उदाउन बाँकी जम्मै घामहरू
तिम्रा हुन्
उघ्रन बाँकी आकाश
फुल्न बाँकी फूल
र हिँड्न बाँकी बाटो
सब तिम्रा हुन्
सरिता तिवारीको कविताका यी अंश मलाई हाम्रा निर्दोष बालबालिकाको नाममा गुनगुनाउन मन लाग्छ। भोलिको हाम्रो देश भनेका यिनै बालबालिका हुन्। चिनियाँ साहित्यकार लु सुनको प्रख्यात कथा 'बहुलाको डायरी' मा नायक भन्छ, 'बालबालिकाले मान्छेको मासु खाएका छैनन्। तिनलाई बचाऊ।' लु सुनले तत्कालीन सामन्ती व्यवस्थालाई मान्छेले मान्छेको मासु खाने व्यवस्थाका रूपमा चित्रण गरेका छन्। बालबालिका मात्र त्यसबाट अछुतो छन्। तिनलाई जोगाउन सकियो भने देशको भविष्य उज्ज्वल हुन्छ भन्ने उनको ठहर थियो। मलाई पनि लु सुनको त्यही आह्वान दोहोर्याकउने मन छ, किनभने हामीले संसार हेर्ने अब तिनकै आँखामा हो।
शिक्षालयमा सिर्जना
सामान्यतया निजी विद्यालयहरूको ध्याउन्न विद्यार्थीलाई किताब र घोकन्ते शिक्षाको भारी बोकाउने अनि जसरी पनि एसएलसीमा राम्रो परिणाम ल्याउने हुन्छ। विद्यार्थीको संवेदना र सिर्जनात्मक चेतको आन्तरिक विकासमा तिनले विरलै ध्यान दिएका हुन्छन्। भक्तपुर, व्यासीस्थित जेन्युइन सेकेन्डरी स्कुलका प्रधानाध्यापक योगेन्द्रमान बिजुक्छे भने फरक छन्। उनको विचारमा 'आधुनिक पुँजीवादी व्यवस्थाले मानवीय मूल्यहरूलाई भत्काइदिन्छ। यसले प्रेम, भावना र संवेदनालाई समेत बिक्रीयोग्य सामान ठान्छ। पुँजीवाद हाम्रो देशमा पनि रोक्नै नसकिने बाढीका रूपमा छिरिसक्यो। त्यसलाई सन्तुलनमा राख्ने हो भने बालबालिकालाई साहित्य र कलाबारे ज्ञान दिनैपर्छ।' सोही स्कुलका चिनियाँ भाषा शिक्षक राजामान बिजुक्छे अझ प्रस्ट पार्दै भन्छन्, 'अहिलेको व्यवस्थाले मान्छेलाई पदार्थमा परिणत गर्छ। यसले 'नाफा हुन्छ भने सबै बेचिदेऊ' भन्छ। साहित्य र कला मात्र यस्ता माध्यम हुन् जसले मान्छेलाई पदार्थ बन्नबाट बचाउन सक्छ।'
तराई–मधेसको सवालमा भारतले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न दबाब दिएको र नेपालले त्यसलाई आन्तरिक मामला भन्दा भारतले सांकेतिक नाकाबन्दी गरेका खबरहरू आएका छन्। बिजुक्छे दाजुभाइ विद्यार्थीलाई पाठ्यक्रमका अतिरिक्त सामयिक ज्ञानबाट समेत वञ्चित राख्न नहुने विचार राख्छन्। खासमा यिनको विचारलाई आत्मसात गर्न सके उन्नत संस्कृति निर्माणमा शिक्षालयहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन्।
हो, राजनीतिक आन्दोलनले जस्तो साहित्य र कलाले तत्काल कुनै ठूलो परिवर्तन ल्याउन सक्दैनन्। यी उत्पातै पढिने र मौसमी पहिरनजस्तो उत्पातै उपभोग गरिने कुरा पनि होइनन्। यसको असर युद्धकालमा प्रचण्ड वा आन्दोलनकालमा गगन थापाको भाषणजस्तो पनि हुँदैन। तर, तिनले जीवन बाँच्ने कला सिकाउँछन्, उन्नत जीवनको मार्ग देखाउँछन् र विचार निर्माण गर्न सघाउँछन्। यही विचार पछि आन्दोलन र परिवर्तनको बाहक बन्छ। भनिन्छ, रुसी समाजवादी क्रान्तिमा म्याक्सिम गोर्की र चिनियाँ जनक्रान्तिमा लु सुनका साहित्यले महत्वपूर्ण भूमिका खेलेका थिए। तिनका साहित्यले जनतालाई परिवर्तन कति महत्वपूर्ण छ भन्ने कुराको यथार्थबोध गराएका थिए। सामान्यतया मान्छेको स्वभाव अरूको दुःखमा दुःखी हुने र खुसीमा उत्सव मनाउने हुन्छ। प्रेम, संवेदना, भावना तिनको आन्तरिक विकासका परिणाम हुन्। पुँजीवादले मान्छेका यी भावनालाई समेत बजारको सो केसमा सजाइदिन्छ। आकर्षक कुरा बजारमा बिक्छ। बजारले बिक्ने जति सबैलाई बेचिदिन्छ। नारी सौन्दर्य र कमनीयता बजारका लागि सबैभन्दा आकर्षक वस्तु हुन्। बजारले तिनैलाई बेचिदिन्छ। नभए पुरुषको दारी खौरने ब्लेडमा सुडोल पिँडुला भएकी युवतीको तस्बिर किन राख्नुपर्थ्यो? कोकाकोलाको सिसीसँग आकर्षक युवतीलाई किन दाँजिन्थ्यो? अलि वर्षअघि रुसी टेनिस सुन्दरी मारिया सारापोभाको 'सेक्स डल' भ्यालेन्टाइन दिवसको उपहारस्वरूप सार्वजनिक गरियो। २५ मिलियन डलर तिर्ने सर्तमा वालमार्ट होल्डिङले सारापोभाकै साइजमा बनाएको 'सेक्स डल'बाट खर्बौं डलर आर्जन गरेको थियो। 'प्रेमी' युवाले ५ हजार अमेरिकी डलर तिरेर संवेदनशील अंग छुनेबित्तिकै ७५ डेसिबलसम्मको यौनउत्तेजक आवाज दिने पुतलीसँग संसर्ग गरेर सारापोभासँग रात बिताएको आत्मरति गरे! बजारले नारी अस्मितालाई यसरी उपभोग्य वस्तुमा पो सीमित गरिदियो।
हाम्रै देशका राजधानी र ठूला सहरमा धनधान्यले पूर्ण वृद्धवृद्धा कति छन् जसलाई मृत्युशैयामा पानी खुवाउने मान्छे हुँदैन। तिनीहरूसँग आलिशान घर हुन्छ, सम्पत्ति हुन्छ। तर, छोराछोरी विदेशमा हुन्छन्। बाबुआमा अन्तिम अवस्थामा हुँदासमेत ती 'पैसा पठाउँछु, आउन भ्याउँदिनँ' भन्ने जवाफ पठाउँछन्। उन्नत साहित्य र कलाले भने मान्छेलाई उन्नत मान्छे भएर बाँच्न, प्रेम गर्न र मानवीय मूल्यहरूलाई जोगाउन प्रेरणा दिन्छन्। योगेन्द्रमान बिजुक्छे आफ्ना विद्यार्थीलाई उन्नत मान्छे बनाउन र बजारको विसंगतिबाट मुक्त राख्न चाहन्छन्। त्यसका लागि उनले शिक्षक र केही विद्यार्थी समेटेर रिडर्स क्लब गठन गरे। समयसमयमा उनी लेखकहरूलाई प्रस्तुति दिन निम्त्याउँछन्। विद्यार्थी र शिक्षकसँगै बसेर राम्रा सिनेमा हेर्ने अवसर जुटाउँछन्।
हालै उनले आफ्ना विद्यार्थीलाई इरानका दुई सिनेमा हेर्ने चाँजो मिलाए। निर्देशक मजिद मजिदीको 'चिल्ड्रेन अफ हेभन' र 'कलर अफ प्याराडाइज'। इरानका सिनेमाहरू संसारकै ध्यान खिच्न सफल छन्। द्वन्द्व र जीवनका विविध आयाममाथि त्यहाँका निर्देशकले सुन्दर सिनेमा बनाएका छन्। मजिदीजस्तै अब्बास किरोस्तामी, मोहसिन मखमलबाफ, बमन घोबाडी, दारिउस मेहरजुई, असगर फरहादी, जफार पनाही, समीरा मखमलबाफ आदि संसारमै चिनिएका इरानी निर्देशक हुन्। द्वन्द्वको ठूलो धक्का भोगेको हाम्रो देशमा भने किन त्यस्ता गम्भीर सिनेमा र साहित्य सिर्जना भएनन् भन्ने प्रश्नले मलाई सधैँ सताउँछ। मजिदीको 'चिल्ड्रेन अफ हेभन' मा बाबुआमाको असाध्य गरिबी बुझेका दुई दाजुबहिनीको मार्मिक कथा छ। बहिनीको जुत्ता हराउँदा बाबुआमालाई पत्तो नदिई बहिनी बिहान दाजुको जुत्ता लगाएर स्कुल जान्छे, दिउँसो त्यही जुत्ता लगाएर दाजु स्कुल जान्छ। त्यसले अनेक समस्या निम्त्याउँछ। अन्ततः बहिनीलाई जुत्ता दिलाउन तेस्रो पुरस्कार जुत्ता राखिएको दौड प्रतियोगितामा दाजुले भाग लिन्छ। ऊ तेस्रो हुन चाहन्छ तर पहिलो हुन्छ। जीवनको विडम्बना हेरियोस्, पहिलो हुँदा पनि ऊ खुसी हुन सक्दैन। 'कलर अफ प्याराडाइज' मा भने दृष्टिविहीन छोराबाट मुक्त हुन चाहने एक विधुरको कथा छ। दुर्घटनामा परेपछि मात्र उसलाई छोराप्रति आफूभित्र उम्लिएको सच्चा प्रेम थाहा हुन्छ। सत्यजीत रेको 'पाथेर पान्चाली', 'अपुर संसार', श्याम बेनेगलको 'वेलकम टु सज्जनपुर', 'वेलडन अब्बा', माइकल हानाकेको 'द ब्वाइ इन द स्ट्रिप्ड पाइजामा', डेसिकाको 'उम्बर्टो डी', 'चिल्ड्रेन आर वाचिङ अस', कोनराड रुकको 'लर्ड अफ द फ्लाइज', नवीन सुब्बाको 'नुमाफुङ' विद्यार्थीलाई देखाउन सकिने अन्य राम्रा सिनेमा हुन्।
र, अन्त्यमा
नेपालमा अहिले साहित्यको मापन बजारका तुलोबाट हुने गरेको छ। जुन कुराको विज्ञापन धेरै हुन्छ, त्यही धेरै बिक्छ। तर, त्यसले न सिर्जनाको मूल्य जोगाउँछ, न त जनजीवनका समस्याहरूको सम्बोधन गर्छ। हामीकहाँ बालबालिका र किशोरकिशोरीसँग जोडिने साहित्य कमै छन्। प्रगतिशील साहित्य हरेक वर्ग र पुस्तासँग सजिलै जोडिन सक्छन्। सरिता तिवारीको 'विजेता' शीर्षकको सुन्दर कवितालाई हाम्रा बालबालिका र किशोरकिशोरीको सुन्दर भविष्यसँग पनि जोड्न सकिन्छ।
केही छैन दुनियाँमा
मनभन्दा ठूलो र सपनाभन्दा अगाडि
कसैले खोस्न सक्ने छैन तिमीबाट
कसैले लुट्न सक्ने छैन
केवल तिम्रो हो
तिमीले तय गरेको लक्ष्य
र बाँकी रहुन्जेल
मानिस भएर बाँच्ने लक्ष्य
हुनेछौ तिमी सधैँ विजेता।