संघीयतामा महँगो खेल
२३ भदौ २०७२
•
१८ मिनेट पाठ
संघीयतामा महँगो खेल
भदौ ७ मा छुट्टै प्रदेश माग्दै थरुहट/थारूवान संघर्ष समितिले आह्वान गरेको आन्दोलन क्रममा एक उच्च प्रहरी अधिकारीसहित ८ जना सुरक्षाकर्मी र एक जना नाबालकको हत्या भयो। सोही पृष्ठभूमिमा कैलालीको टीकापुर स्थलगत रिपोर्टिङमा जाने कार्यक्रम तय भयो।कर्फ्यु, निषेधाज्ञाको मारमा रहेको कैलालीको यात्रा आफैंमा चुनौतीपूर्ण थियो। यात्रामा निस्कनुअघि मध्य र सुदूरपश्चिमका तराईका जिल्लामा बस्ने थारूहरूको जनसंख्याबारे जानकारीमूलक कागजात आवश्यक हुने ठानेँ। नेपालमा जनसंख्याको हिसाबकिताब राख्ने केन्द्रीय तथ्यांक विभागको वेबसाइटबाट जानकारी लिने काम भयो। विभागले प्रकाशित गरेको 'पपुलेसन मोनोग्राफ २, सोसियल डेमोग्राफी' प्रतिवेदनबाट आवश्यक तथ्यांकको कागजात प्रिन्ट गरेर लिएँ। सबैभन्दा पछिल्लो तथ्यांक अर्थात् २०६८ को जनगणनामा प्रतिवेदन आधारित छ। योजना आयोग, तथ्यांक विभाग र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले तयार पारेको र नेपालमा ख्याति कमाएका विद्वानहरूले लेखेका प्रतिवेदनमा विश्वास नगर्ने कुरै भएन। काठमाडौँमा छँदै प्रतिवेदनमा उल्लेख कैलालीका ४ प्रमुख जातमध्ये थारू नपरेको तथ्यांक हात पर्दा म झस्किएँ। तैपनि सरकारको औपचारिक तथ्यांकमा विश्वास नगर्ने आधार थिएन। नागरिक अनलाइनका सहकर्मी मदन चौधरीबाट बाँके, बर्दिया, कैलाली र कन्चनपुरको जनसांख्यिक तथ्यांक पेन ड्राइभमा बोकेर म धनगढी ओर्लिएँ, टीकापुर जानका लागि।




धनगढी पुग्नासाथ नागरिककर्मी दिलबहादुर छत्यालसँगको सामान्य छलफलमा उनले दाबा गरे, कैलालीमा थारूहरू मात्र ४१ प्रतिशत छन्। मसँग भएको कागजात र स्थानीय सञ्चारकर्मी छत्यालको दाबीबीच तालमेल पटक्कै थिएन। केन्द्रीय तथ्यांक विभागको प्रतिवेदन पल्टाइयो र पेन ड्राइभमा भएका तथ्यांक केलाएपछि थाहा भयो, छत्याल सही रहेछन्। मध्य र सुदूरपश्चिमकै सबैभन्दा बढी जनसंख्या भएको जिल्लामा ६ वटा निर्वाचन क्षेत्र छन् र अहिलेको जनसंख्या करिब ८ लाख हाराहारी छ। तर, तथ्यांक विभागले कुन, के आधारमा कैलालीको जनसंख्या करिब २ लाख ११ हजार मान्यो र जातीय तस्बिर निकाल्यो? 'सोसियल कम्पोजिसन अफ दि पपुलेसन : कास्ट/इथ्निसिटी एन्ड रिलिजन इन नेपाल' शीर्षकमा प्रतिवेदन लेख्ने प्राडा. डिल्लीराम दाहालको तथ्यांक विश्लेषणमा कसरी त्रुटि भयो? अखण्ड सुदूरपश्चिम र थरूवान/थरूहटको मागदाबीमा कहीँकतैबाट षड्यन्त्र भएको त होइन? खुट्याउने काम अब तथ्यांक विभागको हो। गलत तथ्यांकबाट जनसाधारण भ्रमित हुने अवस्थाको जवाफदेही विभागले लिने हो कि दाहालले? त्यसको छिनोफानो हुनुपर्छ।

