नेपाली जनताको हातमा अहिले जनताका प्रतिनिधिले बनाएको संविधान छ। सात दशक लामो लोकतान्त्रिक यात्राको आरोहअवरोहबीच जनताले आफैँ बनाएको संविधान प्राप्त गर्नु राजनीतिक दृष्टिले ठूलो उपलब्धि हो।संविधान सभाले आयोजना गरेको भव्य समारोहबीच मुलुकका राष्ट्रपतिले ठूलो आदरभावका साथ पटकपटक संविधानको दस्तावेजलाई नमन गरेर नेपाली जनताका नाममा जारी गर्दा जनप्रतिनिधिहरूले सोल्लास सम्मान र समर्थन प्रकट गरिरहेका थिए। राजधानीका सडक, गल्ली र मुलुकका अधिकांश भागका उत्साहको लहर थियो। राष्ट्रिय झन्डा बोकेर उत्सव मनाउन आतुरहरूको ठूलो समूह सडकमा आएको थियो।
काठमाडौंलगायतका मुलुकका सबैजसो पहाडी भाग र पश्चिम तराईमा संविधान प्राप्तिको खुसियाली रहे पनि मध्य र पूर्वी तराई/ मधेसमा भने खुसी मनाइएन। प्रदेशको सीमाङ्कनसम्बन्धी असन्तोष, जनंसख्याको आधारमा प्रतिनिधित्व, समानुपातिक सहभागितालगायतका राजनीतिक मागमा महिना दिनदेखि आन्दोलनमा होमिएको र हिंसक घटनाले रक्तरञ्जित तराई /मधेसले संविधान सभाको अत्यधिक बहुमतले स्वीकार गरेको संविधानलाई आफ्नो भन्न सकेन। संविधान जारी हुनु नेपालको राजनीतिक इतिहासमा ठूलो उपलब्धि हो। त्यो महत्वलाई मध्य र पूर्वी तराईले आत्मसात् गर्नसकेन। संविधानले त्यहाँ उत्साह ल्याउन सकेन। अन्यत्र दीपावली भइरहेको बेला तराईमा आन्दोलनरत विभिन्न मोर्चा, राजनीतिक दल र नेताले 'ब्याकआउट'को उर्दी जारी गरेकाले जनताले बालेको टुकीसमेत निभाउनु पर्योि। मोटरसाइकलमा सवार हुनेले 'हेडलाइट' बन्द गरेर यात्रा गरे। महिना दिनदेखि दिनैदिनैको प्रर्दशन, भिडन्त, हिंसाका कारण सामाजिक जनजीवन ठप्प रहेको अवस्थामा चाहेर, नचाहेर, बाध्य भएर संविधानविरुद्ध त्यहाँका जनता उभिएको छवी बनेको छ।
दोस्रो जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि लिपिबद्ध गरेको भन्दै संविधान जारी भएकोमा संसारभरका मित्र राष्ट्रहरूको बधाई आइरहेको छ। यता, नेपालका दुई छिमेकीको राजनीतिक चासो र सक्रियताले नेपालको भावी राजनीतिक यात्रा र संविधान कार्यान्वयमा कस्तो प्रभाव पार्ने हो?। मुलुकको राजनीति अहिले संविधान जारी गर्दाको जति उत्साहजनक अवस्थामा छैन। आन्दोलन गर्नेहरू आन्दोलनकै रमाइलोमा होलान् तर संविधान बनाउनेहरूमा एक किसिमको छटपटी देखिन्छ। उनीहरूले मधेसकेन्द्री दलहरूसँग वार्ता सुरु गरेका छन्। आशा गरौँ, वार्ता परिणाममुखी भएर तराईको आगो चाँडोभन्दा चाडो निभोस्। यसका लागि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)का नेतामा राजनीतिक सुझबुझ, परिस्थितिको आकलन गर्नसक्ने क्षमता र लचक आवश्यक हुन्छ। त्यस्तै आन्दोलनमा होमिएका राजनीतिक पक्ष पनि जारी भइसकेको संविधानमा आगो ओकल्ने राजनीतिभन्दा संशोधनबाट समाधानका उपाय खोज्न मानसिकरूपले तयार हुनुपर्छ। निश्चय नै नेपालले संविधान पाएको छ। तर, संविधानवाद लागु गर्न र मुलुकलाई लोकतान्त्रिक परिपाटीबाट चलाउन अनगिन्ती चुनौती छन्। हामीकहाँ उग्र वामपन्थी सोच, चिन्तन, अन्धराष्ट्रवाद तथा गैरजिम्मेवार राजनीतिक अभ्यासको समस्या एकातिर छ भने अर्कोतर्फ नेपाालमा राजनीतिक अस्थिरता चाहनेहरू सक्रियताका साथ लागेका छन्। आन्न्दोलनको सम्बोधन गर्नुपर्ने नेतागण र आन्दोलनमा होमिएका राजनीतिकर्मी दुवैले मुलुकको वर्तमान परिस्थितिको सूक्ष्म विश्लेषण गर्नु आवश्यक छ। आक्रोश, आवेग र प्रतिक्रियाको राजनीतिक लडाइँ प्रत्युत्पादक हुनसक्छ। त्यस्तो राजनीतिक भिडन्तको अवतरण सहज हुँदैन पनि । आफूआफू जुधेर जोरी हसाँउने र उकास्ने खेल अब समाप्त गरिनुपर्छ।
तराई मधेसमा आन्दोलन किन?
दोस्रो जनआन्दोलनपछि बनेको अन्तरिम संविधान जारी भएको बेला मधेसी जनाधिकार फोरम एउटा गैरसरकारी संस्थामात्र थियो। त्यसको अध्यक्ष थिए उपेन्द्र यादव। अन्तरिम संविधान जारी भएपछि यादव लगायतका नेताले त्यसको प्रतिवाद गरे। उनीहरूले २०६३ माघ १ गते काठमाडौं, माइतीघर मण्डलामा अन्तरिम संविधान जलाए। त्यसबापत उनीहरूलाई प्रहरीले गिरफ्तार गर्योे। यादवहरूले त्यसबेला उठाएको प्रमुख राजनीतिक मागमा जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ भन्ने थियो। अन्तरिम संविधानका प्रावधानविरुद्धमा सुरु भएको आन्दोलन चर्कँदै गयो र मधेस आन्दोलनको रूप लियो। मधेस आन्दोलन सम्बोधन गर्ने क्रममा तत्कालीन सरकार मुलुकलाई संघीय प्रणालीमा लैजाने सम्झौता गर्न पुग्यो। सुषुप्त अवस्थामा रहेको संंघीयताको विषयले राजनीतिक आकार लियो। मधेसकेन्द्री माग एकपछि अर्को थपिँदै गए। फोरम गैरसरकारी संस्थाबाट राजनीतिक पार्टीमा रूपान्तरित भयो। कांग्रेसका थुप्रै मधेसी नेताले अर्को मधेस केन्द्रित दल खोले। पहिलो संधिवान सभामा मधेसवादी दल चौथो शक्तिका रूपमा स्थापित भए।
दोस्रो संविधान सभासम्म आइपुग्दा मधेसवादी दलहरू चिराचिरा भइसकेका थिए। सत्ता राजनीतिको चपेटामा तिनले आफ्ना माग र आवाज बिर्से। यसबीच संविधान सभाको निर्वाचन भयो। निर्वाचनमा मधेसमै प्रमुख दलहरूले अत्यधिक स्थान हासिल गरे। त्यसपछि संविधान सभाले संविधान जारी गरिसक्तासमेत मधेसमा प्रदेशको सीमाङ्कन र जनसंख्याका आधारमा प्रतिनिधित्व प्रमुख माग रहिरहेका छन्। निश्चयनै प्रदेशको सिमाना छुट्याउँदा कुनै एउटा पक्षले खोजे जति पाउने अवस्था छैन। नेपाल भौगौलिक, जातीय, सांस्कृतिक, भाषिक, धार्मिक विविधताले भरिएको छ। प्रदेशका सिमाना कोर्दा कुनै जाति, समूह वा वर्ग रिसाउने र अर्को खुसी हुने अवस्था छ। यस्तो अवस्थालाई बेवास्ता गरेर प्रमुख दलका केही नेताले 'अखण्डे' मानसिकतामा रहेर प्रदेशका सिमाना कोरेपछि त्यसले तराई मधेसमा आन्दोलन उक्सायो। अर्थात्, दोष आन्दोलन चर्काउनेको मात्र छैन। बरु विनाआधार प्रदेशको सिमाना कोर्ने नेताहरू पनि उत्तिकै दोषी छन्। यी नेताले आआफ्ना गल्ती पहिले सच्याउनुपर्छ। संविधान संशोधनबाट निश्चित आधारमा प्रदेशका नयाँ नक्सा कोरिनुपर्छ।
मधेसीले उठाएको अर्को प्रमुख राजनीतिक विषय जनसंख्याका आधारमा प्रतिनिधित्व हो। यसमा प्रमुख राजनीतिक दलका जिम्मेवार नेताको नियतमा खोट देखिन्छ। प्रत्येक जिल्लालाई एउटा निर्वाचन क्षेत्र कायम राख्ने र बाँकीमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोक्ने द्वैध नीतिलाई लोकतान्त्रिक भन्न मिल्दैन। सांसद जनताका प्रतिनिधि हुनुपर्छ भूगोलको हैन। तर हामीकहाँ भूगोल र जनसंख्याको आधार लिइएको छ। यद्यपि, यस्तो व्यवस्थाको विरोधमा मधेसकेन्द्री दलमात्र विरोधमा देखिएका छन्। लोकतन्त्रमा जनमतको कदर हुन्छ। त्यस अर्थमा जनसंख्याको आधारमा प्रतिनिधित्व लोकतन्त्रमा विश्वास गनर्ेे सबैको साझा चासोको विषय हो। भूगोलका आधारमा प्रतिनिधित्व पंचायती मानसिकता हो। राजा महेन्द्रले तराईबाट कमभन्दा कम प्रतिनिधित्व गराउने रणनीतिअन्तर्गत अपनाएको मार्गचित्रलाई गणतन्त्रवादी नेताहरूले जस्ताको त्यस्तै लागु गर्नु विडम्बना हो।
भूगोलका नाममा प्रतिनिधित्व गराउने सोचकै कारण प्रदेशको खाकामा कतै नमिल्ने जिल्ला संरचना जस्ताको त्यस्तै राखिएको देखिन्छ। केन्द्र, प्रदेश पछि स्थानीय निकायको राजनीतिक संरचनामा प्रशासकीय हैसियतको जिल्ला संरचनाको के अर्थ? नेताहरूसँग सायद जवाफ छैन। राजनीतिक नेतृत्व गर्नेको नियत सफा हुनुपर्छ। जनसंख्याको आधारमा प्रतिनिधित्व हुने संंवैधानिक व्यवस्थाले मधेसवादी दललाई मात्र फाइदा पुग्ने होइन।
पछिल्लो संविधान सभाको निर्वाचनमा मधेसका २० जिल्लाको परिणाम विश्लेषण गर्दा त्यहाँबाट सबैभन्दा धेरै मत कांग्रेस, एमाले र एमाओवादीले पाएको देखिन्छ। ती बीस जिल्लाका ११६ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ५२ स्थानमा, एमाले ३६ स्थानमा र एमाओवादीले १२ स्थानमा जितेका छन्। सबै मधेसवादी दलले जम्माजम्मी १२ स्थानमा जितेकाले तराई मधेसका अधिंकाश मतदाताले मधेसी दललाई समर्थन नगरेको देखाउँछ। त्यस्तै तराईबाट निर्वाचित हुनेमा ५३ जना पहाडी मूलका छन्, १८ जना थारु, ५ जना मुस्लिम छन्। तिनमा ४० जना मधेसी मूलका भए पनि उनीहरू अधिकांश प्रमुख राजनीतिक दलका सदस्य हुन्। मधेसकेन्द्री दलका सांसद त १२ जनामात्र न हुन्। त्यसो त एमालेका केपी ओली, माधवकुमार नेपाल, वामदेव गौतम, एमाओवादीका पुष्पकमल दाहाल, कांग्रेसका सुशील कोइराला र शेरबहादुर देउवालगायतका धेरै नेता तराई/मधेसबाटै निर्वाचित भएका छन्। राजनीतिक गणितले मधेसवादी दलप्रति मधेसी जनताको समर्थन नरहेको देखाउँछ भने शीर्ष नेतालाई विजयको माला पहिर्याउने मतदाता पनि मधेसकै हुन्।
न राजनीति न कूटनीति
जसरी भए पनि संविधान जारी गर्ने हाम्रा नेताहरूले मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)लाई समेत साथमा नलिई संविधान जारी गर्ने अभ्यास गरे। नेताहरूले मुलुकको अवस्था, नेपालको राजनीतिमा सरोकार राख्नेहरूका इच्छा चाहना पर्गेल्दै संविधान जारी गर्ने रणनीति अख्तियार गर्नुपर्थ्याे। उनीहरू अत्यधिक बहुमतको अंकगणितमा भर परे। अहिले उनीहरू दक्षिणबाट ओइरिएका वक्तव्यमा प्रतिक्रिया दिँदैछन् र साथसाथै त्यसको रापको सामना पनि गर्दैछन् । नेताहरूका यस्ता अदूरदर्शी अभ्यासलाई राजनीतिक बुद्धिमत्ता भन्न मिल्दैन। त्यस्तै दक्षिणको छिमेकी कूटनीतिक मर्यादा बिर्सिएर सस्तो राजनीतिमा ओर्लिएको देखियो। एउटा स्वतन्त्र मुलुकले अर्को सार्वभौम मुलुकप्रति अख्तियार गर्ने नीतिलाई कूटनीति भनिन्छ। त्यसको त्यही अर्थमा सम्मान गरिन्छ। भारतको पछिल्ला कदमले कूटनीतिक मर्यादा नाधेको छ। मधेस आन्दोलनको रापमा कूटनीतिक मर्यादा उल्लंघन गर्नुलाई उचित ठानिएको होला। सार्वभौम मुलुकप्रति छिमेकीले कस्ता नीति र व्यवहार अपनाउनुपर्ने हो साउथ ब्लकमा अब त्यसको समीक्षा हुनुपर्छ।