गत साता सेयरबजारमा फेरि एकपटक उछाल देखापर्योय। मौद्रिक नीति आउनुभन्दा अघिल्लो दिनको सेयर सूचकांक १ हजार ३ को बिन्दुबाट गत साताको अन्त्यसम्ममा १९.६१ प्रतिशत बढेर १ हजार २ सयको बिन्दुमा पुगेर बन्द भयो। यो कूल १ सय ९७ बिन्दुको चढाइमा गत सातामात्रै १ सय १२ अंकले सेयर सूचकांक बढ्यो।बजारमा क्रियाशील विभिन्न व्यक्ति तथा संघसंस्थाहरू यसको आफुअनुकूल व्याख्यामा व्यस्त छन्। कोही आफ्नो विचारबाट लगानीकर्तालाई उत्साहित गर्दैछन् त कोही हतोत्साहित। सबै आफ्नो स्वार्थअनुरूप व्याख्यामा मस्त छन्।
बजार किन बढ्यो?
बैंक तथा वित्तीय संस्थाले २०७४ असार मसान्तसम्ममा चुक्ता पुँजी बढाउनुपर्ने नेपाल राष्ट्र बैंकको नियम र आशालाग्दो राजनीतिक वातावरणले बजारलाई उकालो चढ्न प्रमुख भूमिका खेल्यो। तर पनि यो बढाइ कहाँसम्म र कहिलेसम्म भन्ने प्रश्नको उत्तर पाउन भने कठिन छ। यसका लागि बजार विश्लेषण जरुरी छ। नेपाली बजार, त्यो पनि अहिलेको स्थितिको विश्लेषण गर्न विभिन्न देशमा चलेका सेयरबजार विश्लेषणका तरिकाको कुनै काम छैन। यसलाई मौलिक तथा अहिलेको परिस्थितिको वरिपरि रहेर व्याख्या र विश्लेषण गर्नुपर्छ।
जहाँसम्म बजारमा यत्रो ठूलो अंकको बृद्धि किन भयो भन्ने प्रश्न छ, त्यसमा राष्ट्र बैंकको गत साताको कार्यविधिले ठूलो भूमिका खेल्यो। सो कार्यविधिको एउटा बुँदाले बैंक तथा वित्तीय संस्थालाई आर्थिक वर्ष २०७१/७२ को खुद नाफाबाट नगद लाभांश वितरण गर्न निरुत्साहित गर्यो । राष्ट्र बैंकले कानुनअनुसार सामान्य स्थितिमा कुनै पनि बैंक तथा वित्तीय संस्थालाई नाफाबाट नगद लाभांश दिन रोक लगाउन नमिल्ने हुँदा सोसम्बन्धमा निर्देशन जारी नगरी कार्यविधिमार्फत् निरुत्साहित भन्ने शब्द प्रयोग गरिएको हो। तर, व्यावहारिकरूपमा त्यो रोक नै हो, बैंक तथा वित्तीय संस्थाले योे कुरालाई राम्ररी बुझेका छन्। यसर्थ अब केही बैंकले यसपल्टको नाफाबाट कुनै पनि प्रकारको लाभांश सेयरधनीलाई दिन्न भनेर सबै रकम वितरण नगरिएको नाफा शीर्षकमा राखेको अवस्थाबाहेक, अरु सबैजसोले नाफाबाट बोनस सेयर दिँदा नेपालको बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीमा झन्डै ३५ अर्ब रुपैयाँ थपिन पुग्छ। यो पनि अर्को करिब पाँच महिनाभन्दा कम अवधिमै। यो ३५ अर्ब रुपैयाँको थप सेयर पुँजी यसै साता सेयर बढ्नुको पहिलो कारण बन्यो। साथै, कतै–कसैलाई कुनैरूपमा अझै पनि राष्ट्र बैंकको पुँजीवृद्धि योजनामा चलखेल गरी समयसीमा बढाउन वा ८ अर्ब रुपैयाँको अंकलाई घटाउन सकिन्छ कि भन्ने शंका बिस्तारै हट्दै गएर, अब पुँजीवृद्धि नगरी सुखै छैन भन्ने बैंक व्यवस्थापन र लगानीकर्ताले राम्ररी बु‰नु पनि यो साता सेयरबजार बढ्नुको दोस्रो कारण हुनपुग्यो। तेस्रो कारणमा नेपाल स्टक एक्सचेन्जमा अब अभौतिक सेयर (डिम्याट)को मात्र कारोबार सुरु हुनु रह्यो।
सेयरबजार बढ्नुको चौथो र हालको परिस्थितिको अन्तिम कारण अलि बेग्लै छ। यो कारणको प्रयोग सेयरबजारमा लामो समयदेखि कारोबार गरिरहेका र किनबेचका पारखीहरूले गरे। सेयरका ती खेलाडीहरूलाई राष्ट्र बैंक सेयरबजारप्रति पूर्ण सकारात्मक रहेको र अबका दिनमा सेयरबजार निश्चितरूपमा बढ्ने कुरा थाहा छ। उनीहरूलाई के पनि थाहा छ भने, दसैलगत्तै एकैपटक धेरै बैंक तथा वित्तीय संस्थाका मर्जसम्बन्धी समझदारी हुनेछन् र तिनका सेयर कारोबार केही समयका लागि बन्द हुनेछन्। यो स्थितिको फाइदा उठाउँदै सस्तैमा सेयर किन्न खोज्नुले पनि बजारमा आपूर्तिको तुलनामा मागवृद्धि हुनगयो र सेयरबजार उकालो लाग्यो। यो क्रम अझै केही समय रहने स्पष्ट छ। उता, नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाका सर्वसाधारण सेयर पनि कुनै न कुनैरूपमा संस्थापक सेयरधनीहरूकै कब्जामा छ। उनीहरू अबका दिनमा संस्थापक सेयरमा हाल्नुपर्ने ठूलो परिमाणको पैसाको जोहो अहिलेको बजारबाट सर्वसाधारण सेयरका माध्यमबाट गर्न चाहन्छन्। तसर्थ, उनीहरू बजार त्यो बेलासम्म बढाउन चाहन्छन् जबसम्म अग्राधिकार सेयरमा पैसा हाल्ने समय आउँदैन। यो कारणले पनि सेयरबजार बढाउन मद्दत गर्योब।
सेयरबजारको सूचकांक कहाँसम्म पुग्ला?
बजारको अवस्था देखेर केही लगानीकर्ता आत्तिएका छन्, तर पनि बजारको उकालो चढ्ने गति रोकिने बेला भएको छैन। नेपालको सेयरबजार सात वर्षदेखि हुनुपर्ने भन्दा कम अंकमा बस्यो। अब लगानीका लागि बन्दै गएको सकारात्मक राजनीतिक वातावरण र राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय क्षेत्र र सम्बद्ध अन्य पक्षको सुदृढीकरणका लागि चालिएका पाइलाले बजारले विगतका सबै घाटालाई पुर्नुपर्ने स्पष्ट हुन्छ। यसका लागि अहिलेको सेयरबजारको उपयुक्त सूचकांक भनेको करिब १ हजार ८ सय बिन्दु हो। यसर्थ पनि बजार अहिलेसम्म बढेकै छैन भन्न सकिन्छ।
एउटा उदाहरण यहाँ प्रस्तुत गर्न सान्दर्भिक होला, राष्ट्र बैंकको निर्देशनअनुसार गत साता एउटा राम्रो चलेको र करिब २ अर्ब ५० करोड चुक्ता पुँजी भएको वाणिज्य बैंकले आफ्नो पुँजीवृद्धिको योजना सञ्चालक समितिबाट स्वीकृत गरायो। सो कुरा सेयरबजारले थाहा पायो। जसअनुसार सो बैंकले आगामी २२ महिनाभित्र चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याोउन अहिलेको सेयरमा करिब १ अर्ब ८५ करोडबराबरको नाफाबाट बोनस सेयर र करिब ३ अर्ब ६५ करोड रुपैयाँबराबरको अग्राधिकार सेयर जारी गर्ने भयो। मौद्रिक नीति आउनुभन्दा अघिल्लो दिनसम्म करिब ५ सय रुपैयाँमा रहेको सो बैंकको सेयरमूल्य पुँजीवृद्धिको योजना बजारले थाहा पाउनुअघिसम्म करिब ६ सय रुपैयाँ थियो। तर, जब यसबारे हल्ला चल्यो तब यसको सेयरको मूल्य ७ सय ५० को हाराहारीमा पुग्यो। जबजब यस्तै वा मर्जका कारणले ८ अर्ब चुक्ता पुँजी पुर्याोउने योजना बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गर्दै जान्छन् बजार उकालो लाग्दै जान्छ। उदाहरण दिइएको बैंकको सेयरमूल्यको कुरा गर्ने हो भने पनि, माथिको पुँजीवृद्धि योजनामा सो बैंकको अहिलेको मूल्य १ हजार २ सय रुपैयाँसम्म हुँदा पनि लगानीकर्तालाई घाटा भने हुन्न। किनकि, यति साहसका साथ पुँजी योजना बनाउने सो बैंकका व्यवस्थापन र स्वीकृत गर्ने सञ्चालक समितिसँग वृद्धि भएको उक्त पुँजीको उचित प्रयोगका निम्ति बजार अभाव नहुने कुरामा जोकोही पनि विश्वस्त हुनसक्छ। तर, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई चुक्ता पुँजी पुर्यायउन दिएको निर्देशनको मर्मभन्दा बाहिर सो बैंकको पुँजीवृद्धि योजना गएको देखिन्छ। राष्ट्र बैंकको यस पटककको उद्देश्य सेयरवृद्धि गर्दा अग्राधिकार सेयर जारीलाई हतोेत्साहित गर्ने र मर्जरलाई प्रोत्साहन गर्ने भन्ने हो। तर, उल्लिखित बैंकले विगतमा केही वित्तीय संस्थालाई आफूसँग गाभिसकेकाले यससम्बन्धमा राष्ट्र बैंकको हेराइ सकारात्मक होला भन्ने विश्वास लिन सकिन्छ। अन्य बैंक तथा वित्तीय संस्थाको पुँजीवृद्धिसम्बन्धी योजनामा हालको चुक्ता पुँजीको १ सय ५० प्रतिशतसम्म अग्राधिकार सेयरबाट उठाउने गरी आयो भने राष्ट्र बैंकले यो प्रक्रियालाई कस्न अझ कडा कुनै नियम ल्याउनेतर्फ सबै सजग हुनु जरुरी छ।
लगानीकर्ताको तर्फबाट हेर्दा, सो बैंकले दुई वर्षसम्म पुँजीवृद्धि गर्न बोनस सेयर र अग्राधिकार सेयर दिएर सेयरधनीको सम्पत्ति वृद्धि गर्छ भने तेस्रो वर्षदेखि कम्तीमा २० प्रतिशतको नगद लाभांश दिन्छ। बैंक पुँजी र व्यापार दुवै हिसाबले ठूलो भैसक्ने सो अवधिमा लगानी डुब्ने कुनै सम्भावना नै रहन्न। यी सबै प्रक्रिया पूरा गरिसक्दा पनि बैंकको सेयरमूल्य ४ सय रुपैयाँको हाराहारीमा बस्दा सबै पक्ष लाभान्वित हुन्छन्, जुन अत्यन्त राम्रो हो। यी सबै कारणले पनि सेयरबजार वृद्धिको अहिलेको स्थिति एकदम कम हो र यसको उच्च बिन्दुबाट हामी अझ धेरै टाढा छौँ। बजार अझै कम्तीमा ५० प्रतिशत बढ्छ र बढ्नुपर्छ। यसरी एकातिर बैंक तथा वित्तीय संस्थालाई पुँजीको हिसाबले ठूलो बनाउनु र अर्कोतिर सम्बन्धित सबै पक्षको हित हुने गरी समयसापेक्ष नियम परिवर्तन गर्ने केन्द्रीय बैंकको दूरदर्शिताले अबका दिनमा विगतमा जस्तो सेयर बजार निरिह नबन्ने पनि निश्चित छ। यहाँनेर केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थालाई मात्र आधार बनाएर हालको सेयरबजारको विश्लेषण गरिनुको मुख्य कारण, सेयरबजारको ठूलो र सक्रिय हिस्सा यो क्षेत्रले ओगट्नुले नै हो।
अब रह्यो सेयर अभौतिकीकरण (डिम्याट)का कुरा। एकातिर राष्ट्र बैंकको नयाँ कार्यविधि, अर्कोतिर नेपाल स्टक एक्सचेन्जमा अबदेखि भौतिक सेयरको कारोबार नुहुने नियम! अधिकांश सेयरधनीलाई यो विषयमा ज्ञान नहुनुले बजारमा चाहिनेजति सेयर कारोबारको लागि आउन नसक्नु पनि सेयर बजार वृद्धिको सामान्य कारण बन्न पुग्यो। त्यसमाथि पनि केही बैंक तथा वित्तीय संस्थाले सेयर अभौतिकीकरणका लागि आएका सेयरको काम गर्न एक महिनाभन्दा बढी लाग्छ भन्नुले अर्को अन्योल थपेको छ।
के हो सेयरको अभौतिकीकरण ?
नेपालमा सेयरधनीले सूचीकृत जुनसुकै कम्पनीको सेयर किन्दा भौतिकरूपमै सेयर प्रमाणपत्र पाउँथे। कम्पनी र सेयरधनी दुवैका निम्ति यो झन्झटिलो थियो। साथै, खरिद–बिक्रीमा पनि टुक्र्याउनुपरेमा सारै अप्ठेरो हुन्थ्यो। सेयरसम्बद्ध विभिन्न झन्झटबाट मुक्तिको लागि अबदेखि सूचीकृत कम्पनीका सेयरलाई डिजिटल प्रविधिमा लगिएको छ, जसमा अब सेयरधनीले भौतिक सेयरको सट्टा इलेक्ट्रोनिक सेयर पाउँछन्। जहाँबाट सेयर अभौतिकीकरण गरिएको हो, त्यहाँबाट एउटा बैंकको चेकबुक जस्तै 'बुक' पाउँछन्। यसका लागि सेयरधनीले आफूसँग भएका सबै सूचीकृत कम्पनीका सेयर कुनै एक सेयर अभौतिकीकरण गर्ने ठाउँमा गएर परिवर्तन गर्नुपर्छ। कतिपय बैंक, सेयर कारोबार गर्ने इन्भेन्टमेन्ट कम्पनी र सेयर दलालले यो कार्य गर्ने अधिकार लिएका छन्। अबदेखि सेयर किनबेच गर्दा सेयर दलाललाई आफूले चाहेको संख्याको सेयर खरिद–बिक्रीको लागि सो बुकमा भरेर दिनुपर्छ। तर, यो प्रक्रियाको प्रचार कम भएको वा विधि सरल नभएर हो, हुनुपर्ने जति संख्यामा सेयर अभौतिकीकरण हुन सकेको छैन। अझ कुनै बैंकले त चापको कारणले यसका निम्ति महिनौँ लाग्छ भन्नुले सेयरको कारोबार गर्न चाहने लगानीकर्तालाई ठूलो घाटा भइरहेको छ। नेपाल स्टक एक्सचेन्जले यो प्रक्रियामा तुरुन्तै हस्तक्षेप गरी बढीमा ३ दिनभित्र आएका सेयरको अभौतिकीकरण गर्ने व्यवस्था गर्ने र छुटेका लगानीकर्ताका लागि आवश्ययक सूचना प्रवाह गर्ने कार्य गर्न ढिला भइसकेको छ।
जेहोस् सेयरबजारको अहिलेको वृद्धिमा शंका नगरी आफ्नो लगानीलाई विविधिकरण गर्नु नै बुद्धिमानी हो। तर, साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार, महिना वा त्रैमासको अन्त्यमा भने सेयरबजारले अझै केही समय उल्टो गति लिनसक्छ, त्यस्तो समयमा कारोबार गर्दा भने साना सेयर लगानीकर्ताले धेरै नै विचार पुर्या उनुपर्छ।