संविधान घोषणाका अप्ठेरा
३० भदौ २०७२
•
१५ मिनेट पाठ
संविधान घोषणाका अप्ठेरा
राष्ट्रपति डा. रामवरण यादव सोमबार साँझ शीतल निवासमा प्रधानमन्त्री सुशील कोइरालाको व्यग्र प्रतीक्षामा थिए। साँझ ७ बजेसम्मको समय त्यत्तिकै बित्यो, त्यसपछि शीतल निवासले राति ९ बजे भेटघाटको समय तय गर्‍यो र प्रधामन्त्रीको प्रतीक्षामा बस्यो।तैपनि कोइराला शीतल निवास गएनन्। शीतल निवासको सोधीखोजीमा कोइराला 'सुतिसकेको' जवाफ गयो बालुवाटारबाट। राष्ट्रपति यादव पनि त्यत्तिकै सुते। भोलिपल्ट बिहान अर्थात, असोज २९ गते बिहान संविधान सभा अध्यक्ष सुवास नेम्बाङ र त्यसपछि प्रधानमन्त्री कोइरालासँग भेटघाटका क्रममा यादवले एक किसिमको रोष प्रकट गरे। राष्ट्रपति संस्थालाई बेवास्ता गरेकोमा उनी आक्रोशित थिए। जानकारहरूका अनुसार, यादवले तीन प्रमुख राजनीतिक दलले जस्तो कागज ल्याए पनि त्यसमा हस्ताक्षर गर्न आफू बाध्य हुनपर्ने अवस्था दर्शाएका थिए। उनले असोज ३ गते संविधान जारी गर्ने राजनीतिक दलको निर्णयमा स्पष्ट जवाफ दिएका थिएनन्। संविधान सभामा त्यसको प्रतिक्रियामा तीन दलका शीर्ष नेताले तात्तातो छलफल गरे र संविधान सभाबाट विशेष प्रस्ताव पास गरे। प्रस्तावमा असोज ३ गते राष्ट्रपति संविधान सभा गएर संविधानको घोषणा गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरियो।

किन राष्ट्रपतिले संविधान सभामा आउने, नआउने स्पष्ट जबाफ दिएनन्? यो प्रश्नको उत्तर खोज्दै जाँदा कोइराला किन शीतल निवास गएनन् भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ। र, त्यसभन्दा पहिला संविधान सभाले असोज ३ गते धुमधामका साथ संविधान जारी गर्ने प्रचार कसरी गर्योज? त्यसको चर्चा गर्नुपर्छ।

राष्ट्रपति मुलुकको सर्वोच्च संस्था हो। त्यसको मानसम्मान गर्नु सबैको दायित्व हो। त्यो संस्थाको मानमर्दन गर्नुलाई बहादुरी मान्न सकिएला तर, त्यो राजनीतिक संस्कार र लोकतान्त्रिक अभ्यास हुनसक्तैन। अन्तरिम संविधानमा राष्ट्रपतिले विशेष समारोहबीच संविधान घोषणा गर्ने र नयाँ संविधान जारी गर्ने व्यवस्था छ। तर, राष्ट्रपति कार्यालयलाई सामान्य जानकारीसमेत नदिई संविधान सभाबाट घोषणाको प्रचार गरियो। संविधान सभाबाट संविधान घोषणाको प्रचारले संभवतः राष्ट्रपति यादवलाई दुःखी तुल्यायो र त्यसकै प्रतिक्रियामा उनले आउने नआउने स्पष्ट जवाफ दिएनन्। अहिलेसम्मका राजनीतिक परिदृश्यले यादव ३ गते संविधान सभा जाने र नेपालको संविधान घोषणा गर्ने नै देखिन्छ। तर, प्रश्न तात्तातो विशेष प्रस्ताव पास गरेर राष्ट्रपतिलाई बाध्य बनाउने जुन अभ्यास गरियो, त्यसलाई राजनीतिक भन्ने कि बचकना खेल?

राष्ट्रपति यादव राष्ट्रपति हुनुअघि नेपाली कांग्रेसका नेता थिए। सुशील कोइराला कांग्रेसको कार्यवाहक सभापति हुँदा यादव महामन्त्री थिए। आठ वर्षअघिको यो राजनीतिक सम्बन्धकै कारण कोइरालाले उनलाई महŒव नदिएका हुनसक्छ। त्यसो त राजनीतिक वृत्तमा कांग्रेसका शीर्ष नेताले यादवलाई राष्ट्रपतिको भूमिका स्वीकार्न सकिरहेका छैनन् र उनीहरू यादव आफ्नो चाहनाअनुसार राष्ट्रपति चलिदिउन् भन्ने मान्यता राख्छन् भन्ने चर्चा पनि सुनिन्छ। मधेस आन्दोलन चलिरहेको बेला पूर्वी मधेसमा साम्प्रदायिक द्वन्द्व चर्केको थियो। ठूलो संख्याका पहाडी मूलका बासिन्दा विस्थापित भएका थिए। साम्प्रदायिकताको चपेटामा कतिपय पहाडीको ज्यान गएको थियो। त्यसबेला यादव, मधेसी र पहाडी जोड्ने सेतु मानिन्थे। अहिले यता संविधान सभामा धमाधम संविधानका धाराहरू पास गरिरहेको समयमा मेचीदेखि महाकालीसम्मको तराई/मधेस आन्दोलनमा छ। त्यहाँ कफुर्य, निषेधाज्ञा जारी छ र हिंसा चर्केको छ। संघीयतालाई राजनीतिक आकार दिने राजनीतिक पक्ष मधेसवादी दलहरू संविधान सभा बहिष्कार गरेर सडकमा ओर्लिएका छन्। मुलुकको यो गम्भीर अवस्थाबारे सरकार र राजनीतिक दलको ध्यानाकर्षण गरेर सहमतिको राजनीति सुझाउने यादव अहिले मधेसीका मतियारको आरोप खेप्दैछन्। बिडम्वना, यादवलाई मधेसीका मतियार भन्दै दुष्प्रचार भइरहेका छन्।

संविधान सभामा अहिले तीन दलीय बहुमत छ । उनीहरू जुनसुकै कुरा पनि प्रस्तावको पक्ष र विपक्षका आधारमा छिनोफानो गर्ने मानसिकतामा देखिन्छन्। 'हुन्छ र हुन्न' को मतबाट संविधानका धाराहरू धमाधम अनुमोदन हुँदैछन्। एक किसिमको रोमाञ्चकतामा संविधान निर्माणका काम हुँदैछन्। राष्ट्रपति संविधान घोषणाका लागि संविधान सभा आउँनै पर्ने प्रस्ताव पास गरेपछि बुधबार अपराह्नसम्म भएका राजनीतिक घटनाका आधारमा असोज ३ गते मुलुकले एक थान संविधान प्राप्त गर्नेछ। त्यस संविधानमा कसकसले सहमति जनाउँछन् भन्ने जारी भएको दिन ककसले, मुलुकको कुन कुन क्षेत्रमा दीपावली गर्ने हुन् त्यसबाट स्पष्ट हुँदै जानेछ। मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) र थरुवान/थरुहट सघर्ष समितिसँगका वार्ता सकारात्मकरूपमा अघि बढिरहेको पृष्ठभूमिमा संविधान जारी गर्ने दिनसम्ममा संविधानको पक्षमा ठूलो जनमत खडा हुने देखिन्छ। तर, मुलुकको राजनीति तरल अवस्थामा छ। जुनसुकै बेला संविधान निर्माणका तिथिमिति यताउता हुनसक्ने खतरा हटिसकेका छैनन्।

पछिल्ला राजनीतिक घटना मसिनोसँग केलाउँदा मधेसी दलले बहिष्कारको राजनीति अख्तियार गरेको पृष्ठभूमिमा छिमेकीको चासो र सक्रियता बढेको छ। सुरु भइसकेको संविधान निर्माण प्रक्रिया एकाएक २ दिन रोकिनुमा नेपालका लागि भारतीय राजदूत रञ्जित रेको सक्रियता प्रमुख थियो। भदौ २५ गते एकाबिहानै एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री कोइरालालाई भेटी आफ्नो सरकारको 'सन्देश' सुनाएका थिए। सन्देशमा सबैलाई समेटेर संविधान जारी गर्नुपर्ने सुझाव थियो, आन्दोलनरत पक्षसँग वार्ता र संवादको आग्रह थियो। सन्देशसँगै रेले नेपालको संघीयताले खाका कसरी कोर्ने र संवादका निम्ति कति समय दिने भन्नेसम्मका सुझाव दिएको राजनीतिक वृत्तमा चर्चा छ। चर्चाअनुसार भारत १५ दिनको समय चाहन्थ्यो। तर, प्रमुुख तीन राजनीतिक दलले वार्ताका निम्ति २ दिनको समय दिए। त्यो समयमा थरुवान/थरुहट संघर्र्ष समितिबाहेक आन्दोलनरत मधेसी दल वार्तामा आएनन्। वार्ताका लागि समय दिने पक्षमा एमाले र एमाओवादी छैनन्। तर, नेपाली कांग्रेसका सभापति कोइराला पनि आफ्नै कारणले बाध्यतामा देखिन्छन्।

कोइराला रहरले होइन बाध्यताले असोज ३ गते नै संविधान जारी हुनुपर्छ भन्नेमा अडिनुको पछाडि उनको दल कांग्रेसको वैधानिक हैसियतको प्रश्न छ। कांग्रेस बाह्रौं महाधिवेशन सम्पन्न भएको असोज ४ गते ५ वर्ष पुग्दैछ। कांग्रेसको वैधानिक हैसियतका लागि त्यसभन्दा पहिले कि अन्तरिम संविधान संशोधन हुनुपर्छ नभए नयाँ संविधान जारी गर्नुपर्छ। नयाँ प्रावधानमा ५ वर्षमा ६ महिना थप्न सकिने व्यवस्था छ। कोइराला चाहन्थे, अन्तरिम संविधान संशोधन गरेर कांग्रेसको वैधानिकता कायम गर्ने र केही समय संविधान निर्माणको प्रक्रिया थाती राखेर मधेसी दलसँग विस्तृतमा वार्ता गर्ने। यही मानसिकतामा उनले संयुक्त राष्ट्रसंघको महासभामा जाने तयारी पनि गरेका थिए। तर, एमालेले कोइरालाको अन्तरिम संविधान संशोधन गर्ने याचनालाई महŒव दिएन। राजनीतिक परिस्थितिले कोइरालालाई असोज ३ मै संविधान जारी गर्ने अवस्थामा पुर्यानयो।

काग्रेसको यस्तो अवस्थामा कोइरालाकै कारणले पुगेको हो। उनले बैलैमा पार्टीको अधिवेशन गर्न चाहेनन्। सरकारबाट हटेपछि पार्टी सत्ता चलाउने उनको एक सूत्रीय चलखेलका कारण कांग्रेस यस्तो अवस्थामा आइपुगेको हो। कांग्रेसजनले ख्याल गर्नुपर्ने कुरा के हो भने तराई मधेस कांग्रेसको भोट बैंकजस्तै हो। पछिल्लो संविधान सभा निर्वाचनमा तराई मधेसका ११६ निर्वाचन क्षेत्रमध्ये कांग्रेस ५१ निर्वाचन क्षेत्रमा विजयी भएको छ भने एमाले ३७ र एमाओवादी १२, राप्रपा २, स्वतन्त्र २ र सबै मधेसी दलले गरेर ११ स्थानमा जितेका छन्। कोइराला, एमाले र एमाओवादीको खटनमा चल्नुपर्ने अवस्थाले अन्त्यमा सबैभन्दा घाटा पुर्या उने कांग्रेसलाई नै हो। तराई मधेसको राजनीति बिथोलिँदा त्यसको प्रत्यक्ष मार कांग्रेसलाई पर्ने निश्चित छ। तर, कोइरालाले आफ्नो भोट बैंकमा भइरहेको प्रहार बुझ्न सकिरहेका छैनन्। उनी परिस्थितिजन्य बाध्यतामा जो छन्।

कोइराला बाध्यतामा छन् आफ्नै कारणले। अर्को दल प्रमुख दल एमाले पनि अन्योलमा देखिन्छ। उसले आफ्ना दूतहरू दिल्ली पठाएको छ। यता संविधान निर्माणको अन्तिम समयमा छिमेकी भारतकी विदेशमन्त्री सुषमा स्वराजले दिल्ली र अमेरिकी विदेश विभागका प्रवक्ता जोन किर्नीले वासिङ्टनबाट सोमबार मध्यरातमा नेपालमा भइरहेको राजनीतिक घटनाक्रमबारे चासो राख्दै विज्ञप्ति प्रकाशित गरेका छन्। भारतका विदेश मन्त्री स्वराजको वक्तव्यमा बढी कूटनीतिक छ । एकातिर संविधान निर्माणका प्रक्रिया अगाडि बढेकोमा स्वागत गरिएको छ भने अर्कोतर्फ आन्दोलनरत पक्षसँग वार्ता र संवाद गर्न सुझाइएको छ। वक्तव्यको भावना संविधान जारी होस् भन्नेजस्तो पनि देखिन्छ तर समय लिएर आन्दोलनरत पक्षलाई समेट्न पनि भनिएको छ। भारतले नेपालको राजनीतिमा गहिरो चासो राख्दै आएको उल्लेख गर्दै 'स्थिर र टिकाउ संविधानबाट मात्र आधुनिक नेपालको निर्माण संभव छ। यसमा नेताहरूले कुनै कसरत छाड्ने छैनन् भन्नेमा हामी आशावादी छौँ' भनिएको छ। अमेरिकाले पनि नेपालको संविधान निर्माणको प्रक्रियाको स्वागत गर्दै 'लचकता' र 'समावेसी' शब्द उल्लेख गरेको छ। सामान्यतया संविधान जारी भइसकेको अवस्थामा छिमेकी र विदेशीले त्यसको स्वागतमा व्यक्तव्य दिने चलन हो। तर, संविधान निर्माण अन्तिम समयमा पुगेको अवस्थामा नेपालको राजनीतिमा गहिरो चासो र अर्थ राख्ने भारत र अमेरिकको वक्तव्यको आशय बुझिनसक्नुको छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस