संविधान सभा नयाँ संविधानको विधेयक पारित गर्ने अन्तिम प्रक्रियामा छ। अन्तरिम संविधानअनुसार तत्काल कायम रहेको सम्पूर्ण संख्याको कम्तीमा दुई तिहाइ सदस्य उपस्थित भएको बैठकको दुई तिहाइ बहुमतबाट संविधानको प्रस्तावना र धाराहरू पारित हुनेछ।संविधानको प्रस्तावनासहित सम्पूर्ण धारा पारित भएपछि संविधान सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट संविधानको सिंगो विधेयक पारित हुनेछ। संविधान सभा नियमावलीअनुसार संविधान सभाबाट पारित विधेयकको अन्त्यमा संविधान सभाका प्रत्येक सदस्यले हस्ताक्षर गर्नेछन् र संविधानको विधेयक अध्यक्षद्वारा प्रमाणित भएपछि त्यस्तो विधेयकले संविधानको रूप धारण गर्नेछ। संविधानको प्रारम्भ भने संविधान सभाद्वारा आयोजित औपचारिक समारोहमा राष्ट्रपतिले संविधानको प्रतिमा हस्ताक्षर गरी घोषणा गरेको मितिबाट हुनेछ।
संविधानको धारा उपधारा सहित सम्पूर्ण विधेयक पारित गर्ने, त्यसको पुछारमा सभासदहरूले हस्ताक्षर गर्ने, अध्यक्षद्वारा विधेयकको प्रमाणित गर्ने र राष्ट्रपतिबाट संविधान जारी भएको घोषणा गर्ने कार्य संविधान निर्माणको प्राविधिक पक्ष हो। जुन यात्रा प्रमुख तीन दलबीच सत्ता बाँडफाँड सम्बन्धमा गरिएको पूर्व सहमति कायम रहेसम्म र राष्ट्रपतिद्वारा अन्यथा कदम (आशंका गरिएको) नचालिएको हदसम्म सुरक्षित नै देखिन्छ। तर, जनताद्वारा निर्माण गरिएको भनिएको संविधानको वैधताका सर्तहरू प्राविधिक नियमको पालनाले मात्र पूरा भएको मान्न सकिँदैन। संविधान सभा जनसहभागितामा संविधान निर्माण गर्ने विधि हो। यो विधिमा जनताको सहभागितालाई राजनीतिक अधिकारका रूपमा मात्र नहेरी कानुनी अधिकारकै अंशको रूपमा हेरिन्छ। यस अर्थमा यो विधिअन्तर्गत निर्माण हुने संविधानमा त्यसमाथिको जनसमर्थन र स्वामित्व, सरोकारवालाको चाहना, राष्ट्रिय शक्ति सन्तुलनको अवस्था, संविधानको वास्तविक कार्यान्वयनसमेतलाई संविधानको वैधताका थप सर्त मानिन्छ। सत्ता र शक्तिको उन्मादमा तीन प्रमुख दलका नेताले वैधताको यस पक्षप्रति त्यति ध्यान दिएको देखिँदैन। आफ्नै अविवेकीपन र गैरजिम्मेवार राजनीतिका कारण उन्पन्न समस्यालाई सम्बोधन गर्ने कुनै पहल नगरी संविधानको औपचारिक घोषणाबाट संविधानको वैधता पूर्ण हुन्छ र सबै समस्या स्वतः साम्य हुन्छन् भन्ने नेताहरूको बुझाइ मुलुकका लागि प्रत्युत्पादक हुने निश्चित प्रायः छ।
संविधानको कार्यान्वयन पक्ष संविधान जारी हुनुभन्दा बढी महत्वको हुन्छ। संविधान आफै स्वचालित हुने नभै यसलाई सञ्चालन गर्नुपर्ने हुँदा यसको कार्यान्वयनमा नागरिक तथा शासकहरूको विशेष भूमिका रहन्छ। नागरिकका सही इच्छा र आकांक्षा प्रतिविम्बित नभएको तर शासकको अभीष्टमात्र पूर्ति गर्ने साधनका रूपमा तयार हुने संविधान प्राविधिकरूपमा जारी भए पनि कार्यान्वयन सम्भव हुँदैन। संविधानको कार्यान्वयन शक्ति कानुनी र नैतिक दुवै हुन्छ। नैतिक बल शासकहरूको क्रियाकलापबाट उत्पन्न हुने विषय हो। जारी हुन लागेको संविधानमा दोस्रो पक्षलाई त्यति ध्यान दिइएको पाइँदैन। ठूलो असहमति र विरोध भए पनि खराब संविधान जारी गरौँ र त्यस्ता असहमतिलाई संशोधनमार्फत सम्बोधन गरौँला भन्ने सोच संविधान निर्माण प्रक्रियामा अत्यन्त अपरिपक्व र घातक हुनसक्छ।
जारी हुने संविधानमा बहुसंख्यक नागरिक र समुदायले अपनत्व अनुभूत गर्न नसक्ने वातावरण तयार भइरहेको अवस्थामा संविधान जारी भएपछिको जटिल राजनीतिक अवस्थाको अनुमान अहिल्यै गर्न सकिन्छ। त्यस्तो अवस्था आइपरेमा परिस्थितिलाई नियन्त्रणमा राख्नसक्ने हैसियतको नेतृत्व कुनै पनि दलमा देखिँदैन। नागरिकहरूको विश्वास टुटिसकेका र नैतिक बल गुमाइसकेका नेतृत्वको आश्वासन र आह्वानलाई जनताले पालना गर्दैनन् भन्ने विश्व अनुभव छ। प्रजातन्त्रको दुहाई दिए पनि त्यसलाई व्यवहारमा उतार्न असफल सुशील कोइराला, प्रधानमन्त्री बन्ने होडमा राष्ट्र, राष्ट्रियताप्रतिका आफ्ना पूर्व अडानलाई तिलाञ्जली दिइसकेका केपी ओली र हत्याहिंसाको राजनीतिबाट उदाएका प्रचण्ड बाबुरामहरूको गठबन्धनसँग अनियन्त्रित राज्य व्यवस्थालाई कमाण्ड गर्ने तागत नहुन सक्छ। संविधानजारी हुनुपूर्व नै परिस्थितिलाई नियन्त्रण र विश्वासमा लिनु बुद्धिमानी हुन्छ।
चार दलबीच सम्पन्न सोह्र बुँदे समझदारी धेरै हदसम्म व्यावहारिक र समय सापेक्ष थियो। नेताहरू र मुलुकको दुर्भाग्य भन्नुपर्छ त्यसमा उनीहरू धरै दिनसम्म अड्न सकेनन्। सोह्र बुँदे समझदारीबाट बिचलित भई कहिले ६ र कहिले ७ प्रदेशको सीमाकङ्नको विवाद आफैँले पष्ैदा गरे। संविधान सभाको नाउँमा हुनेगरेका अनुचित क्रियाकलाप र संविधान सभाको पट्यार लाग्दो प्रक्रियालाई छिटोभन्दा छिटो अन्त्य गर्न नयाँ संविधान मुलुकको पहिलो आवश्यकता हो। तर, प्रदेशको सीमाकंनको विवाद आफै खडा गरिसकेपछि त्यस्तो विवाद निष्त्रि्कय वा सम्बोधन हुन नपाउँदै मुलुकको ठुलो हिस्सा आक्रान्त भएको अवस्थामा विवादित प्रावधानसहित जबरजस्ती अघि बढ्न खोज्नु नेपालको विशिष्टतामा कदापी बुद्धिमानी हुनसत्तै्कन। पछिल्ला विवाद र अन्तरसंघर्ष कतिपय बाह्य शक्तिका लागि संविधान जारी भएको अवस्थामा आफ्नो अभीष्ट पूर्ति गर्ने अत्यन्त उपयोगी औजार ंहुनसक्दछन् भन्नेमा हामीले हेक्का राखेको देखिदैन।
नेपालको प्राकृतिक स्रोत, सम्पदा, कला, साहित्य, धर्म र संस्कृतिमाथि खराब दृष्टिकोण राख्दै आएका केही बाह्य शक्ति अर्थात् अन्तराष्ट्रिय समुदायको साझा उद्देश्य र आवश्यकता नेपालमाथिको नियन्त्रित अस्थिरता नै हो। यसका लागि प्रारम्भमा उनीहरूले अत्यन्त विवादमा रहेको संविधानको विधेयक र जारी प्रक्रियालाई समर्थन गरेजस्तो बहाना अभिव्यक्त गरेका छन्। यो उनीहरुको कूटनितिक मर्यादा र बाध्यता दुवै हो। यसलाई जस्ताको तस्तै हामीले बुझ्नु सरासर गलत हुनेछ। नेपालजस्ता गरिब मुलुकमा मानव अधिकार, प्रजातन्त्र, विधिको शासन, स्वतन्त्र न्यायपालीकाका विषयमा दोहोरो मापदण्ड राख्दै आएका बाह्य शक्तिका लागि विवादास्पद संविधानलाई अनुमोदन र समर्थन गर्नु तत्कालका लागि एउटा अवसर पनि हो। यसबाट उनीहरुले कम्तीमा पनि दुई ओटा लाभ सहजरूपमा प्राप्त गर्न सक्नेछन्। एउटा, तिनीहरू नयाँ सरकारमाथि आफ्नो पकड कायम राख्नसफल हुनेछन्। र, दोस्रो विवादित संविधानविरुद्ध हुने सबै प्रकारका आन्दोलनमा मलजल गर्न सक्नेछन्। यसो हुनु दीर्घकालका लागि नेपालको राष्ट्रिय हितमा दुर्भाग्य साबित हुनेछ।
नेताहरूद्वारा परिस्थितिको सही आकलन र मूल्याकंन समयमै हुन नसकेमा र आफ्ना जनतालाई विश्वासमै नलिई संविधान जारी भएमा दुई ठूला डरलाग्दा चुनौतीको सामना नयाँ सरकार र रूपान्तरित संसद्ले तत्काल गर्नुपर्ने देखिन्छ। एउटा, संविधान जारीसँगै हुने आन्दोलनलाई सम्बोधन गर्ने नाउँमा राष्ट्रिय हित र अखण्डताका विषयमा सम्झौता गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न हुन सक्छ। संविधान जारी भएको छोटो समयमै त्यसलाई संशोधन गर्न दलहरूले सहमति व्यक्त गरिसकेका छन् भन्ने कतिपय नेताको सार्वजनिक अभिव्यक्तिले विषयलाई झनै सन्देहमा राखेको छ। निकै ठूलो दीर्घकालिन योजनाका साथ नेपालविरुद्ध लागि परेका बाह्य शक्तिका लागि आफ्ना अभीष्ट संशोधनको माध्यमबाट संविधानमा छिराउने गतिलो अवसर हुनसक्छ। दोस्रो कुरा कुनै कारणले नयाँ सरकार वा रूपान्तरित संसद् तिनका माग सम्बोधन गर्न अनिच्छुक देखिएमा त्यसैलाई आधार बनाई लामो समयसम्म आन्दोलन र विद्रोह कायम राख्न उनीहरुलाई सहज हुनेछ। यी दुवै कुरा हाम्रा लागि चुनौतीका विषय हुन्।
अन्त्यमा, हतारमा कमजोर र कसैले पनि स्वामित्व लिन नसक्ने संविधान जारी गर्न लगाई तत्पश्चातको राजनीति अवस्थामाथि आफ्नो पकड कायम राख्न खोज्ने बाह्य शक्तिको चाहना हामीले समयमै बुझ्न आवश्यक छ। यसका लागि कुनै ठूलो अप्रिय दुर्घटना वा क्षति हुनुपुर्व नै स्थितिको आकलन गरी त्यसलाई आफ्नो बसमा राख्नु राजनीतिक बुद्धिमानी हुनेछ। मधेसी, जनजाती, दलितलगायत विभिन्न वर्ग समुदायलाई विश्वासमा अहिले नै लिनु जरुरी छ। अन्तर्राष्ट्रिय शक्तिलाई कूटनीतिक तवरले आफ्ना उचित कार्यसूचीमा सहमत गराउने पहल गर्न आवश्यक छ। तत्काल संविधान जारी गर्दा हुने क्षति र खास समस्याको सम्बोधन गरी संविधान जारी गर्दा हुने फाइदा दुवैको लेखाजोखा गरेरमात्र निर्णय लिनु श्रेयष्कर हुनेछ।