भारतले नेपालविरुद्ध लगाएको अघोषित नाकाबन्दी आजसम्म उस्तै छ। पश्चिम नेपालको भारतसितको सिमाना रुपैडिहा सीमारेखामा नेपालले बनाएको प्रवेशद्वाररूपी मन्दिरको सामुन्ने नेपाली प्रहरी डफ्फाको समूह देखिन्छ भने मन्दिरपारिको भारतीय सीमा क्षेत्रभित्र आर्थिक नाकाबन्दीका समर्थक नेपाली र भारतीय नागरिकको डफ्फा रहेको तस्बिर भएको आजसम्म सामाजिक सञ्जालमा प्रशस्त देख्न सकिन्छ।
असोज ९ गतेको काठमाडौँमा उपलब्ध दैनिक समाचारपत्रहरूका अनुसार मधेसी पार्टीका नेता राजेन्द्र महतोले प्रेससँग सीमा क्षेत्रमा लगाइएको नाकाबन्दी भारतले नेपालविरुद्ध लगाएको नभई आफू पक्षधरले लगाएका हुन्। यी दुवैबाट नेपालविरुद्ध लगाइएको नाकाबन्दीमा भारत र राजेन्द्र महतोको मधेसी डफ्फा संयुक्तरूपमा काम गरिरहेको देखापरेको छ।
त्यतिमात्र नभई केही दिनपहिलेको समाचारअनुसार ३ असोजमा संविधान सभाबाट जारी भएको संविधानमा मधेसी दलले ७ वटा बुँदामा असन्तोष जाहेर गरेको थियो भने भारत सरकारको असहमति पनि तिनै ७ बुँदामै थिए। नाकाबन्दीसम्बन्धी यी छोटकरी रिपोर्टहरूमाथि ध्यान दिँदा नेपालको संविधानका ती बुँदामा भारत सरकार र नेपालका मधेसी डफ्फाहरूबीच एक समानता र नेपालविरुद्ध संयुक्त र एकताबद्ध कारबाही भइरहेको देखिन्छ। नेपालविरुद्ध नाकाबन्दीका विवरणहरू जेसुकै होऊन्, एउटा कुरा भने प्रस्ट भएको छः राजेन्द्र महतो र उपेन्द्र यादवका मधेसी डफ्फाहरू त्यो कारबाहीमा नेपालविरुद्ध भारत सरकारसित संयुक्तरूपमा काम गरिरहेका छन्। नेपाल–भारत सम्बन्धको इतिहासमा आफूलाई नेपाली नागरिक भन्ने डफ्फाहरूले विदेशी शक्तिसित एकताबद्ध भएर नेपाल सरकारविरुद्ध मात्र होइन, समग्र नेपाली जनताविरुद्ध भारतसित एकताबद्ध भएर काम गरिरहेको नेपाली इतिहासको पहिलो घटना हो।
२००७ सालमा जहानियाँ शासनविरुद्ध नेपाली कांग्रेसले सशस्त्र संघर्ष सुरु गर्दा नेपालविरुद्ध भारतीय भूमिको उपयोग गरेको थियो, तर त्यो उपयोग हतियारसाथ नेपाल क्षेत्रभित्र प्रवेश गरिसकेपछि मात्र हुने गर्थ्यो। यसपटकको नाकाबन्दीको समयमा भारतीय सीमा क्षेत्रभित्र प्रवेश गरेर यो देशका मधेसी डफ्फाले भारतीय भूमिबाट नेपालविरुद्ध ढुंगामुढा गर्ने तथा रात परेपछि भारतीय क्षेत्रका जनताले तिनलाई आफ्नो घरमा भोजन गराउने व्यवस्था गरेको समेत देखिएको छ। तैपनि भारतीय पक्षको भनाइअनुसार नेपालविरुद्धको नाकाबन्दीमा नेपाली क्षेत्रकै मधेसी डफ्फाबाट नाकाबन्दी हुने गरेको छ। भारतको यो भनाइलाई स्वीकार गर्ने हो भने भविष्यमा नाकाबन्दी अन्त्य भएपछि महतो र यादवले नेपालको न्यायालयसामु आफ्नो कस्तो मुख देखाउनेछन् भन्ने सरल प्रश्न उठेको छ।
नेपालको संविधानका ७ वटा बुँदालाई लिएर भारत सरकारले सुरुमा नेपालविरुद्ध आधिकारिक विरोध जनाउनु र आफ्नो विरोधलाई कार्यान्वयन गर्न नाकाबन्दी गर्नु विश्वको इतिहासमा दुई सार्वभौमसत्ता सम्पन्न राज्यबीच पहिलो अति निन्दनीय र महान् दुर्घटना हो। संविधान सभाले निकै ठूलो बहुमतद्वारा पारित र जारी गरिएको संविधानलाई विश्वका ठूला र साना, संयुक्त राष्ट्र संघका सदस्य रहेका राज्यहरूले सम्मानजनक समर्थन गरिसकेको पृष्ठभूमिमाथि यसपटक भारत सरकारले ध्यान दिएन। सन् १९४९ को १ सेप्टेम्बरका दिन जर्मनीका एडोल्फ हिटलरले छिमेकी पोल्यान्डविरुद्ध अघोषित युद्ध सुरु गरेको थियो। दोस्रो विश्वयुद्ध प्रारम्भको त्यो घटनाको अन्तिम परिणाम सन् १९४५ मा केकस्तो भयो र जर्मनीको नाजिज्मको अन्त्य त्यही देशमा भयो भन्नेबारे पनि म सम्भि्कन चाहन्नँ।
भारतीय नाकाबन्दीको परिणामबाट नेपालले जोगिन चाहेकालाई समर्थन गर्दै उत्तर दिशाको महान् छिमेकी राज्य चीनले नेपालका तातोपानी तथा केरुङ नाका खुला गर्न सुरु गर्नु सौभाग्यको कुरा हो। त्यसबापत् नेपालले चीनलाई हार्दिक धन्यवाद दिनुपर्छ। यस ठाउँमा म भारतका प्रधान मन्त्री नरेन्द्र मोदीप्रति आफूले पहिले जनाउने गरेको समर्थन र प्रशंसा भावबारे केही भन्न चाहन्छु। भारतको प्रधान मन्त्रीमा उनी निर्वाचित र पदासीन भएपछि काशी विश्वनाथको समर्थन र आशीर्वादबाट आफू प्रधान मन्त्री हुन पाएको बारे सार्वजनिक तवरमा केही बोलेका थिए। नेपालविरुद्ध भारतीय नाकाबन्दी गरिनुलाई के अब काशी विश्वनाथको आदेश र आग्रह भनी स्वीकार गर्ने?