प्रमुख ४ राजनीतिक दलले साउन २५ मा ६ प्रदेशको खाका घोषणा गरेदेखि नै विरोधमा होमिएको मध्यपश्चिमको थारू बहुलक्षेत्र र पूर्वी तराई–मधेसका जिल्लाहरू आन्दोलनरत छन्। दिनदिनैका आन्दोलन, सुरक्षानिकायसँगको झडप, प्रशासनका निषेधाज्ञा र कर्फ्यूको त्रास तथा भयमा नागरिक बाँचेका छन्।कडा आन्दोलनमा उत्रिएका सुखर्ेेत र जुम्लालगायतका जिल्ला भदौ ४ मा मुलुकलाई ७ वटा प्रदेशमा बाँड्ने नेताहरूको निर्णयपछि मत्थर छन्। तर, दोस्रोपटक पनि आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलन चर्किएको मध्यपश्चिमको कैलालीको पछिल्लो घटनाले राजनीतिमा भय, त्रास र आततायी प्रवृत्तिलाई प्रवेश गराएको छ।
शान्तिपूर्ण नाम दिइएको आन्दोलनमा, बन्चरो, खुँडा, खुकुरी, भाला, हँसियाजस्ता घरेलु धारिला हतियारको प्रयोग गरियो र २ वर्षे नाबालक टेकेन्द्र साउद, प्रहरीका एसएसपी लक्ष्मण न्यौयाने, प्रहरी इन्सपेक्टर बलराम बिष्ट र केशवबहादुर बोहरा, जवान लोकेन्द्र चन्द र लक्ष्मण खड्का तथा सशस्त्रका हवल्दार ललित साउद, सहायक हवल्दार रामबिडारी चौधरीको हत्या गरियो। भीडलाई सम्झाउन गएका प्रहरी अघिकारीलाई चारैतिरबाट घेरेर भाला रोप्ने, बन्चरोले हान्ने र जिउँदै जलाउनेसम्मको आततायी काम गरेका आन्दोलनकारीले घरमै बसेका नाबालकलाई गोली हानेर हत्या गर्दै आफ्नो 'बहादुरी' प्रदर्शन गरे! आन्दोनलका नाममा भएका यस्ता क्रूर र अमानवीय प्रवृत्तिको जति आलोचना गरे पनि कमै हुन्छ। यसको जिम्मेवारी आन्दोलनको अगुवाई गर्ने थारू/थरूहट संघर्ष समिति, थारू कल्याणकारी सभालगायत थारुवादी मोर्चामा आवद्ध संगठन र जिम्मेवार नेताले लिनुपर्छ।
टीकापुर घटनापछि मुलुकको राजनीतिक वृत्तमा विभिन्नखाले चलखेल भैरहेका छन्। प्रधान मन्त्री सुशील कोइराला र ४ दलीय संयन्त्रले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन्। आन्दोलनकारी थारू मोर्चामा आवद्ध र मधेसी मोर्चामा आवद्धहरू वार्ताको आह्वानलाई स्वीकार गरिरहेका छैनन्। हिंसा, हत्याको बलमा आफ्ना माग पूरा गराउने र लासको राजनीति गर्ने हाम्रो संस्कारकै कारण वार्ताको ढोका खुल्न सकेको छैन। औपचारिक वार्तामा नबस्ने, सरकार र जिम्मेवार राजनीतिक दलको आग्रहलाई स्वीकार नगर्ने मानसिकताले मुलुकलाई कतातिर धकेल्ने हो? अन्योल र अनिश्चयको यो वातावरणमा संविधान निर्माणको काम अगाडि बढेका छ– बढाइएको छ। अँध्यारोमा थालिएको यो कामको नतिजा कस्तो आउने हो यसै भन्न सकिने अवस्था छैन। संविधान सभामा संविधानको प्रारम्भिक मस्यौदामाथि सभासद्हरूले बोल्ने क्रम सुरु भएको छ। सभासद्ले आफ्ना कुरा चाहेजति राख्नपाउने नीति अख्तियार गरेको छ, संविधान सभाले। बुधबार संविधान सभामा बोल्दै प्रधान मन्त्री कोइरालाले आन्दोलनरत पक्षलाई वार्तामा आउन पुनः आग्रह गरेका छन्।
उता तराईका जिल्लामा आन्दोलन कायमै छ, रौतहटमा कर्फ्यू छ। मध्यपश्चिमका दाङ, बाँके, बर्दिया, कैलालीका चोक, चौबाटा, सहर, बजार र सदरमुकामहरू दंगाग्रस्त क्षेत्र घोषित छन्, प्रशासनको निषेधाज्ञाको निगरानीमा छन्। स्कुल–कलेज बन्द छन्। व्यापार, व्यवसाय ठप्प छ। आन्दोलनको अचानोमा आमनागरिक परेका छन्। नेताहरू राजनीतिको नाममा कोही वार्ताको आह्वान गर्दैछन्, कोही सडकमा संघर्षको बिगुल फुक्दैछन्। नागरिकको स्वतन्त्र भएर बाच्न पाउने, हिँडडुल गर्न पाउने अधिकार कुण्ठित भएका छन्। मानव अधिकारवादीहरू वक्तव्यबाजीको आफ्नै सनातनी कर्मकाण्डमा मग्न छन्। सरकारलाई संयमित हुन सिकाइरहेका छन्, टीकापुरमा भएको पाशविक घटनाबारे उनीहरू बोल्न चाहिरहेका छैनन्।
टीकापुर हत्या प्रकरणपछि भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले हाम्रा समकक्षीलाई टेलिफोन गरेका छन्। सद्भाव कायम राख्न उनले सुझाएको बताइएको छ। यता भारतीय राजदूत रणजित रेले उपप्रधान तथा गृह मन्त्री वामदेव गौतमलाई भेटी बोलीमा नियन्त्रण गर्न सुझाएको राजनीतिक वृत्तमा चर्चा छ। गौतमले टीकापुर हिंसामा बाहिरियाहरू, आन्दोलनकारीले भनेजस्तै घूसपैठ भएको अभिव्यक्ति दिएका कारण रेले उनीसँग भेट गरेको चर्चा छ। राजनीति र कूटनीतिको यो उछालकुदको मौसम र हिंसात्मक राजनीतिक वातावरणमा संविधान निर्माणको यात्रा गरिरहेका छौँ हामी। मुुलुकलाई संघीय राज्य बनाउने अभियानमा लागेका छौँ। कहाँ पुग्ने, संघीय खाकाका नक्साहरूलाई कसरी अवतरण गराउने? प्रश्नहरू अनुत्तरित छन्। आपराधिक घटनाहरूको सामान्यीकरण गर्ने, तर गहन खोज र विश्लेषण नगर्ने हाम्रा शासकका कमजोरी हुन्। हिजो पनि हामी यसैगरी चलेका थियौँ, आज पनि चल्दैछौँ। हामी आफै चल्दै छौँ कि अन्यत्रबाट चलाइँदै छौँ? गोटी बनेका छौँ कि स्वतस्फूर्त? आफैसँग प्रश्न गर्ने बेला भएको छ। हामी देख्दै छाँै, सत्ताधारी र आन्दोलनकारीबीच औपचारिक वार्ता गराउन फेरि रिमोटकन्ट्रोलहरू सक्रिय हुनुपर्ने त होइन? नेपालको राजनीतिक इतिहासमा पटकपटक सतहमा आएका रिमोटहरू अहिले सुषुप्त छन् त? विश्वास गर्ने आधार छैन।
मुलुक यसैगरी चल्दै आएको हो, चल्दै जाला! टीकापुर घटनाका ३ वटा पक्षमा चर्चा गर्नु आवश्यक देखेको छु। थारू आन्दोलन, हाम्रो राजनीति र सुरक्षा संयन्त्र।
थारू आन्दोलन खासमा अपेक्षित घटना थियो। प्रमुख राजनीतिक दलले ६ र ७ प्रदेशको संघीयताको नक्सामा पूर्वी तराईको सप्तरीदेखि पर्सासम्मको भूभागलाई २ नम्बर प्रदेशमा पारेका छन्। उक्त प्रदेशको सीमानामा चित्त नबुझेर त्यहाँ आन्दोलनको स्वर चर्किएको हो। पहाडका केही भाग पनि २ नम्बरमा पर्नुपर्ने र झापासम्म यसको भूगोल तानिनुपर्नेजस्ता माग छन्। पूर्वी तथा मध्यमधेसका जिल्लामा चर्किएको आन्दोलनको कारण घोषित कुराले नपुगेर थप प्राप्तिका लागि भैरहेको हो भनी बु‰न गाह्रो पर्दैन। उता मध्यपश्चिमका दाङ, बाँके, बर्दिया, कैलालीमा फैलिएको आन्दोलनचाहिँ पटकपटक 'दिन्छु' भनेर घोका दिएपछिको आक्रोश हो। पाउनुपर्ने कुरा नपाएपछिको आवेग पनि हो। संघीयताको खाका कोर्दा अघिल्लो संविधान सभादेखि नै जातीय आधारले प्रमुखता पाएको थियो। नेपालजस्तो बहुधार्मिक, बहुजातीय, बहुभाषिक, बहुसांस्कुतिक र विविधतापूर्ण भूगोल भएको देशलाई जातीय चश्माले संघीय विभाजन गर्ने सोच र चिन्तनले नेताहरूको दिमागमा डेरा जमाएको छ। अघिल्लो संविधान सभाले अख्तियार गरेको यो बाटोलाई राजनीतिक शक्तिसन्तुलनमा आमूल परिवर्तन आएको भए पनि दोस्रो संविधान सभाले जस्ताको त्यस्तै अंगिकार गर्योत। गम्भीर त्रुटि त्यहीँनेर भएको छ। प्रमुख दल कांग्रेस र एमाले जो जातीय आधारमा संघीयता हँुदैन भन्थे, उनीहरूले दोस्रो संविधान सभामा पाएको जनादेशका आधारमा नयाँ ढंगबाट अगाडिी बढ्छौँ भनेर स्पष्टसँग जनतासामु भन्न सक्नुपर्थ्यो। उनीहरूले त्यसो गर्नसकेनन्, त्यो भुल थियो। विगतका सबै कुरा अंगीकार गरेपछि विगतका सहमति, सम्झौता, अन्तरिम संविधानको भावना अनि विगतमा कोरेका संघीयताका विभिन्नखाले नक्सामध्ये कुनै एउटा नक्साको आधारमा नेताहरूले संघीयताको खाका कोर्नुपर्थ्यो। संघीयताबारे अहिलेसम्म बनेका नक्साहरूमध्ये धेरैजसोमा पश्चिमको दाङ, बाँके, बर्दिया, कैलालीलाई बेग्लै प्रदेशमा राखिएको छ। धेरैले त्यो क्षेत्रलाई थरूहट भनका छन्, केहीमा नाम नदिएर नम्बरमात्र दिइएको छ। थारू बहुल त्यो क्षेत्र नेताहरूले घोषणा गरेका दुवैखाले नक्सामा अट्न सकेन। नेताहरूको अखण्ड मानसिकतामा कोरिएका संघीयताका मोडलमा 'थरूहट' नामेट गरिएपछिको आक्रोशमा मध्यपश्चिमको तराई लामो समयदेखि बन्द थियो, छिटपुट घटना भैरहेका थिए। त्यही स्वरूपमा अगाडि बढिरहेको आन्दोलन टीकापुर प्रकरणपछि हिंसात्मक बन्न पुग्यो।
जातीय आधारमा संघीयताको खाका कोर्दा मुलुकको जनसंख्याको ७ प्रतिशत भाग ओगट्ने आदिबासी समूहलाई त्यसरी नजरअन्दाज गर्न मिल्दैनथ्यो। नेताहरूबाट त्रुटि भएको र त्रुटि सच्चिन आवश्यक छ। भनिन्छ, राजनीतिमा साम–दाम–दण्ड–भेदको नीति अख्तियार गरिन्छ। हाम्रा नेतामा त्यस्तो चातुर्य पनि देखिएन। राष्ट्रिय छवि बनाएका, ठूला पार्टीका अध्यक्ष र सभापतिका आकांक्षीहरू अखण्डको नाममा सानो भूगोलमा लोभिएको विडम्बना हामी देख्दैछौँ। जिम्मेवार नेताहरूमा विवेकशील, संयमित र रणनीतिक सुझबुझ देखिएन। घटनाहरूमा तात्तातो प्रतिक्रिया दिने, आन्दोलनकारीलाई उत्तेजित पार्नेखालका अभिव्यक्तिमा रमाउने चरित्र टीकापुर घटनापछि छताछुल्ल भएको छ। एकैपटक मधेसवादी र थारूवादीलाई विरोधी कित्तामा राख्ने नीतिलाई कसरी कुशल राजनीति भन्ने? राजनीतिमा त विरोधीहरूलाई विभाजन गर्ने र आफ्नो पक्षमा ल्याउने खेल खेलिन्छ। हाम्रा नेताहरू भने फरकफरक उद्देश्यका विरोधीलाई पनि मोर्चाबन्दी गर्न बाध्य बनाइरहेका छन्। यो राजनीतिक अदूरदर्शिता हो। कालान्तरमा यसले नेपालको राजनीतिमात्र होइन सिंगो मुलुकलाई नै घाटा पार्नेछ। थारू र मधेसी एकै होइनन्। थारू यो मुलुको आदिबासी समुदाय हो। विडम्बना प्रमुख राजनीतिक दलका जिम्मेवार नेताकै कारण थारू र मधेसीलाई एकाकार हुने वातावरण बन्यो। प्रमुख शत्रुविरुद्ध साना शक्तिहरू एक हुने सिद्धान्तमा थारू र मधेसीबीचको सहकार्यले मुलुकलाई कस्तो परिणाम देला? नेताहरू गम्भीर भएर चिन्तन गरुन्।
टीकापुर प्रकरणले हाम्रो सुरक्षा संयन्त्रको अवस्था पनि छताछुल्ल पारिदिएको छ। लामो समयदेखि आन्दोलनमा होमिएका थारूहरू जुनसुकै बेला आक्रामक हुनसक्छन् भन्ने उनीहरूको जातीय मनोविज्ञान सुरक्षा अधिकारीले बु‰न चाहेनन् वा सकेनन्। उनीहरू घरेलु हतियार लिएर ठूलो संख्यामा आएको जानकारी नै नपाएको देखिन्छ। आन्दोलनकारीतर्फ भन्दा सरकारी पक्षमा भयंकर क्षति भएको छ। टीकापुरमै दुई साताअघि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, फोरमका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस सभासद् अमरेशकुमार सिंहले विवादास्पद भाषण गरेका थिए। उनीहरूले जनतालाई घरेलु हतियार लिएर आन्दोनलमा उत्रिन आह्वानसमेत गरेका थिए। ३ जना नेताले दिएका चर्का अभिव्यक्तिको अडियो रेकर्ड संसद्मा बुझाउने औपचारिकता निर्वाह गरे उपप्रधान मन्त्री तथा गृह मन्त्री वामदेव गौतमले। तर, उनी मातहतको प्रहरी, प्रशासनले आन्दोलनका आयामहरूको आकलन गर्न सकेन। सामान्य सुराकीसम्म नलिएको देखिन्छ, घटनाको प्रकृति हेर्दा। अर्को अझ गम्भीर पक्ष त के छ भने, टीकापुरमा सशस्त्रले प्रहरीलाई सहयोग गरेन। त्यसो हो भने त्यसको दोष त्यहाँका सशस्त्रका अधिकारीलाई होइन गृह मन्त्री गौतमलाई जान्छ। गौतम आफैले प्रहरी र सशस्त्रबीच फाटो ल्याउने काम गरेका हुन्। गौतमले सशस्त्रलाई काखी च्यापेर प्रहरीलाई पाखा लगाएको पृष्ठभूमिमा सशस्त्रले असहयोग गरेको हो भने त्यसको जिम्मेवारी गौतमले नै लिनुपर्छ। सुरक्षा कमजोरीकै कारण त्यति ठूलो घटना भएको हो भने गौतमले तत्काल राजिनामा दिनुपर्छ। जिल्लाका प्रशासकहरूको सरुवा गरेर समस्या समाधान हुँदैन। घटनाको छानबिन गर्ने समिति बनिसकेको अवस्थामा गौतमले नैतिकताको आधारमा पदत्याग गर्नुपर्छ। त्यो निर्णयले उनको राजनीतिलाई केही उचाल्नसक्छ।