राज्य, समाज एवं सञ्चारमा एकैथरि र उस्तै समुदायको हालिमुहाली कायम भएपछि पूर्ण बर्चस्व स्थापित हुन्छ। बर्चस्वको विशेषता नै के हो भने, त्यहाँ फरक दृष्टिकोण अमान्यमात्र नभएर अकल्पनीय बन्न पुग्छ।टीकापुरको दुःखदायी घटनाबारे अहिले यतिमात्र भन्न सकिन्छ कि जे भयो त्यो अत्यन्तै दुर्भाग्यपूर्ण हो। कर्तव्यपालनाका क्रममा ज्यान गुमाएका र घाइते भएका सुरक्षाकर्मीहरू श्रद्धाका पात्र छन्। प्रतिशोधजस्तो लाग्ने कारबाहीमा आन्दोलनकारीहरूको घरमा आगो लगाइँदा मुकदर्शक भएर रहेका कर्तव्यच्यूत सुरक्षाकर्मीको भने भर्त्सना गरिनुपर्छ।
निष्पक्ष छानविन गरेर सत्यतथ्य स्थापित गर्ने एवं दोषी ठहर्याोउन सकिनेलाई कानुनअनुसार कारबाही गर्ने मुख्य जिम्मेवारी अब राज्यको हो। सरकारको प्राथमिकता भने सदाझैँ 'रहिरहनुमै सीमित' भयो भने पनि अचम्म हुने छैन। अहिलेसम्मको चलन आशा जगाउनेखालको छैन।
गोरखाबाट आएका विजेताले नेपाल खाल्डोलाई तखत किल्लाका रूपमा चित्रित गरेका थिए। तखतको ऐयासी एवं प्राकृतिक किल्लाको सुरक्षा एकसाथ उपलब्ध हुने भएपछि सत्तासीन व्यक्तिहरूमा निश्चिन्तता एवं दम्भ पलाउनु अनौठो होइन। थपनाका प्रधान मन्त्री सुशील कोइरालाको हल्कापन, सेनासमेत परिचालन गर्नसक्ने वैधानिक क्षमता भएका गृह मन्त्री वामदेव गौतमको अहंकार एवं राज्य सञ्चालनमा प्रत्यक्ष कुनै भूमिका नभए पनि सरकारको सर्वेसर्वासरह सार्वजनिक अभिव्यक्ति दिइरहने नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको आक्रामकता हेर्दा लाग्छ, उपत्यकारूपी तखत किल्लाभित्र अमनचैन छ। तराई–मधेस बलेर के भयो? ती बबुरा आफ्नो आगोमा आफै जल्ने न हुन्! यो हदसम्मको निरपेक्षता देखिँदासमेत विरूदावली रचनामै रमाउने बुद्धिजीवी जमात पनि सानो छैन।
राजनीतिक नैतिकताका मापदण्ढहरू समाजका अन्य सर्वमान्य मूल्यभन्दा फरक हुन्छन् भन्ने कुरा महाभारतकालदेखि नै मानिँदै आएको हो। शक्ति सञ्चय एवं प्रभाव विस्तारका लागि छल, कपट एवं नृंसस हिंसालाई समेत उचित मान्ने संस्कार संसारका सबैजसो दर्शन प्रणालीमा स्थापित छ। तर, राजनीतिको आधारभूत मान्यता नै षड्यन्त्रमात्र हुने दृष्टान्त सम्भवतः महाभारतमा जत्तिको अन्यत्र पाइँदैन। हुनत लगभग सबै मानवीय भावहरूको महागाथा हो महाभारत, जसका बारेमा भन्ने गरिन्छ– जे यहाँ छैन, त्यो अन्त कतै पनि छैन।
महाभारतको कारक तत्वका बारेमा मतभिन्नताहरू छन्। धृतराष्ट्रको अतृप्त आकांक्षा एवं पुत्रमोह उल्लेख्य उत्प्रेरक हुनसक्छ। दुर्योधनको दम्भ परिवेशबाट उब्जिएको हुनुपर्छ। भीष्मको अन्धो प्रतिज्ञाले गर्दा पनि युद्ध रोक्न अप्ठ्यारो भएको हो। तर, सबैभन्दा निर्णायक घटना धर्मराज युधिष्ठिरको जुवाको लत थियो। त्यसले गर्दा राजपाटमात्र नभई पाण्डवहरूको अस्मिता नै जोखिमममा फस्न पुग्यो। तै कृष्ण थिए र द्रोपदीको चीरहरण हुन पाएन।
कृष्णका दाससरह बन्न पुगेको धर्मराज गुरु हत्याको पापमा सहभागी हुने यस्तो वाक्य बोल्छन् कि त्यो सत्य हो, तर काम भने मिथ्याको गर्छ। एकलब्यको औँठा गुरु दक्षिणामा फुत्काएका द्रोणाचार्य आफ्नै पानको भारीले थिचिएर मर्छन्। दोषभागी हुनबाट भने युधिष्ठिर पनि जोगिन सक्दैनन्।
एकलब्य नियति
पहिलो संविधान सभाको निर्वाचनअघि काठमाडौँको तखत किल्लामा आसन जमाएर बसेका स्थायी सत्ताका सञ्चालकहरूले तराई–मधेसमा माओवादीको विस्तार नियन्त्रण गर्न मधेसवादीलाई सघाएको कुरा अब रहस्य रहेन। सीमापारिका रणनीतिकारहरूका लागि पनि मधेसवादीको उदय सोही कारणले गर्दा उपयोगी बन्न पुगेको थियो। त्यसो भए तापनि मधेसको अस्थिरताका लागि सीमापारिकाहरू काठमाडौँको असंवेदनशीलतालाई जिम्मेवार ठहर्याोउँथे। तखत किल्लाका सञ्चालकहरू भने दक्षिणतिरको खुराफातलाई औँलयाएर चोखिन खोज्थे। संलग्नता दुवैको भएजस्तै पहिलो संविधान सभाको अन्त्यतिर मधेसवादीहरूको लगभग विघटनका लागि दुवैतिरका संस्थापनले संयुक्त प्रयत्न गरे।
संविधानइतर सरकार गठन गरेर निर्वाचन गराउने जिम्मेवारी सुम्पिने निर्णयमा साक्षी किनारा सदर गर्दै सहीछाप गर्नु तत्कालीन मधेसी मोर्चाको अक्षम्य भूल थियो। अहिले विजयकुमार गच्छेदारले त्यही परम्परालाई निरन्तरता दिँदै १६ बुँदे षड्यन्त्रमा औँठाछाप लगाएका हुन्। चाहेको बखत जुनसुकै निर्णयमा हस्ताक्षर गर्न हात बाँधेर हरदम तयार रहने निपुण एकलब्यको औँठा गुरु दक्षिणामा मागेर नेका अध्यक्ष सुशीलले आफ्नै खुट्टामा बन्चरो प्रहार गरेका छन्।
नेपालको सबैभन्दा तिरष्कृत समुदायको प्रतिनिधि भए पनि गच्छेदार उल्लेख्य गच्छे भएको परिवारका व्यक्ति हुन्। उनले आफ्नो राजनीतिक जीवन दाउमा राखेर गुरुहरूका ब्यूहरचनालाई सफल बनाउन प्रयत्न गरेका थिए। तराई–मधेसका जनजातिहरूको अस्तित्व पहिचान गर्ने सिरहा, सप्तरी, उदयपुर, सुनसरी, मोरङ एवं झापाका इलाकाहरूको प्रदेश निर्माणको हकदाबी एकल मधेस वा दुई मधेस प्रदेशभन्दा कम्तीमा तीन कदमपछाडि थियो। बिर्तावालाहरूले त्यति कुरा पनि पचाउन सकेनन्। औँठा काटिएका गच्छेदार अहिले अपमानित महसुस गर्दै सडकमा ओर्लेका छन्।
पूर्वतिर त जे थियो, छँदै थियो। चितवन–कन्चनपुरबीचको तराई–मधेसलाई टुक्राटुक्रा पारेर सम्पूर्ण थारू अगुवा जमातलाई नै तिरष्कार गर्न हुन्थे। उसै पनि राज्यका सम्पूर्ण अवयवमा एकाधिकार जमाएर बसेको समुदायलाई प्रान्तहरूको आन्तरिक अंकगणितमा तलमाथि गरिराख्नुपर्ने आवश्यकता नै छैन। प्रान्त थरूवान वा थरूहट भए पनि स्थानीय सरकार त्यहाँ भएको समुदायले नै चलाउने हो। केन्द्रमा बाहुन–क्षेत्री बर्चस्वलाई चुनौती दिन थारू वा अन्य कुनै जनजातिले सजिलै सक्दैनन्।
पहिलो संविधान सभाको अन्त्यताका मधेसीहरूलाई होच्याउन औजारका रूपमा प्रयोग हुनपुगेको थारू अगुवाहरू उपयोगिता समाप्त भएपछि मिल्काइएको अपमानबोधले ग्रस्त छन्। तिनको आक्रोश पनि अन्ततः गच्छेदारतिर मोडिन सक्छ। औँठा गुमाएको धनुर्धरको अवसाद बुझ्न हिजोआज गच्छेदारको अनुहार हेरे पुग्छ।
एकलब्यको अन्त्यताका उनलाई सोधिन्छ। आफ्नै साधनाले प्राप्त क्षमता नाममात्रको गुरुलाई दक्षिणाका रूपमा अर्पण गरेपछिको निरिहताका लागि तिमीलाई पछुतो त भइरहेको होला हगि? मृत्युवरणका लागि तयार योद्धा बिनाहिच्किचाहट बोल्छन्। पछुतो त छ, किन नहुनु? यतिखेर मेरो औँठामात्र भइदिएको भए संसारको कुनै पनि बाणले मेरो गुरुको शरीर स्पर्श गर्न सक्ने थिएन। आफ्नै दलका प्रतिद्वन्द्वी शेरबहादुर देउवातिर आफू फर्किएपछि सायद अध्यक्ष सुशीलले एकलब्य गच्छेदारलाई सम्भि्कने छन्! त्यतिबेला भने धेरै ढिलो भइसक्ने छ।
बरबरिक अभिश्राप
उपेन्द्र यादवको चमत्कारिक राजनीतिक उदयलाई अहिलेसम्म पनि बुझ्न धेरैलाई कठिन भइरहेको हुनुपर्छ। पञ्चायतकालमा समेत कोइराला परिवारकै प्रभुत्व कायम रहेको विराटनगरमा उनी चर्पी जाँदा पनि ढाका टोपी नछुटाउनेखालका खाँटी माले–मण्डले राष्ट्रवादी थिए। प्रजातन्त्र पुनर्स्थापना भएपछि हिजोआज लालबाबु यादव भएजस्तै एमालेका होनहार मधेसी प्रतिनिधि पात्र भए। माओवादी विद्रोहताका उनी बौद्धिक लडाका थिए। त्यसपछि माओवादीहरूको विरोधमा तराई–मधेसमा मोर्चा नै खोले।
प्रारम्भिक राजनीतिक 'स्कुलिङ' नै अन्ध कोइरालाविरोधमा भएकाले उनी कांग्रेसमैत्री हुन सक्ने कुरै भएन। एमालेबाट तिरष्कृत भएपछि त्यो ढोका पनि बन्द भयो। माओवादीबाट विद्रोह गरेर निस्केकाले त्यहाँ पनि उनी पुनः अटाउन सक्ने अवस्था समाप्त भइसक्यो। मूलतः कांग्रेस र माले–मण्डले पंक्तिबाट उछिट्टिएकाहरूको मञ्चजस्तो तत्कालीन मधेसी जनअधिकार फोरम राजनीतिक दल कहिल्यै बन्न सकेन। आजीवन अभ्यास गरेको राजनीतिक मूल्यमान्यताका विपरीत राष्ट्रपति पदमा डा. रामवरण यादवलाई समर्थन गरेदेखि उनी सान्दर्भिकता गुमाएर कहिले यता त कहिले उता भौँतारिइरहेका छन्।
कृष्णको कुटिलताले एकलब्यभन्दा पनि दुर्दान्त नियति भोग्ने पात्र महाभारतमा बरबरिक नामक शिवभक्त योद्धा हुन्छ। एकलब्यजस्तै अविरल साधनाद्वारा प्राप्त सिद्धिले उनको कमानमा रहेका केवल ३ बाणले जुनसुकै युद्धको परिणति बदल्ने शक्ति बोकेको हुन्छ। घुमन्ते पृष्ठभूमिका भूमिपुत्र भएकाले उनको पक्ष–विपक्ष केही पनि हुँदैन! तसर्थ, उनी सदैव कमजोरको पक्षमा लड्ने प्रण गर्छन्। त्यस्तो प्रण कुनै महायोद्धाले मात्र गर्न सक्छ।
बरबरिकको क्षमता देखेर कृष्ण तर्सिन्छन्। कमजोर पक्ष भएकाले बरबरिक पहिले पाण्डवको पक्षबाट लड्ने निश्चित थियो। संहार अनि कौरवको हुन्थ्यो। त्यसपछि कमजोरतिरबाट बाण छोडेपछि समाप्त हुने पालो पाण्डवको हुन्थ्यो। महाभारतको तत्काल अन्त्यको सम्भावना टार्न ब्राह्मणको रूपमा कृष्ण महादानी बरबरिकसँग उनको टाउको भिक्षा माग्छन्। बचनबद्ध बरबरिक सहर्ष आफ्नो टाउको काटेर मगन्ते कृष्णको झोलामा हालिदिन्छन्! कृष्णको बरदान भनिने अभिश्रापले गर्दा त्यो योद्धाको टाउको महाभारतको एकमात्र साक्षी भएर रुखको टुप्पामा सदासदाका लागि बसिरहन्छ।
भनिन्छ, युद्धपछि मिथ्या अभिमानले मत्त पाण्डवहरू विजयको यशका लागि तँछाडमछाड गर्न लागेपछि कृष्ण निरपेक्ष साक्षी बरबरिकको बयान सुनेर निर्णयमा पुग्न अह्राउँछन्। दानी र वीर योद्धा बोल्छन्– कसले के गर्योप, मैले केही चाल पाइन। मैले के मात्रै देखेँ भने कुरुक्षेत्रको युद्ध मैदानमा चारैतिर कृष्ण नै कृष्ण थिए। बाण हान्ने पनि कृष्ण, लाग्ने पनि कृष्ण! गदा चलाउने कृष्ण, घाइते पनि कृष्ण! चक्र चलाउने कृष्ण, काटिने पनि कृष्ण! युद्ध त फगत माया रहेछ!
उपेन्द्र यादव बरबरिक नै भइसकेका छैनन्। तर, भारतीय हस्तक्षेपको नाराबाजी सुनेर उनलाई हाँसो थाम्न गाह्रो हुँदो हो। कसका बलमा माओवादीले सशस्त्र संघर्ष सञ्चालन गरे? अध्यक्ष ज्ञानेन्द्रको फुर्तिफार्तीको सम्बल कता थियो? अहिले सेना परिचालनमा आफ्नो भूमिका खोजी गर्ने राष्ट्राध्यक्षले किन तत्कालीन सरकारको निर्णय उल्ट्याएर आधा रातमा बर्खास्त सेनापतिलाई पुनर्स्थापना गरे? संविधानबाहिरको सरकार गठन गरेर नियन्त्रित निर्वाचन कसको निर्देशनमा सम्पन्न भएको थियो? अवधि भाषाको रामायणमा गोस्वामी तुलसीदास भन्छन– हरि अनन्त, हरि कथा अनन्ता!
कमल थापा र कमल नयनाचार्यदेखि राजेन्द्र महतो र केपी ओलीसम्म भाषा भिन्दाभिन्दै भए पनि पढ्ने त्यही हरि कथा नै हो। भारतको भूमिकाका बारेमा धेरै माथापच्ची गर्नु हरुवा मनस्थितिको परिचायक हो। अबका राजनीतिकर्मीहरूले त्यस निरर्थक बहसलाई नारायणमान बिजुक्छे र चित्रबहादुर केसीको जिम्मा छोडिदिए हुन्छ। शीतयुद्धसँगसँगै छायाँ संघर्षको सान्दर्भिकता पनि सकियो।
मूल मुद्दा अब भारतीय भूमिकालाई नेपाल र नेपालीको बृहत्तर हितका लागि कसरी प्रयोग गर्ने भन्ने नै हो। त्यसका लागि एकलब्य निष्ठाबाट मुक्त भएर विजयकुमार गच्छेदारले समग्र तराई–मधेसको हितमा उभिनुपर्ने छ, किनभने त्योभन्दा ठूलो देशहितको काम अहिले केही पनि छैन। बरबरिक नियति उपेन्द्र यादवले स्वयं रोजेका हुन्। गच्छेदार एवं विश्वेन्द्र पासवानलाई समेत सँगै राख्न नसकेको व्यक्तिले समग्र जनजातिको नेता बन्ने सपनालाई हाललाई थाँती राखे हुन्छ। उनको अग्रसरता मधेसमा चाहिएको छ।
टीकापुर लाक्षागृहको आगोलाई नियन्त्रणमा लिने मुख्य जिम्मेवारी प्रधान मन्त्री कोइरालाको हुनुपर्छ। उनले १६ बुँदे षडेयन्त्ररूपी जुवाको खालमा धेरै कुरा बाजी थापिसकेकै थिए। इतिहासले जिम्मेवार उनलाई मात्र ठहर्या उने छ। मधेसी, थारू, मुसलमान, जनजाति एवं दलितबाहेकका अन्य सबै मुद्दा अब गौण भइसकेका छन्। त्यति कुरा ठम्याउन महाभारत नै मञ्चन गरिराख्नु पर्दैन।