बीपी कोइराला पश्चिमाञ्चलको भ्रमणको सिलसिलामा २०१२ सालमा सहिदहरूको गाउँ तनहुँसुरको प्राचीन सेन वंशको राजधानीको पुराताŒिवक अवशेष अवलोकन गर्दै अर्चलचौर राधारामको दलित गाउँस्थित हाम्रो घरमा बिहानको खाना खान पुग्नुभएको थियो।भान्सामा विश्वबन्धु र डा. तुलसी गिरीसहित भएर खाना खाँदै गर्दा आमा द्रौपदाको नाकको बुलाकी देख्नासाथ उहाँले तिखो टिप्पणी गर्दै भन्नुभएको थियो– 'हाम्रो मधेसमा त बयलगाडा गोरुलाई यस्तै नथ्था लगाउँछन्।' यो सुनेपछि लाजले भुतुक्क हुनुभई आमाले आफ्नो सारीले मुख छोप्नुभएको थियो, तर दिउँसो आमसभामा पुग्नुअगावै सुनार गाउँ पुगेर उहाँले बुलाकी फुकाली महिला समूहका साथ बिनाबुलाकी उपस्थित हुन भ्याउनुभएको थियो। आज ९४ वर्षको उमेरमा पनि आमाले त्यस घटनालाई सम्झँदै हाँस्नुहुन्छ, तर त्यो उहाँको जीवनमा एउटा क्रान्तिकारी परिवर्तनको क्षण थियो।
त्यतिखेर बीपीको मुखबाट निस्केको 'हाम्रो मधेस' शब्द भने मेरो मानसपटलमा अझै पनि ताजा छ। हाम्रो मधेस शब्दका पछाडि एउटा इतिहास छ। शताब्दीऔँअघि काठमाडौँभन्दा ३६ माइल पूर्व एउटा सानो पहाडी गाउँ दुम्जामा बसेको एउटा कोइराला परिवार मोरङको घनघोर जंगलतिर भाग्यको खोजीमा झरेको थियो। हिंस्रक जंगली जनावर तथा घातक मलेरियाको सामना गर्दै गोग्राह भन्ने ठाउँमा कालीको मन्दिर स्थापना गरी रस्ती, बस्ती विकास गरी पिताजी कृष्णप्रसाद कोइरालाले त्यहीँ आफ्नो कारोबार थाल्नुभएको थियो। पछि त्यही ठाउँमा व्यापारीहरूसमेत आकर्षित भए। पिताजीकै प्रयत्नबाट स्कुल स्थापना भयो र सामाजिक चेतना ल्याउने काम भए। अनि जोगबनीसम्म रेल पनि आयो। यसरी दोस्रो महायुद्धसम्म गोग्राह औद्योगिक नगरी विराटनगरमा विकसित भयो। बीपीको बाल्यकाल सप्तरीमा बितेको थियो। सपरिवार १२ वर्ष निर्वासित भएपछि नेपाली कांग्रेसको स्थापना र उहाँकै नेतृत्वमा नेपालको प्रजातान्त्रिक आन्दोलनको श्रीगणेश भयो। विराटनगर प्रथम मजदुर हड्तालका सन्दर्भमा गिरफ्तार गरिनुभएपछि महिना दिन लगाएर अड्डासार गर्दै पूर्वी पहाडी इलाकाबाट काठमाडौँ लगिँदा मात्र उहाँलाई भित्री पहाडको दर्शन मिलेको थियो।
यस देशको लोकतान्त्रिक आन्दोलनका प्रेरक व्यक्तित्व एवं शीर्ष नेता बीपीको पूर्णकदको शालिक त्यही मोरङको एक गाउँमा मधेस आन्दोलनका नाममा २०६२/०६३ को महान् परिवर्तनपछि ध्वस्त पारियो। र, हालै वीरगन्जमा पनि मधेस आन्दोलनकै नाममा गणतन्त्र नेपालका प्रथम राष्ट्राध्यक्ष एवं २०६२/०६३ को जनआन्दोलनका महानायक गिरिजाबाबुको शालिक ढालिएको आश्चर्यजनक एवं दुःखद समाचार आएको छ । लोकतन्त्र र गणतन्त्रका महानायकहरूको प्रतिमा ध्वस्त पार्ने तŒवले भोलि रामनारायण मिश्र, महेन्द्रनारायण निधिमात्र होइन लोकतन्त्रका लागि लड्ने भुट्टुदुडु सतार, राधाकृष्ण थारू एवं राजामाथि बम प्रहार गर्ने सहिद दुर्गानन्द झाको अस्तित्व मेटाउनेतिर लाग्यो भने पनि अब आश्चर्य हुने छैन। आन्दोलनको मूल्यमान्यताविपरीत अनियन्त्रित एवं अनुशासनविहीनताको शृंखलाले अन्ततः कसैलाई बाँकी राख्दैन।