प्रतिवेदनको एनेक्स १.२ का ३० देखि ३९ पृष्ठसम्म प्रत्येक जिल्लाका ४ प्रमुख जातको विवरण छ। पृष्ठ नं ३८ मा कैलालीको विवरण छ, जसमा २ लाख ११ हजार ७ सय ४६ जनसंख्यालाई जिल्लाको ८२.३ प्रतिशत जनसंख्या मानिएको छ। त्यसै आधारमा क्षेत्री सबैभन्दा बढी करिब ५८ प्रतिशत, कामी करिब १२ प्रतिशत, पहाडी बाहुन ८ प्रतिशत र दमाई(ढोली) करिब ५ प्रतिशत छन्। अर्थात्, जिल्लाको सबैभन्दा ठूलो जनसंख्या ओगट्ने थारूलाई त्यहाँ नामेट पारिएको छ। यही तथ्यांकको आधारमा प्रतिवेदनको पृष्ठ १२ मा कुनकुन जिल्लामा कुन जाति बाहुल्य छ भन्ने अर्को विश्लेषण पनि छ। 'इथ्निक/कास्ट ग्रुप्स हाइएस्ट इन नम्बर बाई डिस्ट्रिक्ट' शीर्षकको तथ्यांक टेबुलमा २०५८ को जनगणना र २०६८ को जनगणनाको तुलना छ। अघिल्लो गणनामा थारूहरू सुनसरी, दाङ, बर्दिया र कैलालीमा पहिलो जाति भए पनि २०६८ को गणनामा कैलालीमा थारू प्रमुख जाति नभएको विश्लेषण गर्दै थारू बाहुल्य भएका जिल्ला मुलुकभर तीन वटामात्र भएको उल्लेख छ।

विद्वान दाहाल कसरी चुके? डेस्कटप (टेबुल कार्यशैली) ले यस्तो परिणाम ल्याएको त होइन? गम्भीर त्रुटि हो वा षड्यन्त्र? जे भए पनि नहुने पर्ने भयो। खासमा सरकारी निकायले प्रकाशित गरेको यस्ता गलत तथ्यांकलाई सञ्चार माध्यमले ठूलो समाचारको विषय बनाउनुपर्ने हो! पंक्तिकार पेसाले समाचारकर्मी भएका नाताले पनि मिथ्या तथ्यांक र त्यसकै आधारको विश्लेषणले समाचार बन्नुपर्ने देख्छ। तर, कैलालीको गलत तथ्यले जसरी थारूहरूको अस्तित्व नामेट गर्ने प्रयास हुन पुगेको छ, मुलुकको संघीयताको खाका कोर्ने राजनीतिले पनि थारूलाई धोका दिने काम भएको छ। संघीयताका नाममा नेताहरूले कोरेका टेबुले जुक्तिकै कारण मुलुकको तराई महिना दिनदेखि आन्दोलनमा छ। बन्द–हडतालको सास्तीमा जीवन जिउँदै छ मुलुकको आधा जनसंख्या।

भदौ ७ को घटनापछि कैलाली असहज अवस्थाबाट गुजि्रएको छ। अहिले पनि अवस्था नियन्त्रणबाहिरै छ। जनजीवन सामान्य पार्ने अभ्यासहरू जनस्तरबाट भइरहेका छन्। प्रशासन कर्फ्यु लगाएर समाज कज्याउने खेलमा रमाएको छ। लामो समयसम्म कर्फ्यू किन? प्रशासकहरूसँग उत्तर छैन। उनीहरू शान्तिसुरक्षाको नामको औपचारिक अभिव्यक्ति दिन्छन्। यता काठमाडौँमा प्रमुख ३ राजनीतिक दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेता मेचीदेखि कालीसम्मको तराईले सास्ती खेपिरहेको अनुभव गरिरहेका छैनन्। उनीहरू मस्तसँग आफूले कोरेका संघीयताको नक्सामा लालमोहर लगाउने चिन्तनमा छन्। उनीहरूले टेबुले जुक्तिबाट निकालेको संघीयताका नक्सा पश्चिमका थारूले स्विकार्ने अवस्था देखिँदैन। मुलुकको राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक जीवनमा गहिरो अर्थ राख्ने संविधानमा धेरैभन्दा धेरै नेपालीको अपनत्व झल्कनुपर्छ। संविधान जारी गर्नका लागि मात्र होइन, त्यो स्वीकार्य पनि हुनुपर्छ। संविधान जारी नहुँदै संशोधनका लिस्टमा सहमति गर्ने राजनीतिक अभ्यास गर्दैछौँ हामी। लामो समयसम्म मुलुक चलाउने दस्तावेज किन यति कमजोर पार्दै छौँ हामी? हामी कता जाँदै छौं? संविधान बनाउँदै छौँ कि मुलुक संवैधानिकताका आधारमा नचलोस् भन्ने उद्यममा लागिपरेका छौँ? संघीयताका सुरुमा ६ र त्यसपछि ७ प्रदेशको सिमाना कसरी कोरियो? केकस्ता आधारमा संघीयताका नक्सा कोरिएको हो? उत्तर शीर्ष भनिएका नेताहरूसँग छैन। लाग्छ, ३ दलका नेता र केही उपनेताले मुलुकलाई आफ्नो बिर्ता ठानेका छन्। त्यही बिर्तावाल मानसिकतामा संघीयताको नक्सांकन गरिएको छ। संविधानको प्रारम्भिक मस्यौदामा ४ दल कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरमका अध्यक्षहरूको हस्ताक्षर थियो। मधेसवादी दलले मस्यौदा वहिष्कार गरेको अवस्थामा फोरम लोकतान्त्रिकका विजय गच्छदारको समर्थनले ठूलो राजनीतिक महŒव राखेको थियो, भदौ तेस्रो सातासम्म।

अहिले परिस्थिति बद्लिएको छ, राजनीतिक समीकरणहरू भत्कने क्रममा छन्। एकपछि अर्को गर्दै संविधान सभाको प्रक्रियाबाट राजनीतिक दलहरू बाहिरिन थालेका छन्। पछिल्लो पटक संघीयता प्रकरणमा फोरम लोकतान्त्रिकलगायतका ऊसँग आवद्ध ससाना मधेसी दल संविधान निर्माण प्रक्रियाबाट बाहिरिएका छन्। तीन दल जसरी भए पनि भदौभित्रै संविधान जारी गर्ने हतारोमा छन्। लाग्छ, संविधान होइन यहाँ सत्ता प्राप्तिका आकांक्षाले मुलुक डोर्यारउने प्रयास हुँदैछ। संविधान सभामा गणित ३ दलको पक्षमा छ। उनीहरू मिलेर दुईतिहाइको बहादुरी प्रदर्शन गर्न सक्छन्। राजनीति गणितको खेल हुनसक्ला। टाउको गणनाले सत्ता प्राप्ति र त्यसबाट बहिर्गन पनि हुनसक्ला! तर, यो सामान्य जोडघटाउमा प्रयोग हुने अंक गणित मात्र भने होइन। यसमा समीकरण र सूत्र पनि हुन्छन्, बिजगणितमा जस्तै।

हाम्रा राजनीतिकर्मीहरू 'नेता' भइदिएका थिए भने मुलुक यसरी लामो समय राजनीतिक संक्रमणको सिकार बन्ने थिएन। सतहमा मधेसवादी दल र थारूवान/थरूहट संघर्ष समिति आन्दोलनमा छन् र यता केन्द्रमा कांग्रेस, एमाले र एमाओवादी संविधान जारी गर्ने सौदाबाजी गर्दैछन्! संविधान जारी गर्ने भनिएको मितिसम्म एमाओवादीले कांग्रेस र एमालेलाई साथ दिइरहन्छ भन्ने निश्चित छ? जातीय संघीयताको राजनीति गर्दै आएको उक्त पार्टी मुलुकका विभिन्न क्षेत्रमा भइरहेका विरोधी राजनीतिको बहानामा जुनसुकै बेला संविधान निर्माणबाट पछि हट्नसक्छ।

मधेसवादी दल पूर्वीतराईमा सक्रिय छन्। थारूवान/थरूहट आन्दोलन नवलपरासीको पश्चिममा चलिरहेको छ। दुवैतिर दुईखाले राजनीतिको सहकार्य जारी छ। मधेसी र थारूहरूको मोर्चाबन्दी प्राकृतिक होइन। २०६३/२०६४ को मधेस आन्दोलन सम्बोधन हुने क्रममा मुलुकमा संघीयताले आकार लियो। मधेसवादी दलले मेचीदेखि महाकालीसम्मको समथर भूभाग जो तराई भनेर चिनिन्छ, सबै एउटा प्रदेश हुनुपर्छ भन्ने मागमात्र होइन अडानै राखे। मधेसी दलको माग र अडानको विरोधमा थारूवान आन्दोलन उठ्यो। त्यही आन्दोनलले समग्र मधेस एक प्रदेशको मागलाई खण्डित गरिदियो। तर, विडम्बना जसको विरुद्धमा थारूहरू सडकमा उत्रिएका थिए, जसको आन्दोलनले मधेसी मागलाई कमजोर पारिदिएको थियो, तिनै थारू अहिले मधेसी दलसँगको सहकार्यमा आन्दोलमा होमिन बाध्य छन्। थारू बहुल क्षेत्रमा मधेसी दलसँगको सहकार्यमा आन्दोलन भैरहेको छ। मुलुकको जनसंख्याको करिब ७ प्रतिशत ओगट्ने आदिवासी थारूलाई राजनीतिक नेतृत्वबाट विगतमा दिइएका आश्वासन, विगतमा कोरिएका संघीयताका नक्सा र सम्झौताहरू कुल्चिएर सात प्रदेशको टेबुल नक्सा अघि सारिएपछिको थारू आक्रोश काठमाडौँमा सोचेजसरी सहजै सामसुम गर्न मिल्ने देखिन्न। थारूहरूको माग पूरा गरेमा मधेसी माग त्यत्तिकै कमजोर हुनजान्छ। राजनीतिको यो 'कखरा' हाम्रा राजनीतिकर्मीलाई ज्ञान भएन वा बु‰नै चाहेनन्। ७ प्रदेशको नक्सामा मधेसी मागको सम्बोधन गरिएको छ, सप्तरीदेखि पर्सासम्मको तराईलाई २ नम्बर प्रदेशमा राखेर। त्यसमा विमति गर्नेहरू छन्, त्यसको आफ्नै राजनीति छ। तर, किन नवलपरासी पश्चिमको तराईलाई सोलोडोलो पहाडसँग मिसाइयो? टेबुले जुक्तिबाट कोरिएका नक्साप्रति जवाफदेही छैनन् नेताहरू! उनीहरूसँग सायद उत्तर पनि छैन।

एमालेको लुम्बिनी अञ्चलप्रतिको विशेष मोह र कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, एमालेका भीम रावल तथा एमाओवादीका लेखराज भट्टको अखण्ड सुदूरपश्चिमको राजनीतिक चपेटामा थारूहरू परेका छन्– पारिएका छन्। थारूवान आन्दोलनपछि एउटा बतासे वक्तव्यबाट २०६९ वैशाखमा सुरु भएको अखण्ड सुदूरपश्चिम अभियानमा त्यहाँका ठूलो संख्याका स्थानीयले साथ र समर्थन दिएपछि 'अखण्ड'ले राजनीतिक आकार लिएको हो। पहाडबाट कैलाली, कन्चनपुर झरेकाहरूले थारूवान/थरूहट स्वीकार्न सकिरहेका थिएनन्। यसलाई मलजल गर्ने काम तिनै दलका तीन जना नेताले गर्दै आएका छन्।

धनगढीका केही जिम्मेवार नागरिक, बुद्धिजीवीको कुराकानीबाट अवगत भयो, उनीहरू पनि थारूहरूलाई काठमाडौँबाटै पन्छाइएकोमा चिन्तित छन्। अखण्डको दादागिरीबीच उनीहरू सार्वजनिकरूपमा बोल्न चाहँदैनन्। कैलालीको मनोविज्ञानका आधारमा त्यहाँको खुटिया खोलापूर्व दाङसम्मको भूभागलाई बेग्लै प्रदेश रचना गरेको अवस्थामा थारूहरूको माग सम्बोधन हुने देखिन्छ। थारूका माग सम्बोधन हुनासाथ मधेसी माग आफसेआफ कमजोर हुन जानेछ। एकअर्कासँग सम्बन्धित छन्, मधेसी र थारूका माग। यसका लागि धेरै माथापच्चिसी गरिराख्नु पर्दैन, देउवा, रावल र भट्ट अखण्डको ह्याङओभरबाट मुक्त हुनुपर्छ। र, एमालेलेे लुम्बिनी मोह त्याग्नुपर्छ। एमाओवादीको चाहना त्यस्तै छ। होइन, जबर्जस्ती नै संविधान जारी गर्ने हो भने फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले भनेजस्तै ३ दलका नेतालाई त्यसको मूल्य महँगो पर्नेछ। संविधान निर्माणमा संयम अपनाऔँ, राजनीति गरौँ, संघीयताका सिमानामा खेलबाड नगरौँ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस