माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईबीच प्रधानमन्त्री पदका लागि हानथाप रहेको सार्वजनिक भएको छ। यसपटक माओवादी विवादको खुलासा भने भिन्नरूपमा भयो। दाहालले भट्टराईलाई प्रधानमन्त्री बनाउन भारतले पटकपटक दबाब दिइरहेको भनेपछि ती दुई नेताबीचको उधारो सत्ता विवाद सार्वजनिक भएको हो।
भट्टराईले अध्यक्षप्रति संकेत गर्दै आफ्नो चरित्र हत्या गर्न रुढिवादी प्रवृत्ति भएकाले त्यस्तो प्रचार गरेको दाबी गरेका छन्। हुन त दाहालले सञ्चार माध्यममाथि आफ्नो अभिव्यक्तिलाई बंग्याएको आरोप लगाएर घामलाई हत्केलाले छेक्ने प्रयास पनि गरे तर पार्टीको भातृ संगठन नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय पदाधिकारीलाई गरेको सम्बोधनको टेप रेकर्ड विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भइसकेको छ।
नागरिकन्युजडटकममा दाहालको त्यो भनाइको रेकर्ड सुन्न सकिन्छ। वास्तविकता बाहिर आएका कारण आफूलाई अप्ठ्यारो परेपछि नेपाली नेता आफ्नो अभिव्यक्ति बंग्याइएको दाबी गर्ने गर्छन्, त्यसमा नेता दाहालमात्र अपवाद हुने कुरै भएन। अझ दाहालमा त अघिल्लो दिन दसौं हजार जनतासामु दिएको अभिव्यक्ति भोलिपल्ट बंग्याइयो भन्नमात्र होइन आफूले बोलेको कुरा लुकाउन व्यंग्यमात्र गरेको हो भन्नसमेत पछि नपर्ने विशेषता छ।
दाहालले यति बेला आएर भट्टराईमाथि किन यस्तो गम्भीर आरोप लगाएका हुन्, त्यसको राजनीतिक सन्दर्भ र अर्थ बुझिनसक्नु छ। उनको अभिव्यक्ति कति सत्य हो, त्यो त भविष्यमा पुष्टि हुँदै जाला। आफ्नै अध्यक्षको भनाइका कारण भट्टराईमाथि 'भारत परस्त' नेता भएको दाग लागेको छ। यसबाट भारतीय नेताका दृष्टिमा भट्टराई दाहालभन्दा बढी रुचिकर नेता मानिन्छन् भन्ने प्रस्ट हुन्छ। आफैंले 'विदेशी एजेन्ट' को संज्ञा दिएको नेतालाई माओवादीले किन दोस्रो सम्मानित पदमा राखिरहेको छ भन्नेसमेत प्रश्न उठेको छ। दाहालको खुलासाले भट्टराईको पार्टीभित्रमात्र होइन आम जनतामाझसमेत उचाइ घटेको छ। यससँगै स्वाभिमानी राजनीतिक कार्यकर्ता हुन् या जनता सबैले उनलाई शंकाको दृष्टिबाट हेर्नेछन्, जसले गर्दा भट्टराईको राजनीतिक छविमा समेत गम्भीर आघात पुग्नेछ। माओवादी कार्यकर्ता पंक्तिभित्र भट्टराईको भन्दा दाहाल र अर्का उपाध्यक्ष मोहन वैद्यको पकड बढी होला, तर हिजो द्वन्द्वकालमा होस् या आज राजनीतिक मूलधारमा हुँदा होस् जनताबीच भट्टराई दाहालभन्दा कम लोकप्रिय छैनन्, वैद्यको तुलनामा त उनी धेरै लोकप्रिय छन्। सात महिना सत्तामा हुँदा अर्थमन्त्रीका रूपमा भट्टराईले राम्रो छवि बनाएका थिए। त्यसले समग्रमा माओवादीलाई नै फाइदा पुर्याएको थियो।
त्यस्तो नेतालाई घुमाउरो भाषामा 'विदेशी एजेन्ट' को आरोप लगाउँदा जनताबीच आफ्नै पार्टीको लोकप्रियता र वर्चस्व घटाउँछ भन्ने यथार्थ दाहालले बुझेकै थिए होलान्। दाहाल पार्टीलाई पर्न सक्ने राजनीतिक घाटाको पर्वाह नगरी भट्टराईमाथि किन हिलो छ्याप्न पुगेका होलान् भन्ने प्रश्न उठेको छ। राजनीतिक वृत्तमा दाहालले प्रधानमन्त्री हुन भट्टराईलाई बाधक ठानेर पार्टीभित्र यति ठूलो खतरा मोलेका हुन सक्छन् भन्ने अड्कलबाजी गरिंँदैछ, त्यसमा धेरै सत्यता पनि छ।
माओवादीको यो पछिल्लो दोषरोपण प्रकरणले भट्टराईको मात्र होइन दाहालको राष्ट्रवादी चरित्रमा समेत प्रश्न उठेको छ। प्रधानमन्त्रीबाट राजिनामा दिंदा भारतप्रति संकेत गर्दै दाहालले विदेशी प्रभुका कारण आफूले सत्ता छाडेको दाबी गरेका थिए। राजधानीको नयाँ बानेश्वरमा आयोजित सभामा बोल्दै दाहालले आफैंँले विदेशी प्रभुको संज्ञा दिएको भारतसित वार्ता गर्ने घोषणा गरेका थिए। त्यसको एक महिना नपुग्दै दाहालले भट्टराईलाई प्रधानमन्त्री बनाउन भारतको दबाब छ भन्ने अभिव्यक्ति दिनुले उनको भित्री नियत प्रस्ट भएको छ। उनी चाहन्छन्- भारतीय नेताहरूले भट्टराईलाई होइन आफूलाई प्रधानमन्त्री बनाउन चाहून् र नेपालका अरू पार्टीलाई समेत उनैलाई समर्थन गर्न दबाब दिऊन्। 'साउथ ब्लक' ले त्यही नगरिदिएका कारण उनले विदेशी प्रभुको विरोध गरेको र भट्टराईलाई भारत परस्तको संज्ञा दिएका हुन् कि भन्ने प्रश्न उठेको छ। भट्टराईलाई प्रधानमन्त्री बनाउन दबाब छ भन्ने अभिव्यक्ति दिएकै भोलिपल्ट दाहालले पार्टी बैठकबाट आफैंलाई प्रधानमन्त्रीको उम्मेदवार भनी निर्णय गराउनुले समेत त्यसको पुष्टि हुन्छ। माओवादीले आफूलाई मुलकको सबभन्दा राष्ट्रवादी पार्टीमात्र दाबी गरेको छैन, विदेशी प्रभुको हस्तक्षेप रोक्न नेपाली भूमि अतिक्रमित भएका कालापानीदेखि सुस्तासम्म पुग्ने आन्दोलनको कार्यक्रमसमेत घोषणा गरेको छ। माओवादीले दाहाललाई कालापानीमा पठाउने निर्णय गरेको थियो। 'विदेशी प्रभु' शब्दको न्वारन गर्ने नेता राष्ट्रवादी भएको प्रमाण उनी कालापानी जाने निर्णय हतारमा उल्टिनु पनि हो। उनले विदेशी प्रभुमध्येको एउटा भारतसित वार्ता गर्ने सार्वजनिक खुलासा गरिसकेका छन्। त्यो खुलासापछि भारतीय राजदूत राकेश सुदसित उनको भेटघाटसमेत भइसकेको छ। भारतसित कहिले वार्ता हुन्छ, त्यो तय हुन बाँकी छ। तर, दाहालको पछिल्लो अभिव्यक्ति, हाउभाउ र हतारोबाट प्रस्ट हुन्छ, उनको राष्ट्रवाद भनेकै सत्ता हो। त्यो पनि आफ्नै पार्टीका भट्टराई या वैद्य होइन आफैं प्रधानमन्त्री भएको सत्ता हो।