कर्णप्रिय 'जातीय राग'
२२ भदौ २०७२
•
१६ मिनेट पाठ
कर्णप्रिय 'जातीय राग'
यो लेख तयार गर्दैगर्दा जातीय पहिचानलाई लिएर कैलालीमा लज्जास्पद र अमानवीय नरसंहार भएको छ। मुलतः थारू आदिवासी/जनजातिको पहिचान संघीय राज्यको सीमांकनमा नजोडिएको विरोधमा भएको आन्दोलनमा समाज र जनताको सुरक्षामा खटिएका निशस्त्र राष्ट्रसेवक प्रहरी मारिएका छन्।जसको संस्थागतरूपमा यो आन्दोलनस"ग लिनुदिनु केही छैन। निजीरूपमा हेर्दा मारिएका प्रहरीहरूको स्वार्थ आफ्नो परिवारको भरणपोषणभन्दा माथि छैन। तर, राज्यको प्रतीक ठानेर भएको हिंस्रक संवादले कर्तव्यपरायण प्रहरी मारिएका छन्। यसले राज्यमाथि शासन गर्ने अराजक अभीष्टको पहिचान भएको छ।




जातजातिको वर्गीकरण र पहिचानजस्तो अमूर्त अधिकारको नाममा पहिचानजनित जातजातिको राष्ट्रिय, क्षेत्रीय, स्थानिक सामाजिक बद्नाम र थप अर्थराजनीतिक वहिष्करण गराउने गरी यो घटना भएको छ। यसले जातजाति मुख्यतः आदिवासी/जनजातिका जायज माग र मुद्दालाई कमजोर बनाएको छ। कसैको वर्गीकरण, निर्माण, परिचालनमा भएको यो घटना उपनिवेशवादी सोच र अभ्यासको निरन्तरता नै हो। घटनालाई नियाल्ने दृष्टिहरू भिन्न छन्। तर, सारलाई भिन्न राख्न सकिँदैन। पहिचान भनौँ, खण्ड—अखण्ड जे भनौँ, सबैको चिन्ता र चासो जीवन र जीविका राम्रो बनाउने नै हो। समान, समावेशी जीवन र जीविकाका लागि नै लोकतन्त्रको बहाली भएको हो। लोकतन्त्रमा विश्वास गर्ने जोकोहीले कैलाली र तुल्य कुनै पनि घटनालाई जायज भन्न सक्दैसक्दैन।

अनुहार हेरेर जातजातिको चरित्र र स्वभावको व्याख्या गर्ने सम्भ्रान्त विद्वानहरू खासमा लोकतन्त्रलाई रुचाउँदैनन्। लोकतन्त्रमा बौद्धिक चाकडीले ठाउ" नपाउने र सामान्य मानिसको बौद्धिक पहु"च बलियो हुने भएकाले लोकतन्त्रलाई कुरूप पार्न समाज–जातजातिजस्ता दिगो समाधान नभएका चरित्रलाई यो वा त्यो भनेर वर्गीकरण गर्नु यिनको मुख्य काम हो। जसले सामाजिक तथा अर्थराजनीतिक सत्यलाई उद्घाटन गर्ने विद्वानलाई गाली गर्छ। यसले जातजातिले बा"च्न अपनाउने रणनीति र त्यसले निर्माण गर्दै लैजाने व्यक्तिको व्यक्तित्व र चरित्रको ऐतिहासिक प्रक्रियाको उपेक्षा गरिरहेको छ। खास जाति हुनुले कोही बुद्धिमान, कोही सभ्य, कोही असभ्य हुन्छ भन्नु भनेको पहिलो र दोस्रो विश्वयुद्धको जग बसाउन सेता जातिले आफूबाहेकका मानिसलाई गरेको जातिगत वर्गीकरणजस्तै हो।

जातजातिको मुल नश्लमा लगेर राखिदियौँ। शरीरको बनावट, नाकको लम्बाई, छातिको चौँडाईलाई जातजाति भन्ने भयो। नश्लमा जातजाति खोजिराख्दा न त्यहा" सामाजिक सम्बन्धलाई खोजियो न त्यहा" राजनीतिक स्वार्थलाई जोडियो, न त्यहा" आर्थिक दबाबलाई केलाइयो! जातजाति भनेको आर्थिक र राजनीतिक संस्थाका उत्पादन हुन्। शाश्वतः चरित्र होइन भन्ने नहु"दा जातजाति नश्लको धारले छिन्नभिन्न पारिएको छ।

मानिसको जातजातिमा हुने वर्गीकरण, वर्गीकरणको कित्ताकाटमा हुने कैलालीजस्ता साम्प्रदायिक हिंसाको सामाजिक तथा अर्थराजनीतिक औचित्य छँदैछैन। जातीय रंगमा हिंसा चर्काउने, हाम्रो समाज, अर्थतन्त्रका चरित्रलाई हाम्रै अनुसार चल्न नदिने, जातीय रंग र आन्दोलनको बीचबाट समूहगत वा व्यक्तिगत अभीष्ट पूरा गर्न खोज्ने ऐतिहासिक वर्तमानका राजनीतिक बेइमानीले टाउको उठाएको छ। यो आन्दोलन आमआदिवासी/जनजातिले चाहेको, खोजेको समानताको हितमा पेश हुने सम्भावनाको अवरोध हो। जसले संघीयतामार्फत् जातजाति, भाषा, धर्म, संस्कृतिको रूपमा रहेको विविधतालाई समेट्ने र त्यसलाई भोगचलन गर्ने उपभोग स्वतन्त्रता र समानता स्थापना प्रयासमाथि प्रश्न उठाइदिएको छ।

जातजातिका विषयलाई लिएर भएको यो हदैसम्मको ज्यानमारा आन्दोलन ठीक हुँदैहोइन। जातजातिको रागमा यति धेरै बहस हुनु लोकतान्त्रिक समाजका लागि हितकर पनि होइन। लोकतन्त्र जातजातिको भिन्नतालाई कायमै राखेर अगाडि बढ्ने अवधारणा नै होइन। जातजातिको कुरा गर्दा कुनचाहिँ जातिको कुरा गर्ने? कुनचाहिँ जातिको नगर्ने भन्ने कुरा बडो जटिल कुरा हो। हामीकहा" बाहुन र जनजातिलाई तौलिँदा, बाहुनलाई बाहुनस"ग र जनजातिलाई जनजातिस"गै तौलनुपर्ने खा"चोको कहिल्यै खोजतलास नै भएन। संरचनाका हिसाबले बाहुनभन्दा जनजाति वा जनजातिभन्दा बाहुन तल वा माथि होलान्। तर, यसको चरित्र कस्तो छ भन्ने खोजी गर्दा जातजातिलाई अपमानित वा घृणा गरेर सम्भव नै छैन। जातजाति परिवर्तनशील सत्य हो भनेर बुझेकाले नै जातजातिको चरित्रको अक्षम्य र भड्किलो व्याख्या गरिरहेको देखिएको छ।

लोकतन्त्रले त नागरिकको निर्माण गर्ने हो। नागरिक हित र समृद्धिको स्वार्थखातिर व्यवस्था र प्रणालीको सुनिश्चित गर्ने हो। आदिवासी/जनजाति थारूले थारू प्रदेशमा आफ्नो पहिचान खोज्ने कुरा सामाजिक हिसाबमा जायज/नाजायज होला। तर, पहिचानका लागि जुन बाटो र रणनीतिको उपयोग भयो, यसले पहिचानको मुद्दा विविध चरित्र भएको हाम्रोजस्तो समाजमा सही छैन भन्ने देखाएको छ। नागरिकत्वबाहेक अरु सबै सामाजिक निर्माण भएकाले पनि जातजातिका नाममा हुने वा भएका यस्ता आन्दोलनको दुरूपयोग यस्तै हिंस्रक बाटोबाट सत्तामा पुगिने सौदामा हुन्छ भन्ने पुष्टि भएको छ।

कैलाली घटनामा जे भयो, त्यसको जवाफमा जे भइरहेको छ– त्यो सन् १९५० को सुरुवाती दशकमा छिमेकी देश भारतमा धर्मको रंगमा जेजसरी नरसंहार भएको थियो, त्यसलाई ब्यु"ताउने खालको छ। हामी सबैले एउटा चेतको ढोकालाई खुला राख्न र राख्न सघाउनु जरुरी छ। जातजाति भनेका अस्थायी कुरा हुुन्। समाज, अर्थतन्त्र र राजनीतिले कोल्टे फेर्दै जा"दा जाति र जातीयता चाहेर/नचाहेर फेरिएका छन्। मुस्ताङको थाकखोलावरपर जीविका चलाउने थकालीहरू नश्ल वा जन्मले भन्दा पनि जीविका चलाउन अपनाएका समान तरिका, राजनीतिक, आर्थिक हैसियतको समानता वा भिन्नताले थकाली बनेकाहरू राजनीति र अर्थतन्त्र फेरिएसँगै भट्टचन, शेरचन, तुलाचनलगायत भइसकेका छन्। त्यतिमात्र होइन, आधुनिक नेपाल एकीकरणअगाडिका लिम्बुहरू एकीकरण भएस"गै स्थानीय तहमा कर संकलन गर्न स्थानीय सम्भ्रान्तहरूले केन्द्रीय सरकारलाई बुझाएको फरक राजस्वका कारण सुब्बा र राई जाति बनेको इतिहास छ। जसले पहिचानको बखेडामा घटेको कैलालीको जस्तो नरसंहारलाई गैरऐतिहासिक र अराजक पुष्टि गर्दछ

लोकतन्त्र नागरिकको रूपमा लोकमत, लोकअभ्यास, लोकइच्छा, लोकआवश्यकतास"ग जोडिन्छ। नागरिकको कुरा गर्ने लोकतन्त्र नागरिकबीचमा विभेद नहुने व्यवस्था हो। तर, नागरिकको कुरा गर्नबाट छेकिएका, लखेटिएका जनतामा जातजातिको रंग, आकारप्रकार निर्माण गरेर जुन हिंसाको तय भएको छ, यो खा"ट्टी नेपाली भएर सोच्ने, बु‰ने र गर्ने कुरा हुनै सक्दैन। हामीले जातजाति भने पनि जे भने पनि समानता वा समावेशिताको अनुभूत नागरिकको रूपमा व्यक्तिगत तहमा नै गर्ने हो। यो कुरा सुन्न र बु‰नबाट रोक्ने नेता वा कार्यकर्तालाई जोकोही आदिवासी/जनजाति जो समानताका लागि संघर्ष गरिरहेका छन्। तिनले स्वीकार्न वा समर्थन गर्न सक्दैसक्दैन। आपसी सद्भाव, अन्तरनिर्भरतामा बा"चेका आममानिसले यसको दुर्भिक्षलाई नकार्ने मात्र होइन, प्रतिकार नै गर्नुपर्छ। यसले नतिजामुखी आदिवासी/जनजातिको आन्दोलनलाई नाजायज बनाइदिएको छ।

जातजातिको कुरा पहु"चमा भएको विभेदलाई हेरेर, त्यो विभेदको ऐतिहासिक वर्तमानलाई सामान्यीकरण गरेर अघि बढेको वा उभिएको देखिन्छ। तर, विभेदको कुरा जीविकामा ज्यादा पेचिलो छ। यसलाई खास नश्लको हुनुले कुनै असर गरेको देखिँदैन। पहु"चको कुरा त उही हुनेखाने, पढालेखाहरूबीचको आकांक्षा र प्रतिष्ठाको विषय बनेको छ।

हामी सम्भवतः एउटा साझा सामाजिकीकरणको प्रक्रियाबाट आएका छौँ। साझा सामाजिकीकरणमा हामीलाई राज्यले बाटो देखायो। विशिष्ट सामाजिकीकरणमा हाम्रो कुल गोत्रले अपनाएको बाटो जिम्मेवार रह्यो। नेपालको सांस्कृतिक, धार्मिक, आर्थिक एकीकरणले हाम्रो सामाजिक एकीकरण गराइदियो। सामाजिकीकरणमा साझापनको विकास गरायो। साझापनको निर्माणमा नेपाल एकीकरणको उल्लेख्य ऐसिहासिक भूमिका रह्यो। जसले ऐतिहासिक वर्तमानमा हामीलाई लोकतन्त्रभित्र बसेर लोकतान्त्रिक प्राणी भएर बा"च्ने कुरा अकाट्य र अत्यावश्यक छ भन्ने चेत आएको छ।

इतिहासको यो क्षणमा हामी अधिकार, सहभागिता, समानता जोडेर ज्यादा जातीयताको चर्चा वा बहस गरिरहेका छौँ। जातीय असमानताको सन्दर्भमा र नश्लीय विशेषता जोडेर यो बाहुन, यो जनजाति, त्यो दलित भन्ने आग्रह र पूर्वाग्रहमा छुट्याएको छ। जो लोकआवश्यकता, चरित्रका अगाडि गलत हो।

देश संविधान जारी गर्ने संघारमा उभिएको छ। आर्थिक, सामाजिक, सांस्कृतिक, जातजाति, भाषा, धर्मका सबै स्वार्थ एकैचोटी जर्यााजुरुक उठेका छन्। सबैलाई आफूचाहिँ ज्यादै महŒवपूर्ण भन्ने लागेको छ। यो स्वाभाविक पनि हो। अहिले आफू नउठ्दा आफ्नो हकअधिकार छुट्ला, पछि परिएला भन्ने आमचेत जायज छन्। तर, लोकतन्त्रमा लोकतान्त्रिक भएर अधिकारमा सौदाबाजी गर्ने राजनीतिक संस्कार, ज्ञान र अभ्यासको संस्थागत अभ्यासमा कमजोरी देखिएका छन्। आममानिस धेरै कोण र दृष्टिबाट विभाजित भएको र गराइएजस्तो देखिएको छ। धार्मिक समुदायका रूपमा, जातजातिका रूपमा, क्षेत्रका रूपमा, भाषाका भिन्नतामा, लिंग आदिमा सजिलै बा"डिएको छ।

इतिहासलाई हेरौँ। शासकको चरित्र, प्रवृत्ति, संरचना र स्वार्थलाई बुझौँ। यी सबैले कुनै न कुनै कारणले जात र जातीयताको उपयोग गरेको देखिन्छ। सम्झौता वा समर्पणको सवालमा शासनसत्तामा हुने हरेक परिवर्तनस"गै जातीयताको कुरा जोडिएका छन्। कहीँ जातीयता मेटिएको छ, कहीँ फेरिएको छ। खासगरी अर्थतन्त्रमा बा"च्न र आफ्नो निरन्तरताका लागि विभिन्न जातजातिका रूपमा रहेका जातीयतालाई मुख्यतः स्वार्थ, बाध्यता, अवसर, निर्देशन, चुनौतीजस्ता सामाजिक चरित्रका यथार्थले जातीयता मेटिएका छन्। विलिन भएका छन्। यसलाई कसैले एकल जातीय स्वार्थ वा दबाबले मात्रै भएका हुन् भनेर बु‰नु सही होइन।

जातजातिका कुरा धेरै अभौतिक अवधारणा र भौतिक अभ्यासको भिन्नता हो। यो सांस्कृतिक बिम्ब, भाषाको बनोट र प्रयोगमा झल्किने कुरा हो। नश्लको स्रोतलाई जातजाति भन्ने हो भने मानिसको बानीव्यहोरा नश्लको देन होइन। बानीव्यहोरा मान्छेले सामाजिकरूपमा हासिल गर्ने र समाजको बीचमा रहेर बा"च्नका लागि गरिएका अन्तरक्रियाले निर्माण गर्ने प्रक्रियाको नतिजा हो। सीप, ज्ञान वा दक्षता बा"च्नलाई गर्ने संघर्ष, त्यसको सफलता र असफलताका उत्पादन हुन्।

समाजशास्त्री ⁄अध्यापक, त्रिचन्द्र क्याम्पस।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस