माओवादीले अहिले खुलारूपमा भारतविरुद्ध दिएको अभिव्यक्ति सत्तामा नपुग्दासम्मका लागि मात्रै हुनेछ।
नेपाली कम्युनिस्ट आन्दोलनमा समाजको चरित्र विश्लेषण, आधारभूत र प्रधान अन्तर्विरोधजस्ता विषयमा सधैँ चर्चा हुन्छ । त्यही चर्चा अहिले एकीकृत नेकपा (माओवादी)भित्र पुनः चलेको छ। नागरिक सर्वोच्चताका लागि आन्दोलन गरिआएको माओवादी अहिले राष्ट्रिय स्वाधीनताको संघर्ष प्रधान बन्दै गएको निष्कर्षतिर उन्मुख छ। विषयलाई पोलिटब्युरोले टुंगो लगाउन नसकेपछि केन्द्रीय समितिको जारी बैठकमा अबको नेपाली समाजको आधारभूत र प्रधान अन्तर्विरोध कोसँग हुने भन्नेमा छलफल केन्द्रित हुनेछ।
नागरिक सर्वोच्चताको चौथो चरणको आन्दोलनसँगै किन एकाएक ‘राष्ट्रिय स्वाधीनता'को विषय प्रधान बन्दैछ? राष्ट्रिय स्वाधीनता संघर्ष मुख्य हुँदा प्रधान अन्तर्विरोध कोसँग? भन्ने विषय नै माओवादीभित्र मतभेद छ।
अध्यक्ष पुष्पकमल दाहाल समूह भारतप्रति नरम हुनुपर्छ भन्ने पक्षमा देखिएको छ। मोहन वैद्य समूह भने कडारूपमा प्रस्तुत भएमात्र भारतले आफ्नो प्रतिक्रिया जनाउँछ र राष्ट्रिय स्वाधीनताको संघर्ष उचाइमा पुर्याउन सकिन्छ भन्ने धारणामा छ।
‘भारतीय विस्तारवादद्वारा संरक्षित घरेलु प्रतिक्रियावादसँगको नेपाली जनताको अन्तर्विरोध प्रधान अन्तर्विरोधका रूपमा अभिव्यक्त भएको छ' भन्ने २०४८ सालको एकता महाधिवेशनले निकालेको निष्कर्षलाई माओवादीले अहिलेसम्म कायमै राखेको छ। पार्टी एकताका क्रममा उक्त नीतिलाई यथावत् राख्दै महाधिवेशनमा टुंगो लगाउने भनिएको थियो। अहिले महाधिवेशनको मिति सरेपछि प्रधान अन्तर्विरोधको विषयमा पार्टीभित्र विवाद उत्पन्न भएको हो।
माओवादीका सबै ऐतिहासिक दस्तावेज भारतप्रतिको नीति उल्लेख हुने गरेको पाइन्छ। राजतन्त्र अन्त्यका लागि दलहरूसँगको एकता र भारतको भूमिका खोज्न पार्टी नरम हुनुपर्छ भन्ने उपाध्यक्ष बाबुराम भट्टराईको ‘लाइन' चुनाबाङ बैठकले अपनाएको थियो। ‘संविधानसभा र गणतन्त्र' स्थापना भइसकेकाले चुनाबाङ बैठकको निर्णय सफल भइसकेको निष्कर्षमा पार्टी पुगेको छ। चुनाबाङकै निष्कर्षअनुरूप १२ बुँदे सहमति भएको थियो। अहिले माओवादी १२ बुँदे सहमतिको औचित्य समाप्त भएको निष्कर्षमा पुगेको छ। अन्य दलसँगको हालको अन्तर्विरोधको मुख्य जड यही रहेको माओवादीको निष्कर्ष छ।
चुनाबाङको कार्यनीतिको अन्त्यपछि नयाँ नीति नबन्दा माओवादी कार्यनीतिक झडपमा परेको हो। त्यही अन्योलबाट माओवादीबाट बेला बखत परस्परविरोधी अभिव्यक्ति आएका छन्। माओवादीभित्र चुनाबाङको निरन्तरतामै जानुपर्छ भन्ने मत बलियो छ। अहिले राष्ट्रिय स्वाधीनताको संघर्ष प्रमुख छ भन्ने धारणा अध्यक्ष दाहालले सार्वजनिक गरिसकेका छन्। तर, राष्ट्रियतालाई कहाँबाट खतरा उत्पन्न भयो भन्ने स्पष्ट विचार भने दाहालले राख्न सकेका छैनन्। बरु, वानेश्वरमा खुला रूपले ‘अब नयाँ दिल्लीसँग वार्ता' गर्ने भनेर विवादास्पद धारणा राखे। वैद्य समूहले प्रधान अन्तर्विरोध भारतसँग भनेरै किन नजाने? भन्ने मत राख्दै आएका छन्। यही मत बलियो बनेपछि बैठकमा भारतले सीमा मिचेको भनिएका स्थानमा प्रचारात्मक आन्दोलनमा जाने प्रस्ताव बैठकमा लगिएको छ। त्यही हेर्दा पनि प्रधान अर्न्तविरोध भारतसँग हुन्छ भन्ने देखिन्न।
कम्युनिस्टहरू राष्ट्रियताको विषयलाई सैद्धान्तिकरूपमा लिन्छन्। राष्ट्रियताको संघर्ष मुख्य बन्दै आए पनि प्रधान अन्तर्विरोध सिधै भारतसँग हो भन्न सक्ने अवस्थामा माओवादी छैन। संविधानसभाको ठूलो दल, कुनै पनि समयमा सरकारको पुनः नेतृत्व गर्न तत्पर माओवादीलाई त्यस्तो निष्कर्ष प्रत्युत्पादक हुने निचोडमा माओवादी पुगेको छ।
नागरिक सर्वोच्चताको आन्दोलनलाई मलिन पार्दै माओवादीले हठात राष्ट्रिय स्वाधीनताको संघर्ष अघि सार्नु अध्यक्ष दाहालले ‘अब वार्ता दिल्लीसँग' भनेर ‘विदेशी हस्तक्षेपको खुला आह्वान' गरे भनेर लागेको आरोप साम्य पार्ने चालबाजी देखिन्छ। अघिल्लो बैठकले लिएको नीति ‘माओवादी नेतृत्वको राष्ट्रिय संयुक्त सरकार' मात्रै भनेर जानु हुँदैन भन्ने वैद्य समूहको दबाबको परिणामस्वरूप राष्ट्रिय स्वाधीनता संघर्ष प्रधान बन्ने निष्कर्षमा माओवादी पुगेको हो।
माओवादीले अहिले जसरी खुलारूपमा भारतविरुद्ध अभिव्यक्ति दिएको छ, त्यो सत्तामा नपुग्दासम्मका लागि मात्रै हुनेछ। यसको पुष्टि कम्युनिस्ट पार्टीहरूले वर्षौदेखि उठाउँदै आएको सन् १९५० को सन्धि खारेज हुनुपर्छ भन्ने मागलगायतमा दिल्लीसँग वार्ता गर्छु भन्ने वानेश्वर भाषणले गरेको छ।
राष्ट्रियतामा खतरा कहाँबाट छ भन्ने माओवादीले किटान गर्न सक्ने छैन। यो बैठक चुनावाङकै निरन्तरतामा टुंगिने छ। त्यही निरन्तरताले भारतसँगको प्रधान अन्तर्विरोधको निर्णय हुने छैन। कारण, भारतप्रति नरम हुनुपर्ने अभिमत माओवादीभित्र बलियो हुँदै जो गएको छ।
मुलुकलाई यथास्थितिमा राख्ने चाहनाविरुद्ध अग्रगामी सोच भएका नेतृत्वबीचको एकताले मात्र संक्रमणलाई व्यवस्थित गरी मुलुकको स्वाधीनता र गणतन्त्रलाई दिशा दिन सक्छ।