प्रमुख कार्यकारीको कार्यकाल
१४ भदौ २०७२
•
१६ मिनेट पाठ
प्रमुख कार्यकारीको कार्यकाल
प्रधान मन्त्री हुन प्रतीक्षारत सबै दलका नेताहरू ४ दशकभन्दा लामो समयदेखि नेपाली राजनीतिमा क्रियाशील छन्। २०४६ सालपछि सुशील कोइराला, केपी ओली, माधव नेपाल, शेरबहादुर देउवा, विजय गच्छेदार, महन्थ ठाकुरलगायतका सबै नेताले बारम्बार पार्टी तथा सरकारी उच्च पदमा बसे। उनीहरूले कार्यकारी तथा पार्टी नेताको हैसियतमा केकति उल्लेखनीय काम गरे त्यो बेग्लै अनुसन्धानको विषय हुनसक्ला। तर, एउटा ठूलो जमात सबै पार्टीका प्रथम पुस्ताका नेताहरू अक्षम र व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेको ठान्छ।




गिरिजाप्रसाद कोइराला जीवनको अन्तिम दिनसम्म राजनीतिमा क्रियाशील थिए। मनमोहन अधिकारी तथा सूर्यबहादुर थापालगायत स्वर्गबास भएका अधिकांश नेता थलिँदाका अवस्थामा पनि राजनीतिमै रहे। दुई दशक पार्टीको नेतृत्व गरेका माधवलाई एमालेको उत्थानको लागि आफूले अझ धेरै गर्न बाँकी रहेको लाग्यो र गत महाअधिवेशनमा पार्टी अध्यक्षको पदमा चुनाव लडे। ३ पटक प्रधान मन्त्री भइसकेका शेरबहादुर देशका लागि आफ्नो आवश्यकता रहेको ठान्छन् र प्रधान मन्त्रीको दाबी गर्दैछन्। पद प्राप्तिको आकांक्षाका सम्बन्धमा सबै दलका नेताको यस्तै कथा छ। गिरिजाप्रसाद तथा मनमोहन अधिकारीको पदचापमा हिँड्दै अनन्तसम्म राजनीतिको केन्द्रमा बस्न चाहन्छन् हाम्रा नेताहरू।

एकपक्षको मान्यता छ कार्यकर्ताले चाहुन्जेल र मतदाताले पत्याउन्जेल प्रधान मन्त्री तथा पार्टी सभापति हुन छेकबार लाउनु हुँदैन। सरसर्ती हेर्दा कुरा ठीकैजस्तो लागे पनि एएटै व्यक्ति बारम्बार त्यही पदमा बस्नु मुलुकको हितमा छ छैन। लोकतन्त्र नेपालले मात्र अँगालेको व्यवस्था होइन। प्रजातान्त्रिक अभ्यासका सन्दर्भमा हामीले थप अनुसन्धान गर्न जरुरी छैन। बरु संसारमा रफ्तारमा आर्थिक विकास गरेका र सामाजिक सूचकांकहरूमा उल्लेखनीय सुधार गरेका मुलुकमा प्रमुख कार्यकारीको पदावधि कति छ त्यसको लेखाजोखा गरौं।

