उहिले राजा हुन्थे। राजाका सेना हुन्थे। र, राजाका रैती हुन्थे।
राजाहरू आआफ्ना सैन्यबलका भरमा अरुमाथि आक्रमण गर्थे। उनीहरूका बीचमा जालझेलका अनेक खेल चल्थे। आपसी लेनदेन हुन्थ्यो। बिहेवारी र अन्य सम्बन्ध स्थापित हुन्थे। थरिथरिका सम्बन्धमा भूभागलगायतका उपहार दिनेलिने कुरा चल्थ्यो।आपसमा अनेक सर्त पालनाका कुरा चल्थे। कुनै बेला 'गुनको ऋण' तिर्नुपर्ने हुन्थ्यो। त्यो 'रिन तिर्न' पनि भूभाग दिनुपर्ने हुन्थ्यो। र, यस्ता अनेक कारण अनेक व्यवहार र अनेक परिस्थितिले उनीहरूको राज्यका सीमानाहरू परिवर्तन भइरहन्थे। सीमा परिवर्तनमा राजाको सेनाको प्रत्यक्ष भूमिका रहन्थ्यो। रैतीको भने परोक्ष वा प्रत्यक्षरूपमा सेनालाई सघाउँदामात्र भूमिका देखिन्थ्यो। नत्र भने कसले शासन गरिरहेको छ भन्ने कुरामा रैतीले सरोकार राख्ने ठाउँ पनि हुँदैनथ्यो। शासक जोसुकै होस्, जस्तोसुकै होस् उसले जारी गरेका कानुन मानिदिनुमात्र रैतीको धर्म हुन्थ्यो। शासकको कुशासन चरम हुँदा र अर्को कुनै शासकको 'रामराज्य'बाट आकर्षित भएर इतिहासमा यदाकदा रैतीले गर्ने विद्रोह पनि अन्ततोगत्वा अर्को कुनै राजाकै शासनमा टुंगिन्थ्यो। केही विशिष्ट अपवादलाई छाडेर इतिहासमा प्रायः यस्तै भइरह्यो।
अब त विश्वबाटै राजतन्त्रको युग समाप्त हुँदैछ। हाम्रै मुलुकमा अब राजा छैनन्। रैतीको ठाउँ जनताले लिएका छन्। र, जनता भनेको शासकको सेवामा बाँच्ने प्राणी हैन। कहिल्यै यथास्थितिमा सन्तुष्ट हुन नसक्ने र सधैँ सकारात्मक परिवर्तनको कामना गर्ने मानिसको योग हो जनता। मेसिनबाट उत्पादित कुनै वस्तुजस्तो यान्त्रिक एकरूपता जनतामा हुन सम्भव छैन। जनताको पंक्तिमा हरेक व्यक्तिको आफ्नै वैयक्तिकता र वैशिष्ट्य हुन्छ। आफ्नै भित्री संसार हुन्छ। आफ्नै सपना हुन्छन्। यी विविधताका बीचमा लुकेको समानताले समुदायहरूको सृजना गर्छ। समुदायका पनि आआफ्नै विशेषता हुन्छन्। विभिन्न समुदायका बीचमा स्वाभाविकरूपमा अनेक विविधता हुन्छ। असल नेताहरू ती हुन् जो समुदायबीचको विविधताभित्र समान आकांक्षा, समान हित, सुख–समृद्धिका समान उपाय पहिल्याउन सक्षम हुन्छन्। समुदायका बीचमा एकअर्काको संस्कृति, परम्परालाई स्वागत र सम्मान गर्ने तत्परता, एकअर्काको भाषाबाट सिकेर आफ्नै भाषालाई समेत समृद्ध बनाउने खुलापन, एकअर्काका पूरक हुनसक्ने तत्परता, प्राकृतिक साधनस्रोतको मिलिजुली जीवनमुखी उपयोग आदि समानताका सम्भावनालाई मलजल गर्न सक्नेमात्र साँच्चैका नेता हुन्छन्। यस्ता नेताहरूले यत्न गरेर जनताका बीचमा समानताका डोरीहरू फेला पर्छन्, ती डोरीलाई बलियोसँग बाट्छन् र एकताको झन्झन् बलियो डोरी तयार पार्छन्। देशलाई साँच्चै माया गर्ने नेताको धर्म यही डोरीलाई बाट्दै बलियो पार्दै लाने हो। लोभीपापी 'नेता'हरू भने त्यो डोरीलाई कमजोर पार्ने काम गर्छन्। जनतामा रहेको विविधतालाई यथाशक्य विषमताको रूप दिन लागिपर्छन्। अनि यसरी जनताका बीचमा दूरी बढाएर प्राप्त भएको 'स्पेस'मा आफ्नो निहित स्वार्थको खेती गर्न थाल्छन्। जबजब जनतामा रहेको विविधतालाई सामाजिक न्याय, समान अवसर, आपसी सम्मानजस्ता मानवीय सद्गुणले जोड्ने यत्न हुन्छ, त्यो डोरी बलियो हुन्छ, सुन्दर इन्›ेणी बन्छ। जबजब यी सद्गुणको ह्रास हुन्छ वा ह्रास गराउने प्रयत्न हुन्छ, त्यो डोरीबाट एक एक त्यान्द्रा खुस्किन र चुँडिन थाल्छ, एकताको डोरी झन्झन् कमजोर हुन थाल्छ। राष्ट्रको जग कति बलियो छ भन्ने कुरा जनतालाई जोडेर राख्ने शक्ति कति बलियो छ भन्ने कुरामा भरपर्छ। र, त्यो शक्ति अन्यत्र कतै नभएर जनताभित्रै छ। त्यसको पहिचान र विकास गर्ने काममात्र नेताले गर्ने हो।
विविधता स्वाभाविक हो। प्राकृतिक हो, तर विषमता भने मानव सिर्जित हो, अस्वाभाविक र कृत्रिम हो। मान्छेको इतिहास थरिथरिका मानिसको फरकफरक आशय र व्यवहारको योगले निर्मित हुन्छ। त्यसैले इतिहासले विभिन्न कालखण्डमा अनेक किसिमका विषमता छोडेर गएको छ। जनता भनेको यथास्थितिमा सकारात्मक परिवर्तन चाहने मानिसको समूह हो भने जनताविरोधी ती हुन् जो आफ्ना साँघुरा निहित स्वार्थका निम्ति यथास्थितिमै समाजलाई रोकेर राख्न खोज्छन्। यस्ता जनविरोधीमध्ये एकथरि परिवर्तनदेखि डराउने, सधैँ असुरक्षाबोध गर्ने 'शाही' प्रवृत्तिका मूर्ख तानाशाहहरू हुन्छन्, जो विषमतालाई यथावत् राख्ने प्रयत्न गर्छन्। अर्काथरि जनविरोधी ती हुन् जो जनतामा रहको असन्तुष्टिलाई विष्फोटक स्थितिमा पुर्यामउँदा आफ्नो निहित स्वार्थपूर्ति हुने देख्छन् र जसरी भए पनि जनताभित्रको असन्तुष्टिलाई हिंसा र विनाशको गलत दिशामा उन्मुख गराउने प्रयत्न गर्छन्। यी दुवैथरिका व्यवहारले राष्ट्रको अस्तित्वमा संकट निम्त्याइरहन्छ, जनताको जीवनमा दुःख र पीडाको बोझ थपिरहन्छ र विश्वकै पनि कुभलो गर्छ।
राष्ट्र भनिनका निम्ति निश्चित सीमाना भएको अखण्ड भूभाग नभई हुँदैन। तर, राष्ट्र भनेको त्यतिमात्रै भने हैन। राजतन्त्र समाप्त भइसकेको गणतान्त्रिक युगमा राष्ट्र भनेको कुनै शासकको सैन्यबलले रक्षा गरेको गरेको भूखण्डमात्रै हुँदैन। विभिन्न समुदायमा रहेका जनताबीचको समान चाहना, समान हित, सद्भाव, सहयोग, सहअस्तित्व, समझदारी, लयात्मकता वा 'हार्मोनी' जस्ता कुराले मात्र नै त्यो 'अखण्डता'लाई निश्चितता प्रदान गर्ने हो। यो निश्चितता जबजब कमजोर हुन्छ, आफ्ना स्वार्थपूर्तिका लागि पराइले खेल्ने मौका पाउँछन् नै। पराइलाई प्रभु मानेर ढुक्क हुनेहरूले न आफ्नो हितको रक्षा गर्न सक्छन्, न राष्ट्रको। त्यस्तै, आफ्ना सबै असफलता, दुःख र पीडाका लागि पराइलाई मात्रै दोष दिएर बस्नेले पनि न आफूलाई कहिल्यै सपार्छन्, न त देशलाई।
