नेताहरूमा दूरदर्शिताको अभाव तथा अलोकतान्त्रिक चरित्र र आफूले गरेका जायज निर्णयहरूमा पनि अड्नसक्ने क्षमता नभएका कारण संविधान निर्माण प्रक्रिया एकपछि अर्को जटिलतातर्फ धकेलिँदै छ।सत्ता स्वार्थका खातिर जो कोहीसँग जस्तोसुकै सम्झौता गर्ने प्रवृत्तिले कतिपय सहज विषय पनि जटिल बनेका छन्। विवादै नभएका विषय अत्यधिक विवादित बन्न पुगेका छन्! नेताहरूबाट दूरदर्शिता र परिपक्व सोचका साथ अघि बढ्ने क्षमता प्रदर्शन नभएमा चालु प्रक्रिया असफल हुनेमात्र हुने होइन, देशले नै अनपेक्षित परिणाम भोग्नुपर्ने निश्चित छ। यसबाट नयाँ लोकतन्त्रको भविष्यमा समेत गम्भीर संकट उत्पन्न हुन सक्नेछ।
कैलाली घटना भोलिको अवस्थाको एउटा अशुभ संकेत हो। यस्तो क्रूर घटना गराउन सफल योजनाकारहरूले कम्तीमा ३ वटा उद्देश्य राखेको देखिन्छ। एउटा, शदियौँदेखिको थारू र पहाडे समुदायबीच वैमनश्यता उत्पन्न गराउने। दोस्रो, चालु संविधान निर्माण प्रक्रियालाई अवरुद्ध गर्ने। र, तेस्रो सीमांकन तथा प्रदेश निर्माणको विवाद मुलुकभरि फैलाएर नियन्त्रित अस्थिरताका लागि स्थायी आधार निर्माण गर्ने। सुरक्षाकर्मी र स्थानीय थारू तथा पहाडे समुदायका मानिसको संयमताका कारण पहिलो उद्देश्यमा उनीहरूले अपेक्षित सफलता प्राप्त गर्न सकेनन्। तर, दोस्रो र तेस्रो उद्देश्यमा उनीहरू निकै हदसम्म सफल भएको मान्नुपर्छ। यो घटनामा माओवादीका पूर्वलडाकुहरूको प्रयोग भएको भन्ने समाचारले स्थितिलाई झनै रहस्यमय बनाएको छ।
संघीय राज्य निर्माणको सीमांकन एवं नामांकनका विषयमा हामीसँग २ वटा विकल्प थिए। एउटा, यससम्बन्धी विश्व अनुभवलाई सित्तैँमा ग्रहण गरी अग्रिम पाठ सिक्ने। दोस्रो, आफैले भोगेर त्यसबाट महँगो अनुभव लिने। हाम्रो छनोट दोस्रो रहन गयो, जुन मुलुकका लागि अत्यन्त दुर्भाग्यपूर्ण छ। उत्तर–दक्षिण र पश्चिम सबैका लागि सामरिक महŒवको रूपमा रहेको नेपालजस्तो देशमा स्वायत्ततासहितको प्रदेश निर्माण गर्न सकिन्छ र त्यस्तो कार्य मुलुकका लागि हितकर हुन्छ भन्ने भनाइ नै पूर्णरूपमा राष्ट्र र स्थायित्वको विरुद्ध छ।
संघीय राज्यको विश्व अनुभवलाई हेर्दा एकात्मकताबाट संघात्मकतामा गएका निकै कममात्र दृष्टान्त छन्। नाइजेरिया, सुडान, इथियोपिया र बेल्जियम यसका उदाहरण हुन्। उत्पीडित वर्ग–समुदायको हकहित र पहिचानको संरक्षण पहिचानसहितको प्रदेश निर्माणबाट मात्र सम्भव छ भन्ने नाराबाट उठान गरिएको संघीय राज्यको अनुभव ती कुनै पनि देशमा सुखद रहेनन्। अझ एकात्मक राज्यलाई विघटन गरी त्यसलाई संघात्मक राज्यमा परिणत गर्ने कार्य संपूर्णरूपमा अप्राकृतिक हुँदोरहेछ भन्ने अनुभवले सिद्ध गर्योई। दुर्भाग्य नै भन्नुपर्छ, अनुभवबाट सिद्ध र प्रमाणित भैसकेको अप्राकृतिक कार्य हाम्रा लागि सबैभन्दा अग्रगामी र वैज्ञानिक मुद्दा बन्न गएको छ!
अप्राकृतिक र अस्थिरतामैत्री व्यवस्थाको पक्षपोषणका लागि हिजोआज केही नयाँ तर्कहरू उठाइने गरेको छ। जसमध्ये एउटा तर्क, संघीय राज्यको बुझाइको कमीका कारण यसको कार्यान्वयन सहज नभएको भन्ने। यो तर्क सरासर गलत र भ्रामक छ। आमजनतामा संघीय राज्यको अवधारणा र आयामहरूका बारेमा ज्ञान नहुनु अस्वाभाविक होइन। तर, प्रदेश निर्माण र सीमांकनमा देखिएको अहिलेको चुनौती जनताको ज्ञानसँग सम्बन्धित विषय हुँदै होइन। ज्ञान हँुदा वा नहुँदा पनि संघीय राज्य भन्ने बित्तिकै यसको निर्माणमा खास नियमहरूको पालना बाध्यात्मक हुन्छ। यसका लागि संघ र प्रदेशको निर्माण गर्नैपर्छ। प्रदेश निर्माण गर्दा सीमांकन पनि गर्नैपर्छ। सीमांकन गर्दा त्यसको नामांकन पनि उत्तिकै जरुरी पर्छ। सीमांकन र नामांकनसहितको प्रदेश निर्माण भएपछि प्रदेश—प्रदेशका बीचमा सार्वभौम शक्तिको विभाजन हुनैपर्छ। प्राकृतिक स्रोतको बाँडफाँटको बन्दोबस्त मिलाउनुपर्छ। जुन कुरा खासगरी एकात्मक राज्यलाई जबर्जस्ती संघात्मक राज्यमा परिणत गर्दा शतप्रतिशत अप्राकृतिक हुन जान्छ। अतः सीमांकनका बारेमा उत्पन्न विवाद जनतामा संघीय राज्यको ज्ञानको अभावका कारणले भन्दा पनि अप्राकृतिक कार्यबाट उत्पन्न समस्या हो।
जहाँसम्म राज्य व्यवस्थालाई जनमुखी बनाउने, उत्पीडित वर्ग–समुदायलाई अधिकार सम्पन्न बनाउने सवाल छ, त्यसमा कसैको विमति रहन सक्दैन। तर, मूल प्रश्न समस्याहरूको समाधानका लागि हामीले प्रस्ताव गरेको विषय आफैमा समाधान हो वा होइन भन्ने हो। विश्व अभ्यासले पुष्टि गरेको कुरा हो, संघीय राज्य र समावेशिता एउटै कुरा होइनन्। अफ्रिकी मुलुकहरूको अभ्यासले प्रमाणित गरेको विषय हो संघात्मक राज्य 'डिभाइड एन्ड रुल' को फर्मुलामा आधारित हुन्छ। यो उत्पीडित जातिलाई विभाजित गरेर लामो समयसम्म शासन गर्नका लागि पछिल्लो समयमा प्रयोगमा ल्याइएको फर्मुला हो। दोस्रो कुरा, विविध जातजाति र भाषाभाषीहरू बसोबास गर्ने देशमा संघात्मक राज्य तागत नभई सबैभन्दा ठूलो कमजोरी हुन्छ भन्ने कुरा पनि अभ्यासले प्रमाणित गरेको विषय हो। यथार्थमा विविधता भएको ठाउँमा संघात्मक राज्य बिष साबित भएको छ। तेस्रो कुरा, व्यवस्थापनको दृष्टिकोणले यो अत्यन्त जटिल प्रणाली हो। संघात्मक राज्यमा सार्वभौम शक्ति विभाजन हुने भएकाले अधिकारको हस्तान्तरण र बाँडफाँटसँग यसको प्रत्यक्ष सरोकार रहँदैन। सार्वभौम शक्ति विभाजित हुने हुँदा संघात्मक राज्यमा राष्ट्रियता कमजोर हुने र विखण्डनको सम्भावना हुन्छ।
स्मरण गर्नु पर्ने अर्को कुरा, एकात्मक राज्य र केन्द्रीकृत राज्य एउटै हो भन्ने हल्ला पनि नितान्त गलत हो। राज्य व्यवस्था केन्द्रीकृत हुने वा विकेन्द्रीत भन्ने धेरै हदसम्म व्यवस्थापनमा निर्भर गर्छ। हाम्रो राज्य प्रणालीको सबैभन्दा ठूलो समस्या व्यवस्थापन पक्ष र सेवा वितरण प्रणालीमा छ। अधिकारको विकेन्द्रीकरण वा केन्द्रीकरण संघीय वा एकात्मक दुवै राज्य व्यवस्थाका विशेषता होइनन्। संसारमा त्यस्ता धेरै उदाहरण छन्, जहाँ राज्य व्यवस्था संघीय भएर पनि शक्ति र अधिकार केन्द्रीकृत छ। सुडान, नाइजेरिया, इथियोपिया, पाकिस्तान, भारत, बोस्निया हर्जगोभिना, पूर्वसोभियत संघ सबै यसका दृष्टान्त हुन्। रुवान्डा, स्विेडेन, फिनल्यान्ड, नेदरल्यान्ड, डेनमार्क, न्युजिल्यान्ड, बेलायत, जापान राज्य व्यवस्था एकात्मक भएर पनि शक्ति र अधिकार पूर्णतः विकेन्द्रित भएका मुलुक हुन्।
सोह्र बुँदे समझदारीबाट विचलित भई सीमांकनको नयाँ विवादमा प्रवेश गरेको चालु संकटको निवारण कुनैे अमुक समूहसँग गरिने वार्तालापबाट सम्भव छैन। सीमांकनसहितको प्रदेश निर्माण हाम्रो आवश्यकता र क्षमता दुवै होइन। क्षमताले नै नभ्याउने अनावश्यक विषयलाई मूल मुद्धा बनाइ जनताका अन्य उपलब्धिलाई समेत निस्तेज पार्न खोज्नु बुद्धिमानी कदापि हुँदैन। संविधान निर्माणको प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्या उने र कमभन्दा कम विवादमा संविधान जारी गर्ने नियत हो भने संघीय राज्यको मुद्दालाई थाती राख्नु वा सदाको लागि खारेज गर्नु नै उपयुक्त कदम हुन सक्छ। अर्को विकल्प जनताको मत हुन सक्छ।
अन्त्यमा, संविधान जारी हुनु दुईतिहाइ बहुमतको अनुमोदनमात्र होइन। प्राविधिकरूपमा सम्पन्न हुने अनुमोदन संविधानको कानुनी पक्षमात्र हो। कानुनी र वैधता दुई भिन्न कुरा हुन्। कानुनी अवस्थाको पूर्णताले मात्र 'लेजिटिमेसी' प्राप्त हुन सक्दैन। वैधताको प्रश्न धेरै हदसम्म जनताको समर्थन र स्वामित्वसँग जोडिएको हुन्छ । ६ वा ७ प्रदेशको सीमांकनको 'पान्डोराज बक्स' एकपटक खुल्ला भएमा, त्यो त्यसमै सीमित रहन्छ भन्ने हुँदैन। नेपालजस्तो विविधताले भरिएको देशमा प्रत्येकको पहिचानका लागि त्यो संख्या बढाउँदै जानुपर्ने बाध्यता रहन्छ। यसो हुनु मुलुकको स्थायित्वका लागि सधैँ अहितकर हुन्छ। जुन कुरा नेपालमात्र होइन यस क्षेत्रकै अस्थिरता र अशान्तिको स्थायी कारक हुनेछ।