुँडारहरूले गरिहाल्छन् । यहाँ हुँडार भनेर सामाजिक सञ्जालका छद्मभेषी प्रयोगकर्तालाई भन्न खोजिएको हो । ती हुँडारको लहैलहैमा लागेर त्यस्ता कुरामा विश्वास गर्दै अझ अनावश्यक हल्ला थप्दै हिँड्नेलाई दिइने 'विशेषण' निर्माण हुन बाँकी नै छ ।
लामो समयदेखि चल्दै आएको हुँडार र सामाजिक सञ्जाल अनि व्यक्तिको चरित्र हत्याको शृंखलाको वर्तमान कडीमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता तिनीहरूले तब पाए जब सुशील कोइरालाजस्ता मानिसलाई एकै दिनमा राजनेताबाट भारतपरस्त बनाइदिए । एउटा अराजक तप्काले उनलाई एकाएक नेपालमा प्रधान मन्त्रीका लागि भारतको इसाराका उम्मेदवार बनाए र आजसम्म उनले गरेका सबै कार्यलाई पानीमा मिलाउने प्रयास गरे । यति ठूलो 'गेमप्लान' बुझेर पनि कतिपय सच्चा देशभक्त नेपाली समयले यो गलत पाइलालाई कुल्चन्छ भनेर चुपचाप बस्न बाध्य भए । किनकि, बोल्यो कि ऊ आफू पनि भारतपरस्त भइहाल्थ्यो हुँडारका नजरमा र उनीहरूकै लहैलहैमा अगाडि बढिरहेको समाजमा !
यो प्रकरणमा जसले सम्पूर्ण जीवन भारतपरस्त भएर बिताए तिनलाई एकाएक घोर राष्ट्रवादी बनाइए अनि जीवनभर आस्थाको राजनीति गरेका सुशील हुन पुगे– भारतपरस्त । यो कुराको प्रमाणस्वरूप नेपालमा सञ्चालित एक बैंक, जसमा भारतीय बैंकको पनि सेयर लगानी छ, त्यहाँ सासद् खरिद–बिक्रीका लागि थुप्रै पैसा आएको हल्ला फिँजाइयो । पैसा आएको सामान्य हल्लामात्र नभई त्यसको रकम, खाता नम्बर र खातावालको नामसमेत उल्लेख गरियो । यो हल्ला कम्युनिज्मको किताबको भाषा बुझ्नेका लागि 'प्रोपोगान्डा' थियो भने नबुझ्नेका निम्ति यथार्थ । हाम्रो आधुनिक समाजमा कम्युनिस्ट प्रोपोगान्डालाई यथार्थ भनेर बुझ्नेको कमी छैन । यो कम्मुनिज्म प्रोपोगान्डाको खतरनाक खेल थियो । एकदिनमै त्यो हल्लाले डढेलोको रूप लियो र सुशीलका विरोधीहरू उनको चरित्र हत्या गर्न सफल भए । रमाइलो कुरा त के हो भने, त्यो बैंकले पनि अघिल्लो दिनदेखि सल्केको त्यो डढेलो उसै दिन निभाउन चाहेन, किनकि त्यो पनि कसैको इसारामा प्रधान मन्त्रीको चुनाव कुरेर बसेको थियो । जब प्रधान मन्त्रीको चुनावमा कोइराला हारे अनि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधान मन्त्री भए, बैंकले विज्ञप्ति निकाल्यो– हल्लामा उल्लेख गरिएको नामको कुनै पनि खाता बैंकमा छैन र पैसा आएको पनि हैन भनेर । अब हामी नै सोचौँ, को भारतपरस्त ? हामी को–कहाँबाट सञ्चालित छौँ ?
अहिलेको सरकार र यसका सहयात्री दलहरूले भोलि पनि नैतिकताको कुरा गर्ने अधिकार जोगाउने हो भने सबैभन्दा ठूलो पार्टी अनि तत्कालीन प्रधान मन्त्रीमाथि लागेको यस्तो गम्भीर आरोपको छानबिन गर्ने आँट देखाउनुपर्छ । आजको सञ्चारको जमानामा यो हल्ला को र कहाँबाट सुरु भयो भन्ने कुरा पत्ता लगाउन धेरै समय पनि लाग्दैन । किनकि, यो हल्ला सामाजिक सञ्जालमा हुँडारबाट सुरु भएको र त्यसलाई मलजल गर्ने काम एमालेका नेताहरूले गरेका हुन् ।
संविधान बन्ने बेलामा भारतले गरेको हस्तक्षेपबारे त अब चर्चा गरिरहन परेन । त्यो क्रममा उसले सबैलाई विभिन्नखाले कुरा गरेकै हो । तर पनि सबैभन्दा बढी हस्तक्षेप त प्रधान मन्त्री भएकै कारणले सुशीललाई नै गरेका हुन् भनेर जोसुकैले अनुमान लगाउन सक्छ । संशोधनबिना संविधान आएमा नाकाबन्दी लगाइने कुरा भारतीय दूतले सुशीललाई बताएकै थिए । तर पनि उनले संविधानको सर्तमा यी सबै कुरालाई सामान्य बनाए, संविधान बनाउने आफ्नो लक्ष्यमा दृढ रहे । साँच्चै सुशील भारतपरस्त भएकै भए के हुन्थ्यो होला ?
अघिल्लो दिनसम्म भारत र त्यहाँका प्रधान मन्त्रीलाई गाली गरेर नथाक्ने हाम्रो राष्ट्रियता, नयाँ प्रधान मन्त्रीलाई बधाई दिने उद्देश्यमा उताबाट आएको एक कल फोनले उल्ट्याइहाल्यो ! अघिल्लो दिनसम्म सबै नाकामा कडा व्यवहार गरिराखेको भारतले नयाँ प्रधान मन्त्री चयन हुनेबित्तिकै रक्सौलबाहेकका नाका खुकुलो गरिदियो । तर पनि हामी भन्दैछौँ सुशील भारतपरस्त ! 'सुशील भारतपरस्त थिए त्यसैले नेपालमा नाकाबन्दी भयो, उनी पदबाट हटे अब नेपालमा खाँटी राष्ट्रवादीहरूको सरकार बन्यो अनि नाकाबन्दी हट्यो !' नेपाली राजनीतिमा अब घोटाइने पाठ यही हो । झन्डै दुई साताको नाकाबन्दीको क्रममा पटकपटक प्रयास गर्दा पनि भारतका प्रधान मन्त्रीसँग सुशीलको सम्पर्क हुनसकेन, तर उनी भारतपरस्त बनिरहे अनि नयाँ प्रधान मन्त्री बन्नेबित्तिकै कुरा गर्ने अनि नाकाबन्दी खुकुलो हुनेचाहिँ घोर राष्ट्रवादी हुन थाले !
सुशील प्रधान मन्त्री हुञ्जेल आन्दोलन खुबै चर्कियो । आन्दोलनकारीले हाकाहाकी भारतको सहयोग छ भने । भारतकै भूमिबाट नेपालतर्फ आक्रमण पनि भयो अनि कोइराला हटेको भोलिपल्टै आन्दोलनको स्वरूप बदलिनु संयोगमात्रै हो भने पक्कै सुशील भारतपरस्त हुन् । तर, उक्त कुरा संयोगमात्र हैन भने को भारतपरस्त सबैले बुझे हुन्छ । प्रजातान्त्रिक संस्कारअनुसार चुनावमा भाग लिनु र हार्नु अनि आफ्नो हारमा कसैलाई दोषी नबनाउनु सुशीलको ठूलो गुण हो । उनैलाई भारतका तर्फबाट उठाइएका उम्मेदवार भनी दोष लगाउन अग्रपंक्तिमा रहेका हामीले लोकतन्त्र र राष्ट्रवादको बदलिएको परिभाषा सुन्न अब धेरै दिन कुर्नु नपर्नेमा म विश्वस्त छु । यहाँ राष्ट्रवाद र सहमतिको अर्थ सरकार फेरिएपिच्छे फेरिन्छ र हामी आमजनताले त्यही नयाँ अर्थलाई यथार्थ मानेर स्वीकार गर्नुपर्छ ! किनकि, हामी एक्काइसौँ शताब्दीको साम्यवादी समाजमा छौँ ! एकथरि मानिस सुशीलको उम्मेदवारीको विरोध त कांग्रेसभित्रैबाट पनि भएको हो, किन अरुलाई दोष लगाउनु भन्छन् । तर, उनको उम्मेदवारीको विरोध गर्ने हातको औँलामा गन्न सकिने कांग्रेसीको विगत हे¥यो भने उनीहरू कताबाट सञ्चालित छन् भन्ने स्पष्ट हुन्छ । अनौपचारिक वा साथीभाइबीच गरिएका यस्ता कुरालाई अतिरञ्जित गर्ने कार्य तिनै हुँडारद्वारा गरिएको हो भन्ने पनि सबैलाई थाहा छ ।
काम गर्दै जाँदा केही गल्ती सुशीलले पनि गरे होलान् । समयमा जनताका आकांक्षा पनि पूरा भएनन् होलान् । उनको कार्यकालमा ठूला आयोजना विकास हुन सकेन होला । तर, देशको प्रमुख आवश्यकता र उनलाई सुम्पेको मुख्य अभिभारा संविधान बनाउने कार्य निर्भिकतापूर्वक तथा इमानदारीका साथ पूरा भएको छ । नेपालका जीवित नेताहरूमा कसैलाई राष्ट्रवादी मान्न सकिन्छ भने ती एकमात्र नेता सुशील नै हुन् । उनलाई जसजसले भारतपरस्त भनी आरोप लगाए तिनले यसको प्रायश्चित कुनै दिन गर्नै पर्नेछ ।