जनतामा लुकेको अपार ऊर्जाले गर्दा नै मानवसमाज निरन्तर परिवर्तित भइरहेको छ। र, त्यो ऊर्जाको स्रोत यथास्थितिप्रतिको असन्तोष हो। परिवर्तनको चाहना हो। ऊर्जाको त्यो स्रोत कहिल्यै नरित्तिने खानीजस्तो हुन्छ। नसुक्ने इनारजस्तो हुन्छ। तर, कहिल्यै नरित्तिने ऊर्जाको त्यो स्रोतलाई कसले, केका निम्ति, कसरी उपयोग वा दुरूपयोग गर्छ भन्ने कुराले समाज, राष्ट्र, क्षेत्र र विश्वकै भविष्यमा प्रभाव पार्छ। जनताका विभिन्न समुदायका बीचमा समान भविष्य, समान सपना, समान हितका निम्ति सहयोगको सम्भावनामा बढी केन्द्रित भएर जनताभित्र लुकेको त्यो ऊर्जाको सदुपयोग गर्न पनि सकिन्छ। फरक इतिहास, फरक चाहना, फरक कल्पना, फरक स्वार्थमा बढी केन्द्रित भएर त्यही ऊर्जाको दुरूपयोग पनि गर्न सकिन्छ।
इतिहासले विभिन्न समुदायमा साना वा ठूला घाउका गहिरा वा सतही दाग छाडेका हुन्छन्। ती पीडादायी खतहरूलाई मेट्ने वर्तमानमा बसेर हो। विगतका पुस्ताको पापकर्मका निम्ति अहिलेका पुस्ताले एकअर्कालाई दण्डित गर्न थाल्ने हो भने द्वेष र हिंसाभावको यो सिलसिला कहिल्यै अन्त्य नहुने कुचक्रमा परिणत हुन्छ। आफ्नो छोटो जीवनकालमा ससाना निहित स्वार्थका निम्ति यस्ता कुचक्रहरूको सृजना गरिरहने, यस्तै कुचक्रमा रमाइरहने एकथरि मानिस हुन्छन्। मानवजातिले के श्राप पाएको हो कुन्नि द्वेष र हिंसाभाव जुनसुकै युगमा पनि अत्यन्त आकर्षक र बलवान हुने गर्छ। हरेक युगमा कुनै न कुनै महापुरुषले यसबारे सचेत गराएका छन् मानवजातिलाई। तर, दुष्टताले जहिले पनि आफ्नो स्थान बनाइरहेकै हुन्छ। कुचक्रका निर्माताहरू जहिले पनि क्रियाशील भइरहेकै हुन्छन्। र, जनता आफूभित्रको असीमित ऊर्जालाई थाहै नपाइ उनीहरूको हातमा सुम्पिन बाध्य भइरहेका हुन्छन्।
राष्ट्रको अस्तित्व र जीवन्तता नागरिक र तिनका नेताको विवेकमा अडेको हुन्छ। यो विवेकको पूर्ण स्खलन नै भएको हो रहेछ भने बुझनुपर्छ– त्यो राष्ट्र आफ्नो अस्तित्व नै समाप्त हुने बिन्दुमा पुगिसक्यो। मानवजातिको आधुनिक इतिहास एक किसिमले राष्ट्रहरू बन्ने र भत्किने क्रमको अभिलेख पनि हो। देशलाई माया गर्नु भनेको यो यथार्थप्रति सचेत रहेर आफ्ना निहित स्वार्थभन्दा माथि उठ्नु हो। आशा गरौँ, हाम्रो विवक त्यो हदसम्म क्षय भइसकेको छैन। यत्न गरौँ, हाम्रो सामूहिक राष्ट्रिय विवेक झन्झन् उन्नत र प्रज्ज्वलित भइरहोस्!