विश्वेश्वरप्रसाद कोइराला २०३३ साल पुष १६ गते राष्ट्रिय मेलमिलापको निति लिएर नेपाल फर्केको ३३ वर्ष पुगेछ। बीपीलाई स्वदेश फर्काउन आफूले पहल गरेको क्षणको संझना व्यक्तिगत र दलगत स्वार्थ नहेरेर राष्ट्रका पक्षमा लिएको नीति दलीय स्वार्थमा राष्ट्र नै संकटमा परेको वर्तमान अवस्थामा झन् सान्दर्भिक भएको छ। बीपीलाई फर्काउन म काठमाडौंबाट दिल्ली पुगेपछि बनारसमा बसेका बीपी र शैलजा आर्चाय दिल्ली आउनुभयो। त्यति बेला सिक्किममा लेण्डुलाई राजतन्त्रविरुद्ध प्रजातन्त्रको आवरणमा उक्साइए जसरी २००७ सालमा जस्तै संघर्ष गर्न उक्साउनेहरू थिए। त्यस अवस्थामा समस्या स्वदेशमै हल गर्न उपयुक्त हुने मेरो धारणा बीपी र शैलजासंँग मिल्यो। हामीबीच दुई घण्टा लामो राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनितिक अवस्थाको बारेमा कुराकानी भएपछि उहाँ स्वदेशमै समस्या हल गर्न राष्ट्रिय मेलमिलापको नारा लिएर नेपाल फर्कने हुनुभयो।
राजा वीरेन्द्रसँग सल्लाह गरेर बीपीलाई स्वदेशमै ल्याउन एकातर्फ मैले पहल गरिसकेको थिए भने अर्कोतर्फ उहाँलाई फाँसीको सजाय माग्दै दक्षिणपन्थी (मण्डलेहरू) उहाँलाई भारतीय दलाल भन्दै अपमान गर्ने प्रयत्न गर्दै थिए। वास्तविक दलाल तिनीहरू नै थिए। यस्ता कुराको पर्वाहै नगरी उहाँले देशभित्र आएर राजासँग घाँटी जोडिएको चोटिलो प्रहार गर्दै दक्षिणपन्थीहरूको चाहनालाई परास्त गरिदिनु भयो। आज राष्ट्रिय मेलमिलापको ३३ वर्षलाई फर्केर हेर्दा विचारहीन राजनीतिको भड्खालोमा मुलुक परेको अवस्थामा उहाँको संझना महत्वपूर्ण छ। त्यति बेला जसले बीपीको अपमान गरे तिनै दक्षिणपन्थी (विदेशी एजेण्ट) ले राजा विरेन्द्रलाई समाप्त पारे र राजा ज्ञानेन्द्रलाई समेत घेराबन्दी गरे। अन्ततः राजतन्त्र विस्थापित गराई छाडे। त्यतिमात्र होइन मुलुक आज इरान, अफगानिस्तान, इन्डोनेसिया बन्ने त्रासमा नेपाली जनता रहनु परेको छ। बीपी कोइरालाको वैचारिक जगका उत्तराधिकारी कृष्णप्रसाद भट्टराईबाहेक नदेखिनु र मलाई घेराबन्दी गरेर विस्थापित गर्ने हुन् या राजतन्त्रलाई विस्थापित गरेर शासन गर्ने चाहना राख्ने हुन् तिनै दक्षिणपन्थीको छुद्र स्वार्थ नै अहिलेको संकटको कारक हो। बीपीको संझनामा यति बेला भन्नैपर्छ भौतिक शरीर नरहे पनि उहाँ वैचारिकरूपमा बाँचिरहनु भएको छ। हिजो उहाँको अपमान गर्नेहरू जति सुकै मन्त्री प्रधानमन्त्री बनेपनि बाँच्दाबाँच्दै वैचारिकरूपमा मर्नु परेको छ। शैलजा आचार्य र कृष्णप्रसाद भट्टराईको अपमान र पार्टीबाटै विस्थापित गराउनेहरू कुहिरोको कागजस्तै गन्तव्यहीन बन्नु परेको छ।
विचारविहीन राजनितिको कुनै गन्तव्य हुदैन र अन्ततः अराजकतामा परिणत हुन्छ। हिजो २०४६ को परिवर्तनपछि संसद्को तेस्रो ठूलो दल तत्कालीन संयुक्त जनमोर्चा, नेपाल संसदीय राजनितिबाट बाहिरिने वातावरणको निर्माण र कम्जोरी आज कहाँ पुग्यो? त्यति बेला संसद्मा बेवास्ता गरिएको संजमोको माओवादीका रूपमा उदय र अहिले उसकै एजेण्डामा हिड्नु परेको अवस्थाले आफूलाई प्रजातन्त्रवादी भन्ने शक्तिको वैचारिक जग कहाँ पुगेको छ? जगबिनाको घर निर्माण हुन नसकेजस्तै वैचारिक जग नभएको भिड पनि स्थिर रहन सक्तैन।
निषेध गर्ने राजनितीले कसैको पनि कल्याण हुंदैन। निषेधले अन्ततः प्रतिरोधको जग निर्माण गर्छ। बीपीको विचारमा कहिल्यै पनि निषेधको गन्ध रहेन। बीपी कोइराला सँंगको लामो संगत र भेटघाटमा उहाँलाई बुझ्ने क्रममा मलाई कहिल्यै द्विविधा रहेन। उहाँ पटकपटक राजनीतिक सल्लाह सुझावका लागि म कहाँ आउने र म पनि बीपीकोमा जाने गर्थ्यौँ। उहाँ जेलमा वा निर्वाचनमा रहँदा पनि भेटघाट निरन्तर थियो। नजिकबाट सैद्धान्तिकरूपमा हेर्दा समकालीन विश्वमा बीपी कुशल राजनेता देखिनु हुन्छ। लेण्डुपलाई जस्तै राजा फाल्ने अभियान उहाँलाई पनि उक्साइएको थियो। तर उहाँ त्यसमा कहिल्यै लाग्नु भएन। एउटा सन्दर्भमा उहाँले भन्नु भएको थियो - रायमाझी लेण्डुप मसँग भेट्न आएका थिए। उनले म सिक्किममा प्रजातान्त्रिक आन्दोलनसँगै राजा चोग्याललाई हटाउने आन्दोलन गर्दैछु तपाई के सल्लाह दिनुहुन्छ? भनेर सोधे। बीपीले राजासँग संघर्ष शासकीय स्वरूप र प्रजातन्त्रका विषयमा मात्र हो। अन्यथा राजा फाल्न खोज्दा तिम्रो राष्ट्रनै संकटमा पर्छ भन्नु भएछ। त्यसो भन्दा लेण्डुप रिसाएर तिमी त राजाका मान्छे रहेछौ भनेछन्। यो संदर्भ सम्झँदा अति दक्षिणपन्थीहरू राजावादी आवरणमा विदेशी एजेण्ड रहेछन्, राजाका मान्छे थिएनन् भन्ने स्पष्ट हुन्छ।
एकथरीले बीपीलाई विदेशी दलाल भन्थे भने अर्काथरीले 'लेण्डुप एजेन्डा' अस्वीकार गरेकाले राजाका दलाल भन्थे। तैपनि उहाँले विचारमा सम्झौता गर्नुभएन। उहाँको त्यो विचार आजपनि त्यत्तिकै सार्न्दभिक छ। अहिले जतिसुकै क्रान्ति र संघर्षका कुरा गरे पनि इतिहास र वर्तमानको प्रत्यक्ष अनुभवका आधारमा २००७ साल देखि २०६६ सम्म हेर्दा बीपीको जस्तो नेतृत्व नयाँ पुस्ताले पाउन नसक्नु अहिलेको विसंगतिको कारण हो भन्दा अत्युक्ति नहसने देखिन्छ। बीपी ३३ वर्ष पूर्वराष्ट्रिय मेलमिलापको एजेन्डा लिएर नेपाल फर्केको अवस्था र नेपालको भूराजनीति, छिमेक र विश्वराजनीतिलाई हेर्ने उहाँको दृष्टिकोण दूरदर्शी रहेको प्रष्ट हुन्छ। नेता बन्न सजिलो छ तर राजनेता बन्न दूरदृष्टि चाहिन्छ। बीपीमा राजनेताको गुण थियो। उहाँका सहकर्मीहरूलाई हेर्दा आज भन्नै पर्नेहुन्छ जीवित नेताहरूमा कृष्णप्रसाद भट्टराईबाहेक उहाँको विचार बोक्ने उच्च नेतृत्व बाँकी रहेन। तर विडम्बना, बीपीलाई मेलमिलापको नीति लिएर नेपाल फर्कँदा दक्षिणपन्थी मण्डलेहरूले घेराबन्दी गरेर विदेशीका आडमा अघि बढ्न नदिएजस्तै भट्टराईलाई पनि आफ्नै सहकर्मीले विस्थापित गरे। गणेशमान र कृष्णप्रसाद भट्टराईको विस्थापन र शैलजा आचार्यको अपमान गर्नेहरू २०३६ मा बीपीलाई अपमान गर्ने जस्तै विदेशी एजेन्ट हुन् भन्ने स्पष्ट हुन्छ।
नेपाली राजनीतिमा राजाको नाम लिएर राजाकै बदनाम गर्ने अति दक्षिणपन्थी बीपीका नाममा उहाकै बदनाम गर्ने दक्षिणपन्थी र माओको नाम लिएर माओकै बदनाम गर्ने गोरखपुरपन्थीलाई वि.पि.ले ३३ वर्ष पूर्वनै पहिचान गरिसक्नु भएको थियो। त्यही बदनाम गर्ने नेपाली राजनीतिमा विदेशी एजेन्टहरूको प्रभुत्व हुनु र वैचारिक नेतृत्व देशी र विदेशी षड्यन्त्रको घेराबन्दीमा पर्नु अहिलेको राष्ट्रिय संकटको कारक हो।
बीपी स्वदेश फर्कदा अपमान गर्ने अति दक्षिणपन्थी मण्डले जालोले नेपालक एकीकरणबाट स्थापित राजतन्त्रलाई तहसनहस बनायो। राष्ट्रियताको विचारमा स्थापित वाम आन्दोलन गोरखपुरधारको विदेशी जासुसी जालोमा बेरिन पुग्यो। अहिलेको अवस्थामा बीपीलाई सम्झेर मात्र पुग्दैन। उहाँको विचारलाई अहिलेको राजनितिक नेतृत्वले आत्मसात् गर्नुपर्छ। समग्रमा बीपीको राष्ट्रिय मेलमिलाप अझै सान्दर्भिक छ। वाम आवरणको गोरखपुरधारको जासुसी जालो र दक्षिणपन्थी जासुसी जालोबाट मुक्त गर्न राष्ट्रिय राजनीतिका निर्णायक नेतृत्वले बीपीलाई बुझ्न सके वर्तमान संकटको निकास कठिन छैन।