स्वागत नयाँ संविधानलाई!
०४ असोज २०७२
•
१५ मिनेट पाठ
स्वागत नयाँ संविधानलाई!
विसं २०७२, असोज ३, नेपालको इतिहासमा सुनौला अक्षरले अंकित ऐतिहासिक दिन। नेपालको नयाँ संविधान घोषणा भई जारी भएको दिन। असोज ३ नेपालको राष्ट्रिय पर्व– संविधान दिवस। नेपाली जनताका क्रान्ति, आन्दोलन र बलिदानको दस्तावेज संविधान घोषणाको यो अविष्मरणीय क्षण। सिंगो राष्ट्रले राष्ट्रिय उत्सव मनाइरहेको दिन।विगतका राजनीतिक, वर्गीय, सामुदायिक आन्दोलन, सहादत र २०६२/६३ को जनक्रान्तिका उपलब्धि लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता र सबै वर्ग, जाति, भाषा, धर्म, संस्कृति र क्षेत्रका जनतालाई अधिकारसम्पन्न बनाउने संविधान प्राप्त भएको यो गौरवशाली अवसर। आज नेपाली जनताको झन्डै ७ दशकदेखिको सपना पूरा भएको छ र ७ वर्षदेखिको कष्टसाध्य प्रयत्न सफल भएको छ। नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत् आफैले बनाएको नयाँ संविधान पाएका छन् र देशव्यापीरूपमा दिपावलीसहित नयाँ संविधानको स्वागत गरेका छन्।

असोज ३ गते अपराह्न संविधान सभामा आयोजित एक विशेष राष्ट्रिय समारोहबीच सभासद्हरूद्वारा हस्ताक्षरित र संविधान सभा अध्यक्षद्वारा प्रमाणीकरण गरिएको नेपालको संविधान राष्ट्रपतिबाट राष्ट्रका नाममा जारी गरिएको त्यो पल साँच्चिकै नेपालीको लागि निकै सुखद र गौरवको घडी थियो। यतिबेला धेरै जनाले एसएमएस र फोनमार्फत् हामीलाई बधाई दिइरहेका छन्। निर्वाचनमा विजयी भएको बेलाभन्दा जनताबाट धेरैधेरै बधाईको ओइरो लागेको छ। सभासद्हरूका लागि त यो ज्यादै गर्वको समय थियो र उनीहरूमा त्यतिबेला खुसियाली छाएको थियो। प्रत्यक्षदर्शीमात्र होइन, प्रत्यक्षकर्मी भएको नाताले यो दिन स्वयं मेरा लागि पनि जीवनमा सबैभन्दा खुसीको दिन, सबैभन्दा गौरवको दिन।

संविधान पारित हुँदाहुँदै र पारित भइसकेपछिका कसरतका झाँकी पनि हेर्न लायक देखिए। संविधान पारित भइसकेपछिको भारतीय दूतको आकस्मिक दौडाहा अस्वाभाविक थियो। उनले नेपाल आएर संविधान जारी गर्ने मिति सार्न दिएको दबाब अशोभनीय देखियो। यता नेपाली दूत जसरी पनि संविधान रोक्ने 'मिसन'मा कम्मर कसेर अन्तिम दमसम्म नै लागे। कतिपय सञ्चारमाध्यमले संविधान निर्माणको प्रक्रिया स्थगित गराउनका लागि सकेसम्मको जोडबल लगाए। यसरी संविधान आउन नदिनका लागि पर्दाभित्र र बाहिर अनेकौँ खेल भए। त्यस्ता अनेकौँ षड्यन्त्र पराजित गरेर 'काँडाबीच फूलेको गुलाफ'जस्तै नेपालको संविधान जारी भएको छ।

भदौ २५ गते शीर्ष नेताहरूले संविधान सभामा सम्बोधन गर्ने र संविधानका दफाहरूमाथि छलफल टुंग्याएर प्रक्रिया अघि बढाउने कार्यक्रम थियो। त्यसैअनुसार सभासद्हरू हर्षित मुद्रामा संविधान सभामा उपस्थित थिए। यता सभासद्हरू अत्यासपूर्वक बैठकको पर्खाइमा थिए, उता बालुवाटारमा शीर्ष नेताहरूको बैठक बसिरहेको थियो। एकाएक बालुवाटारबाट संविधान सभाको प्रक्रिया दुई दिन स्थगित गर्ने सन्देश प्रवाहित भयो। संविधान सभामा सन्नाटा छायो, सभासद्हरूका अनुहारमा निराशा र आक्रोश देखियो। त्यस्तो बेलामा त कहिलेकाहीँ कस्तोसम्म अनुभूति हुन्थ्यो भने, के नेपाल अझै राष्ट्र बन्न सकेको छैन? के हामी नेपाली स्वतन्त्र राष्ट्रका नागरिक होइनौँ? सबै निर्णय बाहिरबाट नै लादिने हो भने हाम्रो अस्तित्व कहाँ छ? यो नेपाल देश हो कि यो कसैको प्रदेश वा प्रशासनिक इकाईमात्र हो? अब दुई दिनपछि पनि प्रक्रिया स्थगित गरिएमा हामी सहनेवाला छैनौँ, हामी ठूलो दबाब दिएर भए पनि संविधान ल्याएरै छाड्ने छौँ भन्ने संकल्पसहित हामी संविधान सभाबाट बाहिरिएका थियौँ।

माघ ८ को समयसीमा नजिकिँदै जाँदा संविधानका अन्तर्वस्तुहरूमा सहमति नहुने र संविधान निर्माण प्रक्रिया अघि नबढ्ने अवस्था देखिएपछि हामी नै हौँ 'संविधान निर्माण दबाब अभियान' सञ्चालन गर्ने सभासद्हरू। हाम्रो पहलमा सभाध्यक्ष र दलका नेताहरूलाई संविधान निर्माणको प्रक्रिया अघि बढाउन चर्को दबाब दिने काम भयो। दुईतिहाइभन्दा बढी सभासद्को हस्ताक्षर अध्यक्षलाई बुझाउनेदेखि संविधान सभाभित्र नै आन्दोलन गर्नुपरेको थियो। हामी मानसिकरूपमा त्यसरी नै अर्को दबाब आन्दोलन चलाउने निष्कर्षमा पुगिसकेका थियौँ।

संविधान सभाबाट बाहिरिएका दलहरूसँग वार्ताका लागि अन्तिम अपिल गरियो। त्यतिबेला पनि वार्ता र सहमति नभएपछि परिस्थितिले कोल्टे फेर्योग। भदौ २७ गतेदेखि संविधान निर्माणको अन्तिम प्रक्रिया अघि बढ्यो। शीर्ष नेताहरूले सम्बोधन गरेपछि संविधानको परिमार्जित विधेयकमाथिको छलफल समाप्त भयो। संविधानका धारा १, २ र ३ पारित भएपछि संविधान निर्माणले ठोस आकार लियो। त्यसपछि भदौ ३० गते तिजको शुभसाइतमा संविधानका सम्पूर्ण धारासहित नेपालको संविधान दुईतिहाइभन्दा भारी मतले पारित भयो। पछिल्लो समय शीर्ष नेताहरूबीच जुनसुकै परिस्थितिमा संविधान ल्याउने प्रतिबद्धताले आजको अवस्था निर्माण भयो। संविधान ल्याउनका लागि नेताहरूको 'केमेस्ट्री' पनि मिल्यो। 'रात रहे अग्राख पलाउँछ' भन्ने उक्तिलाई राम्रैसँग महसुस गरेर शीघ्र संविधान ल्याउने अडानमा उभिए नेताहरू। विदेशीको दबाबका बीच नेपालीले आफै संविधान बनाउन सक्छन्, आफ्नो भाग्य र भविष्यको लक्ष्य र गन्तव्यको निर्धारण आफै गर्न सक्छन्, यसका लागि नेपालका राजनीतिक दल, नेता र नेपाली जनता एकताबद्ध छन् भन्ने कुरा सटिकरूपमा प्रमाणित भएको छ।

नेपाललाई यतिबेला धेरैतिरबाट घेराबन्दी थियो। संविधान बन्न नदिने, अस्थिरताको दलदलमा धकेलिराख्ने अनि संकटको चक्रव्यूहमा फसाउने र असफल राष्ट्र बनाउने षड्यन्त्र पनि थिए। महाभारत कथाका पात्र अभिमन्यू चक्रव्यूहमा परेर वीरगति प्राप्त गरेको अवस्थामा देश पुग्ने कि त्यो चक्रव्यूहबाट सकुशल निस्केर अघि बढ्न सक्ने दोसाँधमा थियो राष्ट्र। आज त्यो चक्रव्यूहबाट राष्ट्र निस्कन सफल भएको छ। अझै पनि त्यस्ता षड्यन्त्रका रचना गरिने छन्। त्यसैले राजनीतिक दलहरू सुझबुझसाथ एकतबद्ध भएर अघि बढ्नुमा नै देश र जनताको हित छ।

संविधानको देशवासीले हार्दिक स्वागत र समर्थन गरे। अन्तर्राष्ट्रिय समुदायबाट पनि स्वागत गरियो। इतिहासको एउटा 'अध्याय' सकियो। अब संविधान कार्यान्वयनको अर्को यात्रा अघि बढ्नेछ। संविधानप्रति आमजनताको समर्थन रहे पनि खासगरी प्रक्रियाबाट बाहिरिएका मधेसकेन्द्रित दलहरूले यसको विरोध गरेका छन्। संविधान आएको कुरामा अरूचि राख्ने शक्तिहरू पनि छन्। सीमांकनका केही झमेला सुल्भि्कएका छैनन्। यी सवाल केलाउँदा संविधान कार्यान्वयनमा केही चुनौती अवश्य देखिन्छन्। राजनीतिक दलहरूको अबको कार्यभार भनेको सहमतिको सरकार निर्माण गर्दै संयुक्तरूपमा संविधान कार्यान्वयनमा अघि बढ्ने नै हो। आगामी दिनमा संविधान ल्याउँदाको एकता दिगो बन्नुपर्छ। आजको खुसियाली भविष्यसम्म कायम रहनुपर्छ, आज असन्तुष्ट दल र समुदायका खुसी पनि यसमा मिसिनुपर्छ। संविधानले हामीलाई तोड्ने होइन, संविधानरूपी डोरीले सबै नेपालीलाई जोड्दै जानेछ।

यतिबेला केही मधेसकेन्द्रित दलहरू संविधान सभाको घेराबाहिर छन्। उनीहरूका जायज मागलाई तत्काल सम्बोधन गर्नेगरी निर्णायक वार्तामा बस्नुपर्छ। संविधान पारित गर्दागर्दै पनि समानुपातिक समावेशीको मुद्दा र एक जिल्लामा न्यूनतम एक क्षेत्र रहने गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने सहमति भएको छ। सीमांकन, विशेषाधिकार, विशेष संरक्षित क्षेत्रलगायतका विषयको समाधान अधिकारसम्पन्न संघीय आयोगले गर्ने व्यवस्था संविधानमै गरिएको छ। मधेसका जनता र नेताहरूबीच पनि 'ग्याप' छ, मधेसका जनता हिंसा, द्वन्द्व चाहँदैनन्, त्यहाँका दलित, चमार, भूमिहीन, महिला, मुस्लिम अधिकार चाहन्छन्। मधेसी जनता देशभक्त छन्, उनीहरू मधेस, पहाड, हिमाल मिलेर बसेको देख्न चाहन्छन्।

नेपाल विविधतामा एकतासहितको विभिन्न फूलको साझा फूलबारी हो। संविधान निर्माणमा सबै दल समेटिएको भए सुनमा सुगन्ध हुनेथियो। संविधान ढुंगामा लेखेको अक्षरजस्तो होइन, समयको माग र जनताको आवश्यकताअनुसार संशोधन गर्न सकिन्छ। अब पनि फोरम लोकतान्त्रिकलगायतका एजेन्डाहरू समेट्नका लागि रूपान्तरित संसद्ले संविधान संशोधन गरेर सम्बोधन गर्न सकिन्छ। संविधानमा समेटिन नसकेका महिला, दलित, मधेसी, थारू, जनजाति, मुस्लिमलगायतका वर्ग–समुदायका जायज सवाल समेट्दै यो संविधानलाई अझ हराभरा बनाउँदै जानुपर्छ।

यसपटक सभासद्हरूको निधारमा कलंकको टीका लागेन। संविधान नल्याएको अपजस बोक्नुपरेन। संविधान निर्माणका लागि जनताद्वारा पठाइएका सभासद् रित्तो हात, अनुहार अँध्यारो पारेर फर्कन परेन। शीर ठाडो पारेर, गर्वसाथ जनताबीच जाने अवसर पाए। यो संविधान सभा र सभासद्हरू अग्निपरीक्षामा उत्तीर्ण भएका छन्। उनीहरूले आफ्नो 'मिसन' पूरा गरेका छन् र संविधान निर्माण गर्ने लक्ष्यभेदनसहित आफ्नो गन्तव्यमा पुग्न सफल भएका छन्।

दशकौँदेखिको नेपाली जनताको अभिलाषा र सपना अनि लामो तपस्या र प्रतीक्षा आज सार्थक भएको छ। सबैको साझा लगानीबाट 'हाम्रो र राम्रो' संविधान जन्मिएको छ। नयाँ संविधानले राष्ट्रिय एकता बलियो बनाउने छ, सामाजिक सद्भाव बढाउने छ र राष्ट्रको विकास तथा समृद्धिको लागि ढोका खोल्नेछ। अब हामी आर्थिक–सामाजिक रूपान्तरणको मैदानमा प्रवेश गरेका छौँ। नयाँ संविधान समृद्धिको कोशेढुंगा बन्नेछ।

जनताको पहिचान, अधिकार, अपनत्व र स्वामित्वसहितको संविधान जनताको हातमा समर्पित छ। यो शताब्दीको सबैभन्दा उच्च उपलब्धिको रूपमा हामीले संविधान पाएका छौँ। क्रान्तिका युगान्तकारी उपलब्धिहरूको एउटै थुँगाको रूपमा आएको 'जनताको कोसेली' जनपक्षीय नयाँ संविधानलाई स्वागत छ। विकास, निकास र समृद्धिको राजमार्ग खोल्ने संविधानलाई स्वागत छ। संविधान कार्यान्वयनको लागि शुभकामना छ।
अर्को समाचार
मोदी सम्बोधनमा संविधान स्वागत उच्चारण छैन
३१ भदौ २०७३
•
३ मिनेट पाठ
मोदी सम्बोधनमा संविधान स्वागत उच्चारण छैन
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाललाई निकै न्यानो स्वागत गरेको भारतले नेपालको संविधानलाई स्वागत गर्न भने अस्वीकार गरेको छ। दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले संविधानको स्वागतबारे केही बोलेनन्।

'तपाइँको बुद्धिमानीपूर्ण (वाइज) नेतृत्वमा नेपालले संविधान कार्यान्वयन गर्न समाजका सबै तप्कासँग छलफल गर्न सफल हुनेछ। म प्रत्येक सफलताका लागि शुभकामना प्रदान गर्दछु।'

नेपाल र भारतबीच शदियौंदेखि मौलिक मित्रता भएको उल्लेख गर्दै उनले नेपालमा शान्ति, स्थिरता र आर्थिक सम्वृद्धि हेर्न चाहेको बताए।

'नेपालमा शान्ति, स्थिरता र आर्थिक सम्वृद्धि भएको हामीले हेर्न चाहेको छौं', प्रधानमन्त्री दाहाललाई इंगित गर्दै उनले भने, 'तपाइँको बुद्धिमानीपूर्ण (वाइज) नेतृत्वमा नेपालले संविधान कार्यान्वयन गर्न समाजका सबै तप्कासँग छलफल गर्न सफल हुनेछ। म प्रत्येक सफलताका लागि शुभकामना प्रदान गर्दछु।' दुवै मुलुकको सुरक्षा स्वार्थ एक अर्कासँग जोडिएको उल्लेख गर्दै मोदीले भने, 'विकास र उन्नतिको लागि हामी हाम्रा समाजहरुलाई सुरक्षित पार्नु महत्वपूर्ण छ।'

नेपालको संविधान जारी हुँदा सबैभन्दा बढी असन्तुष्ट बनेको दक्षिणी छिमेकीले अझैसम्म संविधानको स्वागत गरेको छैन।

यसअघि प्रधानमन्त्री दाहालले आज बिहान भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई नेपालको संविधान स्वागत गर्न गरेको आग्रह पनि अस्वीकार गरेकी थिइन्। मोदीसँग भेट्नुअघि प्रधानमन्त्री दाहालले गरेको यो आग्रहलाई उनले हाँसेर टारेकी थिइन्। बरु उनले मधेसी मोर्चाको माग पूरा गरेर अघि जान आग्रह गरेकी थिइन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भारतले नेपालको संविधानलाई स्वागत गरेको वाक्यांश संयुक्त विज्ञप्तिमा राख्न अस्वीकार गरेको थियो। नेपालको संविधानलाई स्वीकार्न नमानेको नेपाल-भारत संयुक्त विज्ञप्तिमा ओलीले हस्ताक्षर गर्न मानेका थिएनन्।

संविधान जारी भएकोमा क्रुद्ध भारतले नेपालमाथि पाँच महिना नाकाबन्दी समेत गरेको थियो।

भिडियो

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस