नियमको अर्को अर्थ बन्धन हो। जब कुनै तत्वले आन्तरिक वा बाह्यरूपमा कसैलाई बाँध्छ भने त्यो 'नियम' हो। पुराना जमाना जहाँ संविधान, कानुन वा सरकारी काममा नियम हुँदैनथे, त्यसबेला भगवानदेखि सर्वसाधारण सबैलाई बाँध्ने वेद, पुराण, नीतिशास्त्र आदि थिए। त्यसबेलाका सबैजसो नियम धर्मसँग जोडिएका हुन्थे तथा सही र गलतको हिसाबलाई पाप वा धर्मको रूपमा राखिन्थ्यो।धर्म गर्नेले स्वर्गको भोग गर्न पाउने र पापीले नर्क जानुपर्ने कुरा सबैजसो धर्मग्रन्थमा उल्लेख भएको पाइन्छ। पुरस्कारका रूपमा स्वर्ग र दण्डका रूपमा नर्कको व्यवस्था थियो। धार्मिक व्यवस्थाप्रति आस्था राख्नेका लागि त त्यो अद्यापि छँदैछ। शास्त्रमा लेखिएका कुराहरू 'किन' भन्ने प्रश्न नगरी पालना गर्नुपर्छ भन्ने मान्यता थियो र धार्मिक मानिसमा त्यो मान्यता कायमै छ। कुन कुरा गर्न हुने वा नहुने, किन, कहिले र कसरी भन्ने धार्मिक व्यवस्था निर्णयसिन्धु वा धर्मसिन्घुजस्ता पुस्तकमा अहिले पनि पाइन्छन्। यी कुरा धर्म नै जीवनको बाँच्ने आधार र जीवनशैली भएका बेलाका हुन्।
परिवर्तनशील समाजमा एउटा यस्तो समय आयो, जहाँ एकातिर जीवन बाँच्ने आधार धर्मभन्दा कर्म हुन थाल्यो र धर्मका विभिन्न हाँगा हुन थाले। एउटै निर्णयसिन्धु वा धर्मसिन्धुमा भएका व्यवस्थाले सबैलाई समेट्न छाड्यो। अहिले तिमीले पाप गर्यौा भने मरेपछि तिमीलाई यमराजले तातो तेलको कुवामा डुबाउँछन् वा अहिले धेरै झूट बोल्यौ भने अर्को जन्ममा कौवा भएर जन्मनेछौ भन्ने कुराले मानिसलाई प्रभाव पार्न छाड्यो। त्यतिमात्र हैन धेरै धर्म गरेमा स्वर्गमा अप्सराको भोग गर्न पाउने लालसा पनि मानिसले त्यागे। किनकि, मानिसले आफ्नो कर्मको फल यसै जीवनमा खोज्न थाल्यो। अर्को जन्म कुर्ने फुर्सद् वा स्वर्ग देख्ने लालसा कसैमा भएन। यसर्थ पनि अब धर्मको परिभाषा जीवनशैली नभई आस्था हुनपुग्यो। अब मानिसलाई चाहियो संविधान, कानुन अनि नियम। यी सबैले अनेकखाले विचार राख्ने सबैलाई एकै सूत्रमा बाँध्नसक्ने भयो। अबका पुरस्कार वा दण्ड सबै अर्को जन्ममा हैन, यही जीवनमा पाइने भयो। पुरस्कारको रूपमा पैसा, नाम वा पद पाइने भयो भने दण्डको रूपमा जेल वा अरु केही। समयक्रमसँगै नियम, कानुन परिवर्तन हुनथाले जुन क्रम अब यो संसार रहेसम्म चलिरहन्छ।
नियमको पालना ठूलाले आफै गर्नुपर्छ र सानालाई सिकाउनुपर्छ। नियम पालना अध्ययनको विषय हैन, प्रयोगात्मक विषय हो। जसरी किताब पढेर साइकल चढ्न वा पौडी खेल्न सिक्न सकिन्न, त्यसैगरी नियम किताबमा पढेर जानिन्न। यो त समाजका वा घरका ठूलाले पालना गरेेको अनुशरण गर्दै सानाले सिक्ने हो। अहिले नियमहरू धेरै प्रकारका हुने गरेका छन्। तर, बृहत्रूपमा यसलाई हेर्दा, कागजमा भएका नियम एकप्रकारका हुन्छन् भने नलेखिएका नियम अर्को प्रकारका। कतिपय नियम किताबको पानामा हुन्छन् भने कतिपय सामाजिक मर्यादाका रूपमा समाजका भोगाइमा हुन्छन्। नियमको पालना नै सुुशासन हो भने नियम पालना नगर्नु कुशासन। कागजमा लेखिएका नियम पालना गर्नाले वा नगर्नाले सीधै पुरस्कार वा दण्डको अधिकारी हुनुपर्छ भने कागजमा नलेखिएका नियमले जीवन बाँच्ने आधार र अरुले आफूलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन ल्याउन सक्छ।
उल्लिखित सेरोफेरोमा टेकेर नै आज मैले आफ्नो लेखको विषय बनाएको छु– बैंक तथा वित्तीय संस्थामा संस्थागत सुशासन। नेपालका बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले ती संस्था सञ्चालनका लागि विभिन्न नियम बनाइ जारी गरेको छ। यी नियममध्धे एउटा हो, संस्थागत सुशासनसम्बन्धी व्यवस्था। राष्ट्र बैंकले जारी गर्ने सबैजसो निर्देशन वा परिपत्रले बैंक वा वित्तीय संस्थाले के गर्नु हुन्छ वा के गर्नु हुँदैन भनेर बताउँछ भने यो मात्र एउटा यस्तो निर्देशन हो, जसले संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा अन्य कर्मचारीले व्यक्तिगतरूपमा के गर्नु हुन्छ र के गर्नु हुँदैन भनेर नियम नै तोकिदिएको छ।
यो निर्देशनले ती व्यक्तिको संस्थासँगको कामको मात्र कुरा नगरी व्यक्तिगत आचरणका समेत कुरा गर्छ। यस अर्थमा पनि यो निर्देशन अत्यन्त महŒवपूर्ण छ। अरु धेरैजसो निर्देशन कार्यालयको पर्खालभित्र मात्र लागु हुन्छन्, तर यो निर्देशनको पालना कार्यालयभन्दा बाहिर पनि गर्नुपर्ने हुन्छ। यसमा अन्य कुरा जेसुकै लेखिएको भए पनि मुख्यरूपमा बैंक तथा वित्तीय संस्थाका सञ्चालकदेखि कर्मचारीसमेतले आफ्नो वित्तीय वा अन्य कुनै स्वार्थ भएको अर्को कुनै ठाउँमा संलग्न नहुनु वा त्यस्तो व्यवहारबाट आफूलाई अलग राख्नु भन्ने नै हो। यसले मानिसको चरित्र र स्वाभिमानको परिचय दिन्छ। तर, बेलाबेलामा हामी हाम्रो मर्यादा भुल्छौँ वा बाटो बिराउँछौँ। र, यस्ता कुरामा अल्भि्कन पुग्छौँ जहाँ हामी जानै हुँदैनथ्यो। अदालतका न्यायाधीशहरूले आफूसँग सम्बन्धित पक्षको मुद्दा नहेर्ने चलन यस्तै नियमअन्तर्गत आएको हो।
कुरा गत साताको हो। राष्ट्र बैंकबाट बैंकहरूले दुई वर्षभित्र आफ्नो पुँजी ८ अर्ब रुपैयाँ पुर्या्उनुपर्ने निर्देशनको कुरा संसद्को अर्थ समितिमा पुग्यो वा लगियो। यो निर्देशनविरुद्ध अनेकखालका अस्त्रको खोजी जारी थियो। विभिन्न बैंकका उच्च व्यवस्थापन, सञ्चालक समितिलगायतले विभिन्न चरणमा राष्ट्र बैंकसँग गरेका औपचारिक र अनौपचारिक कुराकानी, सोसम्बन्धमा भएका केही गोष्ठी सेमिनार, दबाब आदि कुनै पनि अस्त्र काम नलागेपछि बैंकरहरूको त्यो अन्तिम अस्त्र थियो। तर, बैंकरहरूले के बिर्सेका थिए भने, कुनै पनि युद्ध जित्न एकता जरुरी हुन्छ। त्यसबेला बैंकरहरूमा एकता थिएन। सबैजसो ठूला र केही साना बैंक सो निर्देशन हुबहु पालना गर्न तयार भैसकेको स्थितिमा संसद्को अर्थ समितिमा उक्त कुरा पुगेको थियो। समाचारहरूमा आएअनुसार तथा त्यस छलफलमा भाग लिएका अधिकारीहरूका अनुसार त्यहाँ लामो छलफल भयो। सभासद्हरूले अर्थ मन्त्री, राष्ट्र बैंकका अधिकारीहरू र बैंकका प्रतिनिधिहरूसँग विभिन्न जिज्ञासा राखे र उनीहरूका तर्क ध्यान दिएर सुने। केही विषयमा चर्काचर्कीसमेत भयो। अझ रमाइलो कुरा त एमाले र नेपाली कांग्रेसका सभासद्बीच जुहारी नै चल्यो। कांग्रेसका सबैजसो सभासद्ले यो प्रावधानको पक्षमा बोले भने एमालेका केही सभासद्ले विपक्षमा। विपक्षमा बोल्ने सभासद्हरूको तर्क वर्तमान परिस्थितिमा २ वर्षको समयावधि कम भयो वा ८ अर्ब अलि बढी भयो भन्ने रह्यो। प्रस्तुति अलि आक्रामक थियो, त्यो कुरा अलग हो।
यहाँनेर हेक्का राख्नुपर्ने कुरा के भयो भने, एमालेका तर्फबाट आफ्नो विचार प्रखर ढंगमा राख्ने सभासद्हरूको वित्तीय स्वार्थ बाझेको देखियो। तीमध्धे केही सभासद् बैंकका कि त सञ्चालक समितिका अध्यक्ष कि त सञ्चालक वा ठूला लगानीकर्ता थिए। उनीहरू संस्थागत सुशासनमा चुकेको यहीँ हो। यसको परिणाम, मूल मुद्दाले भन्दा संस्थागत सुशासनको कुराले बढी चर्चा पायो। ती सभासद्हरूले आफू 'कुनै बैंकसँग लगानीकर्ताको रूपमा प्रत्यक्ष संलग्न छु, तसर्थ यो छलफलमा भाग लिन्नँ' भनेर आफ्ना कुनै साथीको मुखबाट मात्रै भन्न लगाइदिएको भए सायद केन्द्रीय बैंकलाई भिन्न प्रकारको चाप पर्न जान्थ्यो! तर, हामी आफू संस्थागत सुशासनको व्यवस्थाबाट चुकेका कारण उनीहरूले आफ्नो मुद्दा आफैले कमजोर बनाए भने राष्ट्र बैंकलाई अझ सशक्त बनाउने काम गरे।
यो सबैको पृष्ठभूमिमा अब त ८ अर्ब पुँजीको व्यवस्था हुबहु पालना गर्नेबाहेक कुनै बैंकसँग कुनै उपाय बाँकी नै रहेन। र, अब गुनासो लिएर जाने कुनै ठाउँ पनि छैन। साथै, कतिपय बैंकले पुँजीको योजना राष्ट्र बैैंकमा बुझाएको मात्रै नभई उक्त निर्देशनको पालनाका लागि बोनस सेयरको घोषणासमेत गरिसकेपछि अब यो विषयलाई चर्चापरिचर्चा भन्दा बाहिर राख्नुपर्छ।
ती सभासद्हरूको प्रत्यक्ष वित्तीय संलग्नता विभिन्न बैंकहरूमा रहेको कुरा अर्थ समितिलाई थाहा थियो भने समितिका सभापतिले ती सभासद्लाई यो प्रक्रियाबाट अलग राख्नुपर्थ्यो। यसर्थ पनि पहिलो समस्या समितिका सभापतिको कार्यशैलीमा देखियो। फेरि लेखा समितिका सभापति पनि एमालेकै भएका कारण शंका अझ बढ्न गयो। यसकारण पनि अझै उक्त समितिबाट राष्ट्र बैैंकका नाममा कुनै निर्देशन आयो भने कुनै अचम्म नमाने हुन्छ! केहीगरी राष्ट्र बैंकको नाममा संसद्को त्यो समितिले कुनै निर्देशन जारी गर्योआ भने त्यो हस्तक्षेप वा 'माइक्रो म्यानेजमेन्ट' हुने निर्विवाद छ। बेलाबखत बैंकरहरूले राष्ट्र बैंकले आफ्नो व्यापारिक निर्णय गर्ने अधिकारमा माइक्रो म्यानेजमेन्ट गर्योै, अनावश्यक हस्तक्षेप हुनगयो भनेर भनिरहेको सुनिन्छ। त्यो कतिपय स्थितिमा सही पनि हुन्छ। यसको कारण त्यहाँभित्रका केही कर्मचारीले आफ्नो र बैंकरबीचको कर्तव्य छुट्याउन नसक्नु तथा कुन कुरा व्यापारिक निर्णय हो र कुन नीतिगत निर्णय हो भन्ने कुराको हेक्का राख्न नसक्नु नै हो। माइक्रो म्यानेजमेन्ट जसले जसरी गरे पनि गलत हो। यो पृष्ठभूमिमा राष्ट्र बैंकको नाममा अर्थ समितिले कुनै पनि निर्देशन जारी गर्ने काम गर्नु हुँदैन।
सभासद्हरूबाट यी सबै हुनु कि त 'मैले यो नियम मान्नुपर्दैन' भन्ने प्रवृत्ति हो कि त संस्थागत सुशासनप्रतिको अनभिज्ञता। तर, हिजोका दिनमा र अहिले पनि देशको प्रशासनको उच्च ओहोदामा बसेका वा सफल संस्थाहरू चलाइरहेका ती सभासद्हरू यस्ता विषयमा अनभिज्ञ थिए भनेर विश्वास गर्ने कुनै आधार छैन। यसरी बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक तथा ठूला लगानीकर्ताले नै संस्थागत सुुशासनका प्रमुख बुँदाहरूबाट आफूलाई अलग राख्ने प्रयास गरेपछि त्यहाँ काम गर्ने कर्मचारीमा कस्तो असर पर्ला? यो एउटा विचारणीय पक्ष हो।
संस्थागत सुशासनका अतिरिक्त अर्को विषयले पनि निकै चर्चा पायो। राष्ट्र बैंकजस्तो स्वायत्त तथा राम्रोसँग चलेको सरकारी निकायको दैनिक कार्य सञ्चालनसम्बन्धी सन्दर्भ राजनीतिक छलफलको विषय हुन पाउने कि नपाउने? बैंक चलाउन पुँजी कति राख्ने, कुन क्षेत्रमा कति कर्जा प्रवाह गर्न दिने, बैंकका सञ्चालकका योग्यता के हुने भन्ने कुरा तिनै सभासद्ले संसद्मार्फत् बनाएका कानुनको अधिनमा रही राष्ट्र बैंकले नियम बनाइ दैनिक कार्य सञ्चालन गर्ने हो। यस्ता सानातिना विषयमा संसद्को समितिले आफ्नो समय खर्चंदा सिंगो बैकिङ क्षेत्रलाई नै कमजोर पार्न मद्दत पुग्छ। हामी कोहीबाट पनि संसद्, राष्ट्र बैंक तथा कुनै पनि बैंक तथा वित्तीय संस्थालाई कमजोर पार्ने काम हुनु हुँदैन।