तनहुँको भित्री दुर्गम पहाडी इलाकामा सेतो कुर्ता, धोती र गम्छा ओडेर २०१४ सालतिर साता दिन पैदल हिँडी लोकतन्त्रका लागि संगठन गर्दै छाङ र मनपाङका भित्री मगरात इलाकामा पुग्ने र त्यहाँको ग्रामीण आतिथ्य पाउने पहिलो मधेसी मूलका नेता रामनारायण मिश्र हुनुहुन्थ्यो। पछि बीपीको नेतृत्वको प्रथम जननिर्वाचित सरकारको मन्त्रिमण्डलमा वरिष्ठ मन्त्री हुनुभयो। त्यतिमात्र होइन उहाँ लोकतन्त्रका लागि २०१७ सालको देशघाती काण्डपछि बीपीसँगै सुन्दरीजलको सैनिक जेलमा वर्षौंसम्म बन्दी बनाइनुभएका लोकतन्त्रका सेनानी समेत हुनुहुन्थ्यो। त्यस्तो व्यक्तित्वलाई लक्षित गरी तनहुँका तिनै गाउँमा प्रतिक्रियावादीले कांग्रेस भनेको भारतीय दलाल पार्टी हो भन्दै २०१५ सालको निर्वाचनमा भ्रम फैलाउने प्रयत्न गरे। तर, त्यसै क्षेत्रबाट अत्याधिक मत प्राप्त गरी पद्मबहादुर आले मगर नै विजयी भएपछि नाजवाफ बनेको त्यो तŒव बीपीकै मन्त्रिमण्डलमा मगर प्रतिनिधिलाई समावेश नगरिएको भनी पूरै मगरातका गाउँमा भ्रम फैलाउन लागिनपरेको होइन। यति हुँदाहुँदै पनि आले भने अनेक संकट सामना गर्दै लोकतन्त्रका लागि अडिग रहनुभयो। वास्तवमा बीपीको नेतृत्वको प्रथम जननिर्वाचित मन्त्रिमण्डल आजसम्मकै सबैभन्दा बढी ऐतिहासिक तथा समावेशी थियो। जुन मन्त्रिमण्डलमा २१ जनामध्ये प्रधान मन्त्रीसहित ४ जनामात्रै पहाडी मूलका बाहुन थिए र बाँकी नेवार, थारू, यादव, लिम्बु, राई, गिरी, मिश्र (मधेसी), राणा, गुरुङ, ठकुरी, थकाली, शाह (मधेसी), जोशी र सिंह (नेवार) थिए। जसमा ४ जना मधेसी मूलका मात्र थिए।
त्यही मन्त्रिमण्डलमा वरिष्ठ मन्त्रीहरूमध्ये शिक्षा मन्त्री परशुनारायण चौधरी –थारू) हुनुहुन्थ्यो, जसको तोकआदेशबाट त्रिचन्द्र कलेजमा भर्ना हुने अवसर पाएको यस पंक्तिकारको चौधरीप्रति पहिलेदेखि नै गहिरो सम्मान थियो– लोकतान्त्रिक आन्दोलनका नेताका रूपमा। कलिलो उमेरमा मन्त्री भएर मात्र होइन जनअधिकारका लागि लड्ने योद्धाका रूपमा। उहाँलाई नै बीपीले जनकपुरको एक सभामा यस देशको भावी प्रधान मन्त्री भनेर घोषणासमेत गर्नुभएको थियो। त्यतिखेर उहाँ पार्टीको वरिष्ठ महामन्त्री हुनुहुन्थ्यो। दोस्रोमा गिरिजाबाबु हुनुहुन्थ्यो। इतिहासका यी स्मरणीय घटनाको पृष्ठभूमिमा हालै थरूहट आन्दोलनका नाममा कैलालीमा लोकतान्त्रिक जनसरकारका सुरक्षाकर्मीमाथि सांघातिक एवं पाशविक तरिकाको आक्रमण र हत्या कल्पनासम्म गर्न सकिँदैन।
१७ सालमा राजाले शिशु प्रजातन्त्रको हत्या गरे। त्यसपछि व्यापक धरपकड प्रारम्भ भयो। राजाको कदमलाई साथ नदिनेहरूमाथि दमन हुन थाल्यो। लोकतन्त्रका पक्षमा उभिने जोकोहीलाई पनि या त जेल पठाइयो, या गोलीका निशाना बनाइयो। यसबाट बच्न सक्नेहरूले भारत निर्वासनमा रही तानाशाहीविरुद्ध पर्चापम्प्लेट र प्रदर्शन जारी राखे। नेपाली कांग्रेसको पटना सम्मेलनपछि सशस्त्र विद्रोह र 'हिट एन्ड रन' को एक्सन गर्दै निर्णायक मोर्चाको तयारीमा लागे। देशभित्र शाही सेनाले व्यापक 'सर्च' अभियान चलाउन थाल्यो। यसै सिलसिलामा पश्चिम नेपालको नेतृत्व तहका व्यक्तित्वहरूसँग भूमिगतरूपमा लुक्दैछिप्दै गण्डकी अञ्चलबाट नवलपरासी, पाल्पाको पूर्वी पहाडी भाग हुँदै नवलपुरको जंगलबाट सिमाना पार गर्दासम्म मधेस–तराईमा प्राप्त सहयोग अविस्मरणीय छ। त्रिवेणी हुँदै डुंगा चढी भैँसालोटनतिर निस्केर सिमाना पार गर्दा भारतीयले देखाएको आत्मीय सहयोग अविस्मरणीय छ। निर्वासन कालमा नर्कटियागन्ज, रक्सौल, गोरखपुरतिरको बसाईमा जुन हार्दिकता प्राप्त हुन्थ्यो त्यसले हामीलाई लोकतन्त्रका लागि संघर्ष गर्न हौसला प्राप्त हुन्थ्यो। त्यसैबीच सन् १९६२ मा भारत–चीन युद्ध प्रारम्भ भयो। हामीले क्रान्ति रोक्नुपर्योस तैपनि नेपालको लोकतन्त्रका लागि तराई–मधेसले पुर्याुएको योगदान कम थिएन। लोकतन्त्रको संघर्षले तराई–मधेसलाई भित्री पहाडी इलाकाहरूसँगको सम्बन्ध अझ प्रगाढ बनायो। यो सम्बन्ध संकटका दिनको सम्बन्ध थियो। त्यसैले २००७ सालको जनक्रान्तिदेखि ६५ वर्ष लामो लोकतान्त्रिक आन्दोलनले हिमाल, पहाड, तराई, मधेसबीचको राजनीतिक समानताको आधारको सम्बन्ध मजबुत बनाएको छ। यो भावनात्मक सम्बन्धले नेपाली राष्ट्रियताको जगमा अझ मजबुत आधारशिला थपेको छ। कुनै क्षणिक आवेगले, कुनै एक घटनाले यो टुट्न सक्तैन। निश्चय पनि संविधान निर्माणसँगै यो छर्लंग भएर जानेछ।
बीपीको अन्तस्करणबाट आएको (हाम्रो मधेस) शब्द जस्तै तराई–मधेसका प्रत्येक नागरिकबाट 'हाम्रो पहाड–हिमाल' भन्ने भावनालाई व्यवहारत मूर्त रूप दिन 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सविधान' लेखिँदैछ। सबैको पहुँच र प्रतिनिधित्व होस् भनेर संघीय, प्रादेशिक र स्थानीय तहसम्म समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यशक्तिमा सबै नेपालीको समान पहुँच सुनिश्चित होस् भनेर संवैधानिक व्यवस्था गरिँदैछ। यसको अन्तिम बिन्दुमा आएर पारस्परिक समझदारी र संविधान जारी गर्ने बेलामा उत्पन्न समस्याको सम्मानपूर्ण समाधानको विकल्प छैन। त्यसैले 'वार्ता'को लागि तयार हुनु तराई–मधेस आन्दोलनका नेतृत्व वर्गको जति दायित्व छ वार्ताका लागि वातावरण निर्माण गर्ने दायित्व सत्तापक्षको रहेको छ।
विगत ८ वर्षको छलफलपछि अब मुलुक संविधान निर्माण र घोषणाको बिल्कुल नजिक पुग्दैछ। यतिखेर संविधान बनाउने र अर्को, संविधान कुनै हालतमा बन्न नदिने दुवै अत्यन्त सक्रिय छन्। जे भनेर हुन्छ र जे गरेर हुन्छ कुनै हालतमा संविधान जारी हुने वातावरण बिगार्न एकथरी लागिपरेका छन्। समस्याको यही बिन्दु पहिचान गरी संविधान निर्माणका पक्षधरहरूले सचेत हुनुपर्छ। विशेषगरी तराई–मधेसमा उठिरहेको जायज असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयास सत्तापक्षबाट जसरी भैरहेछ, त्यसलाई तराई–मधेसका मुद्दा अगाडि बढाउने प्रयास गरिरहेका राजनीतिक दलहरूले अझ गम्भीर भएर सोच्नुपर्छ।
अन्तरीम संविधानका भरमा अब मुलुकलाई कतिञ्जेलसम्म यसरी अड्काएर राख्ने? संविधान घोषणा नहुँदा भोलिको मुलुकको स्थिति कस्तो हुने हो? संविधानविहीनताको स्थितिमा कसरी संवैधानिक हकहित सुनिश्चित गर्न सकिन्छ? यो जटिल प्रश्नमाथि जिम्मेवार राजनीतिक दलहरूले छलफल गर्नुपर्छ। विगत ८ वर्षको छलफलपछि बल्ल अहिले आएर मुलुक नयाँ संविधान घोषणाको नजिक पुग्दैछ। यो अवसरलाई हामीले चिनेनौँ र संविधान जारी गर्न सकेनौँ भने फेरि यस्तो अवसर गुम्न सक्छ।
सदस्य, संविधान सभा