कवि भूपि शेरचनले दशकौँअगाडि राजाको निरंकुश शासनमा 'नेपाल हल्लैहल्लाको देश हो' भनी कसरी लेख्न सकेका होलान्? सम्झँदा आश्चर्य लाग्छ। कानेखुसी संस्कार थियो काठमाडौँमा तिनताका। त्यतिखेर सबै कुरा दरबार र राजानियन्त्रित थिए।विचार र विवेक बन्धक थियो, वातावरणमा उकुमुकुस थियो। कवि हृदयका भूपिले आफ्नो चिन्तनमा लोकतन्त्रको बास गराए होलान् र सर्वत्र मुर्दाशान्ति छाएका बेला आफ्नै मनमस्तिष्कमा विद्रोह गरे र लेखे होलान् उक्त कविता! कुनै पनि देश हल्लैहल्लाको हुन अर्थात् आमनागरिकलाई हल्ला गर्न देशमा लोकतन्त्र चाहिन्छ र अहिलेको नेपालमा देखिएको हल्ला लोकतन्त्रले दिएको सुविधा हो।
पूर्वी तराईमा हल्ला र बन्द भएको हप्तौँ भयो। त्यहाँ मधेसीहरू आन्दोलित छन् आफ्नो पहिचानको लागि र प्रदेश निर्माणमा तराईलाई पहाडसँग जोडिएको विरोधमा। मधेसीहरू पीडा पोख्छन् 'हामी को हाँै र कहाँका नागरिक हौँ' भनेर। उनीहरूलाई जुन ढंगले राज्यले हेर्छ र व्यवहार गर्छ त्यसप्रति रोषमात्र छैन अपमानबोध पनि छ। थारूहरू आदिबासी हुन् नेपालको। तिनले न्याय पाउन नसकेको अनुभूति गर्छन् पश्चिम नेपालको तराईमा। अनि त्यही तराईमा क्षेत्रीय अखण्डधारीलाई न्याय दिलाउन काठमाडौँमा रातारात प्रदेशको संख्या बढ्छ! किन यस्तो सौतेनी व्यवहार हामीमाथि हुन्छ भनी थारूहरू सोच्न बाध्य हुन्छन्। थारू आन्दोलनमा ऐक्यबद्धता जनाउन मधेसीहरू अँगालो मार्न जान्छन् र सुमसुमाउँछन् पूर्वी तराईमा।
एकजना जनजाति आन्दोलनको अगुवा बानेश्वरको भाषणमा भन्दै थिए– ८ जना बाहुन र २ जना क्षेत्री प्रदेश दिन भनी यही अगाडिको भवनभित्रको कोठामा बसेका छन्। यो भवनभित्र छिर्ने पास हामीसँग छैन। उनी कांग्रेसका ४ बाहुन १ क्षेत्री, एमालेका २ बाहुन र १ क्षेत्री, एमाओवादीका २ बाहुनबाहेक सबै सभासद् कोरम पुर्यााउने र ताली मार्ने जमातमात्र हो भनी कटाक्ष गर्दैथिए। उनले भाषणमा फोरम लोकतान्त्रिकका विजय गच्छदार पनि त्यहाँ टिक्न नसकेको कुरा सुनाए। जनजाति अगुवाका भाषणमा उग्रता थियो, अराजकता पनि थियो तर केही सत्यता पनि थियो। सत्यता के थियो भने, प्रदेशको सीमांकनमा स्वार्थी समूहले निर्णायक भूमिका खेलिरहेको छ।
मेरा पुर्खा सय वर्षअघिदेखि तराईमा छन्, ४ पुस्ता बितिसक्यो तराईमा। मभन्दा कैयन् पुराना पहाडेहरू तराईमा बसिरहेका मैले आफ्नै आसपास देखेको छु। विराटनगरको कोइराला परिवारले नै ४ पुस्ता बिताइसकेको छ तराईमा। दुई दशकअघिसम्म त कोइराला परिवारमा राजनीति गर्नेले काठमाडौँमा घरजम होला भनी सोचेका पनि थिएनन्। अहिले परिस्थिति फेरिएको छ। कोइरालाका नयाँ पुस्ता अहिले सिन्धुलीको दुम्जा पुगी आफ्नो टुटिसकेको पहाडसँगको सम्बन्ध पुनर्जिवित गराउन खोज्दैछन्। गिरिजाप्रसाद भन्थे– मैले मुसलमानसँग बसी राजनीति आरम्भ गरेको हो सुनसरीमा। हिजोआज तराईको पहाडेमा आफ्नो टुटिसकेको 'पहाडी रुटमा' जोडिने नयाँ अभियान नै सुरु भएको छ, सांस्कृतिक पहिचानको लागि।
स्थलमार्ग नबन्दा तराईमा बस्ने पहाडी समूहको पहाडसँगको सम्बन्ध टुटिसकेको थियो, ती पहाडमा बस्ने आफन्तहरूसँग पनि टाढिइसकेका थिए। अहिले बाटो बन्यो, सम्बन्धहरू नयाँ ढंगले विकसित भए अनि सामाजिक सञ्जालले पनि काम गर्योक र फेरि नयाँ ढंगले पहाडी राष्ट्रवादले पुनर्जागरण पाएझैँ भयो। आज महेन्द्र र वीरेन्द्रले बनाएको सगरमाथाको काखमा रहेको सोलुखुम्बु जिल्ला र भारतको सीमामा रहेको मोरङ गणतन्त्रिक संघीय नेपालमा पनि एकाकार भयो। एउटै प्रदेशमा ती अटे विगतमाझैँ। अनि दुर्भाग्य, मोरङ र सप्तरीबीच पानी बाराबारको अवस्था आयो अहिले। आज सप्तरी बन्दले झापा र मोरङको सम्बन्ध स्थलमार्गबाट राजधानी र देशको पश्चिम भागसँग टुटेको हप्तौँ भयो। खाली हवाइयात्रा गर्नेले मात्र सम्बन्ध टिकाइराख्न कतिञ्जेल सक्लान्? सप्तरीसँग मोरङ, झापा र सुनसरीको अन्तरसम्बन्ध दह्रो रहेछ कि सोलुखुम्बुको? खोइ प्रदेश निर्माणकर्ताले ख्याल गरेको? बरु फोरम लोकतान्त्रिकका विजय गच्छदार प्रदेश निर्माणमा व्यावहारिक र दूरदर्शी देखिए अहिले।
मलाई यो भन्न संकोच छैन कि मधेस र मधेसीप्रति मेरा केही राजनीतिक मित्र र कर्मचारी साथी उपेक्षाभाव राख्छन्! राजनीतिकरूपले मधेसी, थारू र राजवंशीहरूले कैयन् नाम चलेका र नचलेका पहाडी नेतालाई चुनावमा जिताएर पठाए पूर्वी तराईबाट। तिनले प्रदेश निर्माण गर्दा मोरङ, झापा र सुनसरीलाई पहाडसँग जोडेर आफ्नै मतदाताप्रति अविश्वास र अन्याय गरेका छन्। सोलुखुम्बुलाई मोरङसँग जोड्न विश्वास गरे, तर सप्तरीलाई अविश्वास! मोरङ–झापाबाट निर्वाचित नेताहरू सामाजिक र सांस्कृतिरूपले कहिल्यै मधेसका भएनन्, हुन चाहेनन्। तिनले आफ्नो सांस्कृतिक समूहबाहेक आफ्नो मतदाता जो मधेसी वा आदिबासी थिए, कुनै जिम्मेवारी र राजनीतिक हैसियत उठाउन पनि चाहेनन्।
संविधान निर्माणको पूर्वसन्ध्यामा यस्ता कुरा उठाउनु उचित नहोला, तर यस्तै मानसिकताका कारण तराई सधैँ आन्दोलित रहने खतरा बढेर गएको छ। अब त 'अलगाववाद'को नारा पनि कमजोर छ भन्न सकिन्न तराईमा। तसर्थ, तराईलाई हेर्ने र बुझने दृष्टिकोणमा राज्य दोषी छ भनी मधेसीहरू भन्छन् भने त्यसमा धेरै शंका र विदेशी चश्माले हेर्नु पर्दैन। त्यसको निश्चित उपचार खोजिनुपर्छ। अनि हेक्का राख्नुपर्ने कुरा के छ भने, अब त्यहाँ टालटुले र 'कस्मेटिक' परिवर्तनमात्रले पुग्दैन।
हामी सबैलाई थाहा छ, नेपालभित्र नेपाली भन्ने पहिचानलाई एकथरि 'हाइज्याक' गर्न रुचाउँछन् र गरिरहेकै पनि छन्। यसैले मारबाडी वा धनाढ्य व्यापारीदेखि सप्तरी पिप्रापूर्व गाउँको मधेसी मुसहर पनि हामी को हौँ भनी छटपटिएको सुनिन्छ। बिर्सन नहुने कुरा के छ भने, हामी लोकतन्त्रमा छौँ र लोकतन्त्र मानेपछि यी कुरा स्वाभाविकरूपमै उठ्छन। लोकतन्त्रमा प्रत्येक नागरिकको एउटा मतबाट राज्य र सरकार निर्माण हुन्छ। र, स्वाभाविक छ, मतपत्रको समान सम्मान नहुँदा आक्रोश र चिन्ता प्रकट हुन्छ। जस्तो अहिले भएको छ देशभरि। यसबाट राज्यको आँखा र कानमात्र तर्सने होइन सोच र मान्यतामा पनि असर पर्छ। त्यो भनेको अखण्ड नेपालका आधारहरू केके हुनसक्छन् भन्ने चिन्ता हो।
लोकतान्त्रिक देशमा राज्यले तर्साएर र अन्यायपूर्ण निर्णय गरेर देशलाई अखण्ड राख्न सकिन्छ भन्नु झनै ठूलो मूर्खता हो। जनताले विद्रोह गरिरहँदा तिनलाई तर्साएर र दबाएर राख्न सम्भव छैन। त्यसैले अखण्ड नेपालका लागि विवेक र न्यायको अनुभूति जरुरी छ सबै समूहप्रति। म विराटनगरबाट काठमाडौँ स्थलमार्गबाट आउन सकिन हप्तौँ बित्दा पनि। बाध्य भएर हवाइमार्गबाट आउनुपर्योि। तराई जोड्न निर्माण गरेको पूर्वपश्चिम राजमार्ग र अहिले निर्माणाधीन मध्यपहाडी राजमार्ग किन प्रदेश निर्माणको प्रमुख आधार बन्न सक्तैन? यिनै दुई राजमार्गको आसपास अधिकांश नेपालीको बसोबास छ। प्रदेश निर्माणमा पहिचानवादीदेखि विकासवादी सबैलाई अगाडि बढ्न यी दुई राजमार्गले मद्दत गर्ने देखिन्छ। धेरै ढिलो भयो, तर संविधान निर्माणको काम अहिले नै समाप्त हुने स्थिति छैन भनी यो सुझाव अगाडि सारेँ।
राज्यले मात्र अन्याय र विभेद गर्दैन जस्तो अहिले मधेसी, जनजाति र आदिवासीहरू भनिरहेका छन्। यिनै आन्दोलनकारी पनि आमनागरिकलाई सास्ती दिएर राज्यलाई गलाउन खोजिरहेका छन्। तर, जनतालाई सास्ती दिएर आफ्ना न्यायपूर्ण भनिएका माग सधैँ प्रभावकारीरूपमा उठाउन सकिन्छ भनी सोच्नु मूर्खता हो। नेपालमा बन्द राज्यलाई झुकाउने संस्कार भएर आएको देखिन्छ दलहरूको लागि। कांग्रेस–एमाले र एमाओवादीले बन्दको संस्कार विकसित गरे नेपालमा र अहिले त्यसैको देखासिकी मधेसवादी दलहरू गर्दैछन्। बन्द र असहयोग आन्दोलनबाट राज्यलाई झुकाउनु उचित हो कि होइन भन्ने विवाद आजको होइन। दक्षिण एसियाभरि नै यो बहस धेरै पहिले दुई महान हस्तीले उठाए। भारतको स्वतन्त्रता आन्दोलनमा महात्मा गान्धीले यो माध्यम प्रयोग गर्दा साहित्यमा नोबेल पुरस्कार विजेता कवि रविन्द्रनाथ टैगोर गान्धीसँग सहमत हुन सकेनन् र उनले गान्धीको विरोध गरे। बन्द रोक्न भने। टैगोर उत्पादन बन्द गरी मजदुर सडकमा आउनु, विद्यार्थी पढ्न छाडी कलेज र पाठशालाबाट निस्कनु, किसान खेतमा काम गर्न छाडी आन्दोलनमा लाग्नु अनि विभिन्न जिम्मेवारी लिएका सरकारी मानिस कामकाज छाडी आन्दोलनमा सक्रिय हुँदा यही संस्कारले निरन्तरता पाउनेछ र राष्ट्र पंगु हुनेतर्फ जान्छ भनी गान्धीलाई सचेत गराउँथे। नेपालमा बीपी कोइरालाले साढे ३ दशकअगाडि जनमत संग्रहको समय गान्धीको होइन टैगोरको सिद्धान्त पालन गरे र सबै आन्दोलन रोके। तर, ०४६ सालदेखि बन्दबाट राजनीतिक स्पेस बढाउने उपाय प्रभावशाली भयो नेपालमा।
संविधान जारी गर्न नदिन अहिले बन्दलाई विभिन्न जातीय समूहले माध्यमको रूपमा प्रयोग गरेको देखिन्छ। यही बन्दको प्रभावमा परी संविधान जारी हुने–नहुने अतिवादी विचारहरू अगाडि आएका छन्। एकथरी विचारवान्हरू संविधान समयमै जारी हुन्छ भनेर बडो विश्वासका साथ भन्छन्, ती सरकारी हुन् अर्थात् अफिसियल। अर्कोथरी कुनै पनि हालतमा संविधान सभाबाट संविधान जारी नहुने ठोकुवा गर्छन्, ती देशविदेश बुझेका विज्ञ र विद्वान कहलिन्छन्! यी परस्परविरोधी विचारबीच पनि संविधान जारी हुने भयो भनेर एकथरी प्रसन्न छन्। अर्कोथरी लौ संविधान जारी नै हुने हो कि भनी त्रासमा पनि छन्!
हल्लैहल्ला र बन्द–हडतालबीच संविधान जारी हुने प्रवल सम्भावना छ, अफिसियलहरू यसै भन्छन्। संविधान सभाबाट नेपालको संविधान जारी हुनु आफैमा ठूलो उपलब्धि हुनेछ र यो चिरस्थायी हुनेछ भन्ने मान्यता पनि सरकारी हो। अनि त्यही संविधानमा प्रदेशहरू हुनु मधेस आन्दोलनले गौरव गर्ने विषय हो पनि भनिँदैछ । एमाओवादीलाई नेपालको राजनीतिमा 'नोटिस' गर्नुपर्ने अब केही कुरा बाँकी छैन। तसर्थ, कांग्रेस–एमालेद्वारा जारी भावी संविधान टिक्दैन भन्ने बजारको हल्लालाई असत्य प्रमाणित गर्ने चुनौती पनि यिनै दुई दलको काँधमा हुनेछ, खासगरी केपी ओलीको।
अन्त्यमा, नेपालको अहिलेको यत्रो कोलाहाल र हल्लाबीच कवि भूपि बाँचिरहेका भए कस्तो कविता रच्थे होलान्? सम्झँदा पनि रोमाञ्चित हुन्छ मन। राष्ट्र निर्माणमा उठेका यी हल्लाहरूबाट डराउने होइन राष्ट्रलाई जोड्ने हो भन्ने सोचको कविता भूपिको हुन्थ्यो होला भन्ने मेरो अनुमान छ। दलका नेताहरू 'घुम्ने मेचमाथिका अन्धा मान्छे' होइनन् भने मुलुकमा देखिएको यो ऐतिहासिक अवसर खेर जाने छैन।