स्वामी, बाबा र गुरु
२० भदौ २०७२
•
१६ मिनेट पाठ
स्वामी, बाबा र गुरु
उपनिषद्मा गुरु शब्दको अर्थ अन्धकार हटाउने व्यक्तिको रूपमा व्याख्या गरिएको छ। शब्दकोशहरूमा स्वामी शब्दका विभिन्न अर्थमध्धे एउटा अर्थले त योगीराज भनेको छ। बाबा शब्दलाई समाजमा धार्मिक वा शैक्षिक अग्रजलाई आदरार्थी सूचकको रूपमा लिएको पाइन्छ।अर्थ जेसुकै भए पनि यस्ता विशेषण पाएका मानिस समाजमा धार्मिक वा शैक्षिक ज्ञानको हिसाबले आदरणीय हुन्छन् भन्नेमा कुनै विवाद छैन। जोजो व्यक्तिमा आफ्नो नामको अगाडि वा पछाडि यी आदरार्थी विशेषण लागेको हुन्छ, ती व्यक्तिमा स्वाभाविकरूपमै सयौँ गुण निहित हुन्छ। ती गुणहरूमध्धे आत्मसंयमता, सरलता, अहंकार शून्य र अभिमानशून्य शास्त्रमा उल्लिखित गुण हुन्। यस्ता गुण नभई कोही पनि गुरु, स्वामी वा बाबा बन्नै सक्दैनन्। यी सबै सत्चरित्रका उपनामहरू हुन्। कसैमा यी सबै गुण विद्यमान छैन भने तिनका अगाडि वा पछाडि यस्ता विशेषण राख्ने कुनै अधिकार हुँदैन। तिनीहरू ढोँगी हुन्। सर्वसाधारणले वा आफूलाई तिनको अनुयायी बताउनेले त्यो बाटो त्याग्नुपर्छ।




जबजब समाज राजनीतिक, सांस्कृतिक, धार्मिक वा आर्थिकरूपले ओरालो लाग्छ, तबतब अगुवाहरूले तत्तत् क्षेत्रका अधिपतिहरूलाई विभिन्न प्रकारले घच्घचाउने काम गर्छन्। संसारमा जहाँ पनि चलेको प्रक्रिया हो यो र हामी पनि त्यसबाट अछुतो रहन सक्दैनौँ। धेरैले आजको हाम्रो समाज ओरालो लागेको अनुभव गरेका छन्। संविधान निर्माणको अन्तिम चरणतिर आइपुग्दा आआफ्नो अधिकार प्रस्तावित संविधानमा राख्ने व्यवस्थाको लागि स्वर ठूलो पार्ने काम गरिरहेका छन्। यीमध्धे केही स्वर राजनीतिक अधिकारका लागि उठेका छन्। यस्तो माग राजनीतिक दलका कार्यकर्ताले गर्दैछन् भने अरुखाले गैरराजनीतिक मागका लागि अरु क्षेत्रका सामाजिक अगुवा अगाडि आएर कराइरहेका देखिन्छन्। यसरी आफ्नो माग राख्नुलाई गलत भन्न मिल्दैन।

आफ्नो स्वर कुन रूपमा ल्याउने भन्नेबारे विधि र कर्तव्यको बोध सबैतिर हुनु जरुरी छ। तर, दुर्भाग्य यसैको कमी हुनु नै अहिलेको हत्या र हिंसाको मुख्य कारण हो। यस्तो अस्तव्यस्त स्थितिमा अझ बढी कर्तव्यको बोध, माथि उल्लेख गरिएका मानिसबाट हुनु जरुरी छ। किनकि, ती व्यक्ति समाजलाई बाटो देखाउने वर्गका हुन्। उनीहरूले जे गर्छन् समाजले भोलिका दिनमा त्यसलाई पछ्याउँछ। गुरुहरूले कुनै कुरा गर्दा नियम र शास्त्रसम्मत भएर गर्नैपर्छ, नत्र त्यसको परिणाम भोलिका दिनमा भयानक हुनसक्छ।

हामी अध्यात्मिक चिन्तनमा लागेका मान्छे श्रीमद्भगवत गीताको श्लोक उद्धृत गर्दै, समाजका हरेक समुदायलाई आफ्नो कर्म र अकर्मको ज्ञान बाँड्दै हिँड्छौँ। यसअन्तर्गत कुनै काम कसैको लागि कर्म हुन्छ भने सोही काम कसैका निम्ति विकर्म हुन्छ भनेर उपदेश दिन हामी कहिल्यै थाकेनौँ र थाक्दैनौँ पनि। तर, के ती माथि भनिएका शास्त्रसम्मत गुरु, स्वामी वा बाबामा हुनुपर्ने प्राकृतिक गुण हामी आफू नै गुरु, बाबा वा स्वामी बन्दा आत्मसात गर्नु पर्दैन? के हामी आफूलाई चाहिँ आफ्नो कर्म र विकर्मको ज्ञान हुनु नपर्ने? कसरी भयौँ हामी गुरु? कसले बनायो बाबा वा स्वामी? स्वघोषणाले कोही पनि बाबा वा स्वामी हुन पाउँदैन।

प्रसंग स्वामी, बाबा र गुरुहरू अनि मजस्ता अध्यात्मिक ज्ञानको अनुष्ठानमा लागेका व्यक्तिको अहिलेको देशको तरल अवस्थामा हाम्रो कर्म र कर्तव्यबारेमा हो। शास्त्रले हरेक कर्मको विधि तोकेको हुन्छ, जुन शास्त्रको अध्ययन र अनुष्ठानमा लागेका जोकोहिले राम्रोसँग बुुझेका हुन्छन्। एउटा राजनीतिक दल वा त्यसको झण्डामुनि बसेर त्यसैका कार्यकर्ताले बानेश्वर चोक वा खुलामञ्चमा धर्ना दिनु अथवा भाषण गर्नु उसको कर्म भित्र पर्छ। यसलाई कुनै नियम वा शास्त्रले गलत भन्नै सक्दैन। तर, एउटा स्वामी, गुरु वा बाबाले कुनै पनि उद्देश्यका लागि त्यही स्थानमा त्यही कर्म गर्नु सरासर विकर्म हो। यसो गर्नु शास्त्रविरुद्ध छ। शास्त्रअनुसार कर्मको अर्थ गर्नैपर्ने काम हो भने विकर्मको अर्थ शास्त्रविरुद्धको काम वा निषिद्ध काम। त्यतिमात्रै हैन पापधर्ममा पूरा विश्वास गर्ने यो क्षेत्रका अनुयायीका लागि सो कार्य सम्पूर्णरूपमा शारीरिक, मानसिक र वाणीका तीनै प्रकारको पाप हो। किनकि, बाबा, स्वामी गुरुका कुुनै राजनीतिक एजेन्डा हुनसक्दैन– हुनै हुँदैन। यिनले त्यस्ता एजेन्डा बोकेका छन् भने ती गुरु, स्वामी वा बाबा होइनन्।

धार्मिक र अध्यात्मिक गुरु, स्वामी वा बाबा राजनीतिक क्रियाकलापमा सामेल हुनुका पछाडि सतहमा जेजस्ता कारण देखिए पनि भित्रको उद्देश्य भने तलका तीनमध्धे एक वा सबै हुनसक्छन्।

पहिलो, ती व्यक्तिहरूमा भोलिका दिनमा राजनीतिमा दौडिने अन्तर्मनको अभिलाषा। सो अभिलाषा पूरा गर्न देशको हालको तरल राजनीतिक अवस्थामा बानेश्वर चोकजत्तिको उपयुक्त मैदान अर्को कुन होला र?

दोस्रो, यस्तो क्रियाकलापमार्फत् देशका कुनै राजनीतिक दलको कार्यक्रमलाई प्रत्यक्षरूपमा सहयोग गर्ने पनि हुनसक्छ। किनकि, समाजको ठूलो तप्काका मानिस राजनीतिक दलका नेतालाई भन्दा गुरुलाई बढी विश्वास गर्छन्। यसो हो भने उनीहरू पार्टीको झण्डा नबोकेका कार्यकर्ता हुनपुग्छन्, स्वामी वा बाबा हुन सक्दैनन्।

तेस्रो, कतैबाट निर्देशित भएर अहिलेको तरल राजनीतिक वातावरणलाई अझै धमिलो पार्ने मनसायमा परिचालित भएको वा बनाइएको हुनसक्छ। जानीनजानी यस्तो भएको हो भने देशको लागि योभन्दा ठूलो दुर्भाग्य अर्को के नै हुन सक्ला र?

माथिका उल्लेखमध्धे जुनसुकै कारण भए पनि यी सबै स्वामी, बाबा वा गुरुका लागि विकर्म नै हुन् र यी विकर्मको कुनै पनि हालतमा समर्थन गर्न सकिँदैन।

उदाहरण फेरि श्रीमद्भगवत् गीताबाटै, गीतामा भगवान् भन्नुहुन्छ– कसैलाई कुनै उपदेश दिनुपर्यो भने आफ्नो दृष्टान्तबाट दिनुपर्छ। यही नियम अनुशरण गर्दै भगवान भन्नुहुन्छ– मैले यो संसारमा गर्नुपर्ने कुनै कर्म छैन, तर पनि म कर्म गरिरहेको छु किनकि मैले कर्म गरिनँ भने मेरो अनुशरण गर्दै मानिस कर्मबाट विमुख हुनेछन् र त्यसको दोष मैले लिनुपर्नेछ। यही दैवीवाक्यलाई आधार बनाएर हेर्दा पनि अब ती गुरु, स्वामी वा बाबाका अनुशरण गर्नेहरूले के गर्लान् र हामीले योे समाजलाई कुन दिशातर्फ लैजाँदै छौँ सहजै अनुमान गर्न सक्छौँ।

आजको दिनको अत्यन्त सान्दर्भिक गीताकै उपदेशको चर्चा गर्दा पनि भगवान गीतामा भन्नुहुन्छ– आफ्नो कर्म गर्दै मर्नु श्रेयस्कर हुन्छ, अरुको कर्म भयंकर हुन्छ। यति गहन र स्पष्ट उपदेश जान्ने भएर अनि यही उपदेश देशविदेश पुर्याशउने हामी आफैचाहिँ अरुको कार्य गरेर बाँच्न खोज्दैछौँ। यो कुनै पनि हालतमा उचित छैन। हाम्रो कर्म र कर्तव्य ज्ञान बाँड्ने हो, भाषण गर्ने हैन, उपदेश पहिला अनुशरण गर्ने हो, लत्याउने हैन। हाम्रो आत्मसंयताको परीक्षाको घडी यही हो। हामी आफू आत्मसंयम हुन सकेनौँ भने भविष्य गीतामा भनेझैँ भयानक र डरलाग्दो हुने स्पष्ट छ।

देशको संविधान कस्तो हुने, नियमकानुन कस्तो बनाउने भन्ने कुराको छिनोफानो गर्ने अधिकार राजनीतिक दल वा सरकारको हो। देशको अहिलेको परिस्थितिमा कुन नियम कहाँ राख्दा त्यसको असर के हुन्छ भन्ने निर्णय गर्ने अधिकार दल वा सरकारकै हुनुपर्छ। यस क्षेत्रका मानिस त्यसमा असहमत भएमा सम्बन्धित पक्षसम्म चित्त नबुझेका कुरा पुर्यााउने तरिका भनेको भेटघाट र गुनासोमात्रै हो। अरु कुनै तरिका हुनैसक्दैन। अर्को बाटो अपनाएमा त्यो विकर्म हुनजान्छ। विडम्बना, हामी आज त्यही विकर्म गर्दैछौँ।

अध्यात्मिकता जीवन बाँच्ने आधार हो भनेर विश्वास गर्ने हामी आत्मसंयताको कुरा गर्छौं। अष्टांगयोग विधिको चर्चा गर्छौं र त्यसको प्रचारप्रशारमा आफ्नो जीवनको महŒवपूर्ण समय खर्चन्छौँ। जुन विधिअन्तर्गत विहान सबेरै उठेर गर्ने केही शारीरिक व्यायाम र केही स्वासप्रस्वाससम्बन्धी क्रियाको अनुशरण गर्न सिकाउँछौँ। योग भनेको त्योमात्रै हैन। योगमा शारीरिक र स्वासप्रस्वासका क्रियाभन्दा माथि यम, नियम, धारणा, प्रत्याहार र ध्यानजस्ता अति महŒवपूर्ण तŒव पनि छन्। यसको ज्ञान यसलाई फैलाउने हामी सबैमा छ। यमले शारीरिक शुद्धताको चर्चा गर्छ भने नियमले मानसिक शुद्धताको। धारणा सकारात्मक सोच विकासको विधि हो भने प्रत्याहार वहिर्मुखी स्वाभावको अन्त्य र अन्तर्मुखी स्वभाव सिकाउने विधि हो। ध्यानलगायतका माथिका योगका नियमले मनलाई एकाग्र बनाउन मद्दत गर्छ र हाम्रो जीवनशैलीलाई सरल बनाउँछ। यी सबैको पालना नगरी माथि भनिएका शारीरिक र स्वाससम्बन्धी योगका सीमित नियम पालना व्यायाममात्रै हो। र, त्यसले मात्र हाम्रो खुसी र सुखी जीवन बाँच्ने उद्देश्य पूरा हुँदैन। यो सबै जानेका हामीले चाहिँ यी कुरा पालना गर्नुनपर्ने? बानेश्वर चोकमा वा खुलामञ्चमा पुगेर नेताहरू तथा आफ्ना अग्रजहरूलाई गाली गर्दा हामीले ती कुराको याद गर्नुनपर्ने? हामी आफू कर्तव्यबाटच्युत भएर अरुलाई भने कर्तव्यको पाठ सिकाउन पाउने? खै हामीमा आत्मसंयमता, खै हामीमा अहंकारशून्यता? खै हामीमा सरलता?

सत्यता, विश्वास र एकआपसको हितकोे जगमा बसेको हाम्रो सनातन गुरु–शिष्य परम्परा सार्वजनिकस्थलमै आफ्ना अग्रज वा गुरुलाई तथानाम बोल्ने अनि बोलेको छैन भन्दै अझ ठूलो स्वर गर्दा कतै त्यो परम्परा नै छिन्नभिन्न गर्ने बाटोमा हामी लागेका त हैनौँ भन्ने महसुस हुन्छ। हिजोका दिनमा एउटा झूट लुकाउन धेरै झूटले मद्दत गर्थ्यो होला, ठूला मान्छबाट भएका झूट साना र अनुयायीहरूले लुकाइदिन्थे होलान्। तर ,आजको सामाजिक सञ्जालको युगमा सार्वजनिक स्थानमा भएका घटनालाई तोड्न वा मोड्न खोज्नु अभिमानबाहेक अरु केही हुनै सक्दैन। यसलाई कसैले लुकाउन पनि सक्दैन। अभिमान धार्मिक र अध्यात्मिक चरित्र भएका हामीजस्ता मानिसको चरित्र होइन, यसले हामीलाई विनासको बाटोमा लैजान्छ।

हाम्रा लागि यी सबै विकर्म गर्ने अनुमतिपत्र भनेको हाम्रो पोशाक, निधारको टीका, लामो कपाल वा सामाजिक सञ्जालमा रहेका हाम्रा सन्देशमात्रै हुन् र? आफूले अँगालेको बाटोको इज्जत राख्ने काम हामीले नै गर्ने कि अरु कसैले गरिदिने? हामी आफू आफ्नो इन्द्रियलाई संयममा राख्न सक्दैनौँ भने अरुलाई त्यस्तै कार्य गर्ने उपदेश दिन आजैबाट बन्द गरौँ। अझै पनि हामी स्वामी, गुरु वा बाबा बनेरै सदाचारी जीवनको पर्याय बन्न चाहन्छौँ भने शास्त्रका नियमको पालना गरौँ र अरुलाई पनि गराऔँ। आफ्नो कर्तव्य नबिर्सौं, अरुको कर्तव्यबारे पनि उचित तरिकाबाट सम्झाउने प्रयत्न गरौँ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस