दिशाबोध र गति
२८ असोज २०७२
•
१३ मिनेट पाठ
दिशाबोध र गति
यो वर्षको आरम्भदेखि नै देशले अनेकौँ चुनौती बेहोरिरहेको छ। अनेकौँ घटना भइरहेका छन् र देशको यथार्थका अनेक अदृश्य पक्ष एक एक गरी प्रकाशमा आइरहेका छन्। यी घटनाक्रमसँगै देशले केही नौलोपन पनि अनुभूत गरिरहेको छ।

प्राकृतिक प्रकोपबाट हामी कति असुरक्षित रहेछौँ भन्ने त प्रत्यक्ष भोगाइमै अनुभूत भयो। अनि कति छिटै दुःख बिर्सेर हाँस्न सक्ता रहेछौँ भन्ने पनि थाहा भयो। हामी छिमेकीमाथि कति आश्रित रहेछौँ र उनीहरूका आँखामा कति निरीह रहेछौँ भन्ने छर्लंग देखियो। तर देशप्रेम र स्वाभिमानको बीउ बच्चाबच्चा र किशोरकिशोरीमा समेत कसरी टुसाउँदोरहेछ भन्ने पनि थाहा भयो। जनताभित्र पाकिरहेका असन्तुष्टिलाई कसरी हिंसात्मक विष्फोटका निम्ति भड्काउन सकिने रहेछ भन्ने पनि देखियो। जनतामा रहेको करुणा र प्रेमका सरोवर पनि देखियो। एकार्कामाथिको दोषारोपणको खेलले, आआफ्ना पूर्वाग्रह र 'अहम्'ले चर्चित बुद्धिजीवीलाई पनि कति अपरिपक्व, पूर्वाग्रही र संकुचित बनाउन सक्तोरहेछ र द्वेषको विषले कतिसम्म खतरनाक मात लगाउँदोरहेछ भन्ने पनि देखियो। तर यो सँगसँगै कतिले भने बेहोसीबाट होसमा आउने प्रयत्न गरिरहेको पनि देखिँदैछ।

तत्काललाई अनेक हुरीहुन्डरी पार गरेर देशले एकछिन सास फेर्न पाउँछ कि भन्ने आशा पलाएको छ यति बेला। तथापि, हिंसाका बीउ यत्रतत्र छरिएका छन्। हिंसाका यी बीउहरू टुसाउँदै विषालु झारका घना झ्याङका रूपमा कुनै पनि बेला मौलाउन सक्छन्। छरछिमेकमा, समु›पारका शक्तिकेन्›मा, र देशैभित्र लुकेका सैतानका अवतारहरूले कसरी हिंसाका बीउलाई मलजल गरिरहेका हुँदारहेछन् भन्ने बितेका केही महिनामा राम्रैसँग देखिइसकेको छ। तर परम्परागत राजनीतिका खेलाडीमा भने केही नयाँपन देखिन थालेको छ। आफूबीचको भिन्नताभित्र पनि समानताका विन्दु पहिल्याउन लागेजस्ता देखिन्छन् ती। तत्क्षणको सत्तालिप्साबाट निर्देशित भएर हो वा विवेक नै पलाएर हो, त्यो बु‰न भने केही समय पर्खनै पर्छ।

एनेकपा (माओवादी) पार्टीभित्र निरन्तर द्वन्द्वरत दुई हस्ती मिल्न सकेनन्। उनीहरुले आफू बीचको दूरी कम गर्न सकेनन्। वर्षौंदेखि जम्मा हुँदै गएको आपसी द्वेषभाव त्यति सजिलै नमेटिनु अचम्मको कुरो हैन। तर ती दुवै नेता जसरी यस विषयलाई सहजताका साथ स्वीकारिरहेकाछन् र आआफ्ना किसिमले आआफ्ना रुचिका अन्य पार्टी⁄समूहसँग समानताका विन्दु र सहकार्यका सम्भावना खोज्न लागेका छन्, त्यसलाई सकारात्मकरूपमै लिनुपर्छ।

नेकपा (एमाले) र एमाओवादीका बीचमा त अनौपचारिकै सही, ख्यालठट्टामै सही, पार्टी एकतासम्मकै कुरो सुनिन थालेको छ। यस्ता फुट र जुटले कस्तो किसिमको नयाँ समीकरण र ध्रुवीकरण जन्माउने हो, त्यो आफ्नो ठाउँमा छ। तर देखापर्न थालेको यो नयाँपन भित्र प्रशस्त सकारात्मक पक्ष पनि छन्।

हरेक नेताका बारेमा ठट्टा गर्ने, उनीहरूलाई उडाउने र आक्रामक भएर सामाजिक संजालमा गाली गर्ने क्रम चलिरहन्छ। अभिव्यक्ति स्वतन्त्रता भएको जुनसुकै मुलुकमा पनि यो भइरहने नै कुरा हो। कस्तो भाषाको प्रयोग भइरहेको छ, पूर्वाग्रह र दुराग्रहको मात्रा कति छ भन्ने समाजको सांस्कृतिक परिपक्वताले र सभ्यताको मापले निर्धारण गर्ने विषय हो। यो सबको बीचमा पनि देखिन थालेको फरक परिदृश्यलाई बेवास्ता गर्नु हुँदैन। परम्परागत राजनीतिको साँघुरो गल्लीबाट केही नेता निस्कने प्रयत्नमा लागेका हुन् कि भन्ने भान हुन थालेको छ। हो रहेछ भने, त्यसलाई स्वागत गर्नुपर्छ।

बाबुराम भट्टराईलाई मधेस आन्दोलन र भारतीय नाकाबन्दीसँग जोडेर खिल्ली उडाउने काम प्रशस्त भयो। किन त्यस्तो भयो, त्यो बुझ्न सकिन्छ। तर उनले अभिव्यक्त गरेका कतिपय कुरालाई पूर्वाग्रहरहित भएर हेर्ने हो भने ती तुकै नभएका कुराजस्ता भने लाग्दैनन्। दशकौँसम्म कम्युनिस्ट 'जार्गन'मा बोल्न अभ्यस्त मानिसले अहिले कम्युनिस्ट इतर समूहहरुसँग पनि सहकार्यको सम्भावना खोज्नु र 'नयाँ शक्ति'को आवश्यकता देख्न थाल्नुलाई सकारात्मकरूपमै लिनुपर्छ।

यही बेला, सुशील कोइरालाको उम्मेदवारीको सन्दर्भमा बहुसंख्यक इमानदार कांग्रेसी नेता कार्यकर्ताहरूले नेताप्रति स्नेह कायमै राख्दै पार्टी नेतृत्वको गल्तीका बारेमा नीर्भिक भएर बोल्नुले पनि नेपाली राजनीतिमा बिस्तारै पारदर्शिता, इमानदारी र विवेकको बीजारोपण हुन थालेको हो कि भन्ने आशा जगाएको छ।

सकारात्मक सोचका साथ हेर्दा देख्न सकिने केही असल कुरा हुन् यी।

केही पुराना कम्युनिस्ट यतिबेला एमाले–एमाओवादीबीचको मित्रतालाई सम्भावित एकीकरणसम्म तन्काएर रमाइरहेका छन्। केही नयाँ पुस्ताकै कार्यकर्ताले पनि सकारात्मकतापूर्वक यसलाई हेरेका होलान्। तर एकार्काप्रति चरम असहिष्णुताका साथ हिजोसम्म पेस भइरहेका कार्यकर्ताबीच साँच्चैको एकताको सम्भावना कति रहला? हिजोसम्म एकापसमा मिल्नै नसक्ने फरक पदार्थले बनेको ठान्नेहरूलाई अहिले केले एकै ठाउँमा बाँध्ला? निश्चय नै विविधताका बीच समानताको खोजीले मानिसलाई अघि बढाउँछ। पार्टीहरूले यो गर्न नसक्ने हैनन्। तर यसको निम्ति कम्तीमा पनि दुई थरी यत्नको आवश्यकता हुन्छ। एक, दिशाको सुस्पष्टता प्राप्त गर्ने र दुई, पार्टीभित्र कार्यकर्तामा अनुशीलनको बानी पार्ने।

यतिबेला नेपालका सबै पार्टीभित्र यी दुईकुराको अभाव खटि्कन्छ। 'लाइन'का बारेमा धेरै कुरा गर्ने र गोप्यतालाई अत्यधिक महत्व दिने परम्परालाई छोड्दै एकाएक खुल्लापनमा निस्कँदाको असहजता र असन्तुलनले होला, कम्युनिस्टपार्टीभित्र त यो अभाव अझ बढी देखिन्छ।

झन्डै दुईसय वर्ष हुनलाग्यो आधुनिक साम्यवादी चिन्तनको थालनी भएको। वस्तुहरूको उत्पादनसँग जोडिएका साधन, प्रणाली र मानव सम्बन्धले केन्द्रीय स्थान ओगटेको छ व्यावहारिक मार्क्सवादमा। न्युटनको भौतिकशास्त्र, भर्खरै देखापरेको वाष्प ऊर्जा र धेरै हदसम्म प्रत्यक्ष मानव श्रममा आश्रित त्यसबेलाका उत्पादनका साधनका तुलनामा अहिलेका उत्पादनका साधन र त्यसबेलाको उत्पादन प्रणालीको तुलनामा अहिलेको उत्पादन प्रणालीमा अकल्पनीय फेरबदल भइसकेको छ। तिनमा आधारित उत्पादनको सम्बन्ध उस्तै छन् कि छैनन्? मार्क्सवादको कख पढिरहेको कुनै विद्यार्थीले यो प्रश्न गर्योद भने अहिलेका कम्युनिस्ट नेताहरूसँग यसको उत्तर छैन।

मार्क्सले भविष्यवाणी गरेभन्दा फरक किसिमले बजार अर्थतन्त्रको तागत निरन्तर बढिरहेको छ र अधिकांश कम्युनिस्ट नेता स्वयं यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष निर्देशित भइरहेका छन्। हुँदाहुँदा शिक्षा र स्वास्थ्य सेवालाई समेत विनिमयको वस्तु बनिरहन दिनुपर्छ भन्नेमा कम्युनिस्ट पार्टीका नेता अग्रपंक्तिमा देखिन थालेका छन्। यस्तो बेलामा समयसापेक्ष भएर मार्स्कवादको पुनर्व्याख्या नगर्ने हो भने कम्युनिस्ट पार्टीले आफ्नो दिशानिर्धारण तथा मिसनबारे सुस्पष्टता हासिल गर्न सत्तै्कनन्। आफ्नै दिशा स्पष्ट नभएको एउटा पार्टीले त्यस्तै अर्को पार्टीसँग लगन गाँठो जोडे पनि पारपाचुके हुन धेरै समय लाग्नेछैन। यो कुरा अन्य पार्टीमा पनि उत्तिकै लागु हुन्छ।

दिशाको सुस्पष्टतासँगै चाहिने कुरा हो गतिशीलता। बदलिइरहेको यथार्थलाई बेवास्ता गरेर, कसैले नबुझ्ने पुरातन जार्गनको उच्चारण गर्दै समकालीन विश्वको यथार्थ र चुनौतीलाई वास्ता नगरी कान थुनेर आफ्नै ढिपीमा मात्र हिंड्न खोज्दा कालान्तरमा उत्तर कोरियाको जस्तो अन्धकार राजतन्त्र त बन्न सक्ला तर जनताको अग्रगामी लोकतन्त्र र साँच्चैको समाजवाद भने निर्माण हुन सत्तै्कन। दिशाको सुनिश्चितता र गतिशीलताले हो नीतिहरूको निर्धारण गर्ने। र ती नीतिहरू सम्यक् हुन सत्तै्कनन् भने दिशा नै गलत रहेछ भन्ने बुझ्नुपर्ने हुन्छ।

एमालेका युवासँग प्रचण्डले रमाइलाका निम्तिमात्रै एकताको कुरा गरेको हो भने त केही छैन। हैन, त्यसमा अलिकति मात्र पनि गम्भीरता छ भने दुवै पार्टीका हर्ताकर्ताले यी विषयमा गम्भीर नभइ हुन्न।

संविधान संशोधनलगायतका अनेक चुनौतीका बीचमा सत्ता राजनीति गरिरहेका सबै पार्टीका सामु एकापसमा समान हितको खोजी गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी आएको छ। घनिष्ट सहकार्यको त्यो क्षेत्र भनेको समृद्धि, सामाजिक न्याय र लोकतन्त्रका निम्तिको अथक यत्नमा उभिएको देशप्रेम बाहेक अरू के हुन सक्छ!
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस