जनताले चुनेको संविधान सभाबाट बनेको नेपालको संविधान २०७२ को कार्यान्वयन प्रारम्भ भयो। नयाँ संविधानको प्रयोग गर्दै नयाँ प्रधान मन्त्रीको निर्वाचनसमेत सम्पन्न भएको छ। २०७२ साल असोज ३ गते संविधान घोषणा हुँदा मधेस केन्द्रित दलहरू नयाँ संविधान अपूर्ण रहेको भन्दै आन्दोलनमा थिए।मधेसमा भएका आन्दोलनलाई आधार मानी भारतले अघोषितरूपमा नाकाबन्दी लगायो। तर, नयाँ संविधानबमोजिम असोज २४ गते भएको प्रधान मन्त्रीको निर्वाचनमा असन्तुष्ट पक्ष पनि सहभागी हुनाले नयाँ संविधानको कार्यान्वयनको पहिलो महत्वपूर्ण खुट्किलो सफलतापूर्वक सम्पन्न भयो। प्रधान मन्त्री सुशील कोइरालाको पक्षमा असन्तुष्ट पक्षको मतदानले उनले पूर्णरूपमा सफल हुने अवसर प्राप्त गरे।
सत्ताबाट बाहिरिँदै गर्दा संविधान घोषणामा असन्तुष्ट रहेका दलहरूसँगको सामीप्यले सुशीललाई अन्यन्त प्रफुल्लित तुल्याएको हुनसक्छ। त्यसका साथै, मधेसबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, एमाले र एमाओवादीका सांसदहरूसमेत उनैको साथ रहनुले अत्यन्त खुसी भएको प्रतिक्रिया आयो। विशेषगरी मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेससका नेताहरूले मधेसका मुद्दाप्रति सद्भावपूर्ण व्यवहार देखाएकोेमा सुशीलप्रति अति प्रसन्न देखिए।
मधेस आन्दोलनमा रहेका दलहरूले सभापति सुशील प्रधान मन्त्रीको उम्मेदवार भएमा मतदानमा सहभागी हुने र उनलाई सहयोग गर्ने संकेत पाएपछि राष्ट्रपति र प्रधान मन्त्री दुवै पदमा नउठ्ने प्रतिबद्धता जनाएका उनले पराजित हुने सम्भावना रहँदारहँदै पनि कांग्रेस संसदीय दलको नेताको हैसियतले उम्मेदवारी दिए। पूर्वतयारी नभएका कारण उनी विजयी बन्न सकेनन्। तर पनि आफ्नै नेतृत्वमा निर्माण भएको संविधानको प्रयोग गर्दै सहयात्री दलको नेतालाई प्रधान मन्त्री बनाए। लोकतान्त्रिक पद्धतिको सर्वोत्तम पक्ष यही हो। संसारमा यस्ता घटना विरलै होलान्। संसारको इतिहासमा संविधान सभाको करिब शतप्रतिशत दलको समर्थन र सहभागिता गराइ नयाँ संविधानको कार्यान्वयन प्रारम्भ गरी बहिर्गमन हुने प्रधान मन्त्री भेट्न मुश्किल नै छ।
धेरै साथीले भनेका छन्– ...नेपालको नयाँ संविधान बनाउन सफल सुशीलले भद्रसहमतिविपरित निर्वाचन लड्न हुँदैनथ्यो।' तर, नयाँ संविधानका विषयलाई लिएर मधेस दुई महिनादेखि अशान्त रहेको छ। त्यसलाई शान्त गराउनु सुशीलको प्रमुख कर्तव्य बाँकी नै थियोे। सो कर्तव्य पूरा गर्ने जुन अवसर पाए जोसुकैले अप्रिय ठाने पनि उनले आफ्नो कर्तव्य पूरा गर्ने सुवर्ण अवसरको रूपमा प्रधान मन्त्रीको चुनावलाई उपयोग गरे। यही कारण नै मधेसमा चलिरहेको आन्दोलन नैतिकरूपमा समाप्त हुन पुग्यो। मुलुकमा जारी अघोषित नाकाबन्दी पनि केही खुकुलो भयो। अर्कोतिर संसद्मा रहेका दुई ठूला पार्टी मिलेर सरकार बनाउँदा जुन अलोकतान्त्रिक पद्धतिको सुरुवात हुन्थ्यो त्यसबाट पनि जोगिए।
नेपालका वामपन्थी दलहरू बढी अवसरवादी भएका कारण उनीहरूको भनाइमा विश्वास गर्न सकिँदैन। जसको उदाहरण पहिलो संविधान सभामा ठूलो पार्टी बनेको एमाओवादीले २०६२/०६३ को जनआन्दोलनका सर्वोच्च कमान्डर गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउनका लागि गरेको घोषणा कुन शक्तिको आडमा परिवर्तन गर्योक, सबैले बुझेकै छन्। त्यस्तै केपी ओलीले महाकाली सन्धि पास गराएको कुरा धेरै नेपालीको मानसपटलमा ताजै छ। महाकाली सन्धिविरुद्ध रहेका वामदेव गौतम आफू उप प्रधान तथा गृहम न्त्री भएपछि सोही सन्धिको डीपीआरमा सम्झौता गर्न पुगे। एमाओवादीका डा. बाबुराम भट्टराई प्रधान मन्त्री भएपछि भारतसँग मात्रै बिप्पा सम्झौता गरे, अरु छिमेकी राष्ट्रसँग किन गरेनन्? वैचारिक धरातल कमजोर भएका कारण सत्ता प्राप्तिका लागि कम्युनिस्टहरू जे गर्न पनि तयार छन् भन्ने कुरा विगतका घटनाक्रमहरूले पुष्टि गरिसकेका छन्। पहिलो संविधान सभाको अन्तिम समयमा प्रधान मन्त्रीका लागि प्रस्ताव गरिएका सुशीलले कसैका सामु घुँडा टेकेर प्रधान मन्त्री बन्दिनँ भने। दोस्रो सविधान सभाको चुनावबाट सबैभन्दा ठूलो पार्टी भएपछि प्रधान मन्त्री बनेका उनले भारत भ्रमणका लागि औपचारिक निम्तोसम्म पाएनन्। तिनै सुशीललाई भारतीय इशारामा उम्मेदवारी दिएको भनी प्रचार भयो!
पहिलो संविधान सभापछि ४ जना कम्युनिस्ट नेता पालैपालो प्रधान मन्त्री भए। एमाओवादीले संविधान बनाउनभन्दा प्रधान सेनापति हटाएर सत्ता कब्जा गर्ने उद्देश्य लियो। एमालेले सत्ता र सम्पत्ति आर्जनका लागि मात्र संविधान सभालाई उपयोग गर्योए। यसरी नयाँ संविधान बनाउने संविधान सभाको मूल उद्देश्यबाट विचलित भएर ६–६ वर्षसम्म सरकारमा टाँसिएका वामपन्थीहरू संविधान निर्माण गर्न पूर्णतः असफल भए।
लोकतान्त्रिक पद्धति भएका देशमा पहिलो र दोस्रो पार्टी मिलेर विरलै सरकार बन्छ। लोकतन्त्रको सुदृढीकरणका लागि पनि बलियो प्रतिपक्ष चाहिन्छ। लोकतान्त्रिक मूल्य पद्धतिभन्दा सत्ता प्रमुख ठानेका केही कांग्रेसी नेताको मनोभाव बुझेका सुशील अरुले पत्तै नपाइ प्रमुख प्रतिपक्षमा कांग्रेसलाई राख्दै भद्रसहमति भएको भनेर प्रचार गरिएजस्तै कांग्रेसले ढिलो उम्मेदवारी तय गरेर ओलीलाई प्रधान मन्त्री बन्ने बाटो पनि खुलाउने काम गरे।
गत बैशाख १२ को विनाशकारी भूकम्पबाट आहत बनेका जनताको समुचित व्यवस्थापन गर्न नेपालमै अपेक्षा गरिएभन्दा बढी सहयोग जुटाउन सफल भएको दाता सम्मेलन, संविधान निर्माणमा असन्तुष्ट पक्षलाई आफ्नै पक्षमा मतदान गराउने वातावरण, पार्टीभित्र शेरबहादुर र रामचन्द्रलाई प्रस्तावक र समर्थक बनाउनुका साथै कसैले नपत्याएको संयोजनकारी भूमिका खेल्न सुशील चमत्कारिक ढंगले सफल भए। सत्ताबाट छाड्दै गर्दा मुलुकमा विद्यमान संवैधानिक संकट समाधान गरेरमात्र उनी बाहिरिएका छन्।