राजाहरूबीचको युद्ध सकिए अब जनताका युद्ध सुरु भए।
(आरआर पाल्मर, सन् १७९३)
हामी को हौँ? कहाँबाट आयौँ? मृत्युपछि कहाँ जान्छौँ? यिनै तीन प्रश्नले दर्शनशास्त्रको जन्म भएको मानिन्छ। यिनै प्रश्नको उत्तर खोज्ने क्रममा हाम्रा मनीषीहरूले वेद र उपनिषद्को रचना गरेकाले पूर्वीय सभ्यताले दर्शनशास्त्र रचनाको श्रेय पाएको हुनुपर्छ। तसर्थ हामी को हौँ? भन्ने प्रश्न राज्यसँग जोडिएर आएपछि सम्झनुपर्ने हुन्छ देश सामान्य अवस्थामा छैन।अनि त्यस्तो असामान्य प्रश्नको उत्तर दिन र व्यवस्थापन गर्न मनीषी नै बन्नुपर्छ। संभवतः नेपालको त्यही परिस्थिति बुझेर भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपालको संविधान 'ऋषि मन'बाट बनाउन सल्लाह दिएका होलान्।
बर्दिया जिल्लाको राजापुर र ठाकुरद्वारागेटका चालीस जना थारुहरू काठमाडौंमा घर बनाउने काम गर्न एकै ठाउँ बस्छन्। एउटै भान्छामा खान्छन्। एउटै उमेरका देखिन्छन्। निरोगी छन् र फौजमा जानेजस्तो सुगठित शारीरिक बनोट छ। स्पष्ट नेपाली बोल्छन् र आजसम्म भारत टेकेकै रहेनछन्। प्रतिदिन चारसय रुपियाँमा काम गर्ने यी थारु युवा सय रुपियाँमा दैनिक गुजारा चलाएर बाँकी तीनसय घरमा पठाउँदा रहेछन्। संविधान निर्माणको यो अन्तिम घडीमा यी चालीस थारु युवा देशको राजनीतिप्रति बेफिक्री बिहानदेखि बेलुकासम्म आफ्नै काममा व्यस्त रहन्छन्। मलाई यी तरुण थारुहरूसँग कुराकानी गर्न मन लाग्यो र उनीहरू काम गरिरहेकै ठाउँमा गएर घन्टौं बसेँ।
माओवादी विद्रोहमा लागेर बर्बाद भएको र अब कुनै राजनीतिक गतिविधिमा लाग्ने ऊर्जा नै बाँकी नभएको भन्दै बर्दिया राजापुरका ३० वर्षे शालिकराम चौधरीले भने – जिल्लामा नहुँदा त हामी समाचार पनि सुन्दैनौ। जिल्लामा हुँदा सबै राजनीतिक गतिविधिमा लाग्नुपर्ने हुन्छ। काठमाडौंमा आएको भुइँचालोले हामीलाई बर्दियाबाट यहाँ ल्याई पुर्या यो। राजधानीमा मजदुरको अभाव भएपछि र कामदार आपूर्ति गर्ने ठेकेदारले असार महिनादेखि यी थारु युवालाई राजधानी छिराएका रहेछन्।
बर्दिया राजापुरका शालिकराम चौधरीले स्नातकसम्मको अध्ययन नेपालगन्जमा गरेका रहेछन्। काम नपाएपछि जेटीएको तालिम लिन पुगेछन् यी चौधरी। कृषिको कुनै सरकारी कार्यालयमा आफू र पत्नीले अन्तरर्वार्ता दिएको र नतिजा पर्खेर बसेको उनले घर प्लास्टर गर्दागर्दै मलाई सुनाए। उनी भन्छन् – हाम्रो पश्चिममा थारु नेता कोही छैन, बिना सोर्स र पैसा नेपालमा काम हुँदैन। तपाई मलाई मद्दत गर्न सक्नुहुन्छ? उनले सोधे। मैले सक्तिन भने। बरु म 'थरुहट प्रदेश' हुनुपर्छ भन्ने आवाजलाई समर्थन गर्छु। किनभने विगतमा मूलधारका राजनीतिक दलहरूले यो कुरा मानेका छन्। शालिकराम चौधरीलाई मैले स्मरण गराएँ। तिमीहरूको आफ्नै राज्य भए त्यसैबाट तिम्रो र भावी पुस्ताको भविष्य आफैँले सुधार गर्न सकौला। शालिकरामले पत्याएन र भने – 'हामी को हौँ र हाम्रो लागि राज्य बन्ने?'
हामी को हाँै? देशमा यो प्रश्न अहिले सबैभन्दा बढी उठेको छ। यी थारु युवाले सोधेको म को हुँ र मेरो लागि पनि राज्य बन्छ? भन्ने प्रश्न विचारणीय छ। वास्तवमा थारु को हुन् नेपालका? आर्य र मंगोल मानव वंशमा यी पर्दैनन्। पर्छन भन्ने लखमात्र काटिन्छ। भौगोलिकरूपले विभाजित, सांस्कृतिकरूपले फरक तर धार्मिकरूपले समान देखिने खस र मधेसीमा पनि यी पर्दैनन्। थारुहरू तिबबती मूलका पनि होइनन् र भारतीयमा पनि पर्दैनन् भनिन्छ। संस्कारगत विभाजनमा पनि यिनलाई मतवाली र तागाधारी दुवैतिर राखिएको पाइँदैन हिन्दुवर्ण व्यवस्थामा। तर पनि यिनका वंश हजारौं वर्षदेखि नेपाली भूमिमा छन्।
थारुहरूले आफ्नो बसोवास बनाए पहाडको काखमा र त्यहीँ मौलिक सभ्यताको विकास गरे। आफ्नै भाषा, सामाजिक व्यवहार र साझा आर्थिक जीवनमा आबद्ध भए र नेपालको 'धर्ती पुत्र' कहलाए। प्रकृति पूजक थिए र जल, जमिन र जंगललाई नै देवता ठानी सुरक्षा गरे। थारुहरूले नेपालको पहाड, चुरे र मधेस जोगाए तर आज शालिकराम चौधरी भन्दैछन् – 'हामी को हौँ यो देशको?' उनले लामो सुस्केरा हाल्दै अगाडि भने – 'हामीलाई खेती गर्न जग्गा दिँदा छोरीबेटी जग्गाधनीको घरमा काम गर्न पठाउनुपर्ने चलन अझै व्यवहारमा सकिएको छैन। यस्तो देशमा थारुको राज्य निर्माण होला? थारु पनि शासक हुने दिन आउला र?'
जातीहरूलाई आधुनिक परिभाषामा 'राष्ट्र' भनिन्छ। यी राष्ट्रहरूका आफ्नै भाषा, संस्कृति र सभ्यता हुन्छन् । नेपाल बहुभाषी, बहुजातीय, बहुधार्मिक र विविधताले भरिएको राष्ट्रिय राज्य हुनुपर्ने हो। तर केही ऐतिहासिक कारणले र केही हिन्दु धर्मको वर्णाश्रम व्यवस्थाको परिणाम नेपालमा एकल जातीय राज्य निर्माण भयो। सत्ताधारी पक्ष कांग्रेस, एमाले र एमाओवादीबाट निकट भविष्यमा जारी हुने संविधानले फेरि एकल जातीय वर्चश्व अगाडि बढाउने खतरा देखेर मूलधारकाबाहेक अन्य राजनीतिक दलहरू अहिले सडक संघर्षमा पुगेका छन्।
नेपालमा अहिले भइरहेको उथलपुथल, हडताल, बन्द र जुलुसहरू त्यही एकात्मक राज्यविरुद्ध लक्षित छ र आर आर पाल्मरले भनेझँै जनता जनताबीच नै युद्ध भएजस्तो देखिएको छ। यतिखेर नेपालमा जनता दुईथरी भएका छन् – केही सरकारी र बाँकी गैरसरकारी। सरकार पक्षीय जनताको प्रतिनिधित्व सभासद्हरूले गरिरहेको मानिन्छ, मान्नुपर्छ। यो पक्ष ढुक्क छ। संविधान जारी भएमा सबैथोक बिस्तारै मिल्दैजानेछ भन्नेमा। सबैथोक भन्नाले मधेस र थारु आन्दोलन अनि अन्तर्राष्ट्रिय दबाब र सुझाव पनि संविधान जारी भएसँगै शिथिल हुनेछ भन्नेमा। सरकारी पक्षले यस्तो धारणा बनाउनु अस्वाभाविक होइन।
नेपाली जनताले एक दशक भयो संविधान सभाबाट संविधान जारी होला भनेर कुरेको। तसर्थ सरकारी पक्षले जनताको चाहनाअनुरूप अबको १५ दिनभित्र संविधान जारी गरी ऐतिहासिक काम सम्पन्न हुँदैछ भनी हुंकार गर्नुलाई अन्यथा ठान्न पनि नमिल्ला। नेपालमा संविधान निर्माण प्रक्रिया र राजनीतिक संक्रमण धेरै लामो भयो। यसबाट नेपाली जनताले दुःखमात्र पाएनन् आर्थिक विकासका अनेकौं अवसर पनि खेर गए। तसर्थ, एकथरीलाई संविधान जारी गरेर देश विकासमा लाग्ने हतारो पनि हुन सक्छ। तर संविधान जारी भएर पनि देशमा शान्ति र राजनीतिक स्थिरता आउन नसक्नेमात्र होइन द्वन्द्व र जातीय विद्वेष झनै बढयो भने के गर्ने? प्रश्न गम्भीर छ।
संविधान निर्माण प्रक्रियाबाट मधेसी, थारु, जनजाति, आदिवासी, अल्पसंख्यकलगायत सबैलाई नेपालको राजनीतिको मूलधारमा ल्याउने अवसर थियो। अझ दोस्रो संविधान सभाको निर्वाचन परिणामले कांग्रेस एमालेलाई नेपालको राजनीतिक एकीकरण गर्ने सुनौलो अवसर दिएको थियो। वास्तवमा त्यस्तो अवसर एमाओवादी र मधेसवादीले पहिलो संविधान सभामा पाएका थिए। तिनले अवसर गुमाउँदा संविधान सभाको दोस्रो निर्वाचन गर्नुपरेको थियो। तर दुःखका साथ भन्नुपर्छ कांग्रेस, एमाले र एमाओवादीको दुई तिहाइ बहुमतबाट जारी हुन लागेको भावी संविधान घोषणा हुँदा देशमा 'उत्सव'को नभएर सन्त्रास र असुरक्षाको वातावरण बढ्ने जोखिम देखियो। जातीय द्वन्द्व हुने संकेत देखापरे। संघीयताका पक्षधरहरू नै संविधान निर्माण प्रक्रियाबाट बाहिर बस्दा समस्त प्रक्रिया नै 'नुन न हालेको तरकारी' जस्तो खल्लो र उदास लागेको होला संविधान निर्माण गर्नेहरूलाई पनि।
संघीयता विरोधीको संख्या नेपालमा कम छैन। जातीय श्रेष्ठतामा विश्वास गर्नेहरूको पनि नेपालमा कमी छैन। बाहुन र क्षेत्रीहरू संघीयताबिना नै अखण्ड जिल्ला र अञ्चलमा बस्न रुचाएको देखियो। तसर्थ तिनलाई संघीयता आवश्यकै रहेनछ। अखण्डका पक्षमा निस्कने जुलुुसको सहभागिता र त्यसमा देखिने उत्साहहरूले यसलाई पुष्टि गर्छ। कांग्रेस, एमाले र एमाओवादीमा भएका मधेसी, आदिवासी र जनजातिहरू संघीयता पक्षधर सजातीय साथीहरूको नारामा मात्र बगेको भान हुन्छ। आफ्नो पार्टी नेताले दिने राजनीतिक संरक्षण र आर्थिक अवसरका कारण तिनले देशको राजनीतिक कार्यसूची समात्ने आँट गर्दैनन्। नेपालको अखण्डतामा यस मानसिकताले चुनौती थपेको छ मूलधारका पार्टीहरूमा। नेताका सामु अधिकार, अवसर र पहिचानको कुरा गर्न पनि आदिवासी, जनजाति र मधेसीहरू हिम्मत गर्दैनन्। खड्ग ओली र सुशील कोइरालाको पार्टी अनुशासन सबैभन्दा बढी यिनै सीमान्तकृत समुदायमाथि लागु हुन्छ। अर्थात् अब जारी संविधानमा प्रदेशहरूको व्यवस्था भनेको सर्वोच्च अदालतको आदेश मान्ने र राष्ट्रपतिको चित्त बुझाउनेसम्ममा सीमित हुने देखियो।
नेपालको भावी संविधानको घोषणापूर्व पात्रहरूको अनुहार हेर्दा सबैभन्दा बढी उत्साह र तेज सभामुख सुवासचन्द्र नेम्वाङको अनुहारमा देखिन्छ। यी तिनै व्यक्ति हुन् जो पहिलो संविधान सभामा पनि सभामुखै थिए तर त्यति बेला संविधान जारी हुनसकेको थिएन । दोस्रो उमंग एमाले अध्यक्ष खड्ग ओलीको अनुहारमा देखिन्छ। ओलीको अनुहारमा उमंग र तेज देखिनु स्वाभाविकै हो। सबै कुरा र ठीकठाक भए उनी देशको सर्वोच्च कार्यकारी प्रमुख हुँदैछन् अबको केही सातापछि। यसरी मेची अञ्चल अहिले सबैभन्दा बढी खुसी छ। केही दिन अगाडि देशका शक्तिशाली पदहरू उपकुलपति, गभर्नर, योजना आयोगको उपाध्यक्षका साथै पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत र मुख्य सचिवमा गण्डक प्रदेशका चार हस्तीहरू नियुक्त हुँदा मेरा एकजना मित्रले ठूलै भोज दिएका थिए पाँचतारे होटेलमा। भन्थे – 'गोरखा अझै कहाँ हार्छ र?' यसरी एकातिर प्रशन्न अनुहारहरू छन्। अब दीनदुखी अनुहारको चर्चा गरेर बिट माराँै।
विजय गच्छदारको अनुहार 'कागती निचोरे' जस्तो देखिन्छ। गच्छदार विराटनगर जेलमा लामो समय बस्दा म सधैँजस्तो उनलाई भेट्न जान्थे। मैलै उनको अनुहारमा थकान र निराशा कहिल्यै देखेको थिइन अहिलेजस्तो। अहिले उनी थारु हुनुको पनि पीडा भोग्दैछन्। विगतमा कांग्रेस भएर कांग्रेसलाई चाहिनेभन्दा बढी बुझेको पीडा पनि तिनको अनुहारमा छ। आफैँ थाकेर गलित गच्छदारले अब फोरम लोकतान्त्रिकलाई कसरी नेतृत्व देलान् र थारुहरूले उनीमाथि कसरी विश्वास गर्लान्? गच्छदारले संविधान निर्माणमा खेलेको भूमिकाको समाजको सबैपक्षबाट सराहना भएको थियो। उनी संविधान निर्माण प्रक्रियामा टिक्न सकेनन् वा उनलाई लखेटिएको हो बिस्तारै पर्दा खुल्दै जाला तर यी थारु नेताको अनुहारमा हारेको भाव स्पष्टै छ। गच्छदारको हारमा कांग्रेस एमालेको जित पक्कै हुनसक्तैन। एमाओवादी बारे लेख्ने कुरा समाप्त भएको धेरै भयो। तिनले अब शून्यबाट सुरु गर्नुपर्नेछ राजनीति।
कांग्रेसका नेता र कार्यकर्ताको अनुहारमा सर्वत्र निराशा र अलमल छ। बर्दियाका शालिकराम चौधरीको माओवादी जनयुद्धमा लागेर राजनीतिक ऊर्जा समाप्त भए झँै। देशमा के हुने हो कहाँ पुगिने हो र कसरी पार्टी जोगाउने हो भन्ने सूत्र नै फेला पार्न सकेका छैनन् कांग्रेसले। उपनिषद्मा भनिएको छ 'पूर्णबाट पूर्ण निस्कन्छ र शेष पनि पूर्ण नै रहन्छ' तर कसरी? कांग्रेसको हालत त्यही छ। नयाँ भाष्यकार कोही जन्मिएलान् र कांग्रेस पूर्णबाट पूर्णमै पुग्ने सूत्र कांग्रेसजनलाई देलान् कि?