चार वर्षअघि विश्वविद्यालयमा उपकुलपति को हुने भन्ने व्यापक बहस भइरहेका बखत शंकरदेव क्याम्पसमा आयोजित कार्यक्रममा तपाईँ (तीर्थ खनियाँ) ले भन्नुभएको थियो- 'विदेशका विश्वविद्यालयमा जस्तो स्वतन्त्र विज्ञहरुको उपलकुलपति खोज समिति' (भिसी सर्च कमिटी) गठन गनुपर्छ अनि त्यसले सुझाएका व्यक्ति नै छानिनुपर्छ।तपार्इँका आदर्शका कुरा सुनेर म दंग परेको थिएँ। तर आज आएर तपाईँलाई नियुक्ति गर्ने बेलामा चाहिँ आफँैं अघि सरेर टीका थाप्नुभयो। त्यस्तो समिति गठनका कुराचाहिँ अरुलाई मात्र लागु हुने, पुराणे पण्डितले श्रीमतीलाई 'पुस्तकका माछा पो नखाने भनेको, खोलाको माछा त भइहाल्छ नि' भनेर हप्काएजस्तो भएन र?
तपार्इँ त्रिवि उपकुलपतिमा सिफारिस भएपछि मलाई धेरै साथीले टि्वटरमा तपाईँको बौद्धिक चोरीबारे चासो राखे। मेरो फाइलबाट तपाईँको बौद्धिक चोरीबारेको मैले नै लेखेको समाचार टि्वटरमा पोस्ट गरिदिएँ। उक्त समाचार २०१३ को फेब्रुअरी १७ का दिन दि हिमालयन टाइम्समा प्रकाशित भएको थियो। तपाईँले बौद्धिक चोरी गरेको कुरा अब कहीँ कतै छिप्दैन। तपार्इँबारे पर्याप्त बहस र विरोध भइरहे पनि सरकारले नियुक्त गरिछाड्यो।
यो चोरी मेटेर मेटिँदैन। बरु छिटै टर्किस प्रोफेसरलाई इमेल लेखी आफैँले माफी माग्ने र तपाईँको माफी नेल्टाले नै जर्नलको आगामी अंकमा प्रकाशित गरिदिएमा सराहनीय कदम मान्न सकिएला। यो घटना यत्तिकै सेलाउँदैन किनकि तपाईँले ती टर्कीका प्रोफेसरको लेखको लगभग ८० प्रतिशत हुबहु सार्नुभएको छ जसरी तपाईँले पढाउने विभाग तथा तपाईँको विश्वविद्यालयका थुप्रै विद्यार्थीले हाल पनि थेसिस किनेर बुझाउँदा तपार्इँले भन्दा कम्ती कपी पेस्ट बुझाउलान् जस्तो लाग्दैन।
तपाईँको घर विश्वविद्यालयपछाडि ट्याङलाफाँटमा छ। अहिलेसम्म कीर्तिपुरमा कतिचोटि 'थेसिस रु. ७५०० मा किन्न पाइन्छ' लेखेको पढ्नुभयो? प्रहरीको हस्तक्षेपपछि केही महिनादेखि उक्त कार्य बिनाविज्ञापन तर पहिले जसरी नै चलिरहेको छ। संसारमै तपाईँ उपकुल्ापति भएको विश्वविद्यालयमा मात्रै होला सायद यस्तो कि अन्यत्र पनि यस्तो हुन्छ मलाई बताइदिनोस्? किनकि तपाईँले अन्य विदेश (बेलायतको एडिनबर्ग विश्वविद्यालय र अमेरिकाको जर्ज वासिंगटन विश्वविद्यालय) मा पनि पढ्नुभएको छ। के प्रहरी लगाएर ती थेसिस कारखाना पुरै बन्द गराउने प्रयास गर्ने आँट गर्न सक्नुहुन्छ? तपाईँको विभागलगायतका शिक्षक र विभागकै कर्मचारीको मिलेमतोबिना यो सम्भव भएको छैन। त्यसलाई पनि रोक्ने अनि तपाईँ सम्बद्ध प्राध्यापक संघका मित्रहरु पनि पर्न सक्छन्, तिनलाई पहिले कारबाही गर्ने आँट गर्नुभयो भने अरु त्यसै डराउनेछन्। तर तपाईँसँग त्यसो गर्ने नैतिकताको लेसमात्र पनि बाँकी रहेन।
तपाईँको विश्वविद्यालयमा दैनिक त्यस्ता कालो बाइन्डिङ भएका थेसिस कति प्रवेश गर्छन् त्यसको हिसाबकिताब राख्न लगाएर चोरचार गरेर ढोंगी पढाइबाट साँचो अर्थको पढाइ गर्नेतिर लाग्नु तपाईँको प्राथमिकता हुन सक्ला त? तपाईँको कुन कुन निज्ाी कलेजमा लगानी छ मलाई थाहा छैन तर एकचोटि भनिदिनुपर्योई हाजिर गरेर टाप कस्ने, अनुसन्धानको नाउँमा सिन्को नभाँच्ने अनि दशकाँैसम्म त्यही एउटै नोट हेरेर पढाउने चलन रोकिन्छ तपार्इँको कार्यकालमा? विश्वविद्यालय सफा राख्न आफँै लाग्नोस्, तपाईँको आजको हातको कुचोले देश सफा हुन्छ किनकि तपार्इँको विश्वविद्यालयमा देशै विकास र सफा पार्न सक्ने विद्यार्थी आइपुग्छन्।
त्रिविमा पढ्दा हुन्छ नोक्सान
एक आफन्त गाउँबाट त्रिविमा स्नातकोत्तर पढ्न आउँदा जुन फूर्तिका साथ आउनुभएको थियो दुई वर्षको कोर्स साँढे तीन वर्षमा सकिएपछि राम्रो दोस्रो श्रेणीको प्रमाणपत्र लिएर फर्कंदा न्याउरो भएर र अब पढ्न सकियो भन्दै गाउँ फर्किनुभयो। किनकि उहाँसँग लगभग २ लाख रुपियाँको अनावश्यक ऋण पनि थियो, थप समयको बर्बादी पनि। तपार्इँको विश्वविद्यालयको पढाइ त्यस्तै रहने हो कि फरक हुन्छ? चार वर्ष कुरे अवश्य थाहा पाइएला नै।
तपाईँको विश्वविद्यालयमा आउने अधिकांश विद्यार्थी यस्तै नोक्सान बोकेर फर्केका हुन्छन् अर्थात् नचाँहिदो ऋण बोकेर। तपाईँको विश्वविद्यालयमा पढ्दा २४ महिनाको कोर्स ४० महिनाभन्दा बढी कुर्नुपर्छ। शुल्क सस्तो भनेर के गर्ने, प्रतिविद्यार्थीे मासिक लागत नै १२,००० हजारदेखि १५,००० रुपियाँ पर्छ अनि त्यस हिसाबले पनि बित्थामा थप १६ महिनाको २ लाख रुपियाँभन्दा बढी खर्च गर्नुपर्छ परीक्षा र नतिजा कुर्दै। यो नोक्सान विज्ञान र इन्जिनियरिङ जस्ता विषयमा त झनै बढी छ। यो नोक्सानको पूर्ति गर्न कम्तीमा उसले जागिर पायो भने पनि लगभग अर्को तीन वर्ष पूरा समय लाग्छ। तपाईँको विश्वविद्यालयमा प्राविधिक विषयबाहेक अन्य विषय पढ्नेलाई त बैंकले पनि फाइन्ाान्स गर्दैन। त्यहाँ विद्यार्थीले अनुसन्धान गरेर बाहिर गई आफ्नो प्रस्तुति गर्न सक्नु त कता कता, न्याउरो मुख लगाएर त्रिवि पढेको भन्नुको सट्टा त्यहाँ पढ्ने सबैले छाती फुलाएर त्रिविमा पढेको भन्न सक्ने विद्यार्थी बनाउने पनि मौका छ तपार्इँलाई।
उच्च माध्यमिक शिक्षा परिषद्ले दश जोड दुई शिक्षा लागू गरी विश्वविद्यालयबाट मानविकी तह हटाएर विद्यालयमा लैजाने प्रयोजनका लागि २०४६ सालमा उच्च माध्यमिक शिक्षा परिषद् गठन भयो। तपाइँका साढूदाई तत्कालीन पूर्वशिक्षामन्त्री गोविन्द राज जोशीले तपाइँलाई परिषद्को पहिलो उपाध्यक्षमा नियुक्ति गराए। म्याण्डेटमा मध्यस्थकर्ता संस्था भनिएता पनि साढूदाईको साथमा आफैले नियम कानून परिवर्तन गरी शुरुमा अस्थायी भनिएको संस्थालाई स्थायी, स्वायत्त, आफै सम्बन्धन दिने, परीक्षा संचालन गर्नेसम्मका तपाईका लोभले आजसम्म पनि प्लस टु शिक्षा घरको न घाटको हुनुु, चरम व्यापारीकरणको जालमा फस्नुको श्रेय पनि तपाईलाई नै जान्छ । निःशुल्क हुने भनिएको विद्यालय शिक्षाका अन्तिम दुई बर्ष (प्लस टु)मा अत्यधिक शुःल्क खुलेआम विद्यार्थीे किनबेच, भड्किलो विज्ञापन भइरहँदा तपाईको मनले के भन्दो हो तपाईले यसबारे कही कतै सुन्न र तपाईको धारणा पढ्न पाएको छैन ।
स्कूले शिक्षाको विस्तार गर्ने कार्यक्रमलाई कसरी पंगू बनाउनुभयो तपाईकै विरासत कायम छ । तपाईले राम्रो बाटो देखाउनुभएन र आज त्यसको हालत दयनीय छ । त्यतिमात्र होइन भ्रष्टाचार गर्ने अखडा नै भएको छ । फेरि त्रिविमा पनि प्लस टुमा जस्तै गर्ने हो कि भन्ने धेरैलाई चिन्ताले पिरोलेको छ । त्यसो भएमा २०४६ साल पछि एक जेनेरसनले प्लस टु शिक्षाबाट पिरोलिनुपर्यो फेरि अब अर्को सन्ततिले पिरोलिनुपर्ने पो हो कि?
अन्त्यमा, तपाईले सुधारको कामभन्दा बढी राजनीतिक काम र भर्ती गराउने र दौडधुपमै लाग्नुभयो भने तपाईले विश्वविद्यालयमा उपकुलपतिको अर्कोे फोटो झुण्ड्याउनु हुनेछ, समग्र उच्चशिक्षामा फेरि अर्को हात लाग्यो शून्य ।
@rudrapangeni