दूतको अर्थ सन्देशबाहक हो। पौराणिककालमा अहिलेजस्तो सञ्चारको विकास नहुँदा दूतको महŒव बढी थियो। तर, अहिले धेरैजसो सन्देशबाहकको काम सञ्चारका विभिन्न माध्यमले गर्छन्। व्यक्तिका रूपमा आउने दूतहरू पनि विभिन्न प्रकारका र परिस्थितिअनुरूप हुन सक्छन्। सामान्यतया दूत विषयको ज्ञाता तर कार्यकारिणी अधिकारविहीन हुन्छ।प्रचलित समाजमा जब कुनै स्थानमा दुई पक्षबीच एकै विषयमा विवाद हुन्छ तब तेस्रो पक्षले त्यो विवाद मिलाउन वा उक्त तेस्रो पक्षको धारणा विवादित दुवै पक्षलाई बताइदिन दूतको व्यवस्था हुँदै आएको छ। आजको युगमा धेरैजसो दूत शान्तिदूतका रूपमा आउँछन्। तर, कहिलेकाहीँ शान्तिदूतको नाममा ती दूत विमष्यार्थ र शासनहारकको रूपमा पनि देखिने गरेका छन्। जबजब दूतहरू कुबेलामा आउँछन् वा कुनियतले बोल्छन् वा विवादित दुई वा धेरै पक्षमध्ये कुनै एकको पक्षमा सन्देश बोकेर आउँछन् तबतब उनीहरू विवादमा पर्छन्। यस्तो क्रियाकलापले कालान्तरसम्म दूत बनेर आउने पक्षसँगको विश्वासमा कमी आउन पुग्छ। अझ दूत बनेर आउने व्यक्ति विवादमा उत्रिएका पक्षहरूभन्दा ठूलो देशको वा शक्तिमान व्यक्ति छ भने त उसको दायित्व अझ बढी हुन जान्छ। दुवै पक्षले त्यो दायित्व बिर्संदा पर्ने असर पनि दूरगामी हुन्छ।
नेपालमा संविधान जारी गर्न लागिएकै बेलामा गत साता भारतीय प्रधानमन्त्रीका विशेष दूतको रूपमा नेपाल आएका भारतीय विदेश सचिवको आगमन विभिन्न कारणले विवादमा पर्योी। सो भ्रमणको उद्देश्य नेपालका मधेसवादी दलहरूको मोहोराको रूपमा भएको तथ्य कसैबाट लुकेको छैन। सतहमा जेजस्तो देखिए पनि सो भ्रमणबाट नेपालका मधेसी दललगायत कुनै पनि पक्ष सन्तुष्ट हुन सकेनन्, स्वयं भारतीय पक्ष पनि। यो कुराको स्वीकारोक्ति ती दूतले फर्कने बेलामा त्रिभुवन विमानस्थलमा व्यक्त गरेका विचारबाट बुझ्न सकिन्छ। उनको भ्रमण सफल नहुनुका पछाडि विविध कारण रहेका छन्।
सबैभन्दा पहिला त विशेष दूतको नेपाल भ्रमणको जग नै कमजोर रह्यो। बुधबार विहान भारतीय राजदूतले नेपालका केही प्रमुख पत्रिका र अनलाइनका सम्पादकलाई बोलाएर आफ्नो देशको असन्तुष्टि पोख्दै उनीहरूलाई नै आफ्नो दूत वा सन्देशबाहक बनाउन खोजे। यो स्वाभाविक हो। दुई देशबीच समस्या हुँदा पत्रकारहरूमार्फत् सन्देश दिन्छन्। उनको त्यो असन्तुष्टी समाचारमा आफ्नै किसिमले देखियो। त्यही हतास हतास स्थितिबाट 'विशेष' विशेषण झुन्ड्याइएको भ्रमण भयो, जुन सफल हुनसक्ने कुरै भएन। किनकि यी दूत आउनाको कारण सबैलाई पहिले नै थाहा थियो र जवाफका लागि दलहरूले प्रशस्त तयारी गर्ने समय पनि पाएका थिए।
दूतको उदाहरण दिँदा रामायण, महाभारतका कथा सुन्दै हुर्केका हामीमध्ये कतिपयले महाभारतमा भगवान श्रीकृष्ण पाण्डवहरूका दूत बनेर कौरवको सभामा हस्तिनापुर गएको सुने–पढेकै छौँ। त्यो पौराणिक दूतको कथाका सबैजसो विशेषता अहिले पनि व्यवहारमा त्यत्तिकै उपयोगी छ, जति त्यतिबेला थियो।
पहिलो श्रीकृष्णले दूतका रूपमा हस्तिनापुर जाँदा, पाण्डवहरूको सन्देश अलगअलग व्यक्तिलाई अलगअलग सुनाएनन्। सबै विचार र योग्यताका मानिसलाई कौरवको सभामा उनले पाण्डवहरूको शान्ति सन्देश सुनाए। जबकि त्यस सभामा पुत्रमोहग्रस्त धृतराष्ट्र, कुनै हालतमा युद्ध हुनुहुँदैन भन्ने भीष्म, द्रोण, विदुर तथा युद्धलाई आफ्नो भविष्यको कर्म बनाइसकेका दुर्योधनलगायत धृतराष्ट्रका एक सय छोरा, कर्ण अनि शकुनी सबै थिए।
नेपालमा आएका भारतीय दूतले किन सबै नेतालाई अलगअलग भेट्नुपरेको? भारतीय प्रधानमन्त्रीको सन्देस सबै पक्षलाई एउटै थियो भने किन एउटै सभामा सबैलाई स्पष्ट शब्दमा ती सन्देश नदिइएको? मधेसवादी दलका नेताहरूलाई संयुक्त भेट्न हुने, तर संविधान निर्माणको लागि विगत ८ वर्षदेखि एउटै कोठामा बसेर काम गरिरहेका नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा (माओवादी)का नेतालाई चाहिँ अलगअलग भेट गर्नुपर्ने कारण चलखेलबाहेक अरु के हुनसक्ला र! त्यसमाथि पनि भावी प्रधानमन्त्रीका रूपमा हेरिएका एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सो पार्टीका अरु व्यक्ति र आफ्नो देशको राजदूतसमेत नराखी भेटेको समाचारले नेपालीको मन दुःखीमात्र हैन आसन्न दुर्घटनाको डरले विचलित पनि हुन पुगेको छ।
दोस्रो कुरा, श्रीकृष्ण दूत बनेर जाँदा युद्धको बिगुल बजिसकेको थिएन, तर नेपालमा भारतीय दूत आउँदा नेपालको संविधान सभाले संविधान पारित गरिसकेको थियो। यस अर्थमा दूत आगमनको समय गलत थियो अथवा भनौँ त्यो समयमा उनी आउनै हुन्नथ्यो।
तेस्रो, श्रीकृष्णले दूतको रूपमा हस्तिनापुर आउँदा र धृतराष्ट्रको सभामा बोल्दा, पाण्डवको पक्ष लिएको कतै पाइँदैन। तर, नेपाल आएका भारतीय दूतमा भने, यहाँ उनलाई भेट्ने हरेक नेताले भारतीय दूतको भावना कम र नेपालका मधेसवादी दलको पक्षपोषण हुने भावना बढी भएको पाए। यो भावना नै उनको भ्रमण असफल हुनुको प्रमुख कारणमध्धेको एक हुन पुग्यो। उनको चासो भारतीय स्वार्थमात्रै हुँदो हो त परिस्थिति गम्भीर हुनसक्थ्यो।
चौथो, श्रीकृष्ण पाण्डवहरूका कर्मचारी थिएनन्, शुभेच्छुकमात्र थिए। दूत दुवै पक्षले विश्वास गर्नसक्ने मान्छे हुनुपर्छ। यो कुरा भारतीय सरकारी कर्मचारी 'विदेश सचिव'मा देखिएन। उनको ठाउँमा भारतीय कुनै विपक्षी पार्टीको खारिएको नेता दूत बनेर आएको भए केही प्रभावकारी पक्कै हुन्थ्यो। नेपाललाई हेर्ने भारतीय दृष्टिकोण कर्मचारी र राजनीतिक तहमा अलगअलग रहेको भनी बुझेका नेपालीलाई यो भ्रमण कसको हो भनेर छुट्याउनै पनि कठिन भएको थियो। तसर्थ पनि भारतीय उच्च दूत नेपालका लागि भविष्यमा पनि राजनीतिक नै हुनपर्छ, कर्मचारी हैन।