संयुक्त राज्य अमेरिका आधुनिक सभ्यताको प्रथम गणतान्त्रिक देश हो। जर्ज वासिङ्टनले अमेरिकी राष्ट्रपतिको शपथग्रहण गर्दा संसारकै प्रथम श्रीपेचबिनाको राष्ट्राध्यक्ष भए। बेलायतको उपनिवेशबाट अमेरिकालाई स्वतन्त्र बनाउने मोर्चाको नेतृत्व सम्हालेका कारण समकालीन समाजमा अत्यधिक रुचाइएका व्यक्ति थिए उनी। अमेरिकाको इतिहासमा अहिलेसम्म राष्ट्रपति निर्वाचित गर्ने इलेक्टोरल कलेजका सम्पूर्ण सदस्यले सर्वसम्मत निर्वाचित गरेको एकमात्र राष्ट्रपति हुन् उनी। दुईपल्ट अमेरिकाको सर्वोच्च नेतृत्व सम्हालिसकेपछि वासिङ्टनले आफ्नो कार्यभार बिसाउन चाहे। तर, तत्कालीन समाज उनले अझ केही समय राष्ट्रपति बनिदिउन् भन्ने चाहन्थ्यो। बेलायतबाट भर्खर स्वतन्त्र भएको देशमा आलाकाँचाको हातमा शासन बागडोर जाँदा देशको अस्तित्व नै संकटमा पर्छ कि भन्ने शंका गर्ने तत्कालिन समाजलाई वासिङ्टनले प्रश्न गरे– देश निर्माण गर्न यदि आफूमात्र राष्ट्रपति बन्नका लागि अपरिहार्य व्यक्ति हो भने के आफ्नो मृत्युपछि यो मुलुकको कुनै भविष्य छैन त? अघिल्लो भन्दा नयाँ पुस्ता कर्मठ हुने प्रकृतिको सिद्धान्त भएकाले कुनै पनि व्यक्ति प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्नु हँुदैन र आफू पनि तेस्रोपटक राष्ट्रपति नबन्ने उद्घोष गरे उनले।

अमेरिकाका 'आर्किटेक्ट' वासिङ्टनले स्थापित गरेको दुई कार्यकालभन्दा बढी एक व्यक्ति राष्ट्रपति नबन्ने अलिखित आदेशलाई सबैले पालन गरे पनि फ्रान्कलिन रुजबेल्टले उक्त भनाइको अवहेलना गर्दै चारपल्ट राष्ट्राध्यक्ष बने र पदमै रहँदा उनको निधन भयो। तर, पछिल्लो कार्यकालमा उनले कुनै नवीन कार्यक्रम ल्याउन सकेनन्, देश विकासको रफ्तार रोकियो। रुजबेल्टको पछिल्लो कार्यकाल पदावधि लम्ब्याउनमै सीमित रह्यो। त्यसपछि राष्ट्रपिता वासिङ्टनले भनेको दुई कार्यकालको सिद्धान्त अझ बढी सान्दर्भिक बन्यो। रुजबेल्टले झैँ पछिल्ला दिनमा कुनै पनि व्यक्ति पदमा लिसो नलागुन् भन्नका लागि अमेरिकी कानुनमै संशोधन गरी कुनै दुईपटक भन्दा बढी राष्ट्रपति बन्न नपाउने कानुनी व्यवस्था गरियो। आफ्नो योजना लागु गर्दै मुलुकलाई सुमार्गमा हिँडाउन राष्ट्रपतिको दुई कार्यकाल नै पर्याप्त हुने भएकाले सोही नीति अवलम्बन गरे अमेरिकीहरूले। संसारकै सर्वाधिक सम्पन्न संयुक्त राज्य अमेरिकाको परीक्षण सफल भएपछि संसारका धेरै देशले एकै व्यक्ति दुईपल्ट भन्दा बढी प्रमुख कार्यकारी बन्न नपाउने व्यवस्था गरे। कम्युनिस्ट देश भएर पनि अमेरिकाको अनुकरण गर्दै चीनले सन् १९८३ मा राष्ट्रपतिको पदावधि ५ वर्षको हुने र दुईपटक भन्दा बढी पदमा बस्नै नपाउने कानुनी व्यवस्था गर्योे। चीनको यसअघिका राष्ट्रपति हु जिन्ताओको उच्च प्राथमिकता आर्थिक उन्नति थियो र देशले त्यसअनुसारको सफलता पनि हासिल गर्योो। जतिसुकै आर्थिक विकास गरे पनि भ्रष्टाचार रोक्न नसके मुलुकको उन्नति नहुने ठहर गदै वर्तमान राष्ट्रपति सि जिनपिङ भ्रष्टचारबिरुद्ध खरो उत्रिए। भ्रष्टाचारविरोधी अभियानले देशको उन्नतिमा ठूलो भूमिका खेल्यो। यसरी चीनमा नयाँ नेतृत्वले नवीनन विचार ल्याए अनि फरक धारणाले मुलुकलाई नयाँ उचाइँमा पुर्याूयो। १० वर्षभन्दा अधिक समय कुनै पनि बहानामा एकै व्यक्ति राष्ट्रपति बन्न नपाउने व्यवस्थालाई चीनको उच्च आर्थिक विकासमा सहायक रहेको ठान्छन् आर्थिक विश्लेषकहरू। सन् १९८३ मा १० वर्षमा अनिवार्य नेतृत्व परिवर्तन हुने कानुनी व्यवस्था गरेपछि चीनले उल्लेख्य आर्थिक विकास गरेको छ।

सन् १९९४ मा पूर्णप्रजातन्त्रको स्थापनापछि दक्षिण अफ्रिकाका आर्किटेक्ट नेल्सन मन्डेलालाई सबै दलले सर्वसम्मत आजीन राष्ट्रपति बन्ने प्रस्ताव गरे। तर, उनले त्यस्तो प्रस्ताव मानेनन्। एकै व्यक्ति लामो समय पदमा बसे मुलुकको दुर्गति खोज्न अन्त जानु पर्दैन भन्दै एक पदावधिभन्दा बढी सर्वोच्च पदमा बसेनन् नोबेल पुरस्कार विजेता मन्डेला। देश विकासका लागि एक व्यक्ति एक पदावधि भन्ने मान्यता थियो उनको। पछि, संविधानमै कुनै पनि व्यक्ति दुईपटक भन्दा बढी राष्ट्राध्यक्ष बन्न नसक्ने व्यवस्था गरियो त्यहाँ। द इकोनोमिस्टले सन् २०१२ मा प्रकाशित गरेको आर्थिक रिपोर्टअनुसार सन् १९९४ मा पूर्णप्रजातन्त्रको स्थापनापछि दक्षिण अफ्रिकाले आर्थिक तथा सामाजिक दुवै क्षेत्रमा उल्लेखनीय प्रगती गर्यो्।

बहुदलीय व्यवस्थापछि सबैभन्दा धेरैपटक देशको प्रधान मन्त्री बने गिरिजाप्रसाद। बहुमतको मात्र होइन भिन्नभिन्न दलसँग विभिन्नखाले समीकरणमा प्रधान मन्त्री बने उनी। पद पाउन र टिक्नका लागि उनले राजनीतिक तथा गैरराजनीतिक समूहसँग सहज हिसाबमा असहज सम्झौता गरे। संविधान लेख्न संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा मूल कानुन लेखनमा प्रतिकूल प्रभाव पार्ने धर्मनिरपेक्षता, संघीयतालगायतका विभिन्न विषयमा दस्तखत गर्दै गए उनी। प्रधान मन्त्रीको पद जोगाउन र राष्ट्रपति बन्न दुई–चार सय मान्छे जम्मा गरी सडक आन्दोलन र हुलहुज्जत गर्न सक्ने सबैसँग मागअनुरूपको सम्झौता गरे कोइरालाले। कर्णालीदेखि तराईका कैलाली, सर्लाहीसम्म हालै भएको नरसंहारको प्रमुख दोषी को हो? संविधान सभाको क्षेत्राधिकार कटौती हुनेगरी अग्रिम सम्झौता गर्ने तथा संघीय राज्यको सीमांकनजस्तो नितान्त प्राविधिक विषयलाई दक्ष विशेषज्ञको सट्टा आफूअनुकूल समाधान गर्न खोज्ने ४ दलका नेताहरूलाई कसरी विवेकशील भन्ने?

प्रधान मन्त्रीको एकाधिकार रहने वेस्टमिन्सटर सिस्टममा कुनै पनि मन्त्रीले स्वतन्त्रतापूर्वक आफ्नो कार्य सम्पादन गर्न सक्दैन। त्यति हँुदाहुँदै पनि केही व्यक्तिले नेपाली राजनीतिमा फरक अवधारणा ल्याए। भरतमोहन अधिकारीले पहिलोपल्ट अर्थ मन्त्री हुँदा प्रत्येक गाविसलाई आफैले योजना छनौट गर्नसक्नेगरी बजेटको व्यवस्था गरे। वृद्धलाई सामाजिक भत्ताको प्रबन्ध गर्नेजस्ता नवीन समाजउपयोगी कार्यक्रम ल्याए। दोस्रोपल्ट तिनै अधिकारी अर्थ मन्त्री बन्दा भ्याट छल्ने व्यापारीलाई उन्मुक्ति दिने विषयको विवादमा मुछिए र सचिवसँग पौँठाजोरी खेल्न पुगे!

सरकारी तलबभत्ता खाएर बसेका राष्ट्रसेवक कर्मचारीले अन्य देशको स्थायी बसोबास अनुमतिपत्र लिँदा देशप्रतिको उनीहरूको निष्ठामा कमी आउने कुरा मनन् गर्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आवश्यक निजामती सेवा ऐन तथा कानुनमा संशोधन गरे। प्रभावित पक्षले सत्तोसराप गरे पनि मन्त्री पण्डितको कदमलाई विरोध गर्ने ठाउँ छैन। गरिबका छोराछोरीले विदेशको रोजगारीमा जाँदा दलाल तथा रोजगारदाताले ठग्ने अवस्थाको अन्त्यका लागि संघर्षरत् छन श्रम मन्त्री टेकबहादुर गुरुङ। मन्त्री गुरुङको कदमको विरोध गर्ने म्यानपावर कम्पनी तथा दलालबाहेक अरु कोही छैनन्। रोजगारीका लागि विदेशिने गरिबको हितमा लागे उनी। छोटो समय ऊर्जा मन्त्री हुँदा पनि गोकर्ण विष्टले बिजुली अड्डामा हुने भ्रष्टाचार तथा विकृतिलाई सम्बोधन गरे। पण्डित, गुरुङ तथा विष्ट पहिलोपटक मन्त्री भएका थिए। पहिलोपटक मन्त्रालयमा कार्यभार सम्हाल्दा उनीहरू नवीन विचार तथा धारणासहित आए। आफ्ना मान्यतालाई व्यवहारमा उतारे र सफलता हासिल गरे। नयाँ व्यक्तिले नै नवीन विचार ल्याउँछ। नयाँ अवधारणाले सुशासन र विकासमा मद्दत पुग्छ। यही कारण नै कुनै पनि व्यक्ति बारम्बार एउटै पदमा बस्नु हुँदैन। एउटा कर्मचारीलाई एकै पद तथा कार्यालयमा लामो समय राख्दा उक्त व्यक्ति विशेषज्ञ त बन्न सक्ला, तर प्रमुख कार्यकारी बन्न सक्दैन। यही अवधारणाअनुरूप नै नवीन विचार तथा अवधारणाका लागि कर्मचारीलाई विभिन्न कार्यालय तथा स्थानमा स्थानान्तरण गर्नुपर्छ भन्ने मान्यता स्थापित भयो।

हाम्रै मुलुक तथा अन्तर्राष्ट्रिय प्रयोगसमेतलाई हेर्दा मन्त्री, प्रधान मन्त्री तथा पार्टी प्रमुखजस्ता कार्यकारी पदमा कुनै पनि व्यक्ति दुई अवधिभन्दा अधिक बस्न नपाउने व्यवस्था गर्नुपर्ने देखिन्छ। यस्तो व्यवस्थाले नवीन ऊर्जाका साथ नयाँ पुस्ताले देशको कार्यकारी पद सम्हाल्ने अवसर पाउँछन्। नमरुन्जेल पदमा बसिरहनुपर्छ भन्ने मान्यता राख्ने कम्युनिस्ट व्यवस्था भएको चीनले नेतृत्वको अनिवार्य आवधिक परिवर्तनलाई कानुनी मान्यता दिनसक्छ भने समन्यायमा विश्वास गर्ने नेपालका प्रजातान्त्रिक नेताहरूले पदमोह गरेर देशविकासमा बाधक किन बन्नु?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस