चिनीको मूल्य कति हो? काठमाडौंमा किलोको करिब ८०, विराटनगरमा लगभग ७० र सीमावर्ती भारतीय बजार जोगबनीमा किलोको ६४ रुपैया। यस्तो भिन्नता किन? प्रश्न जति सहज र स्वाभाविक छ उत्तर त्यति सजिलो छैन। नीतिहीन र गैरजिम्मेवार सरकार, अल्छी किसान र उद्यम भन्दा व्यापार र तस्करीमा लिप्त व्यवसायीका कारण नेपाली उपभोक्ता मारमा परेका हुन्।
सबभन्दा बढी दोष सरकारको छ। अहिलेको अभाव र मूल्यवृद्धिको कारक सरकारी नीति हो। एक दशक यता सरकारले चिनी आयातलाई निरुत्साहित गर्दै आएको छ। चिनीमा १५ प्रतिशत भंसार र मूल्य अभिवृद्धि कर लगाएर आयात नियन्त्रित गर्ने नीति अपनाइयो तर आत्मनिर्भर हुन उखु उत्पादनलाई महत्व दिइएन। नेपालमा चिनीको भाउ अन्तर्राष्ट्रिय बजार मूल्यमा भंसार र भ्याट जोडेर कायम गरिन्छ तर अन्तर्राष्ट्रिय बजारमा चिनी सस्तो हुँदा पनि नेपाली उपभोक्ताले त्यसको लाभ पाउँदैनन्। नेपालमा चिनी उत्पादकै यसका प्रमुख आयातकर्ता र थोक व्यापारी पनि हुन्। नेपालमा उत्पादित चिनीले मुलुकको माग पूरा गर्दैन। यो वास्तविकता वाणिज्य, आपूर्ति र उद्योग मन्त्रालयलाई राम्ररी थाहा भए पनि चिनी आयात खुकुलो बनाएर उपभोक्ताको हितगर्ने काम सरकारले गर्दैन। चिनी उद्योगलाई प्रोत्साहित गर्न आयातमा १५ प्रतिशत भंसार लगाउँदा पनि नेपालमा उखु खेती घट्दै गएको छ। यसले पनि सरकारी नीतिकै कमजोरी स्पष्ट हुन्छ।
वाणिज्य मन्त्रालय चिनी उद्यमी र व्यापारीका पक्षमा रहँदै छ। दसैँअघि वाणिज्य मन्त्रालयले नेपालका चिनी उद्यमीसँग २० हजार मेटि्रकटन चिनी किन्ने निर्णय गर्यो। सरकारी स्वामित्वका नेसनल टे्रेडिङ र साल्ट टे्रेडिङलाई १ प्रतिशतमात्र भंसार तिरेर चिनी आयात गर्न दिने नीति अघि सारेपछि उद्यमीहरू ५० रुपैया किलो कारखाना मूल्यमा सरकारलाई चिनी दिन सहमत भए। तर निर्णय कार्यान्वयन भएन। वाणिज्य मन्त्रालयले नेसनल टे्रडिङ र साल्ट टे्रडिङलाई एभरेस्ट, इन्दुशंकर र मुनकर्म चिनी मिलसँग चिनी किन्न निर्देशन दिएको थियो। तर, सरकारले न नेपालका उद्यमीबाट चिनी किन्यो न नेसनल ट्रेडिङ र साल्ट टे्रडिङलाई भंसार छुटमा चिनी आयात गर्नै दियो।
उद्यमीहरूले अहिले सरकारलाई बेच्ने भनेको त्यही चिनी चर्को मूल्यमा बेचिरहेका छन्। उनीहरू सरकारले सहमतिअनुसार चिनी नकिनेको आरोप लगाउँछन् भने सरकारी अधिकारी उद्यमीले सरकारलाई चिनी नबेचेको जबाफ दिएर पन्छिन्छन्। अर्थात्, वाणिज्य मन्त्रालयले उपभोक्ता हितविरुद्ध उद्यमीहरूको पक्ष लिएकाछन्।
सरकारले चिनी उद्योगीको पक्षपोषण किन गरिरहेको हो? देशमा उखु खेतीको विस्तार गर्न सकिएन। किसानलाई उखु खेतीमा प्रोत्साहन गर्न सकिएन। उखुको मूल्य सडक आन्दोलनबाट निर्धारण हुने गरेको छ। एक दशकको अनुभवले चिनी मिललाई संरक्षण दिएर उपभोक्ताको हित नभएको स्पष्ट देखियो। नेपालका चिनी उद्योगको उत्पादन क्षमता मुलुकको माग भन्दा बढी छ -वर्षेनी २ लाख मेटि्रकटन। नेपालको वार्षिक माग करिब १ लाख ७० हजार मेटि्रकटन छ। तीनवर्ष अघि झन्डै त्यसबेलाको माग धान्ने गरी नेपाली उद्योगबाट १ लाख ४० हजार मेटि्रकटन चिनी उत्पादन भएको थियो। पोहोर उत्पादन घटेर १ लाख १० हजार मेटि्रकटनमा झर्यो। यसपटक चिनी उत्पादन ७०-८० हजार मेटि्रकटनमात्र हुने अनुमान छ। अर्थात् मागको आधा चिनी पनि नेपालमा उत्पादन हुने छैन।
नेपाल विश्व व्यापार संघको (डब्लुटिओ)े सदस्य हो। यस अर्थमा प्रतिस्पर्धी बजारको लाभ सामान्य उपभोत्ताले पाउनुपर्ने थियो। भारतसँग सीमा जोडिएका तराई/मधेशका जिल्लामा पनि भारतीय उपभोक्ताभन्दा नेपालीले चिनी, खाद्यान्न र दालमा किलोमा १० रुपैया बढी तिर्नुपर्छ। उपभोत्ताको हित चाहने हो भने सबैभन्दा पहिले चिनीमा लागेको भंसार हटाउनुपर्छ। चिनी उद्यमीले सरकारको संरक्षणमा चिनीको व्यापार र तस्करी गर्ने कि विश्व बजारमा प्रतिस्पर्धा गर्ने? चिनी उद्यमीलाई प्रोत्साहित गर्न लगाइएको भंसार करले तस्करी बढाएको छ। संरक्षणबाट उद्योग बलियो हुँदैन। अर्न्तराष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नसक्ने वातावरण भए उद्योगको विस्तार हुन्छ।
सरकारले उखु खेती विस्तार र विकास गर्न सिंचाइ, प्राविधिक सल्लाह, रासायनिक मलमा अनुदान दिनुुपर्छ। भारतमा सरकारले प्रशस्त अनुदान दिएको छ। चिनी उद्योगीले पनि उखु खेती विस्तार गर्ने कार्यक्रम ल्याउनु आवयक छ। किसानहरू अनुदानमा र सडक आन्दोलन गरेर उख'को मूल्य लिनेभन्दा उखुको उत्पादकत्व बढाउने काममा लाग्नुपर्छ।