पाचौँ र अत्यन्त महŒवपूर्ण कुरो भनेको श्रीकृष्णले दूतका रूपमा हस्तिनापुरमा अनावश्यक भेट कसैसँग पनि गरेनन्। यहाँ भारतीय दूतको भेटघाटको प्रमुख सूचीमा नेपालका राष्ट्रपति पनि परे। नेपालका संवैधानिक राष्ट्रपति संविधान निर्माणका निर्णयकारी अंग थिएनन् र होइनन्। यसर्थ पनि त्यो भेटघाट कुनै हालतमा जरुरी थिएन। भेट गर्नु औपचारिकता थियो भने पनि त्यहाँ संविधान निर्माणका विषयमा कुरा उठाइनु र चिन्ता व्यक्त गर्नु कूटनीतिकरूपमा त सुहाउने कुरै भएन।
उल्लिखित घटना–परिघटनाबाट ठोकुवा के गर्न सकिन्छ भने, भारतीय विदेश सचिवको भ्रमण दूतको नाममा चलखेलका लागि थियो। चलखेलको परिणाम सबैका निम्ति पीडादायी नै हुन्छ।
यसै सन्दर्भमा मैले कुनै समय काम गर्ने क्षेत्रको एउटा ठूलो कार्यालयको सत्यघटना यहाँ उल्लेख गर्नु मनासिब ठानेको छु।
सो कार्यालयका धेरै कर्मचारीमध्धे निम्नतहमा काम गर्ने एकजना कर्मचारी हात हेरेर अरुको भविष्य बताउन जान्दथे। उनी जुन कोठामा कामको सिलसिलामा जान्थे, मानिसहरू 'ए बाजे मेरो हात हेरिदिनुुस् त' भनेर हात अघि सारिहाल्थे। उनी यसबाट दिक्क थिए। किनकि समय बर्बाद हुने अनि पैसा भने कोही पनि नदिने! यसरी हात अघि सार्नेमा सोही कार्यालयमा उच्च ओहोदामा अलगअलग विभागमा काम गर्ने ५० वर्ष नाघेका एक दम्पत्ति पनि थिए। एकदिन ती हात हेर्ने बाजेलाई ती दम्पत्तिसँग रमाइलो गर्न मन लागेछ र उनी बिहीबारको दिन पारेर पहिला महिलाको कोठामा गएछन्। उनी आएको देख्नेबित्तिकै ती महिलाले स्वभावतः ए बाजे मेरो हात हेर्नुस् त भनिहालिन्। बाजेले हात हेरेर अँध्यारो मुख लगाएर भन्न थाले–हजुर र सरको त सारै नराम्रो दशा चलेको रहेछ। विछोड पनि हुन सक्छ। यही बीचमा सरको अरु कुनै सम्बन्ध पनि बन्न सक्ने योग छ। यो दशाको निवारणका लागि हजुरले आगामी मंगलबार गणेशको व्रत बस्नुपर्छ। त्यति भनी व्रतको विधि पनि ती महिलालाई बताएछन्। अन्त्यमा के पनि भनेछन् भने, यो व्रतको बारेमा सरलाई केही नबताउनु र व्रतको दिन सरसँग अलि परै बस्नु अनि सहवासचाहिँ कुनै पनि हालतमा नगर्नु। उक्त रात तपार्ईंहरूको बीचमा सहवास भयो भने व्रतको फल उल्टो हुन्छ पनि बाजेले भनिदिएछन्।
केही समयपछि बाजे ती महिलाका श्रीमान्को कोठामा गएछन्, ती पुरुषले पनि आफ्नो बानीअनुसार हात हेर्न लगाइहाले। अब ती हात हेर्ने ज्योतिषले पहिले उसकी श्रीमतीलाई बताएझैँ सबै कुरा भनेछन् र मंगलबार व्रत बस्न लगाएछन्। तर, अन्त्यमा भने महिलालाई बताएको उल्टो गरी ती पुरुषलाई भनेछन्, सर उक्त व्रतको फल तबमात्र प्राप्त हुन्छ जब मंगलबारको राति म्याडमसँग सहवास हुन्छ। तसर्थ, कुनै पनि हालतमा मंगलबार राति म्याडमसँग सहवासचाहिँ हुनैपर्छ।
अब हामी कल्पना गर्न सक्छौँ मंगलबार राति त्यो दम्पत्तिको घरमा के भयो होला र बुधबार कार्यालयमा हात हेर्ने ज्योतिषको के हाल भयो होला!
माथिका पाँच कारण र अझ भारतीय दूतले कुनै एउटै विषयमा हाम्रा नेताहरूलाई अलगअलग भेट्नुको तात्पर्य माथिको उल्लिखित घटनामा श्रीमतीलाई सहवासबाट सो राति टाढा बस्नु भन्नु र श्रीमान्लाई सहवास नगरी व्रतको फल मिल्दैन भन्नुबाहेक अरु केही हुनै सक्दैन। नत्र सबैलाई एकैसाथ भेटेर सन्देश दिँदा के बिग्रन्छ? यस्तो कार्यले कसलाई फाइदा हुन्छ? जसले नेपालमा अस्थिरता चाहन्छ उसैलाई। फेरि संसारका विभिन्न देशले नेपालको संविधान र परिस्थितिलाई स्वागत गरिसकेको अवस्थामा भएको सो भ्रमणले अन्तर्राष्ट्रिय जगत्मा पनि भारताका लागि त्यति सहज भएन।
भारतको व्यवहार त्यो बेलासम्म मात्र लागु हुनसक्थ्यो, जबसम्म पार्टीहरू एकअर्कासँग मिलेका हुँदैनथे। तर, भारतीय पक्षको यस पटकको कमजोरी, सोही चाल जुन उसले पार्टीहरू नमिल्दा वर्षौंदेखि चल्दै आएको छ, त्यही चाल अहिले चल्दा बिग्रन पुग्यो। अहिले कांग्रेस, एमाले र एमाओवादी जसरी पनि संविधान जारी गर्ने निचोडमा पुगेका र संविधानका अन्तर्वस्तुमा समेत सहमति भई स्वीकृत भइसकेको स्थितिमा फुटको राजनीति हावी हुन सकेन। फेरि भारतीय दूतको भ्रमण असफल हुनुको पछाडि अहिले नेपालका प्रमुख तीन पार्टीका प्रमुख नेता भारतले मन नपराएका भनिएका रहेकोले पनि हुनपुग्यो। हिजोको चलखेलबाट वाक्क भएका यी नेताहरू उपयुक्त समयमा भारतलाई गतिलो शिक्षा दिने दाउमा थिए, जुन अहिले पूरा छ। यो कुराको भान त्यस भ्रमणपछिका ती नेताहरूका हाउभाउ र भाषणबाट सजिलै बुझ्न सकिन्छ।
राजनीतिमा दूतहरूका भ्रमण हुन्छन्, विभिन्न कुरा पनि होलान्, गोप्य कुरा होलान्, सार्वजनिक कुरा पनि होलान्। तर एउटै विषयमा विभिन्न व्यक्ति तथा असम्बद्ध व्यक्तिसँग अलगअलग कुराकानीका निम्ति ढोल बजाएर आएर भेट्न किमार्थ मिल्दैन। यो शास्त्रीय दृष्टिकोणबाट पाप र नैतिक दृष्टिकोणबाट गलत हो। त्यस्तो भेट नभइनहुने नै हो भने गोप्य ढंगको र अरु कुनै भूभागमा यताका पनि दूतहरू राखेर हुनुपर्छ। तर, सकेसम्म त्यस्ता भेट नभएकै राम्